Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्डले छिर्के हान्दा बाबुरामले खोले आँखा, २ नम्बरबाट सीधै झरे ५९ नम्बरमा

Posted on October 14, 2017 by Salokya


असोज १७ गते राष्ट्रिय सभागृहमा भएको वाम गठबन्धन घोषणा कार्यक्रममा नेताहरुले एकअर्काको हात समातेर उचाल्दा बाबुरामको दायाँ हात नारायणकाजी श्रेष्ठले समातेका थिए भने घडी लगाएको बायाँ हात केपी ओलीले समातेका थिए। ओलीको बायाँ हात भने प्रचण्डले समातेका थिए। दायाँ हात समात्ने नारायणकाजी र ओलीको बायाँ हात समात्ने प्रचण्डले छिर्के हान्दा बाबुराम वाम गठबन्धनबाट बाहिरिन बाध्य भएका छन्। कार्यक्रममा ओलीले घोषणा गरेका थिए- बाबुरामजी सूर्य चिह्न लिएर चुनाव लड्नु हुन्छ। तर आज बाबुरामले नयाँ शक्ति पार्टीको सचिवालय बैठक डाकेर भट्टराईले वाम गठबन्धनबाट बाहिरिएको र अब गोरखाबाटै आँखा चुनाव चिह्न लिएर लड्न लागेको जानकारी गराएपछि ट्विट गरे- हाम्रा “आँखा” खुले! तपाईंको नि? चुरो कुरो गोरखाको उम्मेदवारी रहेछ।

बाबुराम गोरखा २ बाट प्रतिनिधि सभाको लागि प्रत्यक्ष उम्मेदवार बन्न चाहन्थे। तर माओवादी केन्द्रले त्यही ठाउँबाट नारायणकाजी श्रेष्ठलाई उठाउने भनिसकेका थिए। माओवादीले गोरखा १ छाड्न सक्ने तर सूर्य हैन हसियाहथौडाबाट उठ्ने भए मात्र भनेछन्। त्यो नभए काठमाडौँमा उठे हुन्छ भनेर बाबुरामलाई फँसाउन पो खोजे। काठमाडौँकाहरु पख्लास् हाम्रो घरमा डोजर लाउने बाबुराम चुनावमा उठे डोजर लाउँछौँ भनी तम्तयार भएर बसेका थाहा पाएका उनले मान्ने कुरै भएन।

ओलीसित कुरा गरे, प्रचण्डले छिर्के हानिसकेका, के मान्थे। घोषणा कार्यक्रममै अन्तिम अवस्थामा प्रवेश गरेका बाबुराम गुड्न लागेको बसमा सिट छ कि छैन भनी नसोधी छिरेको, पछि सिट खोज्दा नपाएपछि झर्न परेको अवस्थामा पुगे।

अन्ततः उनले १० दिनमै गठबन्धन छाडेको घोषणा गरे। कारणका रुपमा नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको उल्लेख थियो। आजको प्रेस विज्ञप्ति यस्तो थियो

आज नयाँ शक्ति पार्टी, नेपालको संघीय सचिवालयको विस्तारित बैठक बस्यो । बैठकले गरेका निर्णयहरु जानकारीका लागि यो वक्तव्य जारी गरिएको छ:

बैठकका निर्णयहरु:

१. गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।

२. संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने । यसअघि नै निर्णय भइसकेका निम्न क्षेत्रहरुमा भने पूर्ववत् निर्णय अनुसार नै उम्मेद्वारी दिने:

१. डा. बाबुराम भट्टराई – गोरखा–२
२. कृष्णकुमार चौधरी – कैलाली–३
३. दानबहादुर चौधरी – कपिलबस्तु–१
४. प्रेम तामाङ – रसुवा
५. मदन राई – खोटाङ

३. समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने ।

४. उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता–छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने ।

– केन्द्रीय कार्यालय
नयाँ शक्ति पार्टी, नेपाल

के थियो त त्यो दिनको सहमतिमा?

बाबुरामले साझा चुनाव चिह्नको सहमतिको कुरा उठाए पनि ६ बुँदे सहमतिमा चुनाव चिह्नबारे केही उल्लेख छैन। नयाँ शक्ति र अन्य पार्टी र समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गर्ने भन्दै एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत हुने गरी आपसी तालमेल गर्ने चाहिँ लेखिएको छ।

सूर्य चुनाव चिह्नमा लडेको भए बाबुरामको चुनाव चिह्न मतपत्रमा दुई नम्बरमा हुन्थ्यो। तर अब आँखा नै लिएर लड्ने भनेपछि निर्वाचन आयोगको सूची अनुसार मतपत्रको ५९ औँ नम्बरमा पर्नेछ। त्यो पनि फेरि आँखा आँखा भनेर मात्र चुनाव चिह्न प्रचार भयो भने ६२ नम्बरको दुई आँखा चुनाव चिह्नमा छाप लगाउलान् भन्ने डर।

5 thoughts on “प्रचण्डले छिर्के हान्दा बाबुरामले खोले आँखा, २ नम्बरबाट सीधै झरे ५९ नम्बरमा”

  1. प्रेरणा अमात्य says:
    October 14, 2017 at 11:06 am

    ठिक कुरा गर्नु भयो / आज आएर सर्वहारा र जनक्रान्ति त कहाँ पुग्यो पुग्यो / ठेक्का टेन्डर गरेर माओवादी भनौदा नेता हरु चाहिं मोज मस्ती गर्ने / सयर सपाटा टुरिस्ट भएर गर्ने / युद्धमा मर्ने हरु मरे, र बचेका हरु गरिबी र निराशा बोकेर , यिनै प्रचण्ड र बाबुराम बाट संरक्षित डाँका म्यानपावर दलाल हरुलाई घर जग्गा बेची ऋण काढी खाडी मा सास्ती खाएर बसेका छन / खाडी मा पुगेका चेलीबेटी हरु धम्मरधुस गनाउने मोटे घिनलाग्दा अरबी हरु लाई मसाज गरेर , देह व्यापार गरेर ति घिनलाग्दा अरबी र अफ्रिकन हरुको पिपासा मिटाएर दिन काटेका छन / कति त् पेट बोकेर गाउँ फर्केका छन् / प्रचण्ड र बाबुराम भने धनाड्य व्यापारी हरु संग चोचो मोचो गरेर आनन्द मा छन / तिनका छोरा छोरी त आज शाहज्यादा शाहज्यादी भन्दा चार भाग मोजमस्ती गर्छन

    Reply
  2. कपिल प्रधान says:
    October 14, 2017 at 9:13 am

    डाहाडे हत्यारा छविलाल ले गर्ने प्रपन्च यस्तै हो / आफुलाई के के न बुद्धिचाल को खेलाडी सम्झेको छ यो हत्यारा छविलाल ले / अनि पछि आएर डुबाउने काम गरेर अरु लाई दोष थोपर्छ यो घोडा र गधा को मिश्रण खच्चर जस्तो मूर्ख बुद्धि भएको हत्यारा छविलाल / “हे हे हे हे , हामी साँच्चिकै कति थियौं भन्नुस् त ? हे हे हे हे , हामीले संयुक्त राष्ट्र संघ लाई पनि मुर्गा बनाएर कति पैसा ठगि गर्यौं हे हे हे भनेर कुखुरा र खसी घिचेर काठमाडौँ को ठुलो घरमा राज गरेर फुलेको भुँडी र मुर्ख थुतुनो हल्लाएको भिडियो नबिर्सौं
    https://youtu.be/f-neqwS3aws?t=२२३ (३ मिनेट ४० सेकेन्ड देखि हेर्नोस )/ आज ८ बर्ष भयो यस हत्याराले मुख बाट त्यो रछान ओकलेको / छविलाल र बाबुराम हत्यारा हरुले युद्धमा होमेका धेरै युवा युवती त मारिए या सख्त घाइते भए / बाँच्ने हरु कतार र मलेशिया मा ढुंगा फोर्दै छन / सबै पैसा घिचेर यी हत्यारा छविलाल र बाबुराम गाडी मा सररर गुडेर फाइभ स्टार रेस्टुरेन्ट मा कमल थापा र पशुपति शमशेर र डान्सबार केटि संग स्कच व्हिस्की चियर्स गर्दै कुखुरा र बँदेल र माछा तारेको घिच्दै छन् /

    Reply
  3. Subash Thapa says:
    October 13, 2017 at 10:15 pm

    Na machini ping ko saye jhadka

    Reply
  4. Radha Khatree says:
    October 13, 2017 at 8:19 pm

    Yo ta trailor matrai ho. Ajhai kas kasle kas kaslai Hanney ho Tyo ta Herna baaki nai Chha.

    Reply
  5. Keshar Thapa says:
    October 13, 2017 at 7:55 pm

    Sab 2 dinko nautanki matra ho

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme