Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ढ्यान्टर्‍यान…राष्ट्रपतिको सुरु भयो काम, कमल थापाको पो डुब्ने हो कि घाम?

Posted on October 13, 2017 by Salokya

प्रधानसेनापतिमा कटवालको थमौति काण्डदेखि बाबुरामको पालामा अध्यादेश पास नगर्नेसम्मका कुरामा पहिलो राष्ट्रपति रामवरण यादव विवादमा परेका थिए। दोस्रा राष्ट्रपति खासै विवादमा परेकी थिइनन्। केपी ओली प्रधानमन्त्री भएका बेला अर्को प्रधानमन्त्री चुनिनै नसकिने भन्दै एउटा बखेडा सुरु भएको थियो। तर त्यसको सहज निकास भयो र राष्ट्रपति विवादमा पर्नु परेन। यता माओवादीले सरकारमा पनि बस्ने, प्रमुख प्रतिपक्ष एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकतासम्मको डबल रोल खेल्दा खेलाडी ठानिएका प्रधानमन्त्री शेरबहादुर देउवा वाल्लै। माओवादी मन्त्रीहरुलाई सके बर्खास्त गर्ने, नसके बिना विभागीय मन्त्री बनाएर सरकारमा कमल थापालाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएर रातो कार्पेट बिछ्याएर स्वागत गर्ने तयारी थियो देउवाको। त्यसै अनुसार संसदको म्याद सकिनुभन्दा एकदिनअघि शुक्रबार साँझ प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाए।

पत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीका लागि सिफारिस गरिएको थियो भने राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिस गरिएको थियो।

मन्त्रिपरिषद् यसै पनि ५६ सदस्यीय थियो भने अब चार मन्त्री र चार राज्य मन्त्री थप हुँदा ६४ सदस्यीय बन्थ्यो।

शनिबार शपथ ग्रहण हुने भनिएको थियो। तर ढ्यान्टर्‍यान…..राष्ट्रपतिको सुरु भयो काम जसले गर्दा कमल थापाहरुको डुब्ने देखियो घाम।

राष्ट्रपति कार्यालयले अघिपछि जस्तो प्रधानमन्त्रीबाट सिफारिश आउने बित्तिकै खुरुक्कन शपथको कार्यक्रम नमिलाई यस्तो भन्यो- ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने।’

रमाइलो कुरा त के भने आचार संहिता जारी भएको भदौ १४ गते नै हो। भदौ २६ गते आचार संहिताविपरीत प्रधानमन्त्री देउवाले कमल थापाको राप्रपाबाट टुक्रिएर बनेको राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई सिफारिश गर्दा नाइँनास्ती नगरी राष्ट्रपतिले शपथ खुवाएकी थिइन्।

निर्वाचन आयोगले उतिबेला नै यस्तो कार्य नगर्न नगराउन सरकारलाई आग्रह गरेको थियो।

राप्रपा प्रजातान्त्रिककालाई मन्त्री बन्न आचार संहिताले नरोके पनि अहिले राष्ट्रपतिको सक्रियताका कारण कमल थापाको राप्रपालाई भने संकट पर्ने देखिन्छ। शायद् उनको ग्रहदशा ठीक थिएन होला। नत्र मुखैमा आएको गृहमन्त्री सहितको पद धरापमा पर्ने थिएन।

अझ रमाइलो त के भन्देखिन्, उतिबेला राप्रपा प्रजातान्त्रिकका नेतालाई मन्त्री बनाउँदा स्वयं कमल थापाले ट्विट गरी भनेका थिए आचारसंहिताविपरीत कार्य गर्नेलाई कारबाही गर्नु र निर्णय सच्याउनु निर्वाचन आयोगको संवैधानिक दायित्व हो।

आचारसंहिता विपरित कार्य गर्नेलाई कार्यवाही गर्नु र निर्णय सच्याउनु निर्वाचन आयोगको संबैंधानिक दायित्व हो। https://t.co/dkFm9Zy4vX

— Kamal Thapa (@KTnepal) September 11, 2017

राष्ट्रपतिलाई विवादमा पर्न नदिन निर्वाचन आयोगले मन्त्री थप्न मिल्दैन भनेर सीधा कुरा प्रष्ट विचार दिन सक्नुपर्छ। पहिले जस्तो यस्तो कुरा नगर्न हार्दिक अनुरोध गर्दछौँ पाराको विज्ञप्ति निकाल्ने हो भने चाहिँ भन्न सकिन्न। कानूनविज्ञको त के कुरा गराई भो र, कांग्रेसका विज्ञले कांग्रेसी विचार दिन्छन्, वाम गठबन्धनवालाका विज्ञले उनीहरुकै विचार।

जसले जस्तो विचार राखे पनि निर्वाचन गराउने जिम्मा बोकेको कामचलाउ भइसकेको सरकारले मन्त्री थप्नु चाहिँ कुनै हिसाबले पनि ठीक भन्न मिल्ने देखिन्न है।

5 thoughts on “ढ्यान्टर्‍यान…राष्ट्रपतिको सुरु भयो काम, कमल थापाको पो डुब्ने हो कि घाम?”

  1. Dhyan Rai says:
    October 14, 2017 at 4:51 pm

    हाम्रा नेता लाई धेरै धन्यवाद १००नैपुरानेहोकि
    मन्त्री
    ए डाका हो

    Reply
  2. Rajesh Khanal says:
    October 14, 2017 at 4:51 am

    अवसरबादी मुसे थापा

    Reply
  3. कपिल प्रधान says:
    October 14, 2017 at 9:31 am

    गाउँ का शिक्षक र पढे लेखेका लाइ पो जाँतो , खल मा हात थिचेर, सास्ती दिएर हत्या गरे त, ज्यानमारा डाहाडे हत्यारा छविलाल र बाबुराम ले / कमल थापा जस्ता लाई त के छुन सक्थे / यिनका मालिक हरुले कमल थापा जस्ता लाइ नछुनु भन्ने आदेश दिई सकेका थिए /

    अझ ती भन्दा घोर अत्याचारी हत्यारा मोहन वैद्द ले पाएमा त पोल पोट ले सरि लाखौं लाई मार्ने थियो ………..तर मोहन वैद्द पटमूर्ख loser लाई पदलोलुप हत्यारा छविलाल ले परास्त गरेर कुना मा कोच्यो र आज यो मोहन वैद्द नामक हत्यारा अझै पनि रक्त क्रान्ति गरेर chairman बन्ने दिवा स्वप्न देख्दै छ / (“किरण रे यस्को नाम …यो घोर हत्यारा कालो मन भएको नाम त् “अन्धकार” राख्नु पर्ने )

    Reply
  4. Suresh Shah says:
    October 14, 2017 at 3:27 am

    प्रस्न नैतिकता को हो कि अधिकार को ? दुबै फरक विषय हो र रास्ट्रपति सङ रोक्ने अधिकार हाम्रो ब्यबस्था मा छैन , चाहे जे होस यो विषय अदालत जानेभयो,

    Reply
  5. Raj Kshetri says:
    October 13, 2017 at 8:21 pm

    एकदम सहि बिश्लेशण

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme