Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चितवनको रमाइलो : कांग्रेसले माओवादीलाई भोट दिने, माओवादीले एमालेलाई

Posted on October 12, 2017 by Salokya

चितवनको भरतपुरमा चुनाव हुँदै गर्दा निकै अनौठो घटना देखियो। भरतपुर महानगरपालिकामा खासमा कांग्रेस जित्ने देखिन्थ्यो। कांग्रेसले मेयरमा दिनेश कोइरालालाई टिकट दिएको थियो। तर हेलिकप्टर चढेर उनी मनोनयन दर्ता गरी प्रचारमा जुट्दानजुट्दै केन्द्रमा माओवादीसँग भएको सहमतिपछि उनको टिकट खोसियो, उनले नाम फिर्ता लिनुपर्‍यो। प्रचण्डपुत्री रेणु दाहाललाई कांग्रेसले भोट माग्नुपर्‍यो। उता एमालेबाट देवी ज्ञवाली मैदानमा थिए। चुनावमा देवी जित्दै थिए तर मतपत्र च्यातेर पुनः मतदान गराइयो। पुनः मतदानमा कांग्रेसीहरुले खुबै इमान्दार भएर हसियाहथौडामा छाप लगाएर रेणुलाई जिताइदिए। यहाँसम्मको कथा एक पाटो थियो। रमाइलो त त्यसपछि झन् सुरु भयो।

हिजो त्यहाँ चितवनको जिल्ला समन्वय समितिको निर्वाचन भयो। यसमा जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले मतदान गर्न पाउँछन्। चितवनमा सात वटा स्थानीय तह थिए। त्यसमध्ये भरतपुर महानगरपालिका र माडी नगरपालिकामा माओवादी विजयी भएको थियो।

कांग्रेससँग गठबन्धन गरेर कांग्रेसको भोटले मेयर जिते पनि रेणु दाहालले जिल्ला समन्वय समितिको निर्वाचनमा भने नयाँ बनेको वाम गठबन्धनका कारण एमाले उम्मेदवारलाई भोट दिइन्। माओवादीको भोटसहित जिससको निर्वाचनमा नेपाली कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेका कृष्ण कुमार डल्लाकोटी निर्वाचित भए। त्यस्तै उप-प्रमुखमा पनि नेकपा एमाले कै मुना कुमारी श्रेष्ठ विजयी भइन्।

डल्लाकोटीले ११ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी अधिकारीले ३ मत ल्याएका थिए।

एमालेको नौ भोट थियो। कांग्रेसको तीन र माओवादीको दुई। माओवादीले भोट नहालेको भए पनि जित्ने एमाले नै थियो। कांग्रेस र माओवादी मिलेका भए पनि एमालेलाई जित्न सक्ने चाहिँ थिएन। कांग्रेसकै भोट पाएर जितेको हुनाले नैतिकताको आधारमा रेणु दाहालले भोट कतै नहालेको भए पनि जित्ने एमालेले नै थियो। तर राजनीतिमा यस्तो नैतिकताको कुरा कहाँ हुन्छ र। नयाँ वाम गठबन्धन बनेको छ, त्यसमा त इमान्दार हुनुपर्‍यो नि हैन?

बिचरा यो सब टाउकेहरुको खेलमा एमालेका देवी ज्ञवाली र कांग्रेसका दिनेश कोइरालालाई चाहिँ कस्तो लागिरहेको होला है !

बिचरा देवी ज्ञवालीका छोरा रेणुलाई फेसबुकमा गाली गरेको अभियोगमा परेको मुद्दाको पेशी धाइरहेका होलान्। यता दुई पार्टी मिल्ने कुरा भइसक्यो।

3 thoughts on “चितवनको रमाइलो : कांग्रेसले माओवादीलाई भोट दिने, माओवादीले एमालेलाई”

  1. Shiva Kumar Timilsina says:
    October 12, 2017 at 9:01 pm

    सक्ने जति बल लगाऔँ काँङ्गेसहरु एमाले हराउन माओवादिलाई भोट हालुम एमालेहरु काँङ्गेस हराउन माओवादिलाई भोटहालुम ,माओवादीहरु माओवादिलाई जिताउन भोटहालुम अनि यो देशमा राजनितिक सन्तुलन कायाम गरौं । सर्प,विच्छी र भ्यगुतोको सन्तुलन कथा सानो छँदा गुरुहरुले सुनाउनुहन्थयो अहिले नेपालको राजनितिमा देखिराछ ।

    Reply
  2. Rakesh Gurung says:
    October 12, 2017 at 5:11 am

    कांग्रेसीहरुले खुबै इमान्दार भएर हसियाहथौडामा छाप लगाएर रेणुलाई जिताइदिए।

    Reply
  3. Devkala Dewan says:
    October 12, 2017 at 4:56 am

    नेपाली राजनैतीक कमेडिले
    हसाउनु हसायो !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme