Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गौचनलाई दिनदहाडै गोली हानी हत्या : हत्यारा पत्ता लाउन प्रहरीभन्दा मिडिया अगाडि

Posted on October 9, 2017 by Salokya


निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनलाई सोमबार दिउँसो गोली हानी हत्या गरियो। घरबाट गाडी चढेर निस्किएका गौचनलाई दुई अज्ञात व्यक्तिले गाडीमा पहिला ढुंगा हानेर त्यसपछि गोली हानेका थिए।

राजधानीमा दिनदहाडै गोली हानी हत्या भएको यो पहिलो घटना नभए पनि धेरै वर्षपछि यस्तो घटना भएको हो। कसले हत्या गरेको हो, अहिलेसम्म प्रहरीले केही पत्ता लगाउन सकेको छैन। तर प्रहरीभन्दा एक कदमअघि बढेर मिडियाले भने सम्भावित हत्याराको सूची सार्वजनिक गरिसकेको छ। रमाइलो त के छ भने मिडियापिच्छे फरक फरक छन् सम्भावित हत्यारा।

नेपाल लाइभ भन्छ- रमेश बाहुनको समूहले गरेको

उता सेतोपाटी भन्छ- मनोज पुनको समूहले गरेको

रमेश बाहुनको समूहले कि मनोज पुनको समूहले गरेको होला त यो हत्या? कन्फ्युज भइरा बेलामा नेपाल समाचारपत्रको अनलाइन न्युजअफनेपालले त यस्तो पो लेख्यो-

खासमा यो फोन चाहिँ माउन्टेन टेलिभिजनका पत्रकार रमेश जमकट्टेललाई आएको रे। उनले फेसबुकमा लेखेका छन्-

अडियो चाहिँ माउन्टेन टिभीको हैन अर्कै अनलाइनले हालेको रहेछ, कसको हत्या भनेको हो कि के हो थाहा छैन, इजी पाराले मैले हो के मैले भन्या रैछ। आफैले हान्न लगाएको भए पनि किन त्यसरी जिम्मा लिनुपर्थ्यो होला र, चुप्प बसे भइहाल्थ्यो। जिम्मा लिएको भनेपछि त झन् शंका पो उठ्यो। यस्तो छ अडियो चाहिँ-

माथि अडियो नखुले यहाँ क्लिक गरी सुन्नुस्

खासमा हत्या चाहिँ कसले गरेछ वा गर्न लगाएछ?
मनोज पुन?
रमेश बाहुन?
कि
लोप्सान लामा?
कि अर्कै कोही??

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme