Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्डको दशैँ टीका क्रान्ति

Posted on October 1, 2017October 1, 2017 by Salokya


देशमा परिवर्तनको खाँचो देखेर सशस्त्र क्रान्तिको नेतृत्व गरेका प्रचण्डले आफ्नै जनयुद्धका कारण गणतन्त्र आएको बताउने गरेको छ। गणतन्त्र आयो, तर राजतन्त्रमा सर्वसाधारणको जीवन र गणतन्त्रमा सर्वसाधारणको जनजीविका के फरक रह्यो? राजतन्त्रमा नेताको जीवन र गणतन्त्रमा नेताको जीवनमा के फरक आयो? तात्विक फरक नआएसम्म जुन तन्त्र आए पनि उपलब्धिपूर्ण हुने हैन। देशलाई परिवर्तन गर्न हिँडेका प्रचण्ड आफै चाहिँ परिवर्तित भएका छन्। आज उनले दशैँको टीका क्रान्ति गरेका छन्। २२ वर्षपछि उनले रातो टीका र जमरा आफ्नो परिवारलाई लगाइदिए। अनि आफै पनि टीका लगाउन राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगे।

राससको समाचार

गत वर्ष प्रचण्ड प्रधानमन्त्री थिए। तर उनले टीका लगाएनन्। अरुलाई टीका पनि लगाइदिएनन्। उनको आलोचना भयो। अनि बचाउ गरियो- २१ वर्षदेखि टीका लगाएका छैनन्।

यस पटक उनले टीका क्रान्ति गरे। फेरि पनि आलोचना भयो। तर क्रान्ति गर्दा आलोचनाको के चिन्ता भयो र। फेसबुकमा पोजपोजका फेमिली फोटो आए-

प्रगति हुँदै रहेछ जे होस्। अब बिस्तारै यस्तो फोटो पनि केही वर्ष पछि देख्न पाइएला कि- आखिर सबैले ‘राजा’ हुन चाहेकै हो, हैन र ? त्यतिबेला क्रान्तिको अर्को कार्यभार पूरा हुनेछ शायद।

13 thoughts on “प्रचण्डको दशैँ टीका क्रान्ति”

  1. nimesh says:
    October 3, 2017 at 2:39 pm

    प्रचण्डले टिका लगाएकोमा बिरोध वा समर्थन भन्दा पनि तथाकथित जनयुद्धको बेलामा उनले लगाएको प्रतिबन्धको सवाल छ जस्तो लाग्छ !!! जसलाई सडकछाप पाखण्डीपन भने पनि केहि फरक नपर्ला कि कसो???

    Reply
  2. अखिलेश शर्मा says:
    October 1, 2017 at 4:26 pm

    गतवर्ष राष्ट्रपतिकहाँ टिका लगाउन प्रचण्ड(तत्कालिन प्रधानमन्त्री) गएनन् भनेर एमालेजनहरुले लिनुसम्म हुर्मत लिएका थिए ।
    यसपालि पूर्व प्रम भएपछि टिका थाप्न गए एउटा क्रान्ति नै भएछ ।
    गाँठी कुरो चाहिँ नजिकिँदो प्रदेश र केन्द्रीय चुनाव हो जसमा चुनाव अघि होस् वा पछि गठबन्धन अवश्यमभावी छ ।
    यसैको पूर्व तयारी हो ।

    Reply
  3. Puran Bdr Bajracharya says:
    October 1, 2017 at 7:32 am

    नेपालि हरूको महान चाड को मान गरेकोमा बधाई.

    Reply
  4. Dilip Begha says:
    October 1, 2017 at 3:13 am

    “कम्निस्ट भएर प्रचण्डले टिका लगाएन, दशै मानी दिएन” भनेर सामाजिक सन्जालभरी यत्र-तत्र रोनाधोना गर्ने ! ब्रमलुट र जनता चुसमा कुनै कसर बाँकी नराख्ने तर टोपि लगाउने बित्तिकै महान राष्टबादी भैहाल्ने पाटिहरुको साँच्चै मन दुखेकै रहेछ भनेर उनिहरुकै मन राखी दिन आज प्रचण्डले टिका लगाई दिदा फेरि के को स्याल हुँईया ? दशौं हजारको बलिदान, कठोर त्याग र सर्बनाक हराउदा-हराउदै पनि बहुमतको कदर भन्ने लोकतन्त्रकै मान्यता बिपरित युग-पुरुष प्रचण्डले धर्म निरपेक्ष, गणतन्त्र, समाबेशी-समानुपातिक, आरक्षण, संघियता लगायत जनजाती-दलित, उत्पिडित मुखी यतिधेरै क्रान्तिकारी परिबर्तन ल्याई दिदा होस वा टिका नलगाएर आम उत्पिडितको असनतुस्टिको प्रतिनिधित्व गरिदिदा पनि ! राज्य प्रचण्डलाई माग्ने तर संघियता-परिबर्तन बिरोधी एमालेलाई भोट दिने !! लिम्बुवान-मंगोल भनाउदा जो सर्बनाक हराईएका माओबादी-प्रचण्डले ल्याई दिएको आमुल परिबर्तनलाई खराब र अफाप सिद्द प्रमाणित गर्न जातिय जहर घोल्दै हिड्नेहरुले बिगतमा टिका नलगाउदा पनि वा अहिले लगाउदा पनि कुनै न कुनै बाहना बनाएर प्रचण्डलाई गाली मात्रै गर्ने ? प्रचण्डले सहि गर्यो भनेर चैं कहिले भन्ने ? के गरि दिनु पर्ने ? गणतन्त्र, संघियता, धर्मनिरपेक्ष तिमार्को माग भन्दा बढी जातकै आधारले जागिर देखी राज्यसत्ताको मुख्य ओहदा मिल्ने समाबेशी-समानुपातिक र आरक्षण लगायत अनेकौं जनजातिमुखी परिबर्तन फाउमा ल्याई दिएका छन । जुन परिबर्तनको लागी आफ्नो छोरा-छोरिलाई बन्दुक बोकाएर जंगल पस्ता अमेरिका लगायत बिस्वले आतंककारिको बिल्ला भिराई दिएका थिए भने एकात्मक राज्यसत्ताले टाउकाको मोल । प्रचण्ड, बाबुराम, बैध बाहुनहरुको ५०औं लाखको मुल्यवान टाउको रक्सी, तोङ्बा, सुकुटी सँग साटी खान खोज्दै – सुराकी गर्दै हिड्ने अनि अहिले आएर मालिक जस्तै एउटा हात कम्बरमा राखेर अर्को हातले औंल्याउदै यति चैं मेरो राज्य रे ! आफुले भने जसरी राज्य नछुट्याए ! महिनाको ३० दिनमा २० दिन बन्द-हट्ताल रे !!यो संघिय राज्यब्यबस्था ल्याउन प्रचण्ड युद्दमैदानमा लडिरहन्दा ५० औं लाखको बाहुनहरुको टाउका खोजी हिड्नेहरुले आज प्रचण्डलाई सरि भन्नु वा आफ्नो छोरा-छोरिलाई उच्च-शिक्षा पढाउन बिदेश पठाउनुको सट्टा बन्दुक बोकाएर जंगल पस्यौं ताकी मंगोल-लिम्बुवानको एजेण्डाको लागी यत्रो त्याग गर्यौं भनेर प्रचण्डलाई धन्यबाद दिनु त कता हो ? कता ?? उल्टो टिका लगाउदा वा नलगाउदा पनि प्रचण्डको खैरो तारी राख्ने एमालेका दलालहरुको नियत चै के ?

    Reply
  5. Shankar says:
    October 1, 2017 at 8:35 am

    भ्रास्ताचार गर्नु भन्दा टिका लगाउनु , आफ्नो चलन , आफ्नो परिचय मान्नु राम्रै कुरा हो | हामीले सिर्स नेता सग अपेक्ष्या राख्ने भनेको सुशासन र विधिको सासन हो तर कुमार्गी , सुमार्गी , देश का दलाल हरु सग साठ गाठ गर्नु चै ज्वरो आउने कुरा हुन् | दसैँ मानेको मा के अचम्म ? हिजो एम्बुस मा पारेर मार्न खोजेको देउवा सग , बुजुर्बा भनेर खोजि खोजि मारेका कांग्रेसी सग एका एक कुम जोडेर हिड्नु चै अचम्म छैन ?

    Reply
  6. Mahesh Magar says:
    October 1, 2017 at 1:38 am

    Bahun bad bhanako nai yea ho

    Reply
  7. Ivar Shrestha says:
    October 1, 2017 at 1:14 am

    Vote ko kheti huna sakxa

    Reply
  8. Hira Lama says:
    October 1, 2017 at 1:00 am

    अब आया ऊट पहाड के नीचे

    Reply
  9. Ayush Thulung Rai says:
    October 1, 2017 at 12:43 am

    B4rale tika lagaune rahar huda hudahudai bahiskar bhaneko raicha .

    Reply
  10. Raju Poudel says:
    October 1, 2017 at 12:14 am

    Tika lagauda ni aarop na lagauda ni aarop khepnu parne kasto paristhiti hola

    Reply
  11. mausam limbu imbung says:
    October 1, 2017 at 5:23 am

    प्रचण्ड ले टीका लाउनु मा किन यत्रो अापत्ति हो र? उनको संस्कार भित्र पर्ने कुरा हो।
    नेपाल जस्तो बहुसाँस्कृतिक मुलुकमा हिन्दु धर्मावलम्बीहरु ले दशैं मनाउन उचित छ।
    शुभकामना।

    Reply
  12. Manoj Shrestha says:
    September 30, 2017 at 11:08 pm

    budeskal lagyo…aba dharma karma ko din lagya cha kyare..

    Reply
  13. Magar Footpath says:
    September 30, 2017 at 9:53 pm

    आफ्नो सपना र स्वार्थ पूरा भएपछि मान्छे जे पनि गर्छ भन्ने उदाहरण ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme