Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारी सहयोगको मुख ताक्दाताक्दै अर्का कलाकार बिते :(

Posted on September 29, 2017 by Salokya

डाक्टरहरुको हड्ताल एक सातादेखि जारी छ। उपचार नपाएर बिरामीहरु अलपत्र छन्। यो गम्भीर विषय लागेको छैन जस्तो छ धेरैलाई। प्रधानमन्त्री ओमान भ्रमणमा मस्त। टीकाको लागि अष्टमिको रात बल्ल फर्के। यता उपचारका लागि सरकारी सहयोगको मुख ताक्दाताक्दै दुई कलाकार बिते। उपचारका लागि आर्थिक अभावका कारण लक्ष्मी रानाको निधन भएको दुई दिनपछि बिहीबार वासुदेव मुनालको पनि निधन भयो। वासुदेव मुनाललाई धेरैले ‘आऊ, मेरा प्यारा भाइबहिनीहरु हो, रेडियो नजिक आऊ’ भनेको सुनेको होला। एउटा पुस्ता उनको यो आवाज सुनेर हुर्केको छ।

तपाईँको बाल्यकाल सम्झाउने त्यो धून सुन्नुस् (तल नखुले यहाँ क्लिक गरी सुन्नुस्)-

विराटनगरमा २००६ सालमा जन्मेका मुनालले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गरी झण्डै चार दशक रेडियो नेपालमै बिताए। ११ वर्षअघि लडेर ब्रेन ह्याम्ब्रेज भएका उनी घाँटीको क्यान्सरबाट पीडित भई उपचारका लागि अस्पतालको बेडमा रहँदा हाम्री सहकर्मी स्वेच्छा राउत र दीपेन श्रेष्ठले भेटेका थिए। त्यतिबेला उनकी पत्नीले भनेकी थिइन्- ‘सरकारी प्रतिनिधिसँग कुरा भएको छ। क्याबिनेटको निर्णय आउन बाँकी हो। सहयोग गर्लान् नि।’

ब्रेन ह्याम्रेज हुँदा रेडियो नेपालबाट लिएको उपदान सकिएको थियो। पेन्सन आउँदैन थियो। परिवारलाई एउटै आशा थियो, ‘कलाकार भएको नाताले उपचारको लागि केही रकम सरकारले देला कि?’

प्रधानमन्त्री नै विदेश भ्रमणमा थिए, कसरी क्याबिनेट बस्नु। प्रधानमन्त्री फर्कँदा उनी बितिसकेका थिए।

हरेक शनिबार साँझ ५:१५ मा रेडियो नेपालमा उनकै कार्यक्रम दोहोरिन्थ्यो। ‘मेरै कार्यक्रम अहिलेसम्म पनि बजाउँदै छन्, अनुमति पनि नमागी। यो बेठीक हो। आफ्नै कर्मचारीलाई पो बनाउन लगाउनु पर्छ,’ उनी भन्थे। अब त उनी बितिसके। शनिबार के कार्यक्रम बजाउलान् !

भक्तपुर क्यान्सर अस्पतालबाट हरिसिद्धीको क्यान्सर अस्पताल पुग्दासम्म उनले गाडीमै लेखेका थिए:
‘मलाई मेरो बोली देऊ
होइन भने पोली देऊ।’

बोली दिन सकेनन्, पोली दिए। हार्दिक श्रद्धाञ्जलि !

पढ्नुस् मृत्युअघि तयार पारिएको यो फिचर- शैय्यामै पनि रेडियोकै साथ, भन्छन् : बोली देऊ, नभए पोली देऊ।

36 thoughts on “सरकारी सहयोगको मुख ताक्दाताक्दै अर्का कलाकार बिते :(”

  1. Anita Adhikari says:
    September 30, 2017 at 6:32 am

    Hardik shradanjali

    Reply
  2. Sara Shrestha says:
    September 29, 2017 at 5:04 pm

    Oh…old memories!!

    Reply
  3. Premkrishna Maharjan says:
    September 29, 2017 at 12:18 pm

    R I P

    Reply
  4. Pawan Lamichhane says:
    September 29, 2017 at 9:45 am

    O my God !!

    Reply
  5. Kesh Bir Gurung says:
    September 29, 2017 at 9:41 am

    हार्दिक श्रंद्धाजलि !

    Reply
  6. Krishna Prasad Pokhrel says:
    September 29, 2017 at 9:29 am

    हार्दिक श्रद्धांजली

    Reply
  7. Navin Jung Mahat says:
    September 29, 2017 at 9:06 am

    RIP

    Reply
  8. Wagle Dipak says:
    September 29, 2017 at 7:45 am

    Hardik shradhanjali

    Reply
  9. Laxmi Devi Devkota says:
    September 29, 2017 at 7:43 am

    हार्दिक श्रद्धाञ्जली..

    Reply
  10. Bhesh Raj Bhandari says:
    September 29, 2017 at 7:03 am

    धुन सुन्दा छाती फुलेर गौरभ लाग्छ अनि मन रुन्छ उ बेला । हार्दीक श्रदान्जली दाइ ।

    Reply
  11. Prem Thapa says:
    September 29, 2017 at 6:34 am

    Hardik sardanjai arpad gardaxu

    Reply
  12. आशिष शर्मा नेपाल says:
    September 29, 2017 at 6:30 am

    RIP ….

    Reply
  13. TR Shrestha says:
    September 29, 2017 at 6:16 am

    बाल्यकालको सम्झना आयो । बासुदेव दाइको आत्माको चीर शान्तीको कामना । बैकुण्ठ बास होस ।

    Reply
  14. Muna Will says:
    September 29, 2017 at 5:43 am

    Hardik shrdanjali

    Reply
  15. Ramchandra Karanjit says:
    September 29, 2017 at 5:42 am

    Rip.

    Reply
  16. Jitendra Dhar says:
    September 29, 2017 at 5:27 am

    Yeuta ramro manche,redio nepal ma baal karyakram ko ramro prastota,gayak,sangitkar,writer…..
    …bashudeb dai lai Hardik sradanjali arpan garchu.

    Reply
  17. Pramod Kc says:
    September 29, 2017 at 3:22 am

    RIP

    Reply
  18. Puspabahadur Dahal says:
    September 29, 2017 at 2:06 am

    Bidhi ko saasan

    Reply
    1. shankare says:
      September 29, 2017 at 12:06 pm

      बिधि को शासन होइन
      बेथिति को कुशासन

      Reply
  19. Su Ren says:
    September 29, 2017 at 2:03 am

    Rip

    Reply
  20. Raj Barsingha Thapa says:
    September 29, 2017 at 1:59 am

    remind me my childhood time at village m

    Reply
  21. Ghale Maiya K says:
    September 29, 2017 at 1:50 am

    Rip

    Reply
  22. उद्धब प्रसाद पोखरेल says:
    September 29, 2017 at 1:34 am

    hardik shraddhanjali

    Reply
  23. Tika Magar says:
    September 29, 2017 at 1:26 am

    हार्दिक श्रद्धाञ्जली

    Reply
  24. Mukunda Acharya says:
    September 29, 2017 at 1:18 am

    दिवंगत अात्माकाे चिर शान्तिकाे कामना !!!

    Reply
  25. Tyan Lama says:
    September 29, 2017 at 1:17 am

    भाब पूर्ण श्रदांजलि

    Reply
  26. L X Shusil Evill says:
    September 29, 2017 at 12:45 am

    हार्दिक श्रद्दासुमन

    Reply
  27. पुष्कर लम्साल says:
    September 29, 2017 at 12:12 am

    Rest In Peace!

    Reply
  28. Limbu Gajendra says:
    September 28, 2017 at 11:11 pm

    RIP

    Reply
  29. Angchhiring Sherpa says:
    September 28, 2017 at 10:40 pm

    Rest In Peace!

    Reply
  30. आर पी ढुङ्गाना says:
    September 28, 2017 at 10:09 pm

    Rip

    Reply
  31. Nabin Thapa Magar says:
    September 28, 2017 at 9:49 pm

    हार्दिक श्रद्धाञ्जली

    Reply
  32. बशिस्ट भट्टराई says:
    September 28, 2017 at 9:49 pm

    नेपाल सरकार ! दसै तिमी मात्र मनाउ ! जनता र देसलाई कति रुवाउछौ !

    Reply
  33. Saru Devkota says:
    September 28, 2017 at 7:49 pm

    RIP

    Reply
  34. Abhin says:
    September 29, 2017 at 1:21 am

    नेता, मन्त्रि, घुस्याहा कर्मचारी र केहि सुलसुले बाहेक सबैले दुख पाउने देश;

    Reply
  35. श्याम श्वे्त says:
    September 28, 2017 at 7:04 pm

    हार्दिक श्रद्दा सुमन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme