Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कहाँ तोकिँदैछ त तपाईँको प्रदेशको राजधानी?

Posted on September 28, 2017September 28, 2017 by Salokya

मंसिरमा चुनाव हुने भइसक्यो तर प्रदेशको राजधानी अहिलेसम्म तोकिएको छैन। प्रदेशको नाम एकताका खुबै ठूलो समस्या जस्तो देखिन्थ्यो। तर वडा नम्बरको हिसाबमा प्रदेशको पनि नम्बर तोकिदिएर त्यो विवादको सुरक्षित अवतरण गराए नेताहरुले। अब प्रदेश प्रमुख र प्रदेश राजधानी तोकिन बाँकी छ। नझुक्किनुस् है प्रदेश प्रमुख भन्या मुख्यमन्त्री सरह हैन, भारतको उदाहरण दिने हो भने राज्यपाल (गभर्नर) जस्ता हुन्- प्रदेशका संवैधानिक प्रमुखहरु। राजधानीको विषयमा सरकारले एउटा समिति गठन गरेको थियो। त्यो समितिले तीन प्रदेशमा एउटा मात्र र बाँकी चार प्रदेशमा विभिन्न सहरको विकल्प दिएको छ।

समितिले एउटा मात्र विकल्प दिएका प्रदेशहरुमा प्रदेश नम्बर २, ४ र ६ हो।

प्रदेश नम्बर २ मा जनकपुरलाई, प्रदेश नम्बर ४ मा पोखरालाई र प्रदेश नम्बर ६ मा भने सुर्खेतलाई सिफारिश गरिएको छ।

समितिले प्रदेशको राजधानी तोक्न तय गरेका मापदण्ड यस्ता छन्

-भौतिक पूर्वाधार
-यातायातको सुगमता
-प्रशासकीय सुगमता
-भौगोलिक केन्द्र
-ऐतिहासिक महत्व
-सुरक्षाको व्यवस्था

प्रदेश नम्बर १ मा विराटनगर, धनकुटा र इटहरी विकल्पमा छ।

प्रदेश नम्बर ३ मा केन्द्रको राजधानी काठमाडौँ बाहेक बनेपा, धुलिखेल र हेटौडा विकल्पमा छ।

प्रदेश नम्बर ५ मा तुल्सीपुर, दाङ र बुटवल विकल्पमा छ।

प्रदेश नम्बर ७ मा धनगढी र दिपायल विकल्पमा छ।

3 thoughts on “कहाँ तोकिँदैछ त तपाईँको प्रदेशको राजधानी?”

  1. cRIS says:
    September 29, 2017 at 7:32 am

    Decision makers ले भिजन हेर्ने हो भने, प्रदेश १ को राजधानी धरान या धनकुटा राख्नु पर्दछ| ईटहरी र बिराटनगर भन्या शहरीकरण रोक्न पर्ने ठाउँ हो| धान फलाउने ठाउँमा शहर विकास गर्न हुन्न|

    चेतना भया!!!

    Reply
  2. मनिष says:
    September 28, 2017 at 2:14 pm

    प्रदेशहरु सधै नम्बरबाट चिनिने हुन् कि क्याहो ?
    नाम राख्ने अधिकार प्रदेशसभालाइ दिएको भन्ने सुनेको थिए,
    थाहा हुनेले जानकारी दिनुहोला

    Reply
  3. kunwar says:
    September 28, 2017 at 1:53 pm

    नेपाल मा त ७५ जिल्ला मात्त्र होइन र?

    यो रिपोर्ट को टोटल जिल्ला त ७८ पो हुदै छ त?

    जस्तै: सुदुर पछिम मा १० जिल्ला देखेर छ, जम्मा ९ जिल्ला हुनु पर्छ जस्तो लग्छ, डोटी र दिपायल कहिले देखि २ जिल्ला भएछन?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme