Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एपी वानले फूल बनाउँदा फेसबुक लाइभ हेरेर थाहा पाए दर्शकले बुद्ध लामा बने नेपाल आइडल

Posted on September 23, 2017September 23, 2017 by Salokya

एपी वान एचडी टेलिभिजनले बढी नै फूर्ति गरेर कतारबाट ग्रान्ड फिनाले लाइभ देखाउँछु भन्दाभन्दै विप्लव प्रतीकसितको टक शो देखाएर झारा टारेपछि नेपालका दर्शकहरुले कतारका दर्शकहरुले फेसबुकबाट गरेको लाइभ हेरेर थाहा पाए- बुद्ध लामा बने नेपाल आइडल। निशान भट्टराई फर्स्ट रनर अप अर्थात् दोस्रो भए भने प्रताप दास सेकेन्ड रनर अप अर्थात् तेस्रो भए। नेपाली समय अनुसार राति साढे १ बजे विजेताको घोषणा मदनकृष्ण र हरिवंशको जोडीले गरेको थियो। एपी वान टेलिभिजनले भने त्यतिन्जेलसम्म पनि प्राविधिक कारणले लाइभ देखाउन सकिएन चाँडै नै देखाउँदैछौँ लेख्दै थियो।

एकछिन पछि त्यही टेलिभिजनको स्क्रोलिङमा ब्रेकिङ न्युज भन्दै देखाउन थालियो बुद्ध लामा विजेता बनेको

तर ध्वस्त कहाँ निर भयो भने तल स्क्रोलमा बुद्ध लामाले नेपाल आइडलको ताज पाइसकेको लेखिरहँदा माथि मेन स्क्रिनमा भने भोट हाल्न अनुरोध गरिएको रहेछ। अर्थात् मान्छे मरिसकेपछि औषधीको कुरा। यति सामान्य कुरामा पनि ध्यान दिन एपी वान असफल रह्यो।

कार्यक्रमलाई भव्य बनाउने नाममा कार्यक्रम सबैभन्दा ध्वस्त हुनपुग्यो। नेपाल र नेपालबाहिरका दर्शकहरुले निकै चासो राखेको कार्यक्रमको पूर्व निर्धारित समयमा प्रसारण गर्न नसक्नुमात्र हैन, पूरै कार्यक्रम नै लाइभ देखाउन असमर्थ हुन पुग्यो टिम। यसले हल्ला गर्नुभन्दा अघि तयारी राम्रो गर्नुपर्ने गतिलो पाठसमेत सिकाएको छ सबैलाई।

अन्नपूर्ण पोस्टका अनुसार कूल ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोटमा ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले नेपाल आइडलको उपाधि जितेका हुन्। दोस्रो भएका निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ र तेस्रो भएका प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका थिए।    

फेसबुकमा दर्शकले लाइभ गरेको यो कार्यक्रम टिभीमा भने बिहानको साढे २ बजिसकेपछि बल्ल दिइएको थियो जतिबेला नेपालका अधिकांश दर्शक सुतिसकेका थिए।

27 thoughts on “एपी वानले फूल बनाउँदा फेसबुक लाइभ हेरेर थाहा पाए दर्शकले बुद्ध लामा बने नेपाल आइडल”

  1. Samir Sharma says:
    October 2, 2017 at 2:35 pm

    एक व्यक्ति एक भोट त्यो पनि एक दिनमा मात्र भन्दिएको भए यस्ता कहाँ कहाँ पुग्थे ,, आइडल भनेको के हो ? व्यक्ति होइन यसको उचाईं हेरौँ , गहनतालाई हेरौँ ,र जिम्मेवारी लाइ हेरें . अनि कसलाई भोट दियौं त्यो हेरौँ ,,, जसले धेरै इमेल आइडी बनायो जसले धेरै सिम किनेर रिचार्ज गरि भोट गर्यो उसैले जित्यो .. थोडी जित्नु पर्ने ले जितेको छ र ?

    Reply
  2. Samir Sharma says:
    October 2, 2017 at 2:35 pm

    एक व्यक्ति एक भोट त्यो पनि एक दिनमा मात्र भन्दिएको भए यस्ता कहाँ कहाँ पुग्थे ,, आइडल भनेको के हो ? व्यक्ति होइन यसको उचाईं हेरौँ , गहनतालाई हेरौँ ,र जिम्मेवारी लाइ हेरें . अनि कसलाई भोट दियौं त्यो हेरौँ ,,, जसले धेरै इमेल आइडी बनायो जसले धेरै सिम किनेर रिचार्ज गरि भोट गर्यो उसलिले जित्यो .. थोडी जित्नु पर्ने ले जितेको छ र ?

    Reply
  3. Samir Sharma says:
    September 25, 2017 at 12:34 pm

    परिपक्वता , गायन र सुर ताललाई हेर्ने हो भने निशान हुनु पर्ने हो अथवा केहि भोट तलमाथि हुँदा प्रताप, सगर , सुरज सम्म ठिकै थियो तर बुद्ध भाइ लाई बढी भोट आउनु भनेको संगीतको कद घटाउने काम मात्र हो ,, हो , बुद्ध एक सिकारु गायक हो , उसको उमेर अनुसार बेस्ट दिने कोशिस मा छ र दिदै आएको पनि छ तर जव रास्ट्रिय अन्तर्राष्ट्रिय को कुरो आउछ उनि कच्चा नै हुन,, जसले भोट दिए उनले त मेरो कमेन्टको हरेक कोण बाट बिरोध नै गर्छन तर जो संगीत साधना सँग नजिक छ र केहि हद सम्म जजमेन्ट गर्न सक्छ तिनीहरुको विचार सँग मेरो मत धेरै नजिक चाही छ | बधाई सबै टप फोर भाइहरुलाई |

    Reply
  4. Geeta says:
    September 25, 2017 at 11:59 am

    मलाई त प्रतापको गायकी याने उसको गाउने तरिका र प्रस्तुति पनि राम्रो लाग्यो । तर खोई के भयो…… के भयो …………….

    Reply
  5. Dig Bahadur Tamang USA says:
    September 25, 2017 at 12:02 am

    यो जित बुद्ध लामा र तामांग हरुको मात्रै होइन , संगीतको पारखी हरुलाई राम्रो संग थाहा छ , बुद्धलाई किन त्यति धेरै मानिसले भोट गरे त ? प्रसान्त तामांगको जस्तो जित होइन यो, म त भन्छु सांगीतिक छेत्रमा नेपालमा ध्रुब ताराहरु उदयछन, म सबै सहभागीहरु सबै जजहरु दिनरात खटिने लाइफ संगीतकारहरुलाई मुरी मुरी बधाई छ, नेपाली सांगीतिक आकाशमा कुनै देशको भन्दा कमि देखियन, सम्पूर्ण संगीत प्रेमीहरुलाई, सास्त्रीय गायन सिकाउने गुरुहरुलाई, सास्त्रीय बद्यबदक सिकाउने नेपाली वोस्ताथारुलाई, न्ह्यु बजरचार्यजिलाई सम्पूर्ण सहयोगीहरुलाई मेरो बधाई छ. जांह संगीत र साहित्यको पुजा हुँदैन त्यो समाज जंगलमा चर्ने गइ गोरु जस्तै हुन् रे भेनेर हाम्रा सास्त्रमा लिखियेका छन् | आगामी दिनहरुमा नेपाल इडोलका सम्पूर्ण सल्हाभागी हरुको भविस्य सुनौला देख्छु म | डिग तामांग |

    Reply
  6. कमल says:
    September 24, 2017 at 5:28 pm

    कुरा नगरेर मात्र पुग्ने भए नगरी दिन ठिक ठहर्छ| तर नेपालीको रोम रोम र हड्डी हड्डीमा जातपातको विभेद छ| निजामति र न्याय पालिकालाई हेरे पुग्छ| उच्च पदमा सेना र प्रहरी लाई पनि हेरे हुन्छ| अहिले आएर लैंगिक र दलितलाई अघि लाउने नाउमा पनि उनी सुविधाभोगी छन्|
    नेपाल आइडलको छनौट चैने निजामतिमा बसेका र पार्टीका उच्च पदमा बसेका नेताहरुले गर्ने हो भने बुद्धलाई उहिले घुरेंनमा मिल्काएर यस्तो माहौल सृजना गरिदिन्थे अहिले टप थ्री मा जो रोजे पनि आफ्नै पार्ने गरेर छनौट गर्ने थिए| हाम्रो मुलुकको बिडम्बना यही हो| समावेशी भनेर पिटेका छन् तर उनीहरुकै राज छ, सत्ता छ| अब प्रदेश भए पनि त्यसै गरमला भनेर चलखेल वाला दिमाग लगाई रहेका छन्, सचेत बनौ|
    के यो मुलुक दुई चार सुविधा भोगीहरुको मात्र हो? लोकतन्त्रको फायदा कसले अधिकतम अरुलाई तोडेर लिएका छन्? चेतना भया|

    Reply
  7. क. तामाङ says:
    September 24, 2017 at 3:55 am

    यो जीत तामाङ एकताको जीत हो तर यसलाई सफल गर्न तामाङले मात्र होइन, नेपालको सबै जातजातिहरुले हामीलाई सहयोग गरेको छ | तेसैले यो नेपाली एकताको पनि जीत हो | बुद्ध लामालाई सपोर्ट गर्ने/नगर्ने सबै नेपालीहरुलाई हामीले धन्यवाद भन्न बिर्सनु हुदैन | हामी सबै नेपाली एक हौ | धेरै धेरै धन्यवाद सबै नेपालीहरुलाई | आज हामीलाई लगाएको यो ऋण हामीपनि तपाईहरुलाई एक दिन तिर्ने छौ | जय नेपाल !!

    Reply
  8. Madan says:
    September 24, 2017 at 1:49 am

    चाकारि र सोर्स फोर्श गर्ने मात्रै गर्ने अगाडि जाने भए मात्रै बुद्ध भाइ लाइ गार्हो होला नत्र उ श्वर को धनि छ र राम्रो गर्ने छ। हार्दिक वधाई तथा शुभकामना छ तिमीलाइ।

    Reply
  9. G Tamu says:
    September 24, 2017 at 12:16 am

    जुड्जेसहरुलेनै अन्तिम नतिजा दिनेहो भने नेपाल आइडलको हालतकस्तो हुन्थ्यो होला अन्दाज लगाउनमात्र सकिन्छ! जनताको भोटनै सबैभन्दा लोकतांत्रिकअनि निष्पक्ष तरिका हो जस्तो लाग्छ. नाताबाद, कृपाबाद र जातिबाद कुन नौलो कुरा होर. So swallow it people. कमसेकम नेपाली चुनाबको जस्तो त भाछैन नी……………………

    Reply
  10. jiwan says:
    September 23, 2017 at 2:42 pm

    जय तिमीलाई पनि थाहा छ कि निशान ले राम्रो gaaunchha भनेर. यो सोसिअल मेडिया मा जातभात को कुरा नगर. येस्ले तिम्रो हैसियत कति सम्म गिरेको रैछ भनेर प्रमाणित गर्छ. so be nepalese

    Reply
  11. rabin says:
    September 23, 2017 at 9:04 am

    अब नेपाल आइडल पैसाले जितिन्छ भन्ने प्रमाणित भयो

    Reply
  12. Ambika Chamlagai says:
    September 22, 2017 at 11:42 pm

    नहुने काम भयो।

    Reply
  13. KaSu Magar says:
    September 23, 2017 at 5:17 am

    निशान हुनु पर्ने थियो Nepal Idol . नमज्जा लाग्यो मलाई त .तर पछि music field मा छाउने चाही निशान र प्रताप नै हो जस्तो लाग्छ

    Reply
  14. Jay Tamang says:
    September 22, 2017 at 10:14 pm

    Aruko jit herna nasakne kasta khatte haru jpt bolxa thuya sala jhare bahun haru aaaija Mula 10 bahun 1 mongol Tori laure haru bhukxas

    Reply
    1. Dev Ghimire says:
      September 23, 2017 at 2:04 am

      Vai yesto ni vanxan tah..samajik sanjal ma ni yesto lekhnu hunx??toit ramro lekhenau hai vai timile

      Reply
  15. Jay Tamang says:
    September 22, 2017 at 10:13 pm

    Ko ko Marne lai tayari m xani Buddha le jite Hale abo jhundera Marni ki khola m hamfalera ho veda tupi haru ..

    Reply
  16. Jay Tamang says:
    September 22, 2017 at 10:10 pm

    Jasle Buddha le geet gauna jandaina Ra bolna aaudaina vanne jati sabai bambai ka kothi bata ads lageka janmeko xora xori hun..

    Reply
    1. Bishwojit Paudel says:
      September 23, 2017 at 12:44 am

      Music lover vayera hoina tamang vayera gareko comment lai

      Reply
  17. Sunita Shahi says:
    September 22, 2017 at 9:36 pm

    RIP AP1

    Reply
  18. Koltang Zire says:
    September 22, 2017 at 8:59 pm

    बुध्द लामाको एेतिहासिक नेपाल आईडलको जीतलाई स्वीकार्न नसकेकोले AP1 Television ले प्रत्यक्ष प्रशारण नगरेको हो ।

    Reply
  19. Mahendra says:
    September 23, 2017 at 2:29 am

    I think Qatar government did not allow live telecast to Nepal as they have been negatively portrayed by international media about lives and conditions of Nepali workers in Qatar. What’s the reaction from Freemantle? Will they dismantle the Nepal idol franchise ?

    Reply
  20. Ishwor Khadka says:
    September 22, 2017 at 8:09 pm

    हैट!मच्याङ्रा पो भयो?,

    Reply
    1. ईश्वरी पुन says:
      September 22, 2017 at 8:16 pm

      Galti sabaiko hunchha buddhalai udaune harulai hawale udayera pattasap gari diyo khushi ko sima rahena wow

      Reply
    2. Ishwor Khadka says:
      September 22, 2017 at 8:19 pm

      जे भने पनि भो।

      Reply
  21. Dipen Khadka says:
    September 22, 2017 at 8:03 pm

    बोल्न नजान्ने शेरबहादुर देउवा त प्रधानमन्त्री बने भने गित गाउन नजान्ने बुद्ध नेपाल आइडल बन्दा के को आपत्ति
    बधाइ छ भाइ

    Reply
  22. Rakesh Gurung says:
    September 22, 2017 at 8:02 pm

    Ap 1 television nepal idol sake sangai banda hunxa 100% afanai television ko program ko suchana dina nasakne television le kasari rastiya antarastiya suchana prasaran Garxa ??? Tai pani HD tv show bhanera dhum machai raheko xa

    Reply
  23. Alikhit says:
    September 23, 2017 at 1:38 am

    जे होस् गरिब को बच्चो प्रथम भयो, अवाज त निसान को राम्रो थियो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme