Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिको शैली किन पूर्व राजा महाराजाको जस्तो?

Posted on September 22, 2017 by सूर्य खड्का

प्रसंग १.
राष्ट्रपति विद्यादेवी भण्डारीे असोज ४ गते बुधबार गणेश माध्यामिक विद्यालयको अभिभावक दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी भइन्। अनौठो त के रह्यो भने अभिभावक दिवसमा अभिभावककै उपस्थिति थिएन। विद्यालयका प्रधानध्यापक मिमकाजी श्रेष्ठले राष्ट्रपतिको सुरक्षाका कारण अभिभावक तथा विद्यार्थीलाई नबोलाएको बताए। जसको बिहे उसैलाई देख्न नदिए भन्ने भनाईको यो भन्दा उम्दा उदाहरण के हुन सक्थ्यो र?

अभिभावक र विद्यार्थीको ठाउँमा विभिन्न राजनीतिक नेता तथा नगरपालिका प्रमुख उपप्रमुख र प्रमुख जिल्ला शिक्षा अधिकारी लगाएका विशिष्ट व्यक्तिको उपस्थिति थियो। करिब १४ सयको विद्यार्थी अध्ययनरत स्कूलमा ५० जना जति विद्यार्थी भने राखिएको थियो, स्वयंसेवकका रुपमा

प्रसंग २.
भदौ १५ गते राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले शीतल निवासमा इसाई मत अन्तर्गत मोर्मोन सम्प्रदायका विदेशी प्रचारकहरूको एक टोलीसँग आफ्नै कार्यलयमा भेटवार्ता तथा फोटो सेसन गरिन्। त्यस भेटका अवसरमा टोलीको तर्फबाट राष्ट्रपति भण्डारीलाई नेपालीमा अनूदित बाइबलको पुस्तक पनि हस्तान्तरण गरिएको बेहोरा मोर्मोन चर्चद्वारा प्रकाशित विज्ञप्तिले सगर्व उल्लेख गर्‍यो। धर्मनिरपेक्ष देशकी राष्ट्रपतिले मिसनरी धर्मभिरुहरुसँग किन भेटिन्, कसैले सुइँको पाएन, न त उनको कार्यालय नै जानकारी दियो।

प्रसंग ३.
कुनै पनि बेला कुनै पनि पर्व वा कार्यक्रम विशेषका अवसरमा राष्ट्रपति भण्डारी बाहिर निस्कदा सडकमा कति धेरै सवारी जाम गराइन्छ भन्ने तथ्यमा लगभग सडकयात्री सबै जनता जानकार छन्। जनआक्रोश जत्ति नै पोखिए पनि राष्ट्रपतिको सवारीहरु सडकजामविहीन बनाउने कुरामा राष्ट्रपति कार्यालय वा सरकार कसैले कहिल्यै ध्यान दिएका छैनन्।

प्रसंग ५.
अघिल्लो वर्षको पुसमा विवाहपञ्चमीका अवसरमा धनुषाको जनकपुरस्थित जानकी मन्दिरमा राष्ट्रपतिको भ्रमणका दौरान उनीमाथि अपमान नै गरियो। त्यसउपर व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले गम्भीर चासो व्यक्त गरियो, सरकारी छानबिन समिति पनि बन्यो। पुस १ गते राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा दर्शन गर्दा तत्कालीन मधेसी मोर्चाका कार्यकर्ताले कालो झन्डा प्रदर्शन गरी विरोध गर्दै भोलिपल्ट राष्ट्रपतिका नाममा विरोध गरियो। उनले जुत्ता लगाएर सुरक्षाकर्मीसहित मन्दिर प्रवेश गरेको भन्दै क्षमापूजा गरिएको थियो।

प्रसंग ६.
राष्ट्रपति कार्यालयका लागि गाडी खरीद गर्ने क्रममा गत साउनमा भएको सामाजिक संजालको विरोधको कुनै सीमा थिएन। प्रधानमन्त्री शेरबहादुर देउवाले सो बारे संसदमा नै स्पष्टीकरण दिनु पर्‍यो।

यी केही प्रतिनिधि प्रसंगहरु हुन् जसले जानी जानी, अन्जानमा वा जनस्तरका प्रतिक्रियाहरुलाई वेवास्ता गर्दै देशको सर्वोच्च संस्था राष्ट्रपति कार्यालय, पद र प्रतिक नै बिबादमा पर्ने गरेको तथ्योदघाटन गर्छन्।

नेपालमा २३८ वर्ष एकछत्र शासन गरेको भनिने शाहवंशिय राजसंस्थालाई बिस्थापित गरी २०६५ जेठ १५ पछि संघीय लोकतान्त्रिक गणतन्त्रको व्यानरमुनी नेपाललाई राष्ट्रपतिय प्रणालीमा लगिएको पनि दशक पुग्न लागेको छ । तर गणतन्त्रका दशकमा राष्ट्रपतिका हर कर्म र व्यवहार राजसंस्थाको विकल्पमा राजसंस्थाका ईतिहास बिर्साउने भन्दा पनि अभाव झल्काउने खालका देखिदै आएका छन्।

पूर्व राष्ट्रपति डा. रामवरण यादवको डेराभाडा प्रकरण वर्षेनी सडक तमाशाको ताजा खबर बन्ने गरेको छ । पदमा रहदा वा नरहदा पनि सार्वजनिक गर्न नहुने कतिपय विषयहरुमा पूर्व राष्ट्रपति यादव निकै रमाइला अन्तर्वार्ताहरुमा मज्जाले रौसिएर पोखिने गरेका छन । कट्वाल प्रक्रण वा संविधान जारी गर्दा जस्ता युगिन प्रभावहरुका प्रकरणमा पूर्व राष्ट्रपति यादव आफूले मात्रै आकाश थेगेको शैलीका दाबीहरु सहित मिडियामा छाइरहेका छन्।

पछिल्लो उदाहरण राष्ट्रपति भण्डारीकै काफी प्रसंग हो पदीय मर्यादा र आयोजक तथा कार्यक्रमको ओझ बोझ र महत्वमा वेवास्ता गर्दै उनी औपचारिक कार्यक्रममा सरीक हुने गर्छिन्। अभिभावक दिवसमा जानु नै थियो भने उनले विद्यार्थी र अविभावकहरुसँग खुलस्त वातचित र छलफल गर्न सक्नुपर्ने थियो। तर उनी शैली चाहिँ पूर्व राजामहाराजाको देखाउने अनि अभिभावक दिवसमा अविभावक र र विद्यार्थीलाई बन्देज गर्दैमा मख्ख पर्ने? यो राजनीतिक रुपमा लामो करिअर बनाएर सर्वसम्मत र उच्च राष्ट्रपति संस्थामा पुगेकी भण्डारीको पदको गरिमा र सम्मान माथिकै एकहदसम्मको अपमान हो । निश्चित आयोजकलाई खुसी पार्न उनले राष्ट्रपति संस्था चुकेको चाल पाइन् कि पाइनन्? यसमा उनको क्रसचेक भयो कि भएन? सवालहरु धेरै अुनत्तरित छन्।

दलीय जगबाट उठेर राष्ट्रपति बने पनि राष्ट्रपति सबैकी साझा र मर्यादित तथा विवादरहित हुन मूलत राष्ट्रपति पदमा आसिन व्यक्तित्वकै मुख्य ध्यान पुग्नु पर्छ। उनको सल्लाहकार मण्डलीलाई राज्यले दिएको सेवा सुविधा फगत जागिर मात्रै होइन, सो राष्ट्रपति संस्थालाई उच्च गरिमायुक्त र राष्ट्रपतिलाई सफल बनाउन जनताको लगानी हो। तर त्यही जनताको लगानीमा बन्ने राष्ट्रपति कतिन्जेल यस्तै विवादमा परिरहने त ?

13 thoughts on “राष्ट्रपतिको शैली किन पूर्व राजा महाराजाको जस्तो?”

  1. Rai Samule says:
    September 23, 2017 at 12:38 am

    कसले भनेको? तिमीले नै राम्ररी गूगल गरे हुन्थ्यो नि

    https://www.lds.org/scriptures/bofm?lang=eng

    Reply
  2. Samuel Rai says:
    September 22, 2017 at 2:07 pm

    The book of Mormon is not a Bible and not related to Christianity in general. The book of Mormon को बारे मा ek choti google garera herne ki?

    Reply
  3. SUSHIL says:
    September 22, 2017 at 9:59 am

    जरोबाट पलाउनु र टुप्पोबाट पलाउनु फरक पर्छ. राजाहरुको दिमागमा कुनै न कुनै रुपमा मुलुक आफ्नो पुर्खाको देन हो भनेर दवाब रही रहेको हुन्छ र तद अनुरुप व्यवहार गर्छन. हेर्नुस न, मरेर गएर पनि गिरिजाले गाली खान छोडेनन् तर सत्ता छोडेका ज्ञानेन्द्रलाई भन्न केही छैन. अझ भविष्यमा वडा अध्यक्ष्य पनि धान्न नसक्ने मान्छे रास्ट्रपति बन्लान, हाम्ले भोट हाल्न पाइँदैन…हुन त अहिले पनि “यत्रै सिती” हरुलाई जिताइरखियेको छ…अब कसलाई दोस दिनु र खोइ?
    बरु लालबाबुलाई अथवा चित्र बहादुर लाई रास्ट्रपति बनाइदिएको भए ढीडो रोटी खाएर साइकलमा ओहोर दोहोर गर्ने थिए आनन्दै हुने थियो…यिनलाई कतैबाट सुरक्षा खतरा पनि हुने थिएन, न जाम न साइरन..क्यार्नु र….

    Reply
  4. शुभाकार सायमी says:
    September 22, 2017 at 3:31 am

    Tei raja haru jasto huna ta aayeko ho ni ini haru

    Reply
  5. Anish Shahi says:
    September 22, 2017 at 8:14 am

    फरक एति हो , पहिले एक जुनी मा एउटा राजा देखन पाईथियो. अहिले त सबै राजा… मस्ती छ नेताहरुलाई. पालै पालो मोज गर्दै छन् ..

    Reply
  6. Khim Purja says:
    September 22, 2017 at 2:07 am

    Nepali kam xaina kam painas budi parako kando kanai hoke yo sab natak

    Reply
  7. Shankar says:
    September 22, 2017 at 7:18 am

    रास्ट्र प्रमुख पुर्ब राजा रानी जस्तो सैली मा देखियो भन्ने जुन बिसय उठान गर्न भो | कुरो के भने नि हिजो जेल नेल गएर , राजनीति गरेर , भूमिगत भएर काम रेड हरुले जुन दुख उठाउनु भएको थ्यो आज राम्रो पलंग मा सुत्नुहुन्छ , सरकारी खर्च मा उपचार र विदेश घुम्न हुन्छ , आफन्त हरुलाई राम्रो जागिर , छोरा छोरीलाई नेता बनाउनु यो सब उअहाहरुको जन्म सिद्द अधिकार हो |
    तिमिमुला को साग जनता हरुको काम प्रतिक्रिया बादीले टाउको उठाउला , राजा बादीले कु को प्रयास गर्ला , यो गणतन्त्र जाला तेस्मा मात्र चनाखो हुने बस्ने | नेताहरुलाई तिमीहरुको ज्यान धेरै आबस्याक छ | तिमीहरु १४००० मर्दा , बलिदान गर्दा बल्ल कमरेड हरुको कमाउने , मोज गर्ने बेला आएको छ | भोलि गडबड भए तिमीहरु मरेर भएपनि नेताहरुको एस ,आराम बरकरार राख्नुपर्छ | यहि हो नेपाल मा गणतन्त्र , प्रजातन्त्रको को परिभाषा |

    Reply
  8. Jeevan Anand Karn says:
    September 22, 2017 at 12:16 am

    नेपाल मा आदर्शवादी नेता न खोजौ। यहा यस्तै रहे छ।

    Reply
  9. Blon Kanxa says:
    September 21, 2017 at 8:00 pm

    Rashtrapati le garna bhaneko hainan hola, yo ta chamche haru le chaplusi haru le gareko natak matrai.

    Reply
  10. Nakkootdz Purja says:
    September 21, 2017 at 7:52 pm

    जनता ले त्यै गरेसी के अर्नेतनी
    रास्ट्रपति ले यसो गर भनेको होइन होलाक्यारे

    Reply
  11. Bhiswanir Thapa says:
    September 21, 2017 at 7:44 pm

    Hahaha parents day ma na parents na students… school le afnai beijjat garyo.. tait!!

    Reply
  12. Bj Bir says:
    September 21, 2017 at 7:37 pm

    नपाउने ले पाएको
    केरा चियामा चोपेको

    Reply
  13. सराेज गुरुङ् says:
    September 21, 2017 at 7:27 pm

    तैत के नै फरक रह्यो र ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme