Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रदीप पौडेल जापानी राजदूतकहाँ गएर सोधेछन्- मलाई किन डिपोर्ट? यस्तो आएछ जवाफ

Posted on September 20, 2017September 20, 2017 by Salokya

केही दिनदेखि नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई जापानबाट डिपोर्ट गरिएको चर्चाले सामाजिक सञ्जाल रंगिएको छ। त्यसो त केही अघि एमाले नेता देवी ज्ञवाली (भरतपुरका मेयर उम्मेदवार) लाई पनि नागोया विमानस्थलसम्म पुगेर त्यहाँको इमिग्रेसनले जापान छिर्न नदिएर नेपाल फर्काइदिएको थियो। अस्तिको महिनामात्रै पनि जापानी दूतावासले हिरोइन साम्राज्ञी राज्यलक्ष्मीसहित झरना थापालाई भिसा नदिएपछि जापानमा ए मेरो हजुर २ को प्रिमियर रोकिएको थियो। तर प्रदीप पौडेलको भने निकै नै हल्लाखल्ला भयो। इमिग्रेसनबाट फर्काइएका पौडेलले विज्ञप्ति जारी गरेर ‘मुलुकको स्वाभिमान र पहिचानसित जोडेर फर्कने निर्णय गरेको’ समेत बताए। उनले जापानी राजदूतलाई यसबारे सोध्न जानेसमेत विज्ञप्तिमा भनेका थिए। आज मंगलबार गएछन् पनि। के जवाफ दिए त राजदूतले? उनैले जानकारी दिएका छन्।

पौडेलका अनुसार राजदूतले भनेछन्- तपाई visiting relatives category अन्तर्गत भिसा लिएर जापान जानु भएको हो। तपाईँको प्रायोजक नै जापानमा नभएपछि जापान प्रवेशको के औचित्य?

उनले फेसबुकमा राखेको यसबारे जानकारी यस्तो छ-

उनले हिजो जारी गरेको विज्ञप्ति यस्तो थियो-

नेपाली जनसम्पर्क समिति जापान भनेको चाहिँ नेपाली कांग्रेसको विदेशमा रहेको संस्था हो। खासमा विदेशमा राजनीतिक गतिविधि गर्न नपाइने हो। तर विदेशमा सबै दलका यस्ता भ्रातृ संस्थाहरु हुन्छन् र कार्यक्रम पनि गरिरहेका हुन्छन्।

जापानमा रहेकाहरुसँग बुझ्दा पौडेललाई नेपाल फर्काउनुमा तीन प्रमुख कारण रहेछन्-

एक, उनका स्पोन्सर नै सम्पर्कमा आएनन्। जापानमा दिइएको फोन नम्बरमा सम्पर्क भएन। विज्ञप्ति अनुसार नेपाल आएका रहेछन्।

दुई, जापानमा बस्नलाई कति रकम छ भनेर सोध्दा ५ सय डलर पनि रहेनछ।

तीन, उनको नाममा होटल बुकिङ पनि रहेनछ।

36 thoughts on “प्रदीप पौडेल जापानी राजदूतकहाँ गएर सोधेछन्- मलाई किन डिपोर्ट? यस्तो आएछ जवाफ”

  1. praksan giri says:
    September 27, 2017 at 5:38 pm

    नेपाल नै यस्तो देश जुन देशको बिदेशमा पनि भात्री संगठन छ तर माखो मार्ने केहि होईन . राजनीति गर्ने भए खुरुक्क नेपालमै गर्दा हुन् र ?

    Reply
  2. ganesh says:
    September 21, 2017 at 10:42 am

    म कुनै पार्टीको कार्यकर्ता होइन ति तिन वुद्दाले
    नेता भए पछि सबै फोकटमा गर्न पाईन्छ भन्ने सोच्ने मानस्किता प्रस्ट झल्किदो रहेछ।

    Reply
  3. Birendra Khadka says:
    September 21, 2017 at 2:10 am

    ñepaĺma jasto jaslai mantri jàtijana bànayepani hune dr lai ķa mu I g bañayepani huñe poliçeko bhàsama dhokro liyeko bharma sidhai I g bAnaidiyehune chunab jitñapare matpatra chyatidiye hune afu añukul ñabhaye nyadhislài mahaàbhiyog lagaidiye hune tehi sochera ģayekohola ghokrethyaķ làgaiďiyechha mulukķo badnàme thukķa

    Reply
  4. Manin Maharjan says:
    September 20, 2017 at 2:17 pm

    Fokatlal haru, bidesi bhumima gayera rajniti garna khojchhan, k garne

    Reply
  5. Bishow says:
    September 20, 2017 at 7:22 pm

    सोध्न जानु मुरखता हो ! भिसा दिने दुताबास र अध्यागमन भनेका दुइ फरक संस्था हुन् . नेपालमा पो पार्टी को बुइ चढ्दैमा एउटई नेताको चम्चाले सरकारका सबै अंगमा प्रभाव प्रदर्शन गर्छन, बिदेशमा तेस्तो चल्दैन. के गर्ने भैसी लाइ कालो अक्षेर…

    Reply
  6. harke says:
    September 20, 2017 at 7:02 pm

    पेट भर्नाकोलागी अर्काको अगाडी हात पसार्नेहरुको के को स्वाभिमान? यो भिकारिलाई आफ्नो औकात याद गराइदेको मा जापानी दुताबासलाई मुरी मुरी धन्यबाद

    Reply
  7. बासु says:
    September 20, 2017 at 6:05 pm

    प्रदिपको “टाँय टाँय फुस्स…” भएछ | दुतावास नै थर्काउँछु भने झैँ गरेका थिए |

    Reply
  8. Prakash Sunuwar says:
    September 20, 2017 at 3:37 pm

    बुद्धि हारा इम्मिग्रेसनका जापानिज ! के हाम्रो देशका नेताहरु तिनी हरुको देशमा काम गर्छन भन्ठान्छन की क्या हो ? हाम्रो देशमा नेताहरुलाई हामीले पाली राख्या छौ नि ! के तिनीहरुको देशमा पसिना बगौछन भन्ठान्छन की क्या हो ? ताल पर्यो भने हाम्रो नेताहरुले तिमीहरुको देश किन्न सक्ने पैसा एकै रात मा कमाऊछन् | नापताए नेपालको आर्थिक भ्रस्टाचार, सुन तस्करी आदि आदि काण्ड पढ्ने गर | र तिमीहरुले जानेका छैनौ भने सिक हाम्रा नेता हरु बाट ! देश होइन आफु बन … पुस्ताहरुका लागि केहि जोहो गर्न सिक नत्र भने तिमीहरुको सन्ततिहरुले धिक्कार्ने छन् होस् गर | की कसो प्रदीप पौडेल सर ????

    Reply
  9. Nares Tamang says:
    September 20, 2017 at 9:16 am

    Sodnu banda pahile afno des banau kina ki nepali janta le jaha gayeni yestai khepnu paryaxa

    Reply
  10. Ram says:
    September 20, 2017 at 2:19 pm

    सबैको comments राम्रो लाग्यो। कहिले होला हाम्रो देशको बिकास हूने र हामी ले पनि बिचारा प्रदीप जी को बदला लिने? पाठ सिकौ, नेता हरूले बकमफूसे कूरा न गरौ, ईमान्दार र मेहनेती बनौ अनि Japan, America, Britain र अरू बिकासित मूलूक का मानिस लाइ नेपाल आउनमा visa reject गरौ र तिनी हरू over stay नेपालमा बसेको पाय सबै लाइ समातेर हठकडीको साथ deport गरौ। लौ जा, मैले पनि भनिदीए !

    Reply
  11. Raju Maharjan says:
    September 20, 2017 at 8:03 am

    Good decision by Japanese immigration.

    Reply
  12. Dilli Ram Sharma says:
    September 20, 2017 at 6:55 am

    म नेपाली नेता र मलाइ माथिका नेताको आशिर्वाद छ भन्ने भुत आफुमा भए सम्म यस्तै हुन्छ । युवा नेताहारुले बेलैमा सोचुन , बिदेशिमा “नेपाली नेताले पैसा र पद्कालागी मान्छे बेच्न पनि सक्छन ” भन्ने भावना लाई सहयोग नपुर्‍याउ ।पाठ सिकौ ।

    Reply
  13. Nanda Rai says:
    September 20, 2017 at 6:41 am

    Thik garexa thute neta lai

    Reply
  14. पृथ्वी नारायण says:
    September 20, 2017 at 10:00 am

    “भिसा दिनु अघिनै विचार गर्नु पर्नेमा जापानी पक्ष्य बाट अध्यागमन पुगिसकेपछि मात्रै केरकार गरिनु दुखद”
    ओ प्रदिप बाबु, तिमीलाई कल्ले भन्यो भिसा दिनु अघि दुतावाशले विचार गरेन भनेर? तिमी लथ्थुरामले नै भन्यौ कि तिम्रो दोस्त आकस्मिक रूपमा नेपाल गयो भनेर। तिमीले भिसा फारम भर्दा तिम्रो दोस्त जापानमै भएको र तिमी अध्यागमनमा हुँदा तिम्रो दोस्त जापानमा नभएको हुन सक्दैन र? देशको स्वाभिमान, नेपाली प्रतिको दुर्व्यवहार जस्ता कुरा गर्न छाडेर, अब आउँदो दिनहरुमा प्रदिप बाबुले राम्ररी कुरो बुझ्ने, पानी पनि नचुहिने खाले प्लान बनाउने सीप सिक्ने तिर लाग। हरियो पासपोर्ट भएकोले हेपिएको भनेर बिज्ञप्ति गरेर भ्रम फैलाउन ठाले बाबुको बचेको इज्जत नि बिस्तारै जाला।
    तिमीलाई चेतना भया।

    Reply
  15. Agni Ram Saila Rai says:
    September 20, 2017 at 3:29 am

    अरूले देला र खाँउला भनेर गएको रहेछ ठिकै भएछ।

    Reply
  16. Ramchandra Karanjit says:
    September 20, 2017 at 2:56 am

    को कांग्रेसका बुचाले देशको स्वभिमान? भन्न पनि लाज मान्नु पर्ने हो। हुनत सबै कांग्रेसहरुको इमान सेरबहादुर ले भारतमा धरौटी राखेर नोट संग भजाएका छन।

    Reply
  17. Bhushan Raj Timla says:
    September 20, 2017 at 1:23 am

    Grow up Nepalese leaders, grow up..
    Other developed countries are not like ours, respect their rules & prepare well before travel them…

    Reply
  18. narendra baral says:
    September 20, 2017 at 6:22 am

    विदेश छिर्न नपाय अनि राष्ट्रबाद ! हा हा हा ””””””””’!
    अरु बेला खाओबाद !!
    नेपाली को यहि त हो नेपालबाद !!!

    Reply
  19. Rabin Parajuli says:
    September 20, 2017 at 12:29 am

    जापान भनेको नेपाल जस्तो जे पनि गर्न मिल्ने देश हैन भन्ने कुरा अझै पनि बुझेनछन प्रदिपले।

    Reply
  20. Suresh Thapa says:
    September 20, 2017 at 12:03 am

    neta harule kailei des ra janatako lagi kam gareko vayepo aru desle thapauxa respect garxa…hamra neta kasta xan ra yiniharuko k value xa vanera biswo lai tha xa ani aru des bata attention ra respect khojera painxa??

    Reply
  21. Dwarika Rijal says:
    September 19, 2017 at 11:18 pm

    तोरिलाउरे पाखन्डि , फोकट्मा बिदेश् जानु पार्ने
    Right decision from Japanese immigration, this kind of people making other ordinary people in difficult situation

    Reply
  22. Radha Khatree says:
    September 19, 2017 at 11:01 pm

    आफुले बनाउन नजाने पनि अर्काले बनाएको बिधिको शासनमा चल्न सिक । जापानलाई पनि तिमीहरुले बनाएको नेपाल जस्तो सोचेर हुन्छ त ???????

    Reply
  23. Rabin Sharma says:
    September 19, 2017 at 10:56 pm

    प्रदिप जी हामी नेपाली गरिब हुनुको पिडा हो यो। हामी चाहि बिदेशी भिकारी लाई पनि सम्मान दिन्छौ तर बिदेशी हरु तेस्तो हुदैन रहेछन। अब देश धनी बनाउन लागौ

    Reply
  24. Raj EEn Dra Lama says:
    September 19, 2017 at 10:32 pm

    Aa thikai vo Neta vanauda lai

    Reply
  25. SaJin Gyaltang Ghale says:
    September 19, 2017 at 10:32 pm

    Balla khais neta banera nepali jantalai thagera khane haru sabailai sabai thauma yesari farkaiyos

    Reply
  26. Sobindra Tamang says:
    September 19, 2017 at 10:09 pm

    Good

    Reply
  27. सृस्ति राना says:
    September 19, 2017 at 10:02 pm

    सबैको दुख एउतै हो साथी हो ।भोलि तपाईहरु पनि त त्यही अबस्थामा पर्दा के हुन्छ???

    Reply
  28. Dawa Gole says:
    September 19, 2017 at 9:34 pm

    नेपालको बकम्फुसे राजनीति त्यहाँ देखाउन थाल्यो होला,त्यसैले लगायो घोग्रेठ्याक उनीहरुले …

    Reply
  29. Rajesh Kaji Dangol says:
    September 19, 2017 at 7:36 pm

    1 kg अंगूर किनन पैसा नापूगने बोकी जापान भ्रमण Bro…, अझाई ओस्सकै थोलो सोरा…lol

    Reply
  30. Joyson Gurung says:
    September 19, 2017 at 7:07 pm

    इम्मिग्रेसन अफिसर ले गरेको निर्णय बारे राज्दुतबास को राज्दुत जबाफदेहि नहुनु पर्ने, धन्न उत्तर चाहि दिएछ ।

    Reply
  31. Kiran Bungnam Rai says:
    September 19, 2017 at 7:03 pm

    nepalma bhaeko bhae tyo adhyagamanko karmacharilai darchulaa saruwa garthiyo e deshakaa thula netaa haru le yo ghaTna bat ke sikchhan herau pradeep Paudel kaa parTi le

    Reply
  32. ßishal Sen says:
    September 19, 2017 at 6:59 pm

    Bichara sanga $500 ni rainaxa khaltima….
    Thugharu…kaam garera khana siik..
    Rajniti hoina…!!

    Reply
  33. Tigela Arun says:
    September 19, 2017 at 6:56 pm

    Kasto lachar tarikale japan gako ta haw siligudi Gaye jasto hora

    Reply
  34. Navin Rayamajhi says:
    September 20, 2017 at 12:23 am

    नहुनु बेइज्जत भइसकेको छ, अब चुप लागेर बसे हुन्छ…कति कराएको?

    Reply
  35. Narayan Pandey says:
    September 19, 2017 at 6:33 pm

    यिन्को पहुच पुग्थ्यो भने त प्रधानमन्त्रीको फोन हान्न लाउथे होला तर कुरा पर्यो जापानको जहा विधीको शासन चल्छ।

    Reply
    1. माइनस पुमा says:
      September 19, 2017 at 6:46 pm

      हा… हा… हा… कुरो सै हो

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme