साहित्य भनेको सीधा र सरल हुँदैन क्यारे। त्यसैले धेरैले साहित्य लेख्न सक्दैनन्। भर्खरै पढेको एउटा किताबमा पनि साहित्यको गजब नमूना देखियो। हेर्नुस् माथिको उदाहरण। यहाँ हेर्नुस्, दुवै पात्रको मुख बन्द छ। तर पनि धेरै संवाद हुन्छ। कसरी? अगाडि पढ्नुस्।
मुख बन्द भएर के भो त? वास्तविक जीवनमा पो मुखले नै हो बोल्ने। साहित्यमा त आँखाबाट पनि बोल्न सकिन्छ। हेर्नुस् यहाँ आँखैबाट एउटा पात्रले पाँच लाइनको एउटा प्याराग्राफै बोलेका छन्।
त्यतिमात्र हैन, अर्को पात्रले पनि आँखैबाट त्यसको जवाफ यसरी दिन्छन्-
तीन लाइनको वाक्य यसरी आँखाबाट जवाफ दिइयो।
यतिले सकिँदैन यो साहित्य। पुनः त्यसको जवाफ फेरि अर्को पात्रले आँखैले यसरी दिन्छन्-
आँखाआँखाबाट नै यसरी मनका कुरा आदान प्रदान हुने सूत्र भए बोल्न नसक्नेहरुका लागि त वरदानै हुन्थ्यो नि। उनीहरुले सांकेतिक भाषा पनि सिक्नुपर्दैन थियो। यसो- आँखा र आँखा जुधायो, आँखाबाटै बोल्यो, आँखाबाटै सुनेर बुझेर आँखाबाटै जवाफ दियो।
आँखाको यो बहुपयोगी भाषाको पेटेन्ट राइट पनि लिए राम्रै होला।
हैन, यो साहित्यमा मात्र सम्भव हुने भए आँखाले कति लाइनसम्मको वाक्य बोल्न र बुझ्न सम्भव छ, त्यो थाहा पाउन पनि यो अंश उपयोगी हुनसक्छ। आखिर साहित्य नै हो जसले जतिसुकै असम्भव कुरा पनि सम्भव बनाइदिनसक्छ।
तपाईँलाई के लाग्छ?
मलाई लाग्छ मान्छे को आँखा ले साहित्य मा मात्र हैन कि बास्तविक जीवन मा पनि धेरै कुरा बोल्छ: मायामा इसारा बोल्छ, पिंडामा आँसु बोल्छ, खुसीमा चमक बोल्छ…एस्तै एस्तै धेरै परिवेश मा बोल्छ.
साहित्य मा त रुख बोल्छ, माटो बोल्छ, पहाड बोल्छ, सागर बोल्छ, आदि-इत्यादी बोल्छ भने मान्छे को आँखा बोल्नु नौलो कुरो भएन क्यारे मित्र.
साहित्य मा मान्छेको आँखा ले सारा ब्रह्माण्ड बोल्छ……मेरो विचार मात्र है….
विक्की