नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव भए। संविधान नबनुन्जेल उनी राष्ट्रपति भए। संविधान बनिसकेपछि चुनाव नभएसम्मका लागि दोस्रो राष्ट्रपति बनिन्- विद्या देवी भण्डारी। मंसिर महिनामा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव भएर संघीय संसद र प्रदेश सभा बनेको एक महिनाभित्र तेस्रो राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्नुपर्नेछ।
तेस्रो राष्ट्रपति वा उपराष्ट्रपति बन्न चाहनुहुन्छ? यी शर्त पूरा गर्नुपर्नेछ। आउनुस् जानौँ कसरी चुनिनेछन् अब राष्ट्रपति र उपराष्ट्रपति।
सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि तयार पारिएको विधेयक संसदमा दर्ता गरेको छ। विधेयक अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि ५ शर्त पूरा गरेको हुनुपर्छ-
(१) सबैभन्दा पहिला त नेपाली नागरिक हुनुपर्यो, त्यो पनि वंशजको आधारमा। अर्थात् बुबा नेपाली नागरिक भएको आधारमा पाएको नागरिकता हुनुपर्यो।
(२) कम्तिमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्यो।
(३) कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्यो।
(४) कुनै सङ्घीय कानूनले अयोग्य नभएको हुनुपर्यो।
(५) कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्यो। “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ।
कस्ता मानिसहरु अयोग्य हुन्छन् त उम्मेदवार बन्न?
(ख) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको,
(ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,
(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको,
(ङ) सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
(च) जातीय भेदभाव तथा छुवाछुत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,
(छ) खण्ड (घ) र (ङ) मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
(ज) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,
(झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,
(ञ) मानसिक सन्तुलन ठीक नभएको।
कति पैसा लाग्छ?
राष्ट्रपतिको उम्मेदवार हुनका लागि १ लाख रुपैयाँ शुल्क धरौटीवापत् बुझाउनु पर्छ। उपराष्ट्रपति हुनका लागि ७५ हजार रुपैयाँ लाग्छ। महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारका लागि भने यो धरौटी रकममा पचास प्रतिशत डिस्काउन्ट हुनेछ।
सदर मत मध्ये १० प्रतिशत मत ल्याउन सकेन भने उम्मेदवारको धरौटी रकम पच हुनेछ।
राष्ट्रपतिमा जुन लिङ्ग वा समुदायको व्यक्ति निर्वाचित हुन्छ, त्योभन्दा फरक लिङ्ग वा समुदाय उपराष्ट्रपतिमा उम्मेदवार हुनुपर्नेछ।
कसरी उम्मेदवार बन्ने?
पैसा हुँदैमा उम्मेदवार बन्न भने पाइन्न। त्यसका लागि तपाईँले २५ जना प्रस्तावक र २५ जना समर्थक तयार पार्नुपर्नेछ। प्रस्तावक र समर्थक जो पायो त्यही भएर हुन्न, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि भोट हाल्ने मतदाता नै हुनुपर्छ।
कसले भोट हाल्छन्?
राष्ट्रपति र उपराष्ट्रपति चुन्नका लागि संघीय संसद र प्रदेश सभाका सदस्यहरुले मतदान गर्छन्। संघीय संसद भनेको २७५ सदस्यीय प्रतिनिधि सभा र ५९ सदस्यीय राष्ट्रिय सभा गरी कूल
३३४ जना र सातै प्रदेशका प्रदेश सभाहरुका कूल सदस्यहरु ५५० जना गरी ८८४ जनाले भोट हाल्छन्।
प्रतिनिधि सभाका २७५ र प्रदेश सभाका ५५० जना सदस्यहरु मंसिरमा हुने दुई चरणको निर्वाचनपछि चुनिन्छन्।
कति भोट ल्याउनु पर्छ जित्न?
एक जनामात्र उम्मेदवार भए त निर्विरोध निर्वाचित घोषणा भइहाल्छ। एकभन्दा बढी उम्मेदवार भएमा भने बहुमत अर्थात् कम्तिमा २६ हजार ३ सय ९३ मत ल्याउनु पर्नेछ। भोट हाल्ने जम्मा ८८४ जना मत ल्याउनु पर्ने २६३९३ कसरी भन्ने तपाईँलाई लाग्न सक्ला।
खासमा भोट हाल्ने ८८४ जना नै हो। तर संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरुको मतभार फरक हुनेछ। भनेको के भने संघीय संसदका सदस्यहरुले हालेको मतलाई ७९ ले गुणन गरिन्छ भने प्रदेश सभाको सदस्यले हालेको मतलाई ४८ ले गुणन गरिन्छ।
उदाहरणका लागि कुनै दलले संघीय संसदमा ५० सांसद र देशभरका प्रदेशहरुका प्रदेश सभामा १०० सदस्य जित्यो भने विधेयकमा गरिएको व्यवस्था अनुसार संघीय संसदबाट ५०X७९ = ३९५० र प्रदेश सभाबाट १००X४८ = ४८०० गरी कूल ८७५० मत ल्याएको हुन्छ।
कसैले पनि २६३९३ भोट ल्याएन भने बढी मत ल्याउने दुई जनाबीच पुनः चुनाव हुनेछ। त्यसमा जसले बढी ल्यायो, उही राष्ट्रपति वा उपराष्ट्रपति निर्वाचित हुनेछ।
यो ७९ र ४८ ले गुणन गर्ने लफडा के हो भन्ने लाग्ला तपाईँलाई त्यसको सूत्र यो हो-
भनेपछि संघीय संसदबाट २६ हजार ३ सय ८६ मत र प्रदेश सभाबाट २६ हजार ४ सय गरी कूल ५२ हजार ७८६ मत उपलब्ध हुनेछ।
राष्ट्रिय सभा कसरी निर्वाचित हुन्छ त?
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनका लागि राष्ट्रिय सभाको निर्वाचन पहिले हुनुपर्छ। राष्ट्रिय सभाका ५९ सदस्य निर्वाचन हुने प्रदेश सभाको निर्वाचन पछि हो। सबै प्रदेशबाट ८ जना गरी ५६ जना निर्वाचित हुनेछन् भने राष्ट्रपतिबाट एक महिलासहित तीन जना मनोनीत हुनेछन्। प्रदेशबाट ८ जना चुन्दा पनि तीन महिला, एक दलित र एक अपांग वा अल्पसंख्यक चुन्नुपर्नेछ।
प्रदेशबाट ८ जना चुन्नका लागि मतदान हुनेछ। त्यस्तो मतदानमा प्रदेश सभाका सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखले भाग लिनेछन्। यसमा पनि प्रदेश सभाका सदस्यको मतलाई ४८ ले गुणन गरिनेछ भने गाउँपालिका वा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतलाई १८ ले गुणन गरिनेछ। अर्थात् तपाईँको नगरपालिकाका एक मेयरको मत बराबर १८ मत हुनेछ भने उपमेयरको मत बराबर पनि १८ मत नै हुनेछ। तपाईँको प्रदेशको प्रदेश सभाको एक सदस्य बराबर भने ४८ मत हुनेछ।
यसको सूत्र यस्तो छ-
आ पार्टी हरुले साथ गत गरेर चुनिने रहेक्ष अखार्मा यस्तो मलाई मान्य क्षैन प्रतक्ष्य चुनाब र पपुलर वोट को अधारमाहुन पर्क्ष किन वने संसद हरु किन्बिच जाली गरेर पैसा खर्च गरेर चुनाव जितेर एक हुन्क्षन तर प्रतक्ष्य चुनाव वा को भा देस वारी क जनता लै किन्न सकिन्न र पोपुलर मान्छे ले मात्र चुनाव जित्न सक्छ. यस्तो प्राबधान च्यातेर फल्दे …..
भनेपछि अब रास्ट्रपति बन्ने पालो खुम बहादुर खड्का को हो भन्ने बुजियो
Janma kaid ko sajaya payo bhane matra ummedbar banna napaune rahechha. Janma kaid ko manchhe ta jail mai hunchha ni hoina?
Yetro bhatta khane bhatuwa? Bhanchan sarale. Bho ma ta bandina
शैक्षिक योग्यता त नचाहिने रहिछ ।
Desh ma chai yeso herda barsai bhari nirwachan matra hune raicha