Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चार वटा प्रदेशको प्रदेश सभाका प्रत्यक्ष चुनिने सांसदभन्दा ठूलो अहिलेको मन्त्रिपरिषद्

Posted on September 11, 2017November 30, 2017 by Salokya

प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासकै ठूलो मन्त्रिपरिषद् बनाउँदैछन्। नयाँ संविधान लागू भएपछि २५ जनाको मात्र मन्त्रिपरिषद् हुने व्यवस्था संविधान मै भएका कारण उनको यो रेकर्ड कसैले तोड्न गाह्रै पर्ला। यसका लागि संविधान संशोधन नै गर्नुपर्ने स्थिति आउनेछ।

अहिले नै ५० सदस्य भएको मन्त्रिपरिषद्‍मा कमल थापाको राप्रपा फुटेर बनेको राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक राज्यमन्त्री थपिएपछि ५४ सदस्यको हुने भएको हो। रोचक त के छ भने अहिलेको मन्त्रिपरिषद् चार वटा प्रदेशको प्रदेश सभाभन्दा ठूलो हुनेछ। 

अहिलेको मन्त्रिपरिषद् प्रदेश नम्बर ४, ५, ६ र ७ को प्रदेश सभाको संख्या भन्दा ठूलो हुन लागेको हो। प्रदेश सभा भनेको प्रदेशको संसद हो।

प्रदेश नम्बर ४ मा जम्मा ३६ जनाको प्रदेश सभा हुनेछ। त्यस्तै प्रदेश नम्बर ५ भने ५२ सदस्यको हुनेछ। प्रदेश नम्बर ६ मा सबैभन्दा कम २४ जनाको प्रदेश सभा हुनेछ भने प्रदेश नम्बर ७ मा ३२ जनाको सभा हुनेछ।

(नोट : यो प्रदेश सभाको प्रत्यक्ष निर्वाचित हुने संख्यामात्र हो। संविधान बनाउँदा सुरुमा प्रदेश सभामा प्रत्यक्ष निर्वाचित मात्र सांसद हुने तयारी गरिए पनि जारी गर्दा भने प्रदेश सभामा समानुपातिकबाट निर्वाचित हुने संख्या पनि थपिएको थियो।)

प्रदेश सभाको कूल संख्या भने यस्तो हुन्छ-

प्रदेश १
प्रदेश सभा कूल सिट ९३
प्रत्यक्ष सिट : ५६
समानुपातिक सिट : ३७
बहुमतका लागि आवश्यक सिट : ४७

प्रदेश २
प्रदेश सभा कूल सिट १०७
प्रत्यक्ष सिट : ६४
समानुपातिक सिट : ४३
बहुमतका लागि आवश्यक सिट : ५४

प्रदेश ३
प्रदेश सभा कूल सिट ११०
प्रत्यक्ष सिट : ६६
समानुपातिक सिट : ४४
बहुमतका लागि आवश्यक सिट : ५६

प्रदेश ४
प्रदेश सभा कूल सिट ६०
प्रत्यक्ष सिट : ३६
समानुपातिक सिट : २४
बहुमतका लागि आवश्यक सिट : ३१

प्रदेश ५
प्रदेश सभा कूल सिट ८७
प्रत्यक्ष सिट : ५२
समानुपातिक सिट : ३५
बहुमतका लागि आवश्यक सिट : ४४

प्रदेश ६
प्रदेश सभा कूल सिट ४०
प्रत्यक्ष सिट : २४
समानुपातिक सिट : १६
बहुमतका लागि आवश्यक सिट : २१

प्रदेश ७
प्रदेश सभा कूल सिट ५३
प्रत्यक्ष सिट : ३२
समानुपातिक सिट : २७
बहुमतका लागि आवश्यक सिट : ४७

1 thought on “चार वटा प्रदेशको प्रदेश सभाका प्रत्यक्ष चुनिने सांसदभन्दा ठूलो अहिलेको मन्त्रिपरिषद्”

  1. Kishor says:
    September 11, 2017 at 6:35 pm

    देसको दुर्भाग्य, जता ततै भर्स्ताचार, सबै जना चुप l हामी जनता पटमुर्ख खाली तिनै ३ पार्टी लै जिताउने l ‘देश बनाउने हो’ सोध्नु मन लग्यो जनता लै l गोविन्द के सी हरु मर्न बिबस पारिन्छ चुणामणि शर्मा , सुमार्गी र खड्का को राज मा l अनि शेर बहादुर हरु, प्रचण्ड हरु, ओली हरु हासेका छन् आफ्नो नाम बाट जनता लडाई सधै राज गर्न सकेको मा l उनि हरु लै के को गाली हामी नै तेस्तै भए पछि l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme