Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इन्द्रजात्रामा देखाइने आकाश भैरव किराती राजा यलम्बर?

Posted on September 11, 2017September 11, 2017 by Salokya


काठमाडौँमा आठ दिनसम्म धूमधामका साथ मनाइने येँयाः (इन्द्रजात्रा) आइतबार सकिएको छ। यही जात्राका अवसरमा वंघः (इन्द्रचोक) मा रहेको आकाश भैरवको मूर्तिलाई मन्दिरबाहिर प्रदर्शन गरिन्छ। खासमा इन्द्रजात्रा कुमारी जात्रा, इन्द्रजात्रा र भैरव जात्राको संयुक्त रुप हो। त्यसै कारण श्वेत भैरवसँगै आकाश भैरव मात्र हैन टोलटोलमा अन्य भैरवहरु पनि प्रदर्शन गरिन्छन्। इन्द्रको मूर्तिलाई त बाँधेर नै राखिन्छ।

डा. साफल्य अमात्यको ‘श्री आकाश भैरवनाथ’पुस्तकमा उल्लेख भएको किंवदन्ती (पहिलेदेखि भन्दै/सुन्दै आएको तर प्रमाण नभेटिएको कुरा) अनुसार यलम्बर भन्ने – किराँती राजाले इन्द्रचोक अर्थात् वंघःमा आफ्नो राजघर बनाएर बसेका थिए। नेवारहरुले आकाश भैरवलाई आजु द्यःको रुपमा पूजा गर्छन् र यलम्बरकै प्रतीकका रूपमा नेवारले मान्ने गर्दछन्।

अर्को किंवदन्ती अनुसार महाभारतको युद्धमा जाँदा भगवान् कृष्णले छल गरी काटेको यलम्बरको शिर प्राचीन टेकुदोभान (हालको इन्द्रचोक)मा नदीछेउमा बसी काम गरिरहेको एकजना ज्यापूले देखेछ सो ज्यापूलाई सपनामा यलम्बर भगवानले भैरवको रूपमा दर्शन दिई मलाई यहीं नै एउटा छाप्रो बनाई राख र तिमीहरूले नै हेरविचार गर भनी भनेछन् ज्यापूले बिहान सबेरै सो शिर भएको ठाउँमा एउटा सानो छाप्रो बनाई यलम्बर भैरवलाई विराजमान गराई पूजाआजा गर्न थाले।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme