मदन पुरस्कार पुस्तकालयले संग्रह गरेको यो फोटो त्रिचन्द्र मिलिट्री हस्पिटलको हो। पहिलो विश्वयुद्धमा भाग लिएका वीर नेपाली सिपाहीका सम्झनामा ९२ वर्षअघि अर्थात् विसं १९८२ मा यो अस्पताल बनाइएको थियो। महांकाल देउताको मन्दिरको ठ्याक्कै अगाडि रहेको यो अस्पतालले त्यतिबेला पहिलोपटक फाइबर अप्टिक इन्डोस्कोपी उपकरणलाई समेत भित्र्याएको रहेछ। विसं २०४६ पछि भने यो अस्पताल छाउनीमा स्थानान्तरण गरी वीरेन्द्र अस्पतालका रुपमा सञ्चालित थियो। यो भवन चाहिँ पुरानो भइसकेको थियो। सेनाले यसलाई भत्काउन थाल्दा नयाँ भवन निर्माण गरी आगामी दुई वर्षभित्रमा सञ्चालनमा ल्याउने योजना भएको बताइएको थियो।
उपरथी प्रा डा शिवबहादुर बस्नेतले त्यतिबेला भनेका थिए-‘आगामी दुई वर्षभित्रमा आम सर्वसाधारण नेपाली जनताले सैनिक अस्पतालबाट दक्षिण एसियामा उपलब्ध हुने सबै स्वास्थ्य सेवा पाउने छन्।’ अर्थात् सैनिक अस्पतालमा पहिलो पटक सर्वसाधारणले पनि उपचार पाउने !
महांकालस्थानमा स्थापना हुने अस्पतालको शय्या क्षमता ४६९ को हुने र अस्पतालमा आधुनिक चिकित्सा विज्ञानका सबै सेवा र उपकरण सस्तो र गुणस्तरीय रुपमा उपलब्ध हुने भनी वीरेन्द्र अस्पतालका निर्देशक सहायक रथी प्रा डा किशोर जबराले जानकारी दिएको त्यतिबेलाको समाचारमा उल्लेख छ।
समाचारमा अगाडि लेखिएको थियो- ‘सैनिक कल्याणकारी कोषले अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । कोषका निर्देशक सहायक रथी धनिदास कार्कीले भने-महांकालको अस्पताल सेवाका लागि समर्पित हुनेछ, व्यवसाय र नाफा खोज्ने यसको ध्येय होइन।’
समाचार छापिएको तीन वर्षपछि आज सरकारी समाचार गोरखापत्रमा त्यो नौ तले भवन त भाडाका लागि पो टेन्डर आह्वान गरिएको छ। कूल क्षेत्रफल ३ लाख १५ हजार वर्गफिट रहेछ। त्यसमध्ये ३० हजार वर्गफिट चाहिँ ‘सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुलाई औषधोपचार सुविधा उपलब्ध गराउने उद्देश्यले कट्टा गरी बाँकी रहन आउने क्षेत्रफल करिब २ लाख ८५ हजार वर्गफिटको बेसमेन्टसहित नौ तला भएको व्यवसायिक भवन र भवन परिसरमा निर्माण गरिएको संरचनासहितको पूरै भवन कम्पाउन्डसहित’ भाडामा दिने उल्लेख रहेछ।
यसको भाडामात्रै मासिक २ करोडभन्दा बढी उठ्ने सहज अनुमान गर्न सकिन्छ।
आम सर्वसाधारण नेपाली जनताले उपचार पाने र व्यवसाय र नाफा खोज्ने ध्येय हैन भनेर तीन वर्षअगाडिको कुरा कुरामात्रै रहन पुगेछ। व्यवसाय गर्न खोजेको नभए व्यवसायिक भवन बनाउन आवश्यकै थिएन होला।
टेन्डरको सूचनामा अस्पताल राख्नेलाई पहिलो प्राथमिकता दिने भनिएको छ। सूचनामा निषेध गरिएका व्यवसायहरु सञ्चालन गर्न नपाइने पनि उल्लेख छ। तर त्यस्तो व्यवसाय के हुन् भन्ने चाहिँ खुलाइएको छैन। शर्त लगायत अन्य विषय सेनाको वेबसाइटमा उल्लेख छ भनिए पनि वेबसाइटमा यो ब्लग लेख्दासम्म यो टेन्डरबारे कुनै जानकारी राखिएको छैन।
यस्तो छ टेन्डरको सूचना-
अब त सबै चीज़ नेपाली सेनालाई नै ठेक्का दिंदा राम्रो होला जस्तो छ किनकी सेनाको कल्याण कोषमा पनि प्रशस्त पैसा हुने भएकोले लगानि दुबाईदेला भन्ने पनि डर हुन्न क्यारे ।
पुरानो बसपार्क पनि कम्प्लेक्समा परिणत हुने यो पनि साथै टुडिखेमा पनि सेनाकै कब्जामा अनि ब्यापारीक कम्प्लेक्स बनाएर भाडामा नदिए के गरोस !? आख़िर भाडाका सेना जो पर्यो ।
2-4 वोटा पुरानो भवन बाक़ी छन tyo पनी मास थुईक बूँद्दी
आजकल जुनसुकै संस्थाले पनि भाडामै दिएर खाने हो ।
परोपकार प्रसुति गृह,
पद्मोदय हाई स्कुल,
जे.पी. स्कुल,
परोपकार स्कुल,
महेन्द्र आदर्श विद्याश्रम,
राष्ट्रिय सभा गृह,
नेपाल स्काऊट,
पाटन स्कुल,
पुलिस क्लब,
अल्छि लाग्यो लेख्न, कति लेख्ने सयौं छन् आफ्नो ऊद्देश्य भन्दा बाहिर गएर भाडामा दिने ।
खाली जग्गा। देख्ने बित्तिकै बिल्डिंग बनायो भाडामा दी हाल्नु पर्ने नेपाली सस्कृति नै भो ।