Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देशभित्र प्रताप दासलाई सबैभन्दा बढी भोट, देश बाहिरबाट बुद्ध लामालाई बढी भोट

Posted on September 8, 2017September 8, 2017 by Salokya


अन्ततः नेपाल आइडलले टप थ्री पाएको छ। अदालतसम्म पुगेको विवादका बीच सागर आले आउट भएसँगै अब पहिलो नेपाल आइडलका लागि बुद्ध लामा, प्रताप दास र निशान भट्टराईले प्रतिस्पर्धा गर्ने भएका छन्। काठमाडौँ जिल्ला अदालतले मुद्दा हाल्ने व्यक्ति करारको एक पक्ष नभई सार्वजनिक सरोकारको विषयका रुपमा निवेदन दिएको भन्दै नेपाल आइडलविरुद्धको मुद्दा खारेज गरिदिए पनि कसले कति भोट पाएको भन्ने लिक भएको छ। आयोजकले अदालतमा बुझाएको भन्दै अनलाइनखबरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुद्ध लामालाई सबैभन्दा बढी भोट आएको छ भने प्रताप दास दोस्रो र निशान भट्टराई तेस्रो भएका छन्। भोटिङ नेपालभित्र एसएमएसबाट र नेपाल बाहिर एपबाट अनलाइन लिइएको थियो। नेपालभित्र र नेपाल बाहिरको भोटिङ प्याटर्न भने फरक देखिएको छ।

नेपालभित्रबाट अर्थात् एसएमएसबाट सबैभन्दा बढी भोट प्रताप दासलाई गएको छ। प्रताप दास सबभन्दा धेरै पटक डेन्जर जोन र बटम टुमा परिसकेका प्रतिस्पर्धी हुन्। तर गत साता उनले एसएमएसबाट सबैभन्दा बढी ७ लाख १४ हजार ९९९ भोट पाएको अनलाइनखबरले लिक गरेको तथ्याङ्कमा उल्लेख छ।

रोचक के छ भने नेपाल बाहिर अर्थात् अनलाइन भोटिङमा भने प्रताप दासलाई सबैभन्दा कम भोट परेको छ। उनले अनलाइन भोटिङमा १ लाख ७८ हजार ३४८ भोट मात्रै पाए जुन कि निकट प्रतिस्पर्धी भन्दा झण्डै दुई लाखले कम हो। यसले प्रताप दास नेपालमा लोकप्रिय भए पनि उनले विदेशका दर्शकको भने भोट आकर्षित गर्न अझै मेहनत गर्नुपर्ने देखिन्छ।

नेपालभित्र दोस्रो स्थानमा बुद्ध लामा रहे। उनले ६ लाख ९१ हजार ५७ मत पाए। निशान भट्टराईले ५ लाख ३३१ र सागर आलेले ४ लाख १९ हजार ८७५ मत पाएको देखिन्छ।

नेपाल बाहिरबाट बुद्ध लामा पहिलो, सागर आले दोस्रो, निशान भट्टराई तेस्रो र प्रताप दास चौथो भएको देखिन्छ। अन्तर्राष्ट्रिय भोटिङमा दोस्रो स्थानमा रहेका सागर नेपालभित्र कम एसएमएस मत पाएका कारण बाहिरिए।

निशान भट्टराई भने नेपालभित्र र बाहिर दुवै भोटिङमा तेस्रो स्थानमा रहेका छन्।

यस्तो छ अनलाइनखबरले लिक गरेको तथ्याङ्क-

माथिको भोट नेपालभित्रबाट आएको भोट अर्थात् एसएमएस भोटको तथ्याङ्क हो। तलको भने अन्तर्राष्ट्रिय भोट अर्थात् अनलाइन एपबाट आएको भोट हो-

18 thoughts on “देशभित्र प्रताप दासलाई सबैभन्दा बढी भोट, देश बाहिरबाट बुद्ध लामालाई बढी भोट”

  1. Pingback: आज घोषणा हुँदैछ नेपाल आइडल : बुद्ध, निशान र प्रताप कसको सम्भावना बलियो? « Mysansar
  2. Ram Thapa says:
    September 11, 2017 at 6:57 am

    साथी हरु,

    जसले जात हेरेर भोट हाल्छ त्यो व्यक्ति सहि अर्थ मा मानवता नवएको , अविवेकी र समाजमा बिखन्डन ल्याउने तत्व हो/ यहि कारण ले नेपालमा असान्ती भएको हो/ को कुन ठाउँ मा हुनुपर्छ भन्ने जात ले हैन/ फलानो जातको मान्छे सरकारी जागिर मा छ भन्ने , त्यहि बेला नेपाली मुक्य अर्थ तन्त्र , ब्यबशय मा आरु जात को हुदा ठिकै छ भन्ने हरु तो जमात हो यो/ Lets give opportunities to all Nepali and select on a merit basis. जो काबिल छ त्यो नै पुग्छ माथि. जाति को आधारमा न गला राम्रो हुन्छ , न डाक्टर इन्जिनियर
    भयिन्छा. मेहनेती हुनुस जात को आधारमा पद चाहिहो भन्ने कुरा तपाहरु आफ्नै असछामता को कुरो गरिरहनुभएको छ/
    We need people like Rajesh Payal Rai whose views are highly appreciated.

    Reply
  3. ks says:
    September 10, 2017 at 5:54 pm

    सहि कुरो
    उपाधि जित्ने मात्र हो
    चल्ने नचल्ने, पछि कसले राम्रो गर्न सक्छ तेस्मा भर पर्छ

    Reply
  4. Ganesh Niraula says:
    September 10, 2017 at 3:42 pm

    बढ़ी भोट ल्याउनेले जित्छ / कुरै सकियो /बेकार को लफडा किन गरेको होला /

    Reply
  5. Deuman says:
    September 10, 2017 at 11:04 am

    बनाइनु पर्ने मान्छे नेपाल आइडल भएन भने…..सम्बन्धितहरु दुखि हुनेछन…

    Reply
  6. रबिन्द्र says:
    September 10, 2017 at 10:02 am

    Dear Admin, मलाइ त Like र Dislike बटन Click नभएर टेन्सन भाे त !
    म जस्ताे अरू पनि हुनुहुन्छ जस्ताे छ नत्र किन 0-0 छ त ।

    Reply
  7. Ratna says:
    September 9, 2017 at 12:36 pm

    जसले जीते पनि सबै जना उत्कृष्ट नै हुन् सबैलाई सफलताको शुभकामना |

    हाम्रो देशको चुनावमा यसरी नै अनलाइन भोटिंग गर्नु मिल्दैन ? एमाले, कांग्रेस, मावोवादी, राप्रपा, आदि जो जति छन यसरि नै टेलिविजनबाट भोट मागे हुन्थ्यो नि, एस.एम.एस. र एप बाट घरै बसी भोट दिनु पाइन्थ्यो | मतदाता परिचयपत्र नम्बर अनिवार्यरुपमा प्रयोग गर्दै प्रति परिचयपत्र नम्बरको एक मात्र भोट स्वीकार्य हुने गरी चार हप्तासम्म भोटिंग खुल्ला राख्ने तर हरेक हप्ता सबै नेतालाई मन्चमा बोलाएर डिबेटमा बोल्नु लाउने | भोटिंगको आधारमा नेताहरुलाई हरेक हप्ताको रिजल्ट सुनाउदै डेन्जर जोनमा पनि राखी दिने तर्साउनुलाइ | अनि यसरीनै भोट गन्ती गरे महिनौं सम्म भुइंमा बसेर कागजमा गन्ती गर्नु पनि नपर्ने…अनि टेलिभिजन र फोनको पहुँच नभएका दुर्गमक्षेत्रका मतदाताहरुलाई भने हालको व्यवस्था अनुसार क्षेत्रीय रुपमा नै मतदान गराउने …..लाइभ हेर्न पाइन्थ्यो देशको राजनीतिक गन्थन, विचार, प्रतिबद्धता र व्यवहार आदि….

    Reply
  8. ganesh says:
    September 9, 2017 at 10:52 am

    @सन्तोष
    जातिय कुरा नगरौ र रिस नपोखउ मित्र।तिमीले भनेको जस्तो जनजातिको बुद्दि नहुने होईन सागर आउट हुने भए पछि, शायद फेरी भोट गर्न लगाएर बाहम्ण र क्षेत्री मध्ये एक लागि बलिको बोका बनाएर(हेर्दा निसानलाई),तिन जनाको फाइनलमा जनजाति-जनजाति जुधाएर तेस्रोलाई आइडल बनाउने सोच रहेछ भन्ने जस्तो देखियो,जुन फेरी भोटिङ नहुने भए पछि तुहियो।मुद्दाले शायद ठिको गय्यो।अरु मुर्ख होईन कोहि धेरै छट्टु चाँहि हो कि?

    Reply
  9. युबराज तितुङ says:
    September 9, 2017 at 8:57 am

    किन बुद्ध लामाले Nepal Idol जित्न मिल्दैन ? त्यसो भए प्रशान्त तामाङ्लाइ चाहिँ गला राम्रो भएर नै Indian Idol बनाएको हौ त हामी हरुले ???

    Reply
  10. Navin Rayamajhi says:
    September 9, 2017 at 5:53 am

    यो नेपाल आइडल को बारेमा बेकारको टाउको दुखाइ किन? मन लागे हेर्ने र भोट दिने होइन भने अर्को च्यानल हेर्ने, इण्डियन आइडल जित्ने हरु एउटै पनि मुलधार को गित गाएर सफल भएका छैनन्, अहिले तिनीहरु कता बेपता भए?

    Reply
  11. prithvi says:
    September 9, 2017 at 4:36 am

    नेपाल पनि जात जात को प्रतिस्पर्धा मा खण्डित भयो, साले कुक्कुर भारत धोती ! साले पर्चण्डे बाबुराम ! भारतीय दलाल !

    Reply
  12. Kishor says:
    September 9, 2017 at 2:37 am

    I am surprised to see the result, after watching all 4, Buddha Lama is the one who should be out in terms of talent. We talk about corruption, but we ourself side with ‘Afno arko ‘ ani kasari aauchhan agadi ramra prativa haru.

    Reply
  13. santosh says:
    September 9, 2017 at 12:13 am

    जन जाति को बुद्धि हुदैन भन्थे हो रैछ. बेकार मा सागर आले लै आउट गरि छाडे. अब फेरी हिजो अस्ति त्यो ओकिल को सप्पोर्ट गर्ने जन जाति हरु ले अब बाहुन ओकिल ले बेकार मा मुद्दा हाल्यो अनि हाम्रो आले लै निकाल्यो भन्न बेर छैन.

    Reply
  14. Rai Dnes says:
    September 8, 2017 at 6:20 pm

    यो idolके farmat तेती उचित लागेन जस्को चाही गित पहिलेनै रेकर्ड भईसकेको छ उसैलाई idol बनाउने र ? नयाले कहिले पउने अवसर

    Reply
  15. Rabeen Tamang Lo says:
    September 8, 2017 at 6:06 pm

    नेपाल आइडल जित्नेले मात्र साङ्गितिक क्षेत्रलाई ड्रिल गर्छ भन्नु बेकार हो जसले जिते पनि नेपाल आइडलको उपाधि मात्र जित्ने हो। कभर सङ्ग गाएर कोही हिरो हुदैन आफ्नै गीत हिट हुनुपर्छ अब कसले गाएको गीत हिट हुन्छ त्यो हेर्न बाकी छ।

    Reply
  16. Sachin Pandey says:
    September 8, 2017 at 5:58 pm

    बुद्ध लामा लाई अब कोसैले रोक्न सक्दैन !! हेर्दै जानुस बुद्ध लामा nepal idol हो।
    साचो कुरा भन्नू पर्दा प्रतियोगी मध्य गायकीमा सबै भन्दा कम्जोर उहीँ छ !!!
    तर भोट जनता ले उसैलाई बडि दिन्छन् ??????
    के हो यो??? के साचै नेपालले राम्रो गाउने गला भएको आइडल पाउदै छ !! ?????
    अह पाउने छैन !!!

    Reply
  17. Sushil Kc says:
    September 8, 2017 at 5:56 pm

    Buddha lama doesn’t deserve that much vote.

    Reply
  18. Boy Hang says:
    September 8, 2017 at 5:49 pm

    j hos pratap ra nisan jasta prativha vhayeko chinne pani rahexa nepal ma ra buddha jasto jaiya matle jitaune pani rahexa tyopani bidesmaa…. khit khitt khitttttt

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme