Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लास्‍टमा नेपाल आइडलविरुद्धको मुद्दा खारेज, कुन आधार दियो अदालतले?

Posted on September 8, 2017September 8, 2017 by Salokya

अन्ततः नेपाल आइडललाई चर्चामा ल्याएर त्यसविरुद्ध परेको मुद्दा आज शुक्रबार खारेज भएको छ। मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता गरिएको थियो। प्रतियोगिताका निर्णायकहरु न्ह्यु बज्राचार्य, इन्दिरा जोशी, कालिप्रसाद बाँस्कोटा, निर्देशक लक्ष्मण पौड्याल र एपीवान टेलिभिजनलाई प्रतिवादी बनाई मुद्दा भदौ १९ गते दर्ता भएको थियो।

कुन कानुनले सम्भव भयो त यो? मुद्दा दायर गर्ने यज्ञमणि न्यौपानेका अनुसार करार ऐन, २०५६।

के हो त यो ऐन?

ऐनमा परिभाषा यसरी लेखिएको छ-

न्यौपानेले को दफा ८७ को उपदफा १ र २ बमोजिम मुद्दा दायर गरेको बताएका छन्। के छ त ती दफामा?

करार ऐन पूरा हेर्नलाई यहाँ क्लिक गर्नुस्

अदालतले आजको आदेशमा ‘नेपाल आइडल कार्यक्रमप्रति चासो राख्ने एक जिम्मेवार कानुन व्यवसायी भएकाले सो कार्यक्रम स्वच्छ, पारदर्शी र निष्पक्ष रुपबाट सञ्चालन भई सम्पन्न होस् भन्ने निवेदकले उठाएको विषयलाई अन्यथा भन्न सकिएन’ भन्दै ‘तर करार ऐन २०५६ को दफा ८७ अन्तर्गतको उपयुक्त आदेश जारी हुनका लागि वस्तुतः निवेदक करारको एक पक्ष हुनुपर्नेमा सार्वजनिक सरोकारको विषयलाई लिई प्रस्तुत निवेदन परेको देखिँदा सो कानुनी प्रावधान अन्तर्गत निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन। अतः प्रस्तुत निवेदन खारेज हुने ठहर्छ’ भनिएको छ।

कानुन व्यवसायीहरुको बहस छलफल सुनी र अन्य मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा सो अल्पकालीन आदेशलाई निरन्तरता दिई राख्नु नपर्ने हुँदा भदौ २१ गतेको आदेश निस्क्रिय गरिएको छ,न्यायाधीश दिवाकर भट्टको इजलासले जारी गरेको आदेशमा भनिएको छ।

अदालतले करार ऐन २०५६ को दफा ८७ अन्तर्गतको उपयुक्त आदेश जारी हुनका लागि वस्तुतः निवेदक करारको एक पक्ष हुनुपर्नेमा त्यो नभएको मूल तर्क लिइएको छ।

करारको एक पक्ष भएको भए यो मुद्दा अघि बढ्थ्यो।

हजारौँको मुद्दाको चाप रहने काठमाडौँ जिल्ला अदालतमा बुधबार पछि शुक्रबार पेशी रहेर यति छिट्टै मुद्दा टुंगो लागेकोले अनेकन आशंका जन्माउन सक्छ।

यस्तो छ आजको आदेश

यस्तो आदेश दिएको थियो बुधबार अदालतले-

6 thoughts on “लास्‍टमा नेपाल आइडलविरुद्धको मुद्दा खारेज, कुन आधार दियो अदालतले?”

  1. Dipak Baje says:
    September 9, 2017 at 4:53 pm

    तेरै छ बुद्धि, बुद्धि हुने चूड़ामणि शर्मा जस्ता ले नै देश लुटेका छन, तेहि जनजातिको बुइ चढेर तेरै बाहुनहरु ले त राज गरेको छन त !!

    Reply
  2. Pushpamani says:
    September 9, 2017 at 1:24 pm

    नेपाल मा जात जाती बीच को द्वन्द र मनमूटाव ले यति धेरै प्रश्रय पायो कि अब एक आपसमा बोल्दा पनि सोच्नु पर्ने स्थिति आएको छ। सबैभन्दा राम्रो त यो मानिस को नाम पछी थर लेख्ने नियम परिवर्तन गरेर थर को ठाऊँमा कुनै स्थान को नाम लेख्ने र परिचय दिँदा केवल पहिलो नाम मात्रै भन्ने चलन को शुरुआत् गरे भविश्य मा नेपाली बिच को यो जातीय तनाव कम हूँदै जाने थियो जस्तो लाग्छ। हो कि होईन साथि हो ? हो भने थम्स अप बटन मा क्लिक गरौँ है !

    Reply
  3. SANTOSH says:
    September 8, 2017 at 11:07 pm

    जन जाति को बुद्धि हुदैन भन्थे हो रैछ. बेकार मा सागर आले लै आउट गरि छाडे. अब फेरी हिजो अस्ति त्यो ओकिल को सप्पोर्ट गर्ने जन जाति हरु ले अब बाहुन ओकिल ले बेकार मा मुद्दा हाल्यो अनि हाम्रो आले लै निकाल्यो भन्न बेर छैन.

    Reply
  4. Hira Lama says:
    September 8, 2017 at 1:34 pm

    यो एउटा सानो नाटक थियो , कसैलाई आउट नगराउन । यसरी बुझौं ।

    Reply
  5. Suman Thapa says:
    September 8, 2017 at 1:04 pm

    sab paisa ko khel ho……. sab naatak ho…
    paisale ke ke bikdo rahe6 nepal ma…. aba bujhna jaruri bhayo…

    Reply
  6. Bansuri says:
    September 8, 2017 at 6:38 pm

    नेपाल को कानून दैब ले जानुन!!!! खै के खै के 😉

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme