Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुन कानुनले सम्भव भयो नेपाल आइडलविरुद्ध अदालतमा मुद्दा? अब के हुन्छ?

Posted on September 8, 2017September 8, 2017 by Salokya

नेपाल आइडल चलिरहँदा जिस्केर साथीहरु भन्ने गर्थे- भोट सार्वजनिक गरिपाऊँ भनी कसैले मुद्दा हाल्यो भने के होला है! जब साँच्चिकै नेपाल आइडलविरुद्ध एक कानुन व्यवसायीले मुद्दा दायर गरे, तब पहिले त सबै छक्क परे। मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता गरिएको थियो र प्रतियोगिताका निर्णायकहरु न्ह्यु बज्राचार्य, इन्दिरा जोशी, कालिप्रसाद बाँस्कोटा, निर्देशक लक्ष्मण पौड्याल र एपीवान टेलिभिजनलाई प्रतिवादी बनाई मुद्दा भदौ १९ गते दर्ता भयो। कुन कानुनले सम्भव भयो त यो? मुद्दा दायर गर्ने यज्ञमणि न्यौपानेका अनुसार

कुन कानुनले सम्भव भयो त यो? मुद्दा दायर गर्ने यज्ञमणि न्यौपानेका अनुसार करार ऐन, २०५६।

के हो त यो ऐन?

ऐनमा परिभाषा यसरी लेखिएको छ-

न्यौपानेले को दफा ८७ को उपदफा १ र २ बमोजिम मुद्दा दायर गरेको बताएका छन्। के छ त ती दफामा?

करार ऐन पूरा हेर्नलाई यहाँ क्लिक गर्नुस्

यस्तो आदेश दिएको थियो अदालतले-

अब के हुन्छ?

नेपाल आइडलले बिहीबारको कार्यक्रममा पुनः भोट आह्वान गरेन। नत्र गत हप्ताको भोट र यसपालिको भोट जोडेर कम भोट पाएका एक प्रतियोगी बाहिरिने थिए। तर पुनः भोट आह्वान गर्ने निर्णय बमोजिमको कार्य नगर्नु नगराउनु भनी मुख्य जिकिर मुद्दाले लिएको हुँदा त्यही काम नगर्ने भएपछि अब विवादको विषय खासै रहेन।

अदालतले शुक्रबारसम्म भोट गणना नगर्नु भनेको भएर भोट गणनामा ढिलाइ भने हुनसक्छ। साथै कसलाई कति भोट आएको भन्ने सक्कल फाइल तथा विवरण लिएर आउन पनि अदालतले भनेको छ।

अदालतमा नेपाल आइडलले पुनः भोट आह्वान नगर्ने बताएपछि यो मुद्दामा विवादको विषय रहने छैन। गत हप्ताकै भोटलाई गणना गरी शुक्रबारको कार्यक्रममा एक जना आउट हुनेछन्।

5 thoughts on “कुन कानुनले सम्भव भयो नेपाल आइडलविरुद्ध अदालतमा मुद्दा? अब के हुन्छ?”

  1. कमल says:
    September 8, 2017 at 6:49 pm

    यो के सुन्नुपर्यो हजुर| करिब एक लाख जति मुद्दा अदालतमा पेण्डिङ्ग छन, कोइ ज्यान मुद्दा त कोइ बलात्कार र चोरी र ठगी मुद्दाहरु|
    यी सबै छाडेर नेपाल आइडल मुद्दा लाई ट्याम र प्राथमिकता दिने?
    सरकारको अरु अंग बिग्रे पनि अदालतले सोच्नु पर्ने हो| हामी कंहा अदालत नै खत्तम छ भन्दा अझ कमै होला|

    Reply
  2. Limbu Trilok Pratap Nalbo says:
    September 8, 2017 at 8:53 am

    निह्यु बज्राचार्यले बुद्धलाई उठेर होउसला दिएर मात्र हो नत्र निह्यु बज्राचार्य नउभेको भए ती दुई जज उठिदिने थिएन । इन्दिरा जोशिले राम्रो गीत गाउदा पनि बुद्द्को अलिकती गल्ती बाकी राख्दैन ।

    Reply
  3. Hikmat Bishowkarma says:
    September 7, 2017 at 11:27 pm

    This lawyer file petition only to gain popularity. The register of Kathmandu District Court should have dismissed this case, but sad things is a Judges also issued order unnecessarily.

    Reply
    1. Limbu Trilok Pratap Nalbo says:
      September 8, 2017 at 8:41 am

      Tyaahi bhayera thulla manchhe bhayesi thulla judges bhayesi sanasanaharulai hepna hunna …..this is the lestion .

      Reply
  4. नरेन्द्र योन्जन तामाङ says:
    September 7, 2017 at 8:46 pm

    यसरी जानु न‌ै ठिक छ कसैले अौला उठाउदैनन।जे छ परिणाम परादर्शि हुन पर्छ।काखा पाखा बन गर्नु पर्छ सबैलाइ प्रोत्शान दिनु पर्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme