Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अदालतको आदेशपछि नेपाल आइडलले सोधेका नौ प्रश्न र हाम्रो मनमा उठेका नौ प्रतिप्रश्न

Posted on September 6, 2017September 6, 2017 by सूर्य खड्का

आमा भएर बोकी हेर सन्तानका पीडाहरु…….

साच्चै तारादेवीको स्वरमा गुन्जिरहने यो कालजयी गीतको भाव र मर्म जस्तै स्तव्ध अवस्थामा छ यतिबेला नेपालको पहिलो फ्रेन्चाइज रियालिटी शो नेपाल आइडल। नेपाल आइडलका निर्देशक, तीन जना जज न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा तथा एपिवान टेलिभिजनलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटको सुनुवाई गर्दै काठमाडौँ जिल्ला अदालतले शुक्रबारसम्म भोट नगन्न हाललाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतको आदेश आएको केही समयमा नै नेपाल आइडलको अफिसियल फेसबुक पेजबाट नौ वटा प्रश्न गरिएको छ। नौ प्रश्नको प्रकृति र #IamwithNepalIdol ह्यासट्यागमा सामाजिक संजालमा छेडिएको आयोजक पक्षको धुँवाधार विरोधपछि कार्यक्रमका दर्शकमा पनि अनेकन प्रश्नहरु उव्जेका छन्।

यो नेपाल आइडलले सोधेका प्रश्नहरु

अब जनस्तरमा उब्जेका ९ प्रतिप्रश्नहरुः

प्रतिप्रश्न नम्बर १

सम्मानीत काठमाडौँ जिल्ला अदालतको आदेशपछि आइडलको विरोध गर्नेहरु र नेपाली मिडियालाई परनिर्भरतामा लैजान खोज्नेहरुलाई खुसी लागेको होला भनेर किन विरोधी किटान नगरी अदालतलाई अप्रत्यक्ष गाली गरियो? यो १ नम्बर प्रश्न अँध्यारोमा ढुंगा हानेर अदालतलाई थर्काउन खोज्ने जालसाजी हो नि आयोजकको।

नेपाल आइडलका ४ होनाहार संगीतसाधकको भविष्य के हुने भनेर प्रश्न जुन रुपमा सोधियो यो आफैंमा पूर्वाग्रही प्रश्न हो। किनभने अदालतले मात्रै परेको मुद्दाको छिनोफानो गर्न छलफल गर्न डाकी शुक्रवारसम्म चुप बस है भनेको हो। अदालतलाई र त्यहाँका श्रीमानहरुलाई नै होनाहार संगीतसाधकको भविष्य अन्धकारमा धकेल्ने परोक्ष आरोप आयोजकले किन कुन हैसियत र कुन नियतले उठाए? जनता जान्न चाहन्छन्।

किनभने संवैधानिक सर्वोच्चता र विधिको शासनमा चलेको लोकतान्त्रिक राज्यमा संगीत साधकको हत्याराका रुपमा सम्मानीत अदालत र श्रीमानहरुलाई सांकेतिक रुपमा आरोपित गर्ने छुट संगीतको व्यापार गर्ने आयोजकलाई हुन्न र हुनु हुदैन पनि । होइन र ?

प्रतिप्रश्न नम्बर २

अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो को नियमानुसार नै यसको सम्पूर्ण प्रक्रिया पूरा गर्न किन नपाउने भन्ने प्रश्न आफैमा सही हो। जरुर पाउने। तर त्यो प्रक्रिया यो देशको कानुुनको परिधिमा टेकेर पनि गरिनु पर्दछ नि, पर्दैन र? नेपालमा नेपाल ओलम्पिक कमिटी, एनओसी र अखिल नेपाल फूटबल संघ, एन्फामा आइओसी र फिफाको नियम अनुसार नै खेल हुन्छन् तर ती नियमहरु नेपालका कानुनमा बाझिएका हदसम्म स्वतः रद्द हुन्छन्।

एनओसी र एन्फाका बितेका दशकका विवादका उदाहरण काफी प्रसंग हुन् नेपाल आइडलका हकमा पनि होइनन् र? संसारमा नै युएन बाहेक अरु जो कसैले बनाएका कानून मान्न कुनै पनि देश बाध्य हुँदैन। उसो भए एक साँगीतिक शो को कार्यक्रमको फर्मेट भन्दैमा आफूखुसी गर्न पाइन्छ त?

प्रतिप्रश्न नम्बर ३

आजसम्म यो देशका अन्य टेलिभिजनहरुले पनि सयौं पट्क अनेकौं कार्यक्रमहरुमार्फत् भोट मागेको कुरा साँचो सत्य हो। तर जसरी एक मान्छे बिरामी नपरी अस्पताल जाँदैन। त्यस्तै त्यस्ता सवालमा प्रश्न उठाउने माइकालाल यसअघि नजन्मेकोले मात्रै न त्यस्ता सयौं शोहरुमा प्रश्न उठेन। हिजोका अरु टिभीका शोहरुमा प्रश्न जरुर गरिनुपर्ने थियो, गरिएन त्यो गल्ती भयो । हिजो हाम्रा पुर्खाले देशैलाई स्मार्ट सिटी बनाइदिएको भए हामी अहिले ज्यूँदो स्वर्गमा हुँदा हौं।

तर के हिजो कसैले कुनै कारणवश देश लुटेको थियो भनेर आज नेपाल आइडलले पनि लुटन पाउनु पर्छ भन्ने हो त? यो तर्क होइन, प्रश्न त झन होइन, बरु अरुले चोरे, मैले नि चोरेँ मैले के बिराएँ भन्ने कायरता मात्रै हो आयोजकको, होइन र?

अन्तर्राष्ट्रिय शोको फरमेट अनुसार नै एपी वानले एसएमएस भोटिंगका लागि आह्वान गर्‍यो भन्ने कुरा गलत होइन। तर त्यो आयातित फरमेट नै गलत थियो भने त्यसमाथि प्रश्न गर्ने छुट सचेत नागरिक, वकिल, पत्रकार वा नागरिक समाजलाई हुन्न र? विरोध गर्नेहरु कथंकदाचित गलत भएछन् अदालतबाट भने पनि आयोजकको आयोजना झन निख्खर हुन्छ। त्यसमा प्रश्न उठाइँदैमा किन बर्बराहट व्यक्त गरिहाल्नु पर्ला र?

प्रतिप्रश्न नम्बर ४

कुरा नेपाल आइडलको मात्रै रहेन, होइन उसकै मात्रै रह्यो। किनभने उसले मात्रै यो शोको नाममा जातीय विभाजनका कुरा सामाजिक संजालमा हावासरी फैलायो। भलै ती विवादहरु चाहे रामकृष्ण ढकालजस्ता सिद्धहस्त गायकका मुखारविन्दबाट आउन् वा अरु कुनै महान आत्माबा । तर नरोपिनुपर्ने विषवृक्ष यो शोबाट मल पानी गरियो उल्टै। त्यसैले विभाजित सामाजिक तप्काबाटै अदालतको ढोका पनि चहारियो। चेक एण्ड व्यालेन्सका लागि लोकतन्त्रमा अभ्यस्त मुलुकमा यस्ता मस्का र फण्डा अस्वभाविक हुन्न नि, हुन्छन र?

प्रतिप्रश्न नम्बर ५

५. होइन। जरुर होइन। निश्चित विधि, विधान र पारदर्शी निर्णय प्रक्रियाबाट यस्ता शोहरु नेपालमा गरिराख्न पाइन्छ, पाइएको हो, भोलि पनि पाउनुपर्छ। एक झमट प्रश्न र बहस उठदैमा आयोजकले तीन पाथी छेरेर पुच्छर लुकाउन पनि पर्दैन।

र, नेपालीले सँधै विदेशी च्यानलको कार्यक्रम हेरेर पैसाको पोको विदेशीलाई बुझाउन पनि पर्ने छैन। किनभने यो ग्लोबलाइजेसनको युगमा अब स्वदेश र विदेश केवल सोचको घेरा हो। अब कुन टीभीको लोगोमा कुन शो आयो भन्ने कुरा मात्रैले राष्ट्रियता र गैरराष्ट्रियताको सीमा कार्ने छैन भन्ने हेक्का आयोजकहरुलाई हुनुपर्ने नै हो।

प्रतिप्रश्न नम्बर ६

निवेदक यज्ञमणि न्यौपानेले कति भोट गरेका छन् भन्ने त पंत्तिकारलाई ख्याल भएन। त्यो पहुँच र रुचि पनि भएन। तर यज्ञमणिलाई सोधिएको प्रश्न आम नेपालीमाथिको अपमान हो। पंक्तिकारले चिनेका यज्ञमणि यो देशका एक विद्धान वकिल हुनुपर्छ। उनको हुलिया थाहा भएन। तर उनको स्ट्याटस नेपाल आइडलका आयोजकको भन्दा निम्सरो र निकम्मा नहुनुपर्छ। उनी नेपाल आइडलका दर्शक, यो देशका वकिल र सचेत नागरिकका रुपमा भोट गरेर पनि वा शून्य भोट गरेर पनि कानुनमा टेकेर प्रश्न उठाउन स्वतन्त्र छन् नि, छैनन् र ? कि यज्ञमणि जस्ता सार्वभौमहरुको मुखमा बुझो लगाउने नै नेपाल आइडलको आदर्श मान्यता हो र?

प्रतिप्रश्न नम्बर ७

७.कुन आधारले यज्ञमणि न्यौपानेले एपी वानले आफूले चाहेको प्रतियोगीलाई बचाउन चाहेको भन्ने जघन्य आरोप लगाए भन्ने त उनले आयोजकले जस्तो आफ्नै मिडियामा प्रचार गर्न नसक्लान्। किनकि उनी एक नागरिक मात्र हुन बिचरा। एपी वान जस्तो सर्वव्यापी मिडिया हाउस होइनन्। वकिलले आफुना बहस र तर्क अदालतमा दिन्छन् न कि प्रेस विज्ञप्तिमा। तसर्थ उनको अधिवक्ता पदवीसम्म उनको नामसँग जोडन नचाहेर आयाजकले पनि आफ्नो वौद्धिक , पेशागत मर्यादा पालनको हदैसम्मको दरिद्रता त देखाएकै छन्।

साथमा भोलि सत्य तथ्य बाहिर आउँदैमा, उनले मुद्दा हार्दैमा पनि उनले यही समाजमा शिर ठाडो पारेर नै मुख हँसिलो देखाउने छन्। देखाउन पाउनु पर्छ। किनभने उनलाई उनको पेशाले दिएको संवैधानिक स्वतन्त्रता हो नि त्यो, होइन र?

सद्धाम हुसेनलाई फाँसी दिदा पनि उनका वकिल थिए साथैमा। संसारमा सबै अपराधीलाई त कानुनी सहायता हुन्छ भने पेशैले वकिलले किन मुख देखाउन, एपी वानको इजाजत लिनु पर्छ र?

एपीवानका संचार मिडियाले पनि गलत र भ्रामक समाचार कति दिए होलान् जान अन्जानमा। तिनका सम्पादक, मालिक यही समाजमा हुइकिएका छैनन् र?

बरु यसरी वकिल, वकालत र कर्म र पेशाप्रति मिडियाको व्यानरमा कुतर्कपूर्ण आक्रोशको हर्कत पो आयोजकले बन्द गर्ने र यस गंभिर प्रश्नमा नेपाल बार एशोसिएनले पो मुख खोल्नु पर्ने पो हो कि?

प्रतिप्रश्न नम्बर ८

पक्कै हो एपी वानले कोही कसैलाई भोट गर भनेर करकाप अवश्य गरेन होला । रामकृष्णहरुको जिव्रो जम्दार भाको मात्रै होला । तर पिलाउनुसम्म चुरोट, रक्सी, गाजा र भाँग धतुरो पिलाइसकेपछि समाजको स्वस्थ्य मत्यलोकमा जान रेडि हालतमा पुगेपछि त्यस्ता पदार्थ उत्पादक कम्पनीले यसमा हाम्रो के दोष भने जस्तै लिडे तर्क हुन यस्ता वकवासहरु ।

टिन एजरहरुमा शो को लत बसाउने, सामाजिक संजालमा क्याम्पेनिंग गर्ने अनि लास्टमा हामीले करकाप गरेको छैन भन्ने पानी मरुवा तर्क त नालायकले मात्रै गर्छ । आयोजकले गर्न मिल्दैन, सुहाउँदैन नै ।

प्रतिप्रश्न नम्बर ९

आयोजकको प्रश्न नम्वर ९ नौलो बहसको विषय हो । यसमा नेपाली पत्रकारिता तथा आम संचार जगतका विद्धान हस्तीहरुको घनीभूत बहस छेडियोस्।

नेपाली भाषाको आफ्नै एचडी च्यानल र अन्तराष्ट्रिय शो ल्याउनु एपीको गल्ती थियो थिएन भन्ने बहस हरकोणबाट होस्। पंत्तिकारलाई लाग्दैन यो नै गल्ती थियो। नेपाल सरकारको अनुमतिमा खुलेको टिभीले ल्याएको कार्यक्रम बन्द गराउने हैसियत कुनै माइकालालको किन होला र कानुन सिवाय। तर नयाँ कार्यक्रम ल्याए भन्दैमा, प्रविधि नयाँ भित्रयाएको भन्दैमा कहाँ नेपालको कानुन दैव जानु भन्न पाइएला र ? नपाइएला नि?

र, अन्त्यमाः
कुरा यत्ति हो, अग्लो रुखलाई हुरी बतासले धेरै हान्छ। आयोजकले अदालती आदेशकै भरमा यो हदसम्मको कायर आक्रोश नपोखेको भए हुन्थ्यो त्यो पनि आफ्नै हातको मिडियाको दुरुपयोग गरेर, प्रेस विज्ञप्तीका नाममा।

किनभने एपी वान यज्ञमणिको पनि टिभी हो। यो सार्वजनिक संचारको साधन हो। क्याप्टेन रामेश्वर थापाले नाफा घाटा व्यहोर्छन्, यज्ञमणिलाई त्यो बाल मत्लब। फरक यत्ति हो रामेश्वर र यज्ञमणिमा। नत्र रामेश्वर र यज्ञमणीलाई एपी वानको स्वामित्वबोधमा बराबरी हक छ, रहन्छ नै। किनभने यो मिडिया हो, प्रेस हो। सामाजिक उत्तरदायित्वको सिद्धान्तमा टिक्ने र बिक्ने मिडिया भएकै कारण यसलाई राज्यको चौथो अंग भनिएको हो नि हजुर। चौथो अंगको ज्याकेट र प्रेस पासमा दम छ भनेर कसैले दम्भ नखाएकै जाती।

कतै यो नियोजित नौटंकी त होइन टिभीको टिआरपी बढाउने? हो भने चिज बाहिर आउला त सुमन भाइ?

हाललाई ९ प्रश्नको नौ उत्तरमा नै आज्ञा पाउँ। बाँकी त निरन्तर गरौँला नि कथाको माग अनुसार।

58 thoughts on “अदालतको आदेशपछि नेपाल आइडलले सोधेका नौ प्रश्न र हाम्रो मनमा उठेका नौ प्रतिप्रश्न”

  1. deuman says:
    September 8, 2017 at 4:44 pm

    …गलत नियत बाट उत्पादित पदार्थ ले समाजलाई ध्वस्त बनाउछ, त्यसैले हामी नेपाली मिलेर बाँचौ, मिलेर नाचौ, मिलेर गावौ, मिलेरै हासौ…….

    Reply
  2. TR Subba says:
    September 8, 2017 at 9:39 am

    new bajracharya , indira joshi ra kali prasad baskota le tetro music bujheko xan jasto lagdaina , tara pani yetiko program ko aayojana garnu nepaliko gauravko kuraa pani ho, judge vayera music xetrako badhsah nai hunu khojnu chai bajracharya sir ko alik betithi ho,aru sabai thikai xa…hawa nachali pat hallidaina .so adalat ma rit pareko ho yesto jimmewar aayojak nai hun aba uniharu le nai dinu parxa harek sawal haruko .arule jawaf di rahanuko auchitya xaina.

    Reply
  3. Rajan says:
    September 7, 2017 at 10:56 pm

    1. They are actually attacking the court. The case is still in the court and has not been finalized. If you are taking the case that is in the court and publishing about it in public news by talking about so called “Future” then you are trying to influence the outcome.

    2. What is wrong with releasing the count of SMS? Are you seriously comparing the trade secret of multinational companies with SMS count of Nepal idol? Where is the transparency of votes where there is someone winning based on the votes itself?

    3. Votes are means of supporting the artist by users and more engaging than revenue generation tool to these kinds of shows. Do you really think few lakhs of SMS will bear the cost of these shows? The inclusion of previous week votes in coming week was communicated only after controversy. They were not planning to include it in the first place.

    4. It is not about national or foreign show. Nepal idol is foreign show. It is franchised by foreigner. They will get paid hefty sum by Nepal idol and millions of Nepali Rupees which you claim will stay in Nepal is actually going abroad in name of license cost.

    5. He is Lawyer and he has every right to ask the question in court. Every citizen in Nepal has the right to go to court if they suspect any wrong doing? Why is he being attacked when he is practicing the power provided by constitution of Nepal?

    6. Are you serious in giving Facebook as an example? Don’t you know there is pages of terms and condition to use Facebook? Do you really think you can advertise anything on Facebook? Please help me sell some Whiskey and my cow 🙂
    I have seen people suing large companies for wrong doing and paying hefty fees. Just take recent case of Johnson and Johnson paying fine of $72 Million. You have high IQ just Google ok 🙂
    And again, Are you seriously comparing alcoholism with SMS voting?

    Reply
  4. मनोज शर्मा says:
    September 7, 2017 at 10:22 pm

    नेपाल आईडलमा एक जना पनि बहिरिन न दिनु यो प्रायोजकको अधिकार हो
    अन्तरराष्ट्रिय शोमा पनि यस्ता धेरै उदाहरण देखिएको छ!
    आफु पनि न गर्ने, अरुलाई पनि गर्न न दिने हाम्रो प्रब्रितीले गर्दा आज ७०-८० लाख नेपाली बिदेसिएका छन
    नेताहरुले देशनै बेच्न आटी सके, सबै लुटी सके, उता तिर कसैको ध्यान गाको छैन, जाबो एउटा कोम्मेर्किअल च्यानल ले केही कमायो भएर के को टकटक???
    सरकारलाई कर छल्यो अरे-कुनसा सरकारले हाम्रो “कर” ले देश बनाको जस्तो नि!
    हाम्रो “कर” ले उनिहरुको औषधी, बिदेश सैर, घर, जग्गा, गाडी जोडेको दीउसोको घाम जस्तै छर्लङ छ!
    “नेपाली” भन्ने शब्द नै “मजाक” भै सक्यो बिदेश तिर!
    वाहियात!

    Reply
  5. jiwan says:
    September 7, 2017 at 9:12 pm

    नेपाली प्रतियोगी हरु (जनजाती हरु नै धेरै छन्) India को program को भाग लिन जादा , उनीहरु लाई जिताउन सबै नेपाली लागि परेकै हुन्. के बाहुन छेत्री हरु ले तिनीहरु लाई support गरेका थिएनन् र ? के बाहुन छेत्री हरु ले तिनीहरु लाई vote गरेर जिताएको होइन र ? अनि आज नेपाल मा international level को प्रोग्राम लिएर मनोरंजन गराउदा येतो हंगामा किन ? नेपाली ले राम्रो गर्यो र गरिखाने भयो भनेर केहि तोरीलाउरे भनाउदा हरु ले खुट्टा तान्ने बाहेक यो अरु केहि होइन. नेपाल Idol मा कतै केहि discrimation देखिएको छैन.

    Reply
  6. ganesh says:
    September 7, 2017 at 7:52 pm

    भट्टराईले जित्ने छ भन्दैमा फेरी यो बाट चाँहि पैसा बिदेशमा नजाने होईन हो भट्टराई जी,
    भोटिङ देखी सबै कुरामा फ्रिमेन्टललाई नेपालीको पैसा उठाई पठाउनु पर्ने हुन्छ।
    यसले नेपालकै नेपाल सो जस्ता घेरेलु सोलाई चाँहि धरासायी गर्छ।
    यो हेर्यो भन्दैमा मान्छेले इन्डियन आईडल हेर्न छोड्छ अब त बरु थाहा नपाएकोले नि थाहा पाए झन धेरै हेर्छ। पैसा कमाउने फ्रिमेन्ट बेदशी कम्पनी नै हो।
    तर्क पनि अच्चम अच्चमको हुन्छ।

    Reply
  7. ganesh says:
    September 7, 2017 at 7:48 pm

    सहि हो॥
    अनि नेपालको kfc मा बिफ बर्गर पनि बेच्न दिनु पर्छ कि कसो?
    बाहिर देशमा त केएभसीले बेच्ने मुख्य कुरा नै त्यहि हो।
    अनि त्यो फेन्चआईजको कुरा किन यहाँ रोख्ने ,कि कसो?
    यो ठिक होईन भने त्यो चाँहि कसरी ठिक?
    मान्छे हेरेर भन्दा तर्क हेरेर कुरा गरौ न हो

    Reply
  8. ganesh says:
    September 7, 2017 at 7:45 pm

    Mr brain washed(lets not get into race because if you support your race if won’t be racism but if other support their race if they think somebody from their race is good it will be racism):
    1)you even don’t know the article was not written solakya. lol. It not about just ranting but reading first
    2) so why don’t kfc sell big mac(beef burger then). It is part of their rule in international chain? will you accept it? so government of nepal has not right to stop it?
    3) It is not about music then money but it is about money and music comes second. If it was not about money why don’t they allow one vote per person or phone. You can do as many votes you can spending money means it is for money. And don’t be an emotional fool. It is business they have brought this to earn money(profit and loss) and that is the priority. They can but some are saying please do it with in the rules.
    4) your response shows your level as well
    5)we are supporting it and the ruling was not even related to stopping the show but playing fair and making fair. It is just over reacting or organizers washing your brain. Will it stop the show? no. Will it stop organizers to stop doing as their wish? it will cautioned them.
    6)lol, what a logic. You live in society and you are effected by it in many ways. If you don’t a politician and he wins so he can say you have not voted me, why are you saying things now? lol
    7) he is the man. If contestant you don’t like was rumored to be eliminated i am sure your version would have been different.
    8)no comments. Just shows how much brain washed you are.
    cheers.

    Reply
  9. अवी says:
    September 7, 2017 at 7:35 pm

    हामी नेपाली हरु जे कुरा मा नि राजनीति घुसौनु पर्ने है। एउटा मनोरन्जनत्मक कार्यक्रम मा नि हामी नेपाली हरु लाई पच्दैन। हैन यो यज्ञमनी भन्ने जन्तु ले अहिले सम्म बिदेशी कार्यक्रम हेर्या छैन क्या हो टै न टुइ को मान्छे को नजर म आउने पर्पञ्च मात्र गर्दै छ, वकिल रे! अली कुवा बाट टाउको उठाएर बाहिर संसार हेर्नु पर्‍यो साथी, दुनियाँ मा प्रसस्त कुरा हरु छन हेर्न र सुन्न लाई। केस नै गर्नु छ भने हाम्रो देशमा प्रसस्त बिक्रिती छ्न त तर देख्न लाई आँखा हुनु नि पर्‍यो थुइक्क तेरो बुद्धी हाम्रा देश का वकिल भनौदो

    Reply
  10. ganesh says:
    September 7, 2017 at 7:30 pm

    हरे कति जातिय भयो,यो सबै त्यहिबाट सुरु भएको हो,इडिट नगरि नगरि सपोर्ट गर्न लगाएर।
    यहाँ सबै आफ्नो मान्छे आउट हुने हल्लाको आधारमा कुरा फरक हुन्थयो।
    बिशेष गरेर बाह्मण,क्षेत्री मित्र सबैले नभए पनि धेरैले त्यो दिन बुद्द लामा आउट हुनु पर्ने नभएको भए आज यो मुद्दाको सपोर्ट गरिरहेका हुन्थे।त्यसैले जे भने पनि कुराहरु तर्क भन्दा पनि अन्य कुराबाट निर्देशित छ,नपत्याए सपोर्ट र बिरोध कमेनट् अनि कमेन्ट गर्नेकि थर हेर्नुस प्रस्ट हुन्छ,

    Reply
  11. Sushant parajuli says:
    September 7, 2017 at 7:29 pm

    One number one vote matrai count garene ko systeem rakhda kehi samasya aauxa jasto lagdaina malai aru sabai kura thik xa perfect show nepal ma ahile samma aayeka show vanda dherai mathi xa yo show critize garne le gardai garxan…..main problem tehi ho yeuta number bata yeuta matrai vote count garna parxa kasailai kehi prblm hunna…

    Reply
  12. Sabin Joshi says:
    September 7, 2017 at 1:21 pm

    Tyo yagyamaniko call record check garna parchha ki tyo gorkhele prashant tamang ra teria magarlai kati vote haane chha.. Ani tyo gorkhe ko kattu ko muntira kaichile chyatta kaatideena paaye.. Balla nyaya hunthyo.

    Reply
  13. Jivnath Rock Raj Adhkari says:
    September 7, 2017 at 1:17 pm

    Yo ma pani pakai india ko hat holani hoina

    Reply
  14. ashok says:
    September 7, 2017 at 6:47 pm

    Idol ko franchise ma Vito power vanne huncha jun judge ek choti matra lina paucha tesh anushar judge le nikliye ko pratispradi laid jogauna sakcha ya ta no elimination vanna paucha tehi power use gareko ho yo harek rastko idol franchies le ek patak lina paucha.

    Reply
  15. Bhakta Tumbahangphe Limbu says:
    September 7, 2017 at 12:37 pm

    nepal samjinda esto lagxa na afai ghar banauna sakx na arulai banauna dinx…

    Reply
  16. प्रविण says:
    September 7, 2017 at 4:52 pm

    केहि मुठ्ठीभरका नेताहरुको लहैलहैमा लागेर अज्ञानी नेपाली जनताहरुले रोपेको जातीयताका बिउ अहिले लगभग हुर्की सकेको छ र केही मात्रामा फल दिन पनि थाली सकेको छ । जब यो बोटको उत्पादन चरम बिन्दुमा पुग्छ अनि थाहा पाईन्छ बिरुवा कस्तो खालको हो भनेर ।

    Reply
  17. AbsoluteAnup says:
    September 7, 2017 at 4:46 pm

    Bhagwanle ta eutai bhoomi banayeko thiyo. Bhagwan le ni case halna ni feri.

    Reply
  18. AbsoluteAnup says:
    September 7, 2017 at 4:38 pm

    DishHome lagayat ka Nepali cableharule hindi channel rokda tetibela chahi cable biruddha case kina nahaleko?. Rastrawad ra deshbhakti bhanepachi sab paap dhulincha ho

    Reply
  19. Yamu Khewa Limbu says:
    September 7, 2017 at 9:45 am

    नरेन्द्र जि को कुरामा म पनि सहमत छु
    सुरुवात बाट नै यो नेपाल idol सफल नहुने अन्दाज लगाइसकेको थिए आज त्यही भयो आखिर ।

    Reply
  20. binay says:
    September 7, 2017 at 2:00 pm

    Did salokya really let this delusional fool to publish his article on mysansar? I’m shocked.
    1. No way does it mean they’re attacking the court. If a judge ruled against me, can i not say my enemies would be happy about this? How is this attacking the court?

    2. A company, doesn’t have to be an international franchise, should get to operate according to its bylaws. If we’re taking idol to court to have them release the number of votes for the sake of transparency, why don’t we sue coke and pepsi and ask them to reveal its recipe? Why don’t we take KFC to court to reveal it’s recipe to the general public?

    3. Nepal Idol is an entertainment show that you get to watch for free but it’s still a business. With millions of rupees invested, i think it would be a little bit harsh to complain about them making money from sms voting. They delayed an elimination by one week using power that was allowed to them by the bylaws of idol series created by fermantle media. The votes of last week will be carried over, they wont be a waste. If you dont want to vote because you voted last week then dont vote. Isn’t it that simple? Why are you so pissed about that? It’s not like they said “we took your vote, we saw them, we took your money but all those votes will be useless because we wont use them at all.” It will still be used. You did your part by voting. You dont have to vote again if you dont want to but your vote will not be wasted. It will be counted. But for the sake of entertainment the show decided to take it a week further. Stop bitching please.

    4. The show asked whether an international show like this would be welcomed in the country or not. You didn’t have to bring the racism part. By doing that you showed your level.

    5. One of the biggest international shows was brought to this country and people like you have nothing else to do but bitch about it. Goes to show people like you deserve to only see foreign shows.

    6. Sunya vote garera prasna ta uthauna pauchan, tara adalat ma gayera case nai thokna chai paudainan. If you haven’t voted how were you tricked by nepal idol? What did you lose? Nothing! So on what basis can you go to court? What are you going to say? “This show, that i watch for free every week and have never spent a penny, gave me mental trauma by not eliminating a contestant last week?” Is this it? Grow up!

    7. He will be forgotten in a week. He got a little ‘fame’ that he wanted. He’ll go back to being who he was.

    8. Social media is free to use. Every one can use it. Facebook doesn’t have restrictions as to who can use it, who can run ads, who they can target etc.. That’s why you see ads. Still doesn’t mean you’re forced to vote. Nepal Idol on the other hand may have a policy of not releasing it’s numbers. Do you understand? You seem a little low on the IQ based on the article so let me help you. How often do you see a person dying of cancer or his family suing an alcohol company? They advertise, they’re on social media, but why dont we sue them? Because that’s idiotic. The person drinking made a choice. He wasn’t forced to drink. He saw the ads, he drank, he died. That’s on him. You dont like it? Then you shouldn’t be living in a free country. You should go live in North Korea.

    Reply
  21. Bibek Sitaula says:
    September 7, 2017 at 7:28 am

    KFC को franchise ल्याउदा कKFC ले जुन ingredients use गर्नु भन्छ तेही नै प्रयोग गरिनु पर्छ जुन ketchup mayonnaise ra chicken use गर्नु भन्छ तेही गर्नु पर्च
    नेपाल मा Drukको ketchup kissan को ketchup पौछ तेही use garchu vanera पाईन्छ र ?दुखी आत्मा हरु पैले franchise भनेको केहो बुझ्न नितान्त जरुरी छ जिन्दगी KFC नखाको पाखे आइले ठुलो बात गर्छ

    Reply
  22. Jgd Bishnu says:
    September 7, 2017 at 6:11 am

    कार्यक्रम राम्रो लाग्छ
    राजनीति जानिएको छैन

    Reply
  23. Kanchan RaJ Giri says:
    September 7, 2017 at 11:54 am

    अधिवक्ता यज्ञमणि न्यौपानेले भोट सार्वजनिक गर्न माग मात्र त गरेका हुन् । तर एपी वानले संसारै डुबीसक्यो जस्तो गरि प्रश्न गरेको छ । अनि सुर्य खड्काजीलाई के चाहियो ? कुण्ठा पोखेका छन्, जवाफ लेख्नकै लागि जवाफ ठोकेका छन् । गत हप्ताको भोट यो हप्ता जोडिने र नेपालबाट पनि app मार्फत भोट गर्न पाइने भैसकेपछी यी सबै कुरा लेखककै शब्दमा ‘लिडे वकवासहरु’ हुन् जस्तो लाग्छ । सारांसमा रियालिटी शो बारे केहि बुझिएको छैन या त बढी नै बुझिएको छ ।
    अनि अर्को मैले नबुझेको कुरा चाहिं हाम्रा धुरन्धर विद्वान लेखकले भन्नु भएको छ -“नेपालमा नेपाल ओलम्पिक कमिटी, एनओसी र अखिल नेपाल फूटबल संघ, एन्फामा आइओसी र फिफाको नियम अनुसार नै खेल हुन्छन् तर ती नियमहरु नेपालका कानुनमा बाझिएका हदसम्म स्वतः रद्द हुन्छन्।” तर नेपालको सन्धि ऐन २०४७ को धारा ७ मा भनिएको छ- ‘नेपाल पक्ष रास्ट्र भएका अन्तर्राष्ट्रिय कानुनहरु नेपाल कानुन सरह लागु हुनेछन र नेपाल कानुन त्यी कानुन हरुसंग बाझिएको हदसम्म अमान्य हुनेछन ।

    Reply
  24. Santosh Chaulagain says:
    September 7, 2017 at 5:54 am

    yo sati lae sarapae ko desh ma ramro kam kailae hunanadinae bhayae mafia haru lae

    Reply
  25. Prajwal Sayaju says:
    September 7, 2017 at 5:24 am

    तेसैले यहाँ नेपालिहरु नेपालमा केही गर्न सक्किन्न भनेर बिदेशिने गर्दछन येस्तै येस्तै कारणले । नेपाल बिकास नहुनुको पछाडी नेपाली कै दोष । तितो सत्य

    Reply
  26. ramu says:
    September 7, 2017 at 10:30 am

    यसको समर्थन गर्न र बिरोध गर्ने कुरा बुझेर भन्दा पनि आफुले चाहेको प्रतिपर्धि बिगतको आधारमा सेफ होला कि आउट होला भन्ने हल्लाको आधारमा गरिरहेका छन।
    पहिलो कुरा मुद्दा नेपाल आईडल बन्द गर्न थिएन,गर तर नियमपुर्बुक चलाउ भनेर थियो यो मुद्दामा सो बन्द गर भनेर आउने पनि देखिदैन तर पनि यसलाई सो नै बन्द गर्न लाग्यो भने आयोजकले हौवा फैलाउने गतल रुपमा प्रयोग गर्न हाम्रो बिरुद्दमा बोल्नेको लिस्ट प्रहरीमा बुझाउछु भनेर बिषयलाई अन्यथा लाने देखियो।शायद आज देखी त्यो लिस्टमा माईसंसार पनि पय्यो होला।
    धेरैले त सिधै धाधवलि गर्न गरिएको आरोप समेत लगाएका छन सत्य जे भए पनि भोली यो कार्यक्रमले धाँधली गय्यो भने मुद्दा हाल्यो भने त “नेपालको सङगित जगत नै ध्वस्त पार्ने ब्यक्ति नै यहि हो” भनेर प्रचार गरिने रहेछ(यो सो हुन नदिएर)।अनि आफ्नो अनकुलमा मान्छे आईडल भए भोली अर्को पक्षले मुद्दा हाले अहिले मुद्दा हाल्ने बिरुद्द खनिनेहरु चुन लाग्छन कि अहिलेको जस्तो प्रतिक्रिया दिन्छन।
    खाली यसले बिदेशी परनिर्भरता घटाउछ भन्ने तर्क दिईदै छ,बुझ्ने भए त परनिर्भरता बढाउछ, यसले त नेपालमै बनेको नेपालीको पुरा स्वामित्व रहने “नेपाली तारा” जस्ता सो लाई बजारबाट हटाउनेछ(बाध्य पार्नेछ) अनि यो हरेक कुरा बिदेशी सँग सोधेर अनुमति लिनु पर्ने,खुसी बनाउनु पर्ने कुराले चाँहि देशको सिर उच्च बनाउछ भन्ने हस्यास्पद कुरा भन्दा अरु कुरा के हुन्छ। त्यो भन्दा पनि बढी यसमा फ्रिमेन्टलले पैसा थपेर दिने,आयोजना गर्न पैसा दिने भन्दा पनि बरु नेपालीबाट उठाएको पैसाको ठुलो हिस्सा बाहिरिन्छ,ऊठाएर लान्छ,बरु दिनु पर्ने हुन्छ। गरे त हुने रहेछ त नेपाली प्रोडक्ट नेपाली तारा जस्ता कार्यक्रमलाई नै प्रोत्साहन गरौ,त्यस्तै कार्यक्रम ल्यान बरु।त्यसैले त्यो तर्क उल्टो छ।
    बरु अब अर्को चोटि इन्डियन आईडल हेर्नेको सङख्या चाँहि यसले बढाउने छ(सबले बुझे,थाहा पाए)।के यो आईडल हेर्नेले चाँहि इन्डियन आईडल हेर्न बन्द गर्छ त? पक्कै गर्दैन कार्यक्रम नै एउटै होईन,फर्माट मात्र हो,त्यसैले यसले बिदेशी हेर्न कुरा घटाउछ भन्नु हौवा वा भ्रम मात्र हो,यसले बढाउछ।
    यो पैसाको लागि गरिएको सो हो भन्ने कुरा एक जनाले जति पनि भोट गर्न पाउने ५०० सम्म भोट गर्न पाउने कुराले प्रस्ट हुन्छ।हो त्यो पैसा कमाउने प्रक्रियामा केहि गायक केहि बर्षको लागि प्रख्यात हुन्छ वा लाईम लाईट दिइनेछ त्यो राम्रो कुरा हो ।त्यस्तो कुराबाट उठेको पैसाको समेत हिस्सा बिदेशिन्छ,भोली बिदेशमा कार्यक्रम गर्दा,पैसा नेपालीकै जाने हो।
    तर सबै कुरा प्रक्रियामा हुनु पर्दछ।
    अझ कुनै नउठेको त यस्ता सो हरुको भोटिङ प्रोसेस नै पारदर्शी हुदैन र कतिले आयोजकलाई जसलाई मन लाग्छ त्यसले जित्छ भन्छन किनकी त्यो कुनै निर्वाचन आयोग जस्तो तेस्रो पक्षले हेर्ने,नियमन गर्ने होईनन।सबै साँचो आफै सँग।
    त्यसले सहि मान्छे धेरै भोट ल्याउने मान्छेले जित्ने हो,सहि रुपमा बिना पुर्वाग्रह कसैले धाँधली नभएको महसुस गर्ने गरि गरिनु पर्छ।हरेक कुरालाई आफ्नो उपयोगी हुने गरेर ब्याख्या गर्ने अर्को ठाँउमा लगेर जोड्नु हुदैन।यसो गर्न सके नै कार्यक्रम सबैको प्रिय हुन्छ लामो समय सम्म चल्छ ब्यापार मात्र नभई नेपाली सङगित क्षेत्रलाई योगदान हुन्छ।
    #IamWithFairNepalIdol

    Reply
  27. Arjun Nepal says:
    September 7, 2017 at 4:39 am

    देश नेताले बीगारेको जस्तो लाग्थो होईन रहेछ …देश त हामी जनताले पो बीगारेको रहेछ ..अल्प ज्ञान बीनास भन्थो हो रहेछ

    Reply
  28. Pasang Tenzing Sherpa says:
    September 7, 2017 at 4:06 am

    Din dhadhai SmS marfat Thageko dekheyena yi dukhi aatma haruley.. This is Fraud case.

    Reply
  29. Sunil Shrestha says:
    September 7, 2017 at 2:59 am

    Cant expect other than this from nepal … No matter how good u wanna do there are whole bunch of people who envy u and get u down to the bottom…just how things work out here just furious abt this sick mentality …

    Reply
  30. Isaac Mangrati says:
    September 7, 2017 at 2:58 am

    international programनै कैले नहेरे का दर्सक हरु ले गर्दा यो उनी हरुले सोचे अनुरुपको नभएको हो नत्र No elimination Round हरेक international program मा हुन्छ त नेपालमा किन नहुने,। फ्यान पनि कस्ता कस्ता भने रु.दस खर्च गरेको झोकमा करोडौंको कार्यक्रम नै भत्ताभुङ पार्न खोज्ने , अनि international program चाइने यिनिहरु लाई नै । हुनत मान्छे चन्द्रमा मा पुगिसके हामी नेपाली त्यस्लाइ नै ढोक्दैइ बसेको छौ के हुन सक्छ र हाम्रो देश मा, प्रसङ्ग नेपाल आइडल को मात्रै है अरुतिर नजोडियोस फेरि ,

    Reply
  31. शुभाकार सायमी says:
    September 7, 2017 at 2:02 am

    manche marne lai fulmala lagaune desh ma cyber aaparadh reee cyber vaneko k ho ni vai ??? ani vai lai chai kina padhnu parne ni mero comment??

    Reply
  32. Naresh khadka says:
    September 7, 2017 at 7:18 am

    केही थाहा नभयका तुच्छ सोच राखेका मुठ्ठी भरका ब्यक्ती हरुको सोचाईले उब्जिएको समस्या हो।
    तत्काल सो सुरु गर्नुपर्छ ।

    Reply
  33. Raj Kumar Bhandari says:
    September 7, 2017 at 1:19 am

    All drama

    Reply
  34. Pradip Budhathoki says:
    September 7, 2017 at 1:08 am

    यज्ञमणि न्यौपाने ज्यु,
    मैले आफ्नै रहरले भोट गरेको थिए, मेरो भोट प्रती संका गर्ने कस्ले दियो तिम्लाई अधिकार ???
    #imwithNEPALIDOL

    Reply
    1. Niradhar Pyasi says:
      September 7, 2017 at 2:00 am

      त्यहि आफ्नो इक्षाले गरेको भोट को अपमान भएर नै सम्मान होस भन्ने हेतुले रिट गरियको हो जुन जायज थियो र जायाज निर्नय भयो

      Reply
    2. Niradhar Pyasi says:
      September 7, 2017 at 2:07 am

      रहर नै लागेको भए आउदो हप्ता पनि कसैलाइ नपठाउने कि …….. अनि अर्को हप्ता पनि हम्रा सोल्टा हरुको रहर पूरा भएसी………….

      Reply
  35. Pooja says:
    September 7, 2017 at 6:48 am

    Indian idol ले sahi Samaya मा रेसुल्ट out+vote कति पायो भंथियो, जुन Nepal idol ले bhandai न… vote kasle कति पायो, खै??? को मन parcha guitar… geet ramro gayo gayena matlab छैन! हामी video herera galti थाहा पायोऊ Tara judge हरु live aghadi थाहा paOnu भएन??? धयान कता???

    Reply
  36. Ingnam Yogen says:
    September 7, 2017 at 12:50 am

    Nepal idol sanchalakko damva ra ahangkaar pani katti ho vanya
    Ajako yo durgati ko mukhya karan nepal idol ko tin jana pakchapati judgeharu hun

    Reply
  37. रमेश says:
    September 7, 2017 at 6:18 am

    नेपाल आइडल नै बन्द हुनु पर्छ। किन र के का लागि भन्ने कुरा छैन। जनता लाई ठ्ग्न खोज्ने कोस्ले दियो अधिकार ? अन्तरास्ट्रिय सो रे के छ तेस्तो अन्तरास्ट्रिय सो जस्तो लाग्ने त्या ? अन्तरास्ट्रिय सो कस्तो हुन्छ हामि लाई था छैन ? यो सो ले जातिय बिबाद ल्याउन खोज्यो समाज लाई बिभिन्न धुर्बिकरण गरयो । जनताले चाहेको लाई छोडेर गर्नु थ्यो भने भोटिङ किन गर्नु पर्यो ? देखा देखि लुत्न खोज्ने ?? के हो येस्तो जस्ले जे गरेनी हुने ?

    Reply
  38. Santosh Giri says:
    September 7, 2017 at 12:09 am

    फाइनलको लागि भेन्यु बुक भैसकेको अवस्थमा एक हप्ताले कुनै असर नपार्ने हो?

    Reply
  39. Dikesh Bhattarai says:
    September 6, 2017 at 11:10 pm

    एउटा “international franchise reality show लाई अनावश्यक विवाद बनाई अदालत सम्म धकेल्नु कति सम्मको उचित कदम हो??
    यो local reality show पक्कै होइन, आयोजकले धाधली गर्न, जनता लुट्ने ब्यापार गर्न।
    nepal idol को हरेक गतिविधि fremantle media को नीग्रानी अनि स्वीकृतीमा हुन्छ । Idol आफैमा बिश्वको top reality show हो, यदि पैसा कै लागि यो reality show गरिएको भए, idol ले आज १०० वटा भन्दा बढी देशमा popularity gain गर्दैन थ्यो ।
    यो level को reality show भित्राउनै ठूलो रकम लाग्छ, आयोजकले घाटा खाएर त पक्कै चलाउन सक्दैन। हिजो कसैले नचिन्ने १८ जना आज celebrity भैसके, उनिहरुको जिन्दगी बन्यो, लुकेर बसेका प्रतिभा बाहिर आए ।
    पहिले जति नि भोट दिन मिल्छ भन्दैमा आँखा चिम्लेर भोट हाल्ने अनि अहिले जनता लुट्यो भन्न कतिको सुहाउछ?? कसैलाई जबर्जस्ति भोट हाल्न न कर गरिएको थियो न दबाब दिइएको थियो ।

    प्रशान्त तामाङलाई जिताउन लाखै रुपैयाँ भारत पठाउने नेपालीले, भोट गरेको पैसाको कुरा उठाउनु एकदमै हास्यास्पद छ ।

    नेपाली टिभि हेर्न छोडेका दर्शकलाई फेरि नेपाली टिभी हेर्ने बाताबरण बन्यो, Nepal idol मात्र अरु reality show देखि अहिले नेपाली खेलकुद समेत जनताले प्रत्यक्ष हेर्ने पाउन भनेर खेल क्षेत्रमा समेत लगानी गरेको छ ap1 ले, तर यहाँ तेस्तो कुराको कस्ले वास्ता राख्छ र ।

    एउटा चल्दै गरेको reality show लाई अधातल सम्म पुर्याउने भेडा नेपालीलाई माझी औंला सलाम । बन्द गर नेपाल आइडल अनि फेरि लाग, अरु प्रशान्त तामाङहरुलाई जिताउन ।#cpy

    Reply
    1. Niradhar Pyasi says:
      September 7, 2017 at 1:47 am

      international हो भन्दैम त्यस स्थान को संरचना पालना गर्नु पर्छ कि पर्दैन?

      Reply
    2. Pasang Tenzing Sherpa says:
      September 7, 2017 at 4:06 am

      fraud gareko cha yo reality show ley.

      Reply
  40. SumAn Gurung says:
    September 6, 2017 at 9:53 pm

    timiharu nefoli aharulai desma aalikati ramro program aayo tyo ni pachena hai … hatao hatao
    kukurlai ghiu pachdaina vanya yehinai ho

    Reply
  41. Moti says:
    September 7, 2017 at 2:14 am

    कार्यक्रम हेर्नु अनि मज्जा लिनुनी किन राजनीति गर्नुपर्ने नेपालीलाई जे कुरामा पनि | हार्नेको
    मात्र होइन जित्नेकापनि “दो दिनके चाँदनी फिर अँधेरी रात” भने झैँ हुने हो हामी दर्शक तेसै बुरुक बुरुक

    Reply
  42. परिवर्तन मन says:
    September 6, 2017 at 6:46 pm

    चारै जना एकसे एक छन आईडल जोसुकै बने पनि बालै फरर तर मेरो केही प्रश्न छन् १) फाईनल चै किन बिदेशी भुमि कतारमा गर्ने लागेको??? २) किन आयोजक लाई नेपाली भुमि प्रति घृणा??? ३) क़तार जाने चार करोड़को बजेटले नेपालमै फाईनल गरेर बाँकी रक़म टप टेन प्रतियोगी लाई म्यूज़िक सिक्न बाँटी दिए हुदैन? ४) हामी लाखौं दर्शकले नेपामा बसेर करोडौ रुपैया को भोट गर्यौं अनि अब लाखौ रुपैया खर्चेर फाईनल हेर्ने कतारै जाने??? ५) नेपाल आईडल हामी नेपालीको हो कतारीको होईन…अनि किन हाम्रो आईडल लाई कतारमा लगेर जन्माउने??? ६) के हामी नेपाली दर्शक लाई नेपालमै हाम्रो आईडल घोषणा गरेको हेर्न अधिकार छैन??? ७) के भोट कतारीले दिएको हो?? जबाफ पाऊँ आयोजक महोदय…होईन भने फरि अर्को मुद्दा दर्शकले अदालतमा देला है। चेतना भया।

    Reply
  43. नरेन्द्र योन्जन तामाङ says:
    September 6, 2017 at 6:39 pm

    जनता लुट्न फ्रेन्चाइस सो भन्दै मनोमानी गर्नु गलत हो जज र ब्याबस्थापनको….यदि नियम मिच्छ फरम्याट अनुसार चल्दैन भने जनताले शूचनाको हक खोज्छ।जनतालाइ लुट्न लुटेको छ अब बन्द गर्न त पाउदैन तर परादर्शिता र बिश्वास्नियता माथी शंका गर्ने ठाँउ प्रसस्त नै रह्यो।बिशुद्द संगित क्षेत्रमा #Nepal_Idol ले राजनिति घुसाउनु जातियताको गन्ध छर्ने दुसप्रयास गर्नु गलत थियो।जज र ब्याबस्थापन मिलेर आइडलहरु माथी एक पक्षिय निर्णय बारामबार दोहोरिनु दुर्भाग्य पूर्ण थियो।त्यसको परिणाम स्वरुप शर्बोच्चले #AP1 च्यालन ब्याबस्थापनलाइ अदालत धाउन भनियो। यो #Idol ब्याबस्थापन र जजहरु कै एकपक्षिय निर्णयको कारण हो।आउदो दिनहरुमा TV Channel हरुले बिशेष ध्यान दिनु जरुरी छ।

    Reply
    1. फिरोज अरमान खान says:
      September 6, 2017 at 7:56 pm

      Nepal idol ले जातियता र राजनिती घुसाएको हैन जबर्जस्ति जातियताका ठेकदारले घुसाएको हो । जनतालाई कसरी लुट्यो ?? कसैलाई जबरजस्ती भोट हाल्न लगाएको छैन यो कार्यक्रमले । भोट दिने र नदिने भन्ने कुरा दर्शक को नितान्त निजि कुरा हो यसमा जबरजस्ती छैन । यहाँ त आफ्ना समुदायको ब्यक्ती हरुलाई जिताउनको लागि चन्दा उठाइएको छ । यो हो ठगी । ब्यापारको लागि करोडौ लगानि गरिएर चलाइएको कार्यक्रम हो अब यसले नाफा नगरे कसले गर्छ त । के व्यापार गर्दा नाफा गर्यो पैसा कमायो भनेर अब अदालत जाने ??

      Reply
  44. Hom Nath Adhikari says:
    September 6, 2017 at 6:32 pm

    बल्ल बल्ल एउटा राम्राे कार्यक्रम भित्रिएकाे थियाे-नेपाल अाईडल । त्यसैलाई कहिले जातिबादि अाराेप लगाएर कहिले नचाहिदाे मुद्धा लगाएर अाखिरमा अदालतमा पुर्याएर भगाउन खाेजे । जुत्तामा 1000% नाफा गर्नेहरूका विरूध्द बाेल्ने कसैलाई वास्ता छैन, नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिन खाेज्ने कुख्यात थेसिस चाेरका विरूद्ध कसैले रिट हालेन, चाहे मनमाेहन कलेजकाे किड्नि काण्ड हाेस, चाहे कराेडाै घाेटाला भएकाे अायल निगमकाे जग्गा काण्ड कसैले रिट हालेन खनिया र खड्काकाे विरूद्ध । अाज एउटा विशुद्ध व्यवशायिक प्रतियाेगिता, देश बिदेशमा रहेका नेपालिहरूकाे मन जित्न सफल कार्यक्रमलाई अाफ्नाे विनियमअनुशार कार्यक्रम गर्दा अदालतमा पपुग्नुपर्ने। यहि हाे विदेशि लगानि, विदेशि कम्पनि भित्राउने काइदा ? हुन त नेपाली भाषालाई नै राष्ट्रभाषा मान्दैनाैँ भन्ने कपुतहरूलाई यस्ता कुराले फरक पार्दैन नै तर विदेशमा बसेर नेपाली गित सुन्न नेपाली टेलिभिजन हेर्न झर्काे मान्ने युवा पिढिमा समेत याे कार्यक्रमले ध्यान तानेकाे अवस्थामा नेपाल अाईडलमाथि याे किसिमकाे नियाेजित अाक्रमण हुनुले नेपाली संस्कृति, भाषा र व्यवसाय काे प्रगति नचाहनेहरूकाे ताँति हेर्न बाहिर जानू नपर्ने कुरा प्रष्ट हुन अाउँछ ।

    Reply
    1. फिरोज अरमान खान says:
      September 6, 2017 at 7:55 pm

      Nepal idol ले जातियता र राजनिती घुसाएको हैन जबर्जस्ति जातियताका ठेकदारले घुसाएको हो । जनतालाई कसरी लुट्यो ?? कसैलाई जबरजस्ती भोट हाल्न लगाएको छैन यो कार्यक्रमले । भोट दिने र नदिने भन्ने कुरा दर्शक को नितान्त निजि कुरा हो यसमा जबरजस्ती छैन । यहाँ त आफ्ना समुदायको ब्यक्ती हरुलाई जिताउनको लागि चन्दा उठाइएको छ । यो हो ठगी । ब्यापारको लागि करोडौ लगानि गरिएर चलाइएको कार्यक्रम हो अब यसले नाफा नगरे कसले गर्छ त । के व्यापार गर्दा नाफा गर्यो पैसा कमायो भनेर अब अदालत जाने ??

      Reply
    2. Hom Nath Adhikari says:
      September 6, 2017 at 7:57 pm

      Exactly, फिरोज अरमान खान जि ! घाेडाले घाँस खायाे भनेर सत्ताे सराप हाल्ने गधा हरूलाई कसरी सम्झाउने हाे खै ?

      Reply
    3. Niradhar Pyasi says:
      September 7, 2017 at 1:39 am

      लौ ब्यापार को नाफाको विरुद्धमा अदालत गएको हैन सर
      के तपाईं एउटै बिस्कुटको पोका लाई दुई पल्ट किन्नुहुन्छ ????

      Reply
    4. Niradhar Pyasi says:
      September 7, 2017 at 1:43 am

      idol गरेकोमा डाहा पनि हैन कुनै रिस पनि हैन तर जुनसुकै बिधामा रहेर ब्यापार गरे पनि पार्दशिता अपरिहार्य हुन्छ।

      Reply
    5. Man Tumbahangphe says:
      September 7, 2017 at 4:19 am

      Hom nath sir.ani phiroj khan sir.ko bhanai ma ma 100% sahamat garxu. 100%

      Reply
  45. Śàďhăńá Subedi says:
    September 6, 2017 at 6:17 pm

    4 jana nahi sabai ko najuk abhatha x ghar ko esto manx haru lai npl idol li nam dam dina khujo but hamra khi nepali lai dhaha lago ra npl idol birudha mudha hali yo kati samma jahej ho??mali na bujeko kuro

    Reply
  46. पोन दीपक says:
    September 6, 2017 at 6:15 pm

    Last week ko result jastako tastaiii out garnu nai saboi vanda best idea ho idol ka aaayojak team aru bikalpa nikalna khojnu aafoi dasaima chadhine balimar bannu ho

    Reply
  47. Narayan Adhikari says:
    September 6, 2017 at 6:13 pm

    Kasto gadaharu har kurama jatjaty ko kura garn

    Reply
  48. Sharma Ankeet says:
    September 6, 2017 at 6:09 pm

    तेरिमा तोरि हरु
    गरिखान दिएनौ नि कसै लाई न आयोजक लाई न त प्रतिस्पर्धी लाई
    आफ्नै समुदायको भनेर करोडौ रुपैयाँ उठाएर प्रशान्त तमाङ लाई जिताउन भन्दै भारतिय टेलिभिजन सोनि लाइ रातारात धनी बनायौ तिनै आज ए.पि. वन ले ठग्यो भन्दै उफृरहेका छन .कसैको भलो त काह देखि सहन्छन र ? नेपाली त परियो ..कठै हामी हरुको बुद्धि ।

    खुब उफृन्थे नि अब खाओ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme