Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल आइडलविरुद्ध अदालतमा मुद्दा, अब नेपालबाट पनि निःशुल्क इन्टरनेट भोटिङको सुविधा

Posted on September 6, 2017 by Salokya

नेपालको पहिलो फ्रेन्चाइज रियालिटी टिभी शो नेपाल आइडललाई सामाजिक सञ्जालमा भइरहेको आलोचना त छँदैथियो, एक जनाले अदालतमा मुद्दासमेत हालेका छन्। करार ऐन २०५६ को दफा ८७ को देहाय १ र २ बमोजिम नेपाल आइडलविरुद्ध अधिवक्ता यज्ञमणि न्यौपानेले काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेका हुन्। यसको पेशी बुधबार तोकिएको छ। भोटको परिणाम सार्वजनिक गर्नलाई यो मुद्दा दायर गरिएको रे।

मुद्दा परे के गर्नुहुन्छ भनेर मैले यो कार्यक्रमको मूल लाइसेन्स होल्डर फ्रिमायन्टल मिडियालाई इमेलमा सोधेको थिएँ। फ्रिमायन्टलको एसिया विभागले नेपालमा इमेल फरवार्ड गरी नेपालका तर्फबाट एपी वान टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले जवाफ दिएका छन्।

आइडल सिरिजको फरम्याट अनुसार नै भोट सार्वजनिक नगरेको पौडेलले बताए। ‘यदि कोही अदालत जान्छ र अदालतले आदेश दिन्छ भने हामी त्यसको पालना गर्छौँ र अदालतलाई जानकारी दिनेछौँ’, उनले भने, ‘तर नेपाल आइडल हेरेर मनोरन्जन गरिरहेकाहरुलाई यो कुनै इस्यु हो जस्तो लाग्दैन।’

अदालतले यसबारे के गर्नेछ, त्यो बुधबारको पेशी बसेपछि थाहा हुनेछ। पेशी धेरै हुने हुनाले यो खासै महत्व नभएको मुद्दाको पालो नआउन पनि सक्ला।

नेपालमा पनि इन्टरनेट भोटिङको सुविधा
यसअघि नेपाल आइडलमा नेपालभित्रबाट एउटा एसएमएसको ७ रुपैयाँ चानचुन पर्ने गरी एसएमएस भोटिङको मात्र व्यवस्था थियो। विदेशमा बस्नेले भने एप डाउनलोड गरी इन्टरनेटबाट भोट दिन पाउँथे। यसका लागि पैसा लाग्दैन थियो।

गत हप्ता जजहरुले आफ्नो अधिकार प्रयोग गरी नो इलिमिनेसन अर्थात् कसैलाई पनि एक हप्ताका लागि आउट नगरेपछि चर्को आलोचनाको शिकार बनेको थियो शो। जबकि विदेशको आइडल सिरिजका कार्यक्रममा पनि यस्तो हुने नै गर्छ।

पौडेलले नो एलिमिनेसन फरम्याट भित्रै रहेर गरिएको अभ्यास भएको दावी गरे। ‘तर मानिसहरुले एउटै प्रतियोगीलाई दुई पल्ट भोट गर्नेबारे केही रिजर्भेसन राखेकोले हामीले नेपाल आइडलको एपबाट अनलाइनमार्फत् भोटिङ नेपालमा पनि खुला गर्ने निर्णय गरेका छौँ’, पौडेलले भने।

नेपाल आइडलले आफ्नो फेसबुक पेजबाट पनि यसको घोषणा गरेको छ।

एपबाट भोटिङ खुला भएपछि मोबाइलमात्र हैन, कम्प्युटरबाट पनि भोट गर्न सकिनेछ। कसरी ?

सबैभन्दा पहिला आफ्नो कम्प्युटरमा bluestack डाउनलोड गर्नुस्।

त्यसपछि यो भिडियोमा देखाइए अनुसार गर्नुस्।


भिडियो माथि नखुले यहाँ क्लिक गरी हेर्नुस्।

17 thoughts on “नेपाल आइडलविरुद्ध अदालतमा मुद्दा, अब नेपालबाट पनि निःशुल्क इन्टरनेट भोटिङको सुविधा”

  1. Manish Paudel says:
    September 7, 2017 at 4:06 pm

    अब यो पनि बन्द हुन्छ अनि हेर आइडोल. काम न पाका हरु…

    Reply
  2. Maikal Sharma says:
    September 6, 2017 at 9:17 am

    यज्ञ मनि ले राम्रो कम मन नपराका हुन बिकस गर्नेलाइ मुद्द हाल्नु भनेको पागल पना देखाउनु हो,कलकारित क्षेत्र म बिकास अनुभव हुदै गर्द उनिले नचायक हुन भनिन्छनी कुकुर लाई घिउ पच्दैन ,यदि उनी अधिबक्त हुन सचै नेपाल म कनुन बिपरित कमगर्ने लाइ कर्बाहिको दयराम लेउना चाहन्ते भने नेपालको हित बिपरित कम गर्नेका बिरुद्द लद्न तयार हुनु पर्थ्यो ।

    Reply
  3. ईश्वरी पुन says:
    September 6, 2017 at 7:25 am

    Vote kasko kati bhanera bhannu parthyo bhanera ta maile pahile pani comment gareko thiye tra manchhe haru nachahido kura lekhera jhagada garxan tra chahile kura ko uniharulai thahai hudaina k garnu ? Mudda halekai ramro malai pani yo kurama chitta pareko chhaina .

    Reply
  4. Mahesh Khaling says:
    September 6, 2017 at 7:04 am

    Good

    Reply
  5. Meshrak Returns Golel says:
    September 6, 2017 at 4:43 am

    aba vote free vanda pani auta sim le auta matra vote halna milne banaunu prx free vote garna milne vay ma ta 24 hrs nai vote garirahanxu..

    Reply
  6. Surya Narayan Malakar says:
    September 6, 2017 at 12:39 am

    काम पाए वकिलहरुले !

    Reply
  7. Jivan Timothi Nepali says:
    September 5, 2017 at 10:34 pm

    कति नाटक हो कति नाटक ….य

    Reply
  8. Suman Maharjan says:
    September 5, 2017 at 9:28 pm

    Chaine kuro ma law suit garnu parcha ni . Yeuta reality show lai sue garera ke huncha waiyat manxhe haru .

    Reply
  9. Kamal Sabina says:
    September 5, 2017 at 9:19 pm

    पैसा कमाउने होडबाजी यो सन्सार मा काहा र कस्ले अनि कहिलेपो चलेन र? तर कुनै होडबाजी मा अरु धेरैले पनि मौका पायकाछन त्यस मध्य यो नेपाल आइडल ले पनि धेरैलाई राम्रो मौका मात्र होइन राम्रै स्थान मा पुर्याइ सकेको छ जस्तो लाग्याछ। तर यो देश नेपाल हो जहाँ राम्रो कुरा लाई खुट्टा तान्ने प्रबृत्ति छ त्यसैले पनि किन पोअछुतो रहन्थ्यो नेपाल आइडल ?

    Reply
  10. Bigreko Manxe says:
    September 5, 2017 at 8:53 pm

    Good job

    Reply
  11. दर्लामी मगर says:
    September 5, 2017 at 8:40 pm

    Sahi ho

    Reply
  12. कोक्मा ठुले तुमबाम्फे says:
    September 5, 2017 at 8:14 pm

    काम नापाका मान्छेहरु बाढिपिडितहरुलाइ राम्रो गुणस्तरहिन खाद्यसामग्री सडेगलेको चामाल पाठाउँदा कसैले अदालतमा मुद्धा हालेनान एउटा रियालिटी शोमा मुद्धा हल्ने कस्तो खाल्को ब्याक्ती हुन खोइ कहि नभको हाँडिगाउँको जात्रा

    Reply
    1. Anup Paudel says:
      September 6, 2017 at 5:40 am

      Taii tw

      Reply
  13. Bsnu Tamu says:
    September 5, 2017 at 7:36 pm

    Guorge ko vito ta 8 jana yah 6 jaa mahila out huda po garda think hunchha top 4 vaneko ta last ho yo kura ta bujnu parne ho ni ayojak le ta

    Reply
  14. Jeevan Anand Karn says:
    September 5, 2017 at 7:31 pm

    सानो ठुलो जस्तो भएपनी सार्वजनीक चासो को बिषयमा सुचना न पाउँदा मुद्दा हाल्नु राम्रो।

    प्रधान मंत्री बीरूद्ध पनी कसैले मुद्दा हाले हुन्थ्यो नी, भुकम्प को राहत न बॉडेको, सडेको चामल राहत मा पठाएको अरू धेरै बीषय होलान्

    Reply
    1. Shobha Stha says:
      September 5, 2017 at 7:36 pm

      Exactly!

      Reply
    2. Mami Ko Kanxo Xoro says:
      September 6, 2017 at 2:28 am

      Sai kura garnu vayo tapaile nachaini kura ma chai agi sarchha chaini kurama chai chaso nai xaina

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme