Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को होला नेपाल आइडलको टप थ्रीमा पुग्ने तीन जना?

Posted on September 1, 2017September 1, 2017 by Salokya


गायन सम्बन्धी एपी वान टेलिभिजनबाट प्रसारण हुँदै गरेको रियालिटी टिभी शो नेपाल आइडलमा बाँकी रहेका चार प्रतिस्पर्धीहरुमध्ये एक जना बाहिरिएपछि ग्रान्ड फिनालेका लागि तीन जना छानिने छन्। तीनै जनाले नगद रकमसहित अन्य पुरस्कार पाउँदैछन्। ग्रान्ड फिनाले असोज ६ गते कतारको दोहामा हुँदैछ। त्यसका लागि दुई हप्ता बाँकी छ। आज एक प्रतियोगी बाहिरिएपछि ग्रान्ड फिनाले अगाडिका दुई हप्ता कस्तो कार्यक्रम प्रसारण हुने हो, स्पष्ट छैन। आइडल सिरिजमा विदेशमा भएका कार्यक्रमहरुमा वाइल्ड कार्ड इन्ट्रीका रुपमा बाहिरिसकेका प्रतियोगीहरुलाई फेरि प्रवेश गराउने गरिए पनि नेपाल आइडलमा अहिलेसम्म त्यसको प्रयोग भने भएन। टप थ्रीमा पुग्नबाट वञ्चित को होला त?

भोटिङ प्याटर्न बुझ्नका लागि माइसंसारले दुई हप्ता राखेको पोलको नतिजा यस्तो रह्यो-

यस्तै खालको भोटिङ हुने हो भने टप थ्रीमा पुग्नबाट प्रताप दास वञ्चित हुने देखिन्छ।

नेपाल आइडलको अहिलेसम्मको भोटिङ प्याटर्न हेर्ने हो भने यस्तो देखिन्छ-

बुद्ध लामालाई अहिलेसम्म धेरै भोट आएको देखिन्छ। उनी अहिलेसम्म गत साता एक पटक मात्र डेन्जर जोनमा (कम भोट आएका आधारमा बटम थ्रीमा) परेको देखिन्छ। प्रताप दासलाई सबैभन्दा कम भोट आएको देखिन्छ। उनी चार पटक डेन्जर जोनमा परेका थिए भने त्यसमध्ये तीन पटक त कम भोट ल्याउने दुई जनामा परेको देखिन्छ। कम भोट ल्याउने दुई जना मध्ये अर्को प्रतिस्पर्धीले उनीभन्दा कम भोट ल्याएकोले तीन पटक उनी बचेका हुन्।

त्यस्तै निशान भट्टराई दुई पटक डेन्जर जोनमा परिसकेका छन्। त्यसमध्ये एक पटक त उनी बटम टुमा नै परेका छन्। सागर आले भने अहिलेसम्म एक पटक मात्र डेन्जर जोनमा परेका छन्। उनी बटम टुमा परेको रेकर्ड छैन।

त्यसैले नेपाल आइडलको अहिलेसम्मको भोटिङ प्याटर्न हेर्दा सबैभन्दा बढी भोट बुद्ध लामाले, त्यसपछि सागर आलेले पाएको देखिन्छ। तेस्रो बढी भोट पाउने निशान भट्टराई रहेका छन् भने सबैभन्दा कम भोट प्रताप दासले पाएको देखिन्छ।

तर यो प्याटर्न यस्तै अवस्थामा टप फोरको रिजल्टमा देखिन्छ भन्ने छैन। प्रताप दास जब जब बटम टुमा परेका छन्, त्यसको अघिल्लो साता फ्यानहरुको बढी भोटका कारण उनी सेफ हुन पुगेको देखिन्छ। गत साता उनी बटम टुमा परेका थिए। यदि उनी यस पटक पनि यसैगरी सेफ हुन पुगे भने अर्का कम भोट ल्याउने प्रतिस्पर्धी आउट हुनसक्नेछन्।

को हुनेछ त्यो प्रतिस्पर्धी? दुई पटक डेन्जर जोन (एक पटक बटम टुमा समेत) परिसकेका निशान वा एक-एक पटक डेन्जर जोनमा परेका सागर वा बुद्ध?

हेर्न रमाइलो हुनेछ।

7 thoughts on “को होला नेपाल आइडलको टप थ्रीमा पुग्ने तीन जना?”

  1. प्रविण says:
    September 7, 2017 at 4:59 pm

    नेपाल आईडल भन्दा पनि नश्ल आईडल भन्दा उपयूक्त होला ।

    Reply
  2. Swagat says:
    September 5, 2017 at 5:49 pm

    II don’t believe in POll and all….Barking dogs never bite ..Jole badi halla garxa usaile vote haldaina…Silent vote le jitaune ho nepal idol…

    I truely support Pratap Das and i believe He’ll win Nepal Idol…

    Heads up…Keep supporting Nepal IDOL…

    Reply
  3. यम घिमिरे says:
    September 3, 2017 at 6:56 am

    पुरस्कारको राशीदेखि पेटको राशीसम्म पुर्याउनुलाई बिर्सने हो भने यो भोटबाट गरिने निर्णय मात्रले आइडल बन्ने चलन गलत छ । यसले कुनै जाति, वर्ग , क्षेत्र, सम्पन्नता जस्ता कुराले महत्त्व पाउँछ । नेपालको कुनै कुना कन्दराको व्यक्ति आइडल नहुने र शहरको हुने अवस्था प्रष्ट देखिन्छ । यसलाई के भन्ने ??

    Reply
  4. Bikram says:
    September 2, 2017 at 12:16 am

    शुभ-कामना सबै लाइ

    Reply
  5. काजिमान says:
    September 1, 2017 at 3:43 pm

    यो नेपाल आइडल कि idle ले माफी माग्नु पर्यो| हिजको एपिसोडमा (राजेश पायल राई अतिथि भएको) सागर आलेले गाएको गीत “बिर्सेर फेरी मलाई नहेर..” अरिजनल नारायण गोपालको स्वर भएको नारायण गोपाल कै म्युजिक भनेर स्क्रिनमा लेखिएको देखियो| हृदय स्पर्शी रुपमा नारायण गोपाल ले गाएका हुन, ठिकै हो|
    तर यो गीत करिब आधा शताब्दी अघि गोपाल योञ्जनले संगीतबद्ध गरेका हुन| त्यति पनि ठिक लेख्न नसक्ने नेपाल आइडल सबै कच्ची खेलाडी र अपरिपक्क भएको प्रष्टै हुन आउछ|
    अलिकति भुल सुधार गर्ने र गल्ति स्वीकार गर्ने हो भने नेपाल आइडलले पाइडल नघुमाई क्षमा याचना गर्नु पर्ने हो, तर होला त हिम्मत? हेरौ|

    Reply
  6. Bishnu Hari Timilsina says:
    September 1, 2017 at 8:33 am

    Pratap Das gonna b out today but I wish he will b in d final he is already a Nepali idol for me . It just my prediction on seeing the previous voting pattern

    Reply
  7. Govinda Karki says:
    September 1, 2017 at 7:34 am

    जसले भोट कम ल्याउनेछन उहि बाहिरिन्छन ,तर सबै जना गितसंगितस्रोताको नजरमा आइडल भैसकेका छन।चाहे जो सुकै बाहिरिए पनि वास्ताविक्ता यहि हुनेछ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme