Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँमा दोस्रो चरणमा चुनाव हुने, कुन जिल्लामा कहिले चुनाव, हेर्नुस्

Posted on August 31, 2017August 31, 2017 by Salokya


आगामी मंसिर महिनामा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि कुन जिल्लामा कहिले मतदान हुने त्यसको सूची निर्वाचन आयोगले आज सार्वजनिक गरेको छ। काठमाडौँमा दोस्रो चरणमा अर्थात् मंसिर २१ गते चुनाव हुने भएको छ। दोस्रो चरणमा ४५ जिल्लामा चुनाव हुनेछ जबकि पहिलो चरण अर्थात् मंसिर १० गते ३२ जिल्लामा चुनाव हुनेछ। कुन जिल्लामा कहिले माथिको नक्सा हेर्नुस्। अथवा सूची तल हेर्नुस्।

(क) मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न हुने ३२ जिल्ला

प्रदेश नं १ सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं ३ नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,
प्रदेश नं ४ मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ रूकुम (पूर्वी भाग) र रोल्पा,
प्रदेश नं ६ रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं. ७ दार्चुला, बझाङ, बाजुरा र बैतडी ।

(ख) मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने ४५ जिल्ला

प्रदेश नं १ इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,
प्रदेश नं २ सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट,
प्रदेश नं ३ सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,
प्रदेश नं ४ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत,
प्रदेश नं ५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया,
प्रदेश नं ६ सल्यान, सुर्खेत र दैलेख,
प्रदेश नं. ७ कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।

कहाँ कति निर्वाचन क्षेत्र?

काठमाडौँमा कुन निर्वाचन क्षेत्रमा कुन ठाउँ?
(साभार : कान्तिपुर। पूरा हेर्न यहाँ क्लिक गर्नुस्)


Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme