ठ्याक्कै एक वर्ष अगाडि अर्थात् २०७३ सालको भदौमा नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालले एउटा कार्यक्रम आयोजना गरेको थियो जसको शीर्षक थियो- मृत्यु संस्कार सुधारका सम्भावना। यसमा सहभागी धार्मिक क्षेत्रका विद्वानहरुले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ दिने मृत्यु संस्कारलाई सुधार गर्दै कम्तिमा तीन दिन र बढीमा पाँच दिनमा मृत्यु संस्कार सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए।
पण्डितहरुलाई यो कुरा चित्त बुझेको थिएन। देशभरका पण्डितहरु काठमाडौँ भेला भएर हिजो र आज गरेको पण्डित सम्मेलनले भने तीन वा पाँच दिने आशौचको हल्ला फैलाउनेलाई बहिस्कार गर्ने निर्णय गरेको छ।
भेलापछि जारी १५ बूँदे घोषणापत्रको १ नम्बरमा नै बडो प्राथमिकताका साथ ‘सनातन धर्मानुयायीहरुले अनुसरण गर्दै आएको धर्मशास्त्रीय परम्परागत प्रामाणिक मान्यता अनुसार नै जननाशौच र मरणाशौच बार्ने र त्यसमा हलचल नगर्ने’ उल्लेख छ।
आजभोलि छोराछोरी विदेशमा रहने गर्छन्। त्यसले उत्पन्न सामाजिक समस्या, १३ दिनसम्म नुन नखाई किरिया बस्दा किरिया बस्नेको नै मृत्यु भएका केही घटनाहरु पनि छन्, वैज्ञानिक तथा स्वास्थ्यको दृष्टिकोणबाट पनि लामो दिनसम्म क्रिया बस्नु उपयुक्त नभएको भन्दै समय घटाउन भइरहेको पहलका बावजुद पण्डितहरुले हलचल नगर्ने बताएका हुन्।
एक वर्षअघिको कार्यक्रममा दर्शनशास्त्री डा विष्णु प्रभातले मृत्यु संस्कारमा सुधार गर्दा पुरोहितको पेशा नै सङ्कटमा पर्नेबाहेक अन्य विमति नरहेको बताएका थिए।
अब यसरी आफ्नै पेशा संकटमा पार्न खोजेपछि प्रतिकार त हुन्छ नै। त्यसैले त्यस्तो हल्ला गर्नेलाई बहिस्कार गर्ने निर्णय गरे पण्डितहरुले।
पण्डितहरुको सम्मेलनले परिचय पत्र बाँड्ने र आचार संहिता लागू गरी त्यसको अनुगमन गर्नेसमेत निर्णय गरेको छ।
यस्तो छ १५ बूँदे घोषणापत्र
यी पण्डित हरु लाई १३ दिन सम्म बार्ने तर पण्डित हरु को ज्याला ३ दिन को मात्रै प्रदान गर्ने भन्दा के भन्छन होला ?? राजी हुन्छन कि हुदैनन् होला ???
समयको मागलाई ध्यान दिनु आवश्यक छ, ३ दिन भए काफी छ
पाठ पूजा श्राद्द गर्दा कति कति दक्षिणा कति कति दिनु पर्ने र यति भन्दा बढी नलिने उल्लेख गरे असल हुने थियो कि !!! नत्र हुने खाने लै प्राथमिकतामा पौने देखियो जहाँ तहीं…….|||
अरु त तेस्तै हो पण्डित का अक्षर चाहि बडो राम्रा एकदम किलियर लाग्यो / स्पस्ट छन् हाहा
एकदम राम्रो ! हरेक दिन को काम पनि हस्पिटल को सर्जरी रुम को जस्तै एस्टराल प्रबिदी छ ! गाउ घरमा यो राम्रो छ सहर मा भेने आवश्यक नहुन पनि सक्छ!
पण्डितजी को अक्ष्यर चाँही गजबको रईछ, ताइप् गरे जस्तो
यिनीहरुको खाने बाटो देउसुरे हुन लाग्यो भनेर हो !
धर्म भनेको परम्परागत नै हुन्छ. नयाँ धर्म चाहिए रामरहिम बाबाको पछि लागे भै हाल्यो नि. रहर लागे बस्दै नबसे पनि भयो नि कसले छेकेको छ र? जसलाई १३ दिन बस्नु छ दु:ख पनि उसैले उठाउछ र खर्च पनि उसैले बेहोर्छ, अरुलाई के को टाउको दुखाई हो? एउटा वकिलले जसरी आफुले पढेको कानुनको वकालत गर्छ, एउटा राजनीतिज्ञले जसरी आफ्नो आदर्शको वकालत गर्छ, उसैगरी पण्डितहरुले आफुले पढेको धर्मशास्त्रको वकालत गर्दैछन्. मलाई खासै आपत्ति लागेन. कुनैपनि धर्मभिरुले आफ्नो धर्मको रक्षा गर्छु भन्छन भने त यस्ता संस्कार र तत् तत् धर्मका पण्डितहरुको आम्दानीको स्रोत सुक्न दिनु हुँदैन.
यो चलन लाई समय सापक्ष सुधार्नु जरुरि छ १३ दिन साह्रै लामो भयो जस्को कारन मानिस हरु बिथोलिएर अरु धर्म तिर गएका छन त्यसैले यो चलन बदलिनु समय अनुसार अति नै जरुरि छ /
अक्षर चै सारै राम्रो लग्यो है |
आफ्नो पेटमा लात लाग्ने बुझेर बिरोध गरेका हुन। गयाका पंडा र यी बिराध गर्ने उस्तै कमाउ धन्दा घटने हुदा आत्तेका हुन।
कर्मकांडका बिधिबिधान सरल पार्नु र छोट्याउनु जरुरी छ: प्रसिद्ध समाजशास्त्री युभल नोवाह हरारीले भनेका छन्; सत्य एउतै हुनु पर्नेमा; संसारमा सत्य दुई प्रकारका स्थापित भए/ बस्तुगत सत्य, र एथार्थ सत्य वा मिथ्या सत्य/ बस्तुगत सत्यलाई संसारका सबै प्राणीले समानरुपले मान्दछन/ तर मानिस मात्र प्राणि हो जसले मिथ्या सत्यलाई एथार्थ मानेर तेसैको आधारमा समाज संचालन गरि रहेको छ/ धेरै मानिसले कुनै मिथ्या कुरालाई सत्य हो भनि स्विकारेमा त्यो त्यो एथार्थ सत्यमा परिणत हुन पुग्छन्/ कुनै कालखण्डमा क्रियाकर्म गर्दा मिर्तआत्मा स्वोर्ग जान्छन भनि सबैले बिस्वास गरेका कारण त्यो मिथ्या कुरा एथार्थ सत्यमा परिणत भै सबैले पालना गर्दै आएका हुन्/ तर अबका दिनमा त्यो कुरामा बिस्वास गर्नेहरुको घट्दै आए पनि केहि समयसम्म रही रहन्छ/ तसर्थ जसरि बिस्वास गर्ने को घट्दै गैरहेको छ तेसै गरि कर्मकाण्डी विधिलाई पनि छोट्याउने र सरल पार्ने गर्नु पर्छ/ ब्रामणको पेशा संकटमा पर्ला भनी चिन्ता गर्नु हुन्न/
Thug haruko income ghatne daar ho yo
एक दिन भए पुग्छ
सबै भन्दा पहिले घरमा कुनै परिवारका सदस्यको मृत्यु भएमा १३ दिने क्रियाको बैज्ञानिक विष्लेषण गर्न अत्यन्त आवश्यक छ । साधारणतय ९९% मानिसको मृत्यु कुनै न कुनै रोगका कारण हुन्छ । स्मरण रहोस् धेरै जसो रोगका भाईरल सहितको जीवाणुहरुका कारण हुन्छ । मृतका परिवारहरु मध्ये पुरुषहरुले (छोराहरु) लासलाई बॉसको आसमा राख्ने, मिलाउने, आसन बोकेर घाट सम्म लै जाने, दागबत्ति दिने र अस्तु बिसर्जन सम्म गर्ने काम प्राय: जसो क्रिया बस्नेले गर्ने चलन छ ।
बैज्ञानिक अनुसंधान र तथ्यका अनुसार बिरामीहरुमा भाईरल सहितका धेरै जिवाणुहरुको असर १०-१२ दिन सम्म हुन्छ । मेरो विचारमा क्रिया बसेकाहरुमा मृतकको नजीक र ब्यवस्थापन गर्दा रोगका जिवाणुहरुको असर हुने सम्भावना उच्य हुन्छ । तसर्थ क्रिया बस्नेहरुलाई अलग्गै राख्ने, अलग्गै साधारण र नुन न भएको खाने (उच्य रक्तचाप नियनत्रण) ब्यवस्था गर्ने, दैनिक स्नान गर्ने र लुगा फेर्ने, अरु संग पर राख्ने र छुन निषेध तथा अन्त्यमा उनिहरुले प्रयोग गरेका सर सामान नष्ट वा हटाउने कुराहरु रोगका किटाणुहरुबाट अन्य ब्यक्तिहरुलाई सुरक्षा दिनु हो ।
तर अहिले चिकित्सा र औषधोउपचारको बिकाश तथा सरसफाई र सेनेटाजरको ब्यवस्थाले मृतकबाट सर्न सक्ने रोगमा निकै नियन्त्रण भएको छ । मेरो विचारमा नेपालमा अझैपनि ९०% भन्दा बढी स्थान र बासस्थानमा परम्परागत हिसाबको बसाई रहेको छ ।
शहरी वाताबरणमा आजभोलि धेरै जसो जन्म र मृत्यु अस्पतालमा नै हुन्छ । जन्मेकाहरुको सालनाल र रक्तश्रवाहको सरसफाई अस्पतालमा हुन्छ तसर्थ घरमा सुतक लागेन । मृतक अस्पतालबाट सिधै दाहसंस्कार गर्न लग्ने गरिएको छ । बदलिदो परिपेक्ष्यमा सुधारकोलागी स्थान छ ।
डा. सुरज मास्के श्रेष्ठ
Culture masne Cristinity bhitryaune tehi so called budhijibi
कसैलाई करकाप छैन नगर्ने मन भएका ले हिजो पनि गरेनन् भोलि पनि गर्दैनन् ।।। गर्ने मन भएकाले पक्कै गर्नेछन ।।।।
रामपाल महाराज भन्ने आफ्नाे कामुकतालाइ कन्ट्राेल गर्न नसक्दा स्त्री लम्पटले गर्दा जेलमा बसे पनि पाखण्डी पंडितहररूकाे वेदकाे प्रमाण सहित पर्दाफ़ाश गरेका छन् है ।
Aru ko dukha ma ramaera kamaikhane bekub pandit ho!!!!!!
१३ दिन सम्म गरेको ज्याला पाउँछन् अनि