Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देउवाको भारत भ्रमणका रमाइला कुरा

Posted on August 28, 2017August 28, 2017 by Salokya


प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको रुटिन काम पनि सकियो। नेपालको प्रधानमन्त्री भारत जानु कुन ठूलो कुरा हो र। फ्याट्ट लाएर राजनीतिक समिकरण परिवर्तन भइदियो र रातारात देउवाको ठाउँमा नयाँ प्रधानमन्त्री आइहाले भने पनि उनले गर्ने पहिलो भ्रमण भारतकै हुने हो। हाम्रा नेताहरु भारत भ्रमणमा जाँदा हामी नेपाली स-साना कुराहरुमा अल्झिरहन्छौँ। जस्तै राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाँदा राज्यमन्त्रीले स्वागत गर्‍यो भनेर रोइलो मच्चियो। भ्रमण छोट्याएर आउनु पर्ने जस्ता चर्का कुरा पनि उठे। नेताहरुले हात मिलाउँदा क्यामेरा एङ्गलले हाम्रा नेताको फिटिक्क केही तलमाथि भइदियो भने लामा लामा व्याख्या विश्लेषण सुन्न पाइन्छ। नेपालीहरुको त्यही बानी थाहा पाएर हो कि के हो, यस पटक भारतीयहरुले खुबै चलाखी गरे।

A special welcome for a trusted friend. Prime Minister of Nepal Sher Bahadur Deuba receives ceremonial honors at Rashtrapati Bhavan #india #nepal #indianepal #primeminister #nepal #state #visit #ministryofexternalaffairs #indian #diplomacy #meaindia #primeminister #india #narendramodi #pmo

A post shared by Ministry of External Affairs (@meaindia) on Aug 23, 2017 at 10:10pm PDT


नेपाली नेता फोटोमा यसो झुकेको देख्यो कि कडा विश्लेषण आउने हुनाले यस पटक भारतीयले जानीजानी होला भारतीय प्रधानमन्त्री झुकेको फोटो प्रचार गरिदिए। यो फोटो भारतको विदेश मन्त्रालयको इन्स्टाग्राममा आएको हो। माथि फोटो नखुले यहाँ क्लिक गरी हेर्नुस्।

वास्तवमा यो फोटो क्रप गरिएको फोटो थियो। नरेन्द्र मोदीले झुकेर प्रणाम गरेको देउवालाई हैन देउवा पत्नी आरजु राणालाई थियो।

The Prime Minister, Shri Narendra Modi welcomes the Prime Minister of Nepal, Mr. Sher Bahadur Deuba, at the Ceremonial Reception, at Rashtrapati Bhavan, in New Delhi on August 24, 2017.

केही गरी ठ्याक्क उल्टो अर्थात् देउवाले मोदीले जस्तो गरेको फोटो सार्वजनिक भएको भए यतिबेलासम्म के भइसक्थ्यो होला, तपाईँ आफै विचार गर्नुस् त।

त्यसैगरी देउवाको दिल्ली भ्रमणका क्रममा अर्को चर्चित घटना तथा फोटो-

New Delhi : Prime Minister Narendra Modi looks on as External Affairs Minister Sushma Swaraj offers a glass of water to Nepalese Prime Minister Sher Bahadur Deuba as he coughed while speaking during a joint press conference, at Hyderabad House in New Delhi on Thursday. PTI Photo by Shirish Shete (PTI8_24_2017_00109B)

प्रधानमन्त्री देउवा संयुक्त प्रेस ब्रिफिङमा बोल्दाबोल्दै खोक्न थाले। यत्तिकैमा विदेशमन्त्री सुष्मा स्वराज जुरुक्क उठिन्। गिलास उठाइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पानी राखिदिए। सुष्माले गिलास लगेर देउवालाई दिइन्। उनले देउवाले खाइसकेको गिलास पनि लिन खोजेकी थिइन्। तर बीचैमा दूतावासकी कर्मचारी सिर्जना अधिकारीले हात अगाडि बढाएर लिइन्। यो घटनामा पनि भारतीय मिडियाले सुष्मा स्वराजले अतिथि देवो भवःको स्पिरिट कायम राखेको भन्दै प्रशंसा भयो।

ठ्याक्कै उल्टो घटनाको कल्पना गरौँ त। नेपालको कुनै ठाउँमा यस्तै प्रेस ब्रिफिङ हुँदै गरेको। मोदीलाई नेपालका विदेशमन्त्रीले उठेर पानी दिएको। के हुन्थ्यो होला त्यतिबेला हामी नेपालीहरुको प्रतिक्रिया?

भारतीयको चाकडी गरेको।
लम्पसार परेको।
लाज नभएको।
हुतिहारा।
भारतको मन्त्री कि नेपालको?
सुरक्षाकर्मीलाई भन्न सक्दैन थियो मन्त्रीले?
के खालको व्यवस्थापन गरेको? पानी एक गिलास त्यहाँ राख्न सक्दैन थियो?
..आदि इत्यादि।


यसपालि प्रधानमन्त्रीको भ्रमण सफल पार्न ऋषि धमला नयाँ दिल्ली गएको भनेर समेत समाचार छापिएको पढ्नुभयो नै होला- हेर्नुस् : देउवाको सँगै ऋषि धमलाको पनि बनेछ समाचार। धमला दिल्लीमा यसरी भेटिए।

भिडियो हेर्नुस्। तल भिडियो नखुले यहाँ क्लिक गरी हेर्नुस्

4 thoughts on “देउवाको भारत भ्रमणका रमाइला कुरा”

  1. Ameer says:
    August 28, 2017 at 4:58 pm

    Sorry , I’m bad throat hahahaahahahaha … PM

    Reply
  2. Nilima says:
    August 28, 2017 at 1:43 pm

    सत्य ,,, एस्तो मानोदशा लाइ inferiority complex (सायद ‘हिनता बोध’ ) भनिन्छ होला /
    मुख्य कुरा मन ले लम्पसार पर्नु भएन र नेपाल को हित बिपरित काम गर्नु भएन /

    अनि हामी नेपाली सबै न्याधिस छौ,, एकदम छिट्टो आफ्नो फैसला सुनाउछौ / हामी बिबेक र दिमाग कम प्रयोग गरछौ, अनि जिब्रो चाही बडी प्रयोग गरछौ/

    Reply
  3. Prakash says:
    August 28, 2017 at 9:45 am

    This is a telling example underscoring the fact that humbleness is an expression of self confidence and overcriticism is an expression of low self esteem.

    Reply
  4. purushottam Nepal says:
    August 28, 2017 at 2:34 am

    होला तर नेपाल आफ्नै (सासक हरुको )कारण ले हेपीएको भने छ है , फेरी नेपाल का ससाकहरु भारतसंग आफु हेपिएको बिसयमा बोल्न भने सक्तैनन् हुतिहाराहरु अनि भारत जाँदा केहि न केहि घात गरेर आउछन जस्तै देउबाले उच्च बाँधबारे कुरै नबुझी सहि गरिदिए , (लम्पसार्बाद को एक नमुना प्रस्तुत )

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme