Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा असोज ६ गते हुने; तेरिया, हेमन्त र माग्नेको गेस्ट एपियरेन्स

Posted on August 27, 2017August 27, 2017 by Salokya


नेपाल आइडलकी एक मात्र महिला प्रतिस्पर्धी सुजाता पाण्डे यो साता बाहिरिएसँगै अब नेपाल आइडलमा चार जना पुरुषमात्र बाँकी रहेका छन्- बुद्ध लामा, सागर आले, निशान भट्टराई र प्रताप दास। यी मध्ये एक आउट हुने बित्तिकै टप थ्री बाँकी रहने छन्। टप थ्रीमा पुग्ने सबैले पुरस्कार पाउने छन्। शुक्रबारको कार्यक्रममा घोषणा गरिए अनुसार फस्ट रनरअप अर्थात् दोस्रो हुनेले नगद १५ लाख र सेकेण्ड रनरअप अर्थात् तेस्रो हुनेले नगद १० लाख रुपैयाँ पाउने छन्। पहिलो हुनेले २० लाख रुपैयाँसहित कार पाउने यसअघि नै घोषणा भइसकेको छ। शुक्रबारकै कार्यक्रममा ग्रान्ड फिनाले कतारको राजधानी दोहामा हुने बताइएको थियो। तर मिति भने तोकिएको थिएन। माइसंसारको कतारस्थित स्रोतका अनुसार मिति असोज ६ गतेको टुङ्गो लागेको छ। र, कार्यक्रममा को-को गेस्ट हुने भन्ने पनि तय भइसकेको छ।

त्यसो त कतारमै यसअघि प्रवासी नेपाली सिङ्गिङ्ग आइडल भइसकेको थियो सन् २०१४ मा। यस पटक भने नेपाल आइडलको ग्रान्ड फिनाले हुने ठाउँ कतार भएको छ।

ग्रान्ड फिनाले २२ सेप्टेम्बर अर्थात् असोज ६ गते कतारको राजधानी दोहास्थित एसियन टाउन एम्पिथियटर, ग्रायन्ड मल, सनायामा हुँदैछ। असोज ५ गते नेपालीको महान चाड दशैँको सुरु हुने दिन अर्थात् घटस्थापना हो। घटस्थापनाको भोलिपल्ट ग्रान्ड फिनाले हुनेछ र नेपालले पहिलो नेपाल आइडल पाउने छ।

कतारको समय अनुसार साँझ ५ बजे हुने कार्यक्रममा नेपाल आइडलका टप १२ मा रहेका सबै प्रतिस्पर्धीहरु सहभागी हुने घोषणा शुक्रबारकै कार्यक्रममा भइसकेको छ। साथमा केही गेस्ट एपियरेन्स पनि हुनेछ।

ती मध्ये एक हुन्- तेरिया मगर। तेरियाले सन् २०१४ मा डान्स इन्डिया डान्स लिल मास्टर्स जितेकी थिइन् भने यसै वर्ष अर्थात् २०१७ जनवरी २१ मा कलर्स टिभीको रियालिटी शो झलक दिखला जा सिजन नाइन जितेकी थिइन्।

त्यसैगरी अर्को गेस्ट एपियरेन्समा हेमन्त राना हुनेछन्। उनका धेरै गीत चर्चित छन्। पछिल्लो पटक उनको ‘सुन साइँली’ गीतले तहल्का मच्चाएको थियो।

अर्का पाहुना भने माग्ने बूढा रहने छन्। हुनत माग्ने बूढा चरित्र भएको टेलिसिरियल प्रसारण हुन छाडिसक्यो। तर केदार घिमिरेलाई धेरैले चिन्ने यही नामले हो।

कार्यक्रमका लागि नेपालबाट ८० जनाभन्दा बढीको टोली कतार जाँदैछ।

कसले जित्ला?

नेपाल आइडलको भोटिङ प्याटर्न बुझ्नका लागि यो पोल गत साता राखिएको थियो। गत साताको पोल हुनाले यहाँ सुजाता पाण्डेको पनि नाम देखिन सक्छ। तर सुजाताकोमा भोट गरेको रिजल्टमा भने देखिने छैन।

कम्प्युटरबाट कसरी भोट गर्ने?
नेपाल आइडलमा कम्प्युटरबाट पनि भोट गर्न सकिन्छ। यसबारे पुरानो ब्लग यहाँ हेर्नुस्। भिडियो यहाँ क्लिक गरी हेर्नुस्।

27 thoughts on “नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा असोज ६ गते हुने; तेरिया, हेमन्त र माग्नेको गेस्ट एपियरेन्स”

  1. deven says:
    August 29, 2017 at 10:46 am

    सब्बैलाई थाहा भाको कुरो, यसपालिको नेपाल आइडल; निशान अरे, सबैलाई बधाई ल हार जित हे भए पनि नाम चलेकै छ नि कि कसो?

    Reply
  2. bikram says:
    August 28, 2017 at 11:22 am

    दुर्भाग्यपूर्ण निर्णयहरु त धेरै छन् तेसमा अर्को एक थपिएको आभाष गरायो मलाई त। भन्ने बेलामा नेपाल आइडल, देखाउने चाही कतारमा हा.. हा… हा हासो नै फुस्कियो।

    Reply
  3. Rajaram Pradhan says:
    August 27, 2017 at 8:52 pm

    फाईनल नेपालमा हुनेकि कतारमा भन्दापनि ठूलो समस्या हो सहभागीहरु ले प्रतिभा र क्षमताको आधारमा भोट पाउछन कि जातको आधारमा|
    म त धेरैपछिमात्र नेपाल आइडल हेर्न थालेको
    तर अलग-अलग ठाउँमा यसको चर्चा सुन्न पाएको थिए|
    अहिले सम्झिएर ल्याउदा मेरा वरिपरिका मान्छेहरुको फेवरेट एस्तो थियो
    पुनमगर को सागर अले
    धीताल को निशान भट्टराई
    महर्जन को केंजल मेहर श्रेष्ठा
    तमांगको बुद्ध लामा
    यो मेरो एकदम फर्स्ट-ह्याण्ड एक्सपेरिएन्स हो|

    Reply
  4. Nagendra says:
    August 27, 2017 at 7:27 pm

    ऑल द बेस्ट सबैल्लाई …………….

    इ विल रेअल्लि सी द live performances………

    Reply
  5. Megharaj Bastola says:
    August 27, 2017 at 1:02 pm

    Good news

    Reply
  6. Rai InDira says:
    August 27, 2017 at 9:28 am

    Nepal Idol re Grand Fine chahi Qtarma

    Reply
  7. Grg Bnta says:
    August 27, 2017 at 8:30 am

    Why???? Exactly “Nepal Idol” po ho ta Qatar ma kina?? Baru jumla humla mustang manag laijau yaar, hahahahahahahahaha Qatar re

    Reply
  8. Anish Rijal says:
    August 27, 2017 at 6:47 am

    Sms को पैसा जति नेपाली सग उठाउने अनि तेहि नेपाली ले चै हेर्न नपाउने ! अब हेर्न कतार जानु ??

    Reply
  9. Dipendra Bista says:
    August 27, 2017 at 6:00 am

    What is the advantage of doing finale in Doha?

    Reply
  10. Madan Trikhatri says:
    August 27, 2017 at 5:40 am

    गलत हुदैछ नेपाल idol कतारमा आएर भन्नू पर्ने

    Reply
  11. Suzan rai says:
    August 27, 2017 at 8:21 am

    मलाई त मन पर्यो .. bollywood को सर्बश्रेस्थ ईफा अवार्ड पनि विदेश मै गर्छ

    Reply
  12. Govind shahi (kaazee dai) says:
    August 27, 2017 at 8:12 am

    All the best.my best contestant.nishan??????

    Reply
  13. Tamang Nisha says:
    August 27, 2017 at 1:54 am

    God bless you Buddha

    Reply
  14. हरि थापा लाया मगर says:
    August 27, 2017 at 7:34 am

    नेपालाको पहिलो यो रियालिटी शो नेपाल आईडल को ग्रान्ड फिनाले नेपालमै भैदिएको भए राम्रो हुने थियो। नेपाली दर्शकले आफ्नो पहिलो नेपाल आईडल आफ्नै स्वदेशमा देख्न पाउँदा खुशी लाग्थ्यो ।

    Reply
  15. Pema Lama says:
    August 27, 2017 at 1:43 am

    Sagar ale best

    Reply
  16. MB Shisir Khotange says:
    August 27, 2017 at 1:10 am

    नेपाल मा ठाउँ छैन र विदेश पुर्‍याउनु

    Reply
  17. Mahesh Kumar Lamsal says:
    August 27, 2017 at 12:28 am

    Asti ko episode herepachhi mukhe guest le 2 janako naam nai tokera vote ko add gasari abako episode ma no intrest ajha teyo pani afno desh ma taau n bhayejasto .

    Reply
  18. Hira Lama says:
    August 27, 2017 at 12:14 am

    ए .. कतार आइडल पो ?? हैट .. कस्तो विडम्वना !

    Reply
  19. Bikash Giri says:
    August 26, 2017 at 10:51 pm

    thukia dhubura har qutara nepali aphano desh ma kham na payra saram bachi rekhako chha tami hearu chai nepali haru saga tiket ko nem lagu ga rara thai idol lai dhene yuta thotro car ra 20 lakh poica uthayun qutar ma nepal idol ko fina show garna jana lagko ho idol hearna jana khamti ma pani qutar dinnar 25 yauta saga lu vane 1000O matra hera vane kati faida hunchha

    Reply
  20. Rakesh Karki says:
    August 26, 2017 at 10:44 pm

    Aluu justo qatra idol hora Qatar ma garnu

    Reply
  21. Shrestha Shaw-rUn says:
    August 26, 2017 at 10:43 pm

    Pahilo nepal idol ani finale chai qatar ma jaha har din 1 jana nepali ko jyan janey gardacha hamro afnai desh nepal ma gardeko bhaye k nai po janthyo ra

    Reply
  22. Pradip Lamichhane says:
    August 27, 2017 at 3:12 am

    shame on Nepal Idol…program nepal ko show qatar ma..qatar mai gareko bhaye hunthyo ni suru mai..vote garna lagayera paisa nepal bata uthaune program qatar ma garne

    Reply
  23. Jason Babu Pun says:
    August 26, 2017 at 9:25 pm

    सबै जना भोट गरुम ल

    Reply
  24. Laxman Tamang Lama says:
    August 26, 2017 at 7:38 pm

    Laxman paudel sir paisa lop nagrnuhos yo ta Nepal idol bhayana bholi ko kura sochnuhos Nepal ko ejat janxa. Ni

    Reply
  25. Vagirath Parajuli says:
    August 26, 2017 at 7:24 pm

    Nepal idol ki qatar idol ho yo

    Reply
  26. Um Chhetri says:
    August 26, 2017 at 7:18 pm

    २/४ पैसाको लोभ नगरेर अाफ्नै देसमा फाइनल गराउन पर्ने थियो कति सान हुने थियो।

    Reply
  27. Nischal Magar says:
    August 26, 2017 at 7:10 pm

    All the best all contestant…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme