Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल आइडल यसरी चिप्लियो

Posted on August 25, 2017August 26, 2017 by Salokya

अहिले चर्चामा रहेको रियालिटी टिभी शो नेपाल आइडलको हिजोको टप फाइभको पर्फमेन्स डेमा एडिटिङमा सामान्य ध्यान नदिँदा नराम्ररी चिप्लिएको छ। यसले पूरै शोलाई नाटकीय देखाइदिएको छ।

के भएको थियो त हिजोको कार्यक्रममा? आउनुस् विस्तारका साथ हेरौँ।

कार्यक्रमको सुरुवात तीजको रमझमबाट भएको थियो। इन्दिरा जोशी र नेपाल आइडलकी एक मात्र महिला प्रतिस्पर्धी सुजाताले तीज गीत गाइन्। अनि सेलिब्रिटी जज प्रमोद खरेल आए। पहिलो गीत गाए सागर आलेले। सागर आलेले गीत गाउँदा सुजाता प्रतिस्पर्धी बस्ने ठाउँमा थिइनन्।

सागर आलेले गीत गाइसकेपछि ब्रेक भयो।

ब्रेकपछि प्रमोद खरेलले आफ्नो प्रतिभा देखाए।

त्यसपछि निशान भट्टराई गाउन गए। त्यतिबेला पनि सुजाता देखिएकी थिइनन्।

निशानपछि बुद्ध लामाको पालाे। बुद्ध लामा गाउनलाई उठ्दा पनि त्यहाँ सुजाता थिइनन्।

जब बुद्धले गाइसिध्याए, जज इन्दिरा जोशीले कमेन्ट गर्दै गर्दा प्रतिस्पर्धी बस्ने ठाउँमा सुजाता देखिइन्। साथमा एक महिला पनि  थिइन् प्रताप दास र सुजाताको बीचमा।

सेलिब्रिटी जज प्रमोदले कमेन्ट गर्दैगर्दा फेरि एक पटक ती महिला प्रताप र सुजाताको बीचमा देखिइन्।

त्यसपछि ब्रेक भयो र सुजाता गाउन आइन्।

सुजाताले गाउन सकाएपछि तपाईँलाई विशेष कुरा देखाउँछौँ भनी होस्टहरुले स्क्रिनतिर फर्काए। र तिनै महिला अगाडि देखा परिन्।

अघि सँगै बसेकी आमाछोरी। अहिले चाहिँ सरप्राइज रे। एकछिन अघिसम्म सँगै बसेपछि आमा आइसकेको थाहा नहुने कुरा हुँदैन। त्यसो भए फेरि किन सरप्राइज र रुवाबासी?

फेरि सरप्राइजसँगै सुरु भयो रुवाबासी। प्रमोद रोए।

इन्दिरा रोइन्।


सुजाता त रोएको रोयै।

न्ह्यु पनि रोए।

यसरी चिप्लियो नेपाल आइडल।

भिडियो हेर्नुस्। तल नखुले यहाँ क्लिक गरी हेर्नुस्–

[अपडेट : टेलिभिजनमा प्रसारण भएको र युट्युबमा लाइभ स्ट्रिमिङमा प्रसारण भएको कार्यक्रममा यो गल्ती भए पनि पछि युट्युबमा अपलोड गरिएको भिडियोमा भने यो गल्ती सच्याइएको छ। तर टिभीमा प्रसारण हुँदै यो कुरा धेरैले याद गरेका थिए। युट्युबमा राखिएको भिडियोमा यो गल्ती सच्याइए पनि एउटा अर्को गल्ती भने कायमै छ। कार्यक्रमको सुरुमै पछाडिबाट देखाउँदा चारै जना जज बसेको देखिन्छ। जबकि त्यसको केही बेरपछि मात्र होस्टहरुले सेलिब्रिटी जज प्रमोद खरेललाई बोलाउँछन्। हेर्नुस् स्क्रिनसट-]

61 thoughts on “नेपाल आइडल यसरी चिप्लियो”

  1. Bikram says:
    August 27, 2017 at 11:37 am

    नाटक मात्र होइन, मलाई त् धेरै पहिले देखिनै मन पर्दैन थियो किन कि नाटक गर्ने लहरमा धेरै कुराहरु औलौन्सकने स्थान रहेको देखिञ्छ. यो हामी नेपालीले मात्र होइन अरुले पनि हेरिने हुँदा अलि बिचारिनु आबस्यक देखिन्छ जस्तो लाग्छ।

    Reply
  2. Narendra says:
    August 26, 2017 at 2:22 pm

    सुजाताकी आमा चाही साह्रै निर्दयी लाग्यो| छोरी धरधरी रुदा आमा त मख्खै | मैले Youtube मै हेर्दा पनि अलि नमिलेजस्तो लागेको थियो|

    Reply
  3. पीताम्बर ढकाल says:
    August 26, 2017 at 12:22 am

    नाम मात्रै रियालिटी सो हो यसको काम भने सबै प्री प्लान्ड हुन्छ

    Reply
  4. Bishva Raj Thapa Magar says:
    August 26, 2017 at 12:10 am

    Nautankiko sansar

    Reply
  5. Srijana Tuladhar Shrestha says:
    August 25, 2017 at 4:35 pm

    haha

    Reply
  6. Prem Kirati says:
    August 25, 2017 at 4:11 pm

    नाटक पनि कति धेरै हौ

    Reply
  7. Sapana Shah Darshinah says:
    August 25, 2017 at 2:16 pm

    Glycerin works better than sancho Vicks

    Reply
  8. Nanu Gomjaa Tmg says:
    August 25, 2017 at 1:07 pm

    कुराे सहि लाग्याे

    Reply
  9. Sange Gole says:
    August 25, 2017 at 6:29 pm

    यो टप 5 को शो मैले पनि प्रत्यक्ष हेरेको हो । तर वास्तवमा त्यस्तो गल्ती थिएन । सुजाताले गाए पछि मात्रै आमा चाँहीलाई स्टेजमा लगेको थियो र त्यसपछि मात्रै संगै बसेको थियो । पछि इडिट गर्दा बिगारेकै हो । वास्तवमा शो मा त्यस्तो नाटकीय चै पटक्कै थिएन । म पुरै शो हेरेर बेलुका ८ बजे मात्रै घर हिडेको हो । तर मलाई AP1 भित्र हलको अवस्था चै अलि फोहोर लाग्यो । धुलो नै बढी अलि सफा गरेर राखे राम्रो हुन्थ्यो ।

    Reply
  10. Ganesh says:
    August 25, 2017 at 6:21 pm

    कटा पेस्ट स्पस्ट भछ सुजाता २ प्रतिस्पर्दी बिच बाट उठेको देखिन्छ कि नौटन्की गर्नु नि हदा हुन्छ नि हैन र

    Reply
  11. Jun Crstha says:
    August 25, 2017 at 11:53 am

    Ra arko kura pratap le film ma Kam garxu vaneko kura cut garnu hunxa Hola ni vane kura pani fail khako Dekhinxa

    Reply
  12. Uttam Chdry says:
    August 25, 2017 at 11:50 am

    Under training for created drama …..successful or not so

    Reply
  13. DS Gurung says:
    August 25, 2017 at 11:23 am

    Editing too poor. The way people clapping and songs rhythm wasn’t synchronized in the middle.

    Reply
  14. Kopila Khatiwada Sigdel says:
    August 25, 2017 at 11:16 am

    Ho hai.sangai basiskepchi po surprize re.big jokes he he he

    Reply
  15. Ninambu Bodhi Kreeja says:
    August 25, 2017 at 10:58 am

    Oh dear

    Reply
  16. Chamling Sanjip says:
    August 25, 2017 at 10:36 am

    Aba pesha nai natak garne pateu ni

    Reply
  17. Subodh Bashyal says:
    August 25, 2017 at 9:54 am

    Fotage tala mathi garera rakheko huna pani sakcha …

    Reply
  18. Pratiq Subba says:
    August 25, 2017 at 9:30 am

    Nishan le gauda antya tira bigriye ko cha!! Tes bare pani kai vanenan judge harule , na ta delete nai gare !! Mistake sabai bata huncha tara top 5 idol haru bata yesto mistake suhaudaina !!

    Reply
  19. Bimal Rai says:
    August 25, 2017 at 9:26 am

    “Kati hasnu ma ta haserei marne voyo” vane jasto po vo tw hou…

    Reply
  20. Ryan says:
    August 25, 2017 at 3:07 pm

    international beijat garyo Nepal Idol ani Ap TV le…haitt
    Herna pni khallo lagdo

    Reply
  21. Bhatta Sagar says:
    August 25, 2017 at 9:20 am

    Maile astai sujhab Suresh paudel AP tv ko CEO lai dinda ( Facebook comment bata) usle malai fb batai block handiyo. Sujhab lina nasakne le K tv station chalayera basnu

    Reply
  22. Surya Narayan Malakar says:
    August 25, 2017 at 9:19 am

    ईण्डियनले भए धोती फुस्काये भन्थे, नेपालीले सुरुवाल फुस्काए भन्नुपर्छ !

    Reply
  23. Milan Maharjan says:
    August 25, 2017 at 9:15 am

    nepal ko first reality show ma dherai natak hudo rai cha.

    Reply
  24. Pradeep MS says:
    August 25, 2017 at 2:58 pm

    “कार्यक्रम राम्रो छ, कार्यक्रमको उद्धेश्य राम्रो छ, यस्ता झिना-मसिना कुरा लाई किन उठाउनु पर्यो र???” भनेर MySansar तिर औंला नतेर्सियला भन्न सकिंदैन I तर कमजोरी भएकै हो आयोजक Team को तर्फबाट र यस्तो कुरा उठाउँदा आयोजकलाई फाईदा नै पुग्ने देख्दछु म त, कि अगाडि होसियारीका साथ् अलि बढी मिहेनत गर्ने अवसर मिल्ने छ, ताकि Show वास्तवमै Perfect रहोस् !!!

    Reply
  25. Hom Bahadur Gurung Lamjung says:
    August 25, 2017 at 9:04 am

    सही कुरो

    Reply
  26. Go Run End Rana says:
    August 25, 2017 at 8:56 am

    Lastai hasayo Nepal idolle

    Reply
  27. Achap Dhimal says:
    August 25, 2017 at 8:55 am

    hahhahaaha

    Reply
  28. माइनस पुमा says:
    August 25, 2017 at 8:50 am

    सबै Indian Idle को copy त होनि। यो मुला झुसे नाटक हाम्ले नबुझ्ने होर???

    Reply
  29. राजन says:
    August 25, 2017 at 2:29 pm

    नेपालका आईडल जती उहीले ज्ञाने शाह र धिरे शाह ले चोरेर बिदेश पुर्याइ सके, अहीले के को आईडल ।
    अमेरीकाको चोर्नु पनी कति चोर्नु । यो प्रतियोगितालाइ कुनै नेपाली नाम दिएको भए हुन्नथ्यो ?

    Reply
  30. Reena Shrestha says:
    August 25, 2017 at 8:36 am

    Maile ni thahapayako thiya

    Reply
  31. Thapa Bipin says:
    August 25, 2017 at 8:35 am

    अखा मा सन्चो भिक्स लगाईन क्या हो सुजाता ले?

    Reply
  32. Rai Prince says:
    August 25, 2017 at 8:32 am

    हेर्दा मज्जा आयन नाटक भको जस्तो फिलिम हेरेर सुटिङ देखियो

    Reply
  33. Subash Begha Limbu says:
    August 25, 2017 at 8:31 am

    हाहाहा~~~~ माकसम धेरै दिन भाथ्यो मनरुपि खडेरीले पिल्सिएको उदासीन थोपडा पिलित्त पारेर दिनचर्या चलिराकोबेला हिजो चाहिँ दर्है बर्सियो मनमा… अरु रोईराथे… चपेटे दात बाहिरै निस्किजाउला झैँ गरि पेट मिचिमिचि पादिन्जेल हास्ने मौका जुर्यो। समचार बिश्लेषणपनि हुबहु… सर्प्राईजमा २/४ टा ग्लिसिरिन ईस्तेमाल भयो होला, समचार पढेर फेरि खित्का निस्कियो। ठैत

    Reply
  34. Suveksha Bhatta says:
    August 25, 2017 at 8:19 am

    Kati hasnu chya

    Reply
  35. Grishma Subedi says:
    August 25, 2017 at 8:17 am

    यो एउटा नाटक अनि इन्दिरा ले प्रमोद ले र सागर ले गित गाउदा लाइभ स्टृमिङ्ग ठिक थियो निशान ले गाउदा बिगृयो अनि फेरि बुध्द ले गाउदा ठिक भयो यो त नाटक मात्र हैन साइबर क्राइम नै हो नि AP1 च्यानल को ।।।। एस्लाइ कसरी बुझ्नु हामी निशान का फ्यान हरुले ??? नेपाल कै बहु चर्चीत शो को ताल एस्तो छ ।।।।

    Reply
  36. Ishwar Chhantyal says:
    August 25, 2017 at 8:16 am

    Hait babal tholo drama vayexa ni

    Reply
  37. Vishu Upadhyay says:
    August 25, 2017 at 8:04 am

    Runche natak dekhayera matra show popular hudaina..tyasta natak ta pahile nai thaha thiyo..shot dine bela roye jhai garne paxi hasne.. 😀 😀

    Reply
  38. Shanker Neupane says:
    August 25, 2017 at 8:03 am

    विना अवधारणाको कथामा बगेको आईडल

    Reply
  39. Ingnam Yogen says:
    August 25, 2017 at 7:55 am

    nepal idol ma kami kamjori pakchaharu dheraichan sappai kelauna thalyo vane nepal idol khallo lagnasakcha ra hijoko srinkhalama contestant sangai Sujatako mata jee lai dekhda malai pani khallo lagyo

    Reply
  40. Birodh Shrestha says:
    August 25, 2017 at 7:49 am

    Hahaha…
    he je garini jaso gareni chalchha nepal ma.

    Reply
  41. Junu Rana says:
    August 25, 2017 at 7:48 am

    hahah

    Reply
  42. Suman Shrestha says:
    August 25, 2017 at 7:45 am

    सहि हो हिजो को एपोसोट मा बिग मिस्टेक भएकै हो पहिले नै भेटे पछि के को सप्राइज?? पहिले केन्जलको ममि आउदा को राम्रो थियो।

    Reply
  43. Dandali says:
    August 25, 2017 at 1:29 pm

    Jhare.. nautanki…

    Reply
  44. Labsing Bahing Rai says:
    August 25, 2017 at 7:43 am

    दर्शकलाई उल्लु बनाउने कार्य भयो ! हमी टेलिभिजनमै हेर्नेले त देख्यौ भने प्रत्यक्ष त्यही बसेर हेर्ने दर्शक-समर्थक र शुभचिन्तकहरुलाई कस्तो अनुभुती भयो होला यो नाटक देखेर ? त्यती ध्यान कार्यक्रम संचालक र संचालिकाले पुर्याउनु पर्ने हो त !

    Reply
  45. जीवन उपाध्याय says:
    August 25, 2017 at 7:43 am

    Firoj Timalsina दाइ editor लाई भन्नू होला अब यस्तो मिस्टेक नहोस्

    Reply
  46. Shyam Thapa says:
    August 25, 2017 at 7:43 am

    I was also suprised yesterday. HAHAHA

    Reply
  47. Chitra Katuwal says:
    August 25, 2017 at 7:40 am

    हा हा आमा छोरी सगै बसे अनि स्टेज मा आम ल्याइयो अनि सर्प्राइज आसु चै कसरी आयो त जज हरुको तमास ।

    Reply
  48. Amit Ratna says:
    August 25, 2017 at 7:39 am

    का स्यात ।

    Reply
  49. जिवन says:
    August 25, 2017 at 1:24 pm

    अझै शुरुमा नै प्रमोद खरेललाई देखाईएको थियो । कार्यक्रमको शुरुवातमा कसरी देखिए कुर्सीमा उनि ?

    Reply
  50. Prajwal Sayaju says:
    August 25, 2017 at 7:38 am

    भारतिय हरुले जस्तै सानो कुरामा रुने नाटक गर्न खोजेका चिप्लियेछन ।

    Reply
  51. तेजन सारु मगर says:
    August 25, 2017 at 7:34 am

    100% सही हो । सरप्राईज भन्दा पहिला सुजाता र सुजाताको ममी संगै बसेको थियोे ।

    Reply
  52. Nabin Nischal says:
    August 25, 2017 at 7:34 am

    Hahahaha natake haruko natak…malai yesto show ma khasai biswad lagdaina….glecerin lagayara roya jasto matra gareko nautanki harule…

    Reply
  53. Adhikari Resham says:
    August 25, 2017 at 7:33 am

    Dekhau natak…

    Reply
  54. sanklp says:
    August 25, 2017 at 1:12 pm

    मैले पनि याद गरेको थिएँ सालोक्य किन छुट्थ्यो 😀

    Reply
  55. Sujan Bhatta says:
    August 25, 2017 at 7:20 am

    I had marked that situation already while watching show.

    Reply
  56. Hari Adhikari says:
    August 25, 2017 at 7:17 am

    ho ni hijo ko purai chhata chula vayo ni show…………natak nai badi hudo raix

    Reply
  57. प्रविण says:
    August 25, 2017 at 1:00 pm

    पहिलो कुरा त यो नेपाल आईडल हो कि नेपाल सिङ्गिङ आईडल हो ? नेपालको आईडल हुन गीत मात्र राम्रो गाएर पुग्दैन मल्टी ट्यालेण्ट हुनु पर्छ ।

    Reply
  58. Anil Shrestha says:
    August 25, 2017 at 7:15 am

    Lastai hasayo aja chahi

    Reply
  59. Krishna Kumar Shrestha says:
    August 25, 2017 at 7:15 am

    Malai pani herda herdai mistake bhako feel bhaeko thiyo

    Reply
  60. Kc Pesal says:
    August 25, 2017 at 7:11 am

    Tei vanya Tyo producer lai teti ta thaha Hunu parne ni yetro Thulo event Garda ta

    Reply
  61. Ichha Maharjan says:
    August 25, 2017 at 7:06 am

    Ho yesto pani show hunxa nepal ma

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme