Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारत भ्रमण : देउवाको सँगै ऋषि धमलाको पनि बनेछ समाचार :)

Posted on August 24, 2017 by Salokya

यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन्। त्यसो त नौ नौ महिनामा फेरिने प्रधानमन्त्रीको पहिलो गन्तव्य भारतै हुने गर्छ। यसमा नयाँ कुरा केही छैन। तर पनि देशका प्रधानमन्त्री गएपछि समाचार त बन्छ नै। तर यस पटक भने अचम्मै भएको छ। प्रधानमन्त्री देउवासँगै ऋषि धमला पनि भारत गएको समाचार बनेको छ। समाचार पनि रमाइलै पाराको छ हेर्नुस्।

समाचार अनुसार ‘देउवाको भारत भ्रमणलाई सार्थक बनाउन र दुई देशबीच देखिएको तित्ततालाई कम गर्नका लागि वरिष्ठ पत्रकार ऋषि झमला आजै भारत प्रस्थान गरेका हुन्’ रे।

अहो, कति गहन जिम्मेवारी। देशका प्रधानमन्त्रीको भ्रमणलाई सार्थक बनाउने रहेछन् एक जना बिना पदको व्यक्तिले। ती भारतमा रहने राजदूतलाई त फेरि पनि केपी ओली सरकारले जस्तै बर्खास्त गर्नुपर्ने भएछ कि के हो ! अझ दुई देशबीच भएको तिक्तता कमसमेत गर्ने जिम्मेवारी रहेछ नि।

नाम अगाडि वरिष्ठको फुर्को पनि जोडिएको रहेछ। तर नाम टाइप गर्दा चैँ धमलाको ठाउँमा झमला हुन गएछ।

फेरि यो कुरा चाहिँ स्रोतले भनेको रहेछ। को रहेछ होला है त्यस्तो स्रोत? स्रोतलाई फेरि केको डर होला नाम लुकाउनु पर्ने, यस्तो प्रचार सामाग्रीमा त नामै भएको भए झन् चाकडी पुग्थ्यो होला क्यारे।

पढ्नुस् समाचार जस्ताको तस्तै र यो समाचार पढेर पनि तपाईँले मुन्तिर केही कमेन्ट लेख्नुभएन भने तपाईँको आधा जुनी खेर गयो 😛

35 thoughts on “भारत भ्रमण : देउवाको सँगै ऋषि धमलाको पनि बनेछ समाचार :)”

  1. Pingback: देउवाको भारत भ्रमणका रमाइला कुरा « Mysansar
  2. lokendra says:
    August 25, 2017 at 1:12 pm

    के ठुलो कुरो भो र प्रधानमन्त्री भनाउदा पो कस्तो छ र सबैले चिनेजानेकै हो नि उस्तै उस्तै मिलेछन, मलाइ त केई अचम्भ लागेन,

    Reply
  3. suvas says:
    August 25, 2017 at 12:41 am

    मान्नोस या नमान्नोस धमला नेपाल को ठुलै मान्छे भैसकेको छ / आज कुनै पनि प्रधान मन्त्रि को भ्रमण उ बिना हुदैन/ कुनै पत्रकार सम्मेलन उ बिना हुदैन/ धमला को हमला कार्यक्रम हेर्दा लाग्छ अन्तरबार्ता हैन अपराधि केरेको जस्तो हुन्छ तै पनि चलेकै छ कसरि?
    सबै मन्त्रि सांसद ठुलाबडा धमला देखि डरौछन किन? एसको उत्तर कसैले खोजेको छैन या जानेको छैन /
    यो मान्छे इंडिया वा अमेरिका को दलाल चै हुन सक्छ र लगभग सबै नेता को एसले नारि छामिसकेको छ / येसलाई सबै को कुकर्म भ्रस्टाचार थाहा छ र प्रमाण पनि लिएर बसेको हुनु पर्छ नत्र कुनै औपचारिक पढाई वा तालिम वा ज्ञान वा जन्मसिद्द क्ष्य्मता बिना येत्रो चर्चा पाउनु स्वाभाविक हैन / के नेपाल मा धमला को जति दम भएका पत्रकार नभएर यो येति चर्चित भएको हो ? विजय कुमार , किशोर नेपाल , नारायण वाग्ले, प्रतिक प्रधान यी जम्मै एसको अगाडी आज नेपाल मा केहि हैनन् पावर को हक मा ज्ञान मा चै हैन है भ्रम नरहोस् /
    अर्को कुरा हामि आफै एस्लाई चर्चित बनाउदै छौ कसरि? धमला को हमला कमेडी को रुप मा हेर्दिने , troll बनाउने , जोक्स बनाउने / तर बुझ्नुपर्ने कुरा क हो भने एसले नेपाल लाइ फाइदा भन्दा हानि धेरै पुर्यौछ हेर्दै जानोस/ कुनै दिन संचार मन्त्रि भएन भने भन्नु होला कानै चै काट्दिन 🙂 हार्ने कुरा मा किन कान काट्नु हैन ?

    Reply
  4. Harke says:
    August 24, 2017 at 8:46 pm

    हैट समाचार पढेर लाजले पानि पानि भइयो। यस्तो लाज त पहिलो पटक केटीको अघि नाङगो हुँदा पनि लागेको थिएन

    Reply
  5. Cheeju Shrestha says:
    August 24, 2017 at 7:37 pm

    kati haansu ra haiT yo samaachaar padhera sureyra ha ha ha ha

    Reply
  6. avaya says:
    August 24, 2017 at 6:33 pm

    Nice comment. This 7-class passed (of failed?) guy is a “barista patrakar”! What an irony?!

    Reply
  7. Pramesh says:
    August 24, 2017 at 6:30 pm

    अरु Bhanda पनि भारतीय समकक्षि chai tinka ko रैछन? त्यो po jaanaa man lagyo…

    Reply
  8. Samir says:
    August 24, 2017 at 4:37 pm

    कस्तो टाउको दुखाउने दृश्य ! फेरी आँखा धुन जानु पर्ने भयो…

    Reply
  9. प्रविण says:
    August 24, 2017 at 3:14 pm

    म्याट्रिक पास पत्रकारले तयार गरेको समाचारको स्तर यो भन्दा माथि आशा गर्नु पनि बेक्कार छ नि । अहिलेको जमानामा कार्यालय सहयोगी समेत स्‍नातक हुने गर्दछन् भने यि त परे बरिष्ट ।

    Reply
  10. बाबुराम says:
    August 24, 2017 at 2:26 pm

    हैन यो धमलाको समकक्षी को रहेछ ईन्नियातिर?

    Reply
  11. Binamra Shrestha says:
    August 24, 2017 at 11:05 am

    धन्न बेलैमा देश छोडिएछ र आजको यो घटनाको साछी बस्नु परेन गाठे

    Reply
  12. खगेन्द्र says:
    August 24, 2017 at 10:28 am

    यस्तो मिल्दो उपाधि साच्चै जान्नेले दिएछ झमला मान्छे अनुसारको। अव वरिष्ठ त नेपालको मिडिया नेता भनाउदाहरू र मन्त्रिलाई वरिष्ठ मान्छन तिनैकै छेउमै धमला उभिएको फोटो हान्छन। देशको जनताको विकास प्रगतिको समाचार गायव अनि धमला वरिष्ठ नभएर को होस त। भारतसंगको झमला घटाउने हैन ५ स्टारमा दर खान गाको पो त !

    Reply
  13. Shakya Anoj says:
    August 24, 2017 at 4:42 am

    भारतबाट नेपालमा, नेता, कर्मचारी, पत्रकार,ब्यापारी, सुरक्षाकर्मी हरेक क्षेत्रमा भारतीय हावी छ जस्को कारण देशमा कहिले पनि शान्ती हुँदैन ।

    Reply
  14. Aasha Bahadur Gurung says:
    August 24, 2017 at 4:24 am

    Rishi dhamala is crucial factor in Nepal

    Reply
  15. Shambhu Dhakal says:
    August 24, 2017 at 3:30 am

    धमलाले अाफ्नै प्रायोजनमा तयार गर्न लगाएको प्रायोजित समाचार उनको काम यस्तै यस्तै नौटंकी हुने त गर्छ

    Reply
  16. Bipin Rai says:
    August 24, 2017 at 3:02 am

    नेपाल भारत बीच विभिन्न सन्धि सम्झाैता गर्न बरिष्ट पत्रकार ऋषि धमला भारत भ्रमणमा… साथमा सहयाेगिकाे रूपमा प्रधान मन्त्रि शेरबहादुर देउवा भन्दा अझ ठिक हाेला कि ?

    Reply
  17. राम बाबु श्रेष्ठ says:
    August 24, 2017 at 8:38 am

    त्यसैले होला धमला पत्नीले एक अन्तर्व्ार्तामा मेरो श्रीमान देशको प्रधानमन्त्री हुन लायक छ । उहाँ जस्तो योग्य युवा पत्रकार देशको लागी खाँचो छ भनेको बल्ल बुझियो ।

    Reply
  18. chandra says:
    August 24, 2017 at 8:25 am

    Yo Rishi Dhamala barista Patrakar ani KP Oli Rastriya Neta, ke chahiyo? Tehi bata Nepal ra Nepali ko durdasa suru hunxa – dubai under-SLC, 2 wata Kaan 10 wota Mukh!

    Reply
  19. Rishi Sapkota says:
    August 24, 2017 at 2:37 am

    सुल्सुले पत्रकार !

    Reply
  20. अच्युत says:
    August 24, 2017 at 8:11 am

    होइन यो ऋषि झमेला कसरी पत्रकार भयो ? कम्तिमा पनि १० पास हुनुपर्छ होइन र भन्या

    Reply
  21. Shankar says:
    August 24, 2017 at 8:01 am

    यो धमला , देउवा , प्रचण्ड , ओली , माकुने , बाबुराम यी कसैमा पनि तात्त्विक फरक चै छैन |धमला टापटिपे पत्रकार हुदै . टी भीमा अनुहार देखाउदा देखाउदै बरिस्ट हुन् पुग्यो |
    यी सब झुटो बोल्न माहिर ,धुर्त अनुहार हरु हुन् |
    एउटा एथार्थ के हो भने देउवा र माथि उ ल्लिखित पी यम भएसम्म र धमला बरिस्ट पत्रकार भए सम्म नेपाल मा बिकाश होला भनेर न चितायेहुन्छ |

    Reply
  22. chandan says:
    August 24, 2017 at 7:55 am

    यो धमला भन्ने सर्प त पत्रकार हुँ भन्दै अपहरण र सरिर बन्धक बनाउने कार्यमा संलग्न भई जेल परेको अनि सैलाजको आदेशले छुटेको घटिया होइन र १०-१५ बर्ष पहिले?
    अनि यो रिपोटर्स क्लबको आजीवन अधक्ष्य कसरी भयो? स्वास्नीले चुनेर?
    यस्तो अनपढ पनि बरुष्ट रे? कसरी?

    Reply
  23. Ghalan Babu says:
    August 24, 2017 at 1:09 am

    धमलाले हमला गर्ने भो भारतमा

    Reply
  24. Nepali Hridaya says:
    August 24, 2017 at 6:53 am

    नाम ठिकै लेखेको हो, झमला को “म” लाई “मे” बनाइदिएको भए चाँहीँ काइदा हुन्थ्यो । जनता जान्न चाहन्छ आजको दिनमा फोटोशिरोमणि ॠषि झमेला को फोटे टाइटललाई चुनौती दिन सक्ने कोही छ ? ?

    Reply
  25. Drona KC says:
    August 24, 2017 at 6:07 am

    पत्रकारिता को दुनिया मा सबैभन्दा बे ढंग को मान्छे धमला र राजनीतिक दुनिया मा सबै भन्दा बे ढंग को नेता देउपा ले अब नेपाल – भारत बीच सुमधुर सम्बन्ध बनाउने भए ! भारत बाट फर्के पछि मिस्टर धमला देउपा को जम्बो मन्त्रि मण्डल को अर्को उप प्रधान मन्त्रि हुन बेर छैन ! हरे यो देस को दुर्गति !!

    Reply
  26. Amrit Raj Upadhyay says:
    August 23, 2017 at 10:35 pm

    दयाजीको श्रोत

    Reply
  27. भाग्य हराएको मुन्छे says:
    August 23, 2017 at 9:38 pm

    यस्तो रहेछ नि कुरो त…. धमला त भारतिय प्रधामन्त्रीको बिशेष दुत हो नेपालको लागी…

    Reply
  28. paras says:
    August 24, 2017 at 3:12 am

    Jo sanga khubi xa usle chakadi garna jandaina, jo sanga kehi xaina uslai dekhaunu parxa.Yedi dhamalale yastriya topi laune ho bhane bidesile uslai nai pm samjhanxan, kinaki harek newsma usko photo matra dekhda ani pheri nepalko pm ko anuhar pheri rahane hunale pani yo dhristi bhram parna gayeko xa bedesilai ……..but its true….

    Reply
  29. Tejprasad Adhikari says:
    August 23, 2017 at 8:32 pm

    ऋषी झमेला हुनु पर्ने झमला भएछ।

    Reply
  30. Raj Kumar Rayamajhi says:
    August 23, 2017 at 7:24 pm

    कठै अब फेरि सप्तकोसीमा ठूलोबांध बाध्ने सम्झौता गरेर पो आउने हुन कि हाम्रा जनताले चुनेका प्रधानमन्त्रीले॥

    Reply
  31. Basu Puspaa Adhikari says:
    August 23, 2017 at 7:15 pm

    बाँच्नु पर्छ अनेक देख्न पाइन्छ, कृपया आत्महत्या नगरौँ …
    जनहितमा जारी

    Reply
  32. Gagan says:
    August 24, 2017 at 12:42 am

    उता पनि बरिष्ठ पत्रकार हुदा रान त, समकक्षीसंग भेट गरी विवाद समाधानमा सहयोग गर्ने रे त जे होस् मेरो नाती-पनातिको पालाको इतिहास पुस्तकमा ऋषि झमलाको जीवनी पनि पढाइ हुन्छा होला
    #झमलाको हमला

    Reply
  33. Nirmal Sapkota says:
    August 23, 2017 at 6:51 pm

    Khurapati patrakar ra media jaba samma des ma halimuhali garchhan tabasamma des ma makho mardaina baru yestai gaijatre guf marchha…. ‍♂️‍♂️‍♂️

    Reply
  34. बुढाथोकी धन. says:
    August 23, 2017 at 6:48 pm

    र अ को नाङ्गो नाच हुने भो फेरि नेपाली राजनीति रंगशाला मा २०४६ देखि आज सम्म यहि भयो अझै सम्म बुज्न सकेनन नेपाली ले म यो पार्टी त्यो पार्टी म यो बादी म त्यो बादी मदारीले बादर लाई पहिला ५० हात पर डोरी मा बाधेर नचाउछ अनि अनि ४० हात गर्दै एक दिन बादर उठ भने उठछ बस भने बस्छ नमस्ते गर भने गर्छ तेइ हालत भारत ले नेपाल लाई गरि राको छ

    Reply
  35. Bikiran Bikalpa says:
    August 23, 2017 at 6:43 pm

    Yesta jhole ta chan sallakar jasle lifema college dekena journalism kun chare ko name ho taha chaina tyo nai barista patrkar Aaba damalalai barista dr banaunuparyo mero murka haruko desh dikkar chha

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme