Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो शपथ ग्रहण तपाईँले अहिलेसम्म देख्नुभएको छैन होला

Posted on August 23, 2017 by Salokya


प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो भन्ने शब्दलाई नै लाज लाग्ने गरी मन्त्री थपे। मन्त्रीको संख्याले हाफ सेन्चुरी छोएको छ। क्रिकेटमा हाफ सेन्चुरी बनाएपछि ब्याट्सम्यानले ब्याट दर्शकतिर घुमाउँदै अभिवादन गर्छ। देउवाले त्यस्तो गरेका छैनन्। बरु भोलिदेखि भारत भ्रमण गर्दैछन्। मन्त्रिपरिषद्को संख्या ५० पुर्‍याउँदाको दृश्य भने हेर्न लायक थियो। प्रधानमन्त्री देउवाले शपथ खुवाउँदाको दृश्य अहिलेसम्म कुनै शपथ ग्रहणमा पनि देखिएको थिएन।

शपथ खुवाउन क्रममा प्रधानमन्त्रीले शपथको व्यहोरा भएको कागज दुवै हातले समातेका छन्। उनको अगाडि लहरै राज्यमन्त्रीहरु शपथ खान उभिएका छन्। दुवै हातले शपथ खुवाउने पत्र समात्नु परेपछि माइक कसले समाउने? त्यही भएर उनका अंगरक्षक अगाडि आएर माइक समातेर उनको मुख अगाडि राखिदिएका छन्।

वाह क्या गज्जबको दृश्य !

मन्त्रीहरु धेरै नभएको भए सानो हलमा प्रधानमन्त्रीले बोलेकै सुनिन्थ्यो होला र शपथ ग्रहण त्यसरी नै गर्न सकिन्थ्यो होला। तर मन्त्रीहरुको संख्या धेरै भएपछि नसुन्लान् भन्ने डर। फेरि शपथ जस्तो कुरो। झ्याउ हुन्छ भनेर होला माइकमै गर्ने तयारी भएछ।

माइक त वायरलेस रहेछ तर स्टायन्ड रहेनछ। बसी बसी शपथ खुवाउने कुरो आएन। उठ्नै परो। उठेर पढ्दा दुई हात कागजमा, माइक कसले समात्ने?

अनि यो गजबको दृश्य देखिएको रहेछ। अब यसरी शपथ खुवाउँदा पिन माइकको पनि व्यवस्था गर्लान् कि त व्यवस्थापकहरुले !

24 thoughts on “यस्तो शपथ ग्रहण तपाईँले अहिलेसम्म देख्नुभएको छैन होला”

  1. avaya says:
    August 23, 2017 at 7:42 pm

    खड्काजी को सब्दमा, “यस्तो शपथ ग्रहण अहिलेसम्म देखेको छैन र देखन पनि नपरोस” \

    Reply
  2. Kandel says:
    August 23, 2017 at 7:23 pm

    Why young people are looking these types of currupted people are on the Nepalese Government, Sould they need to wait and what is happening in contrys fate. HOPE SOME YOUTH MAY OPPOSED THE CURRENT CURRUPTED MEMBERS OF PARLIAMENT AND MINISTER AS WELL. THEY ALL SHOULD BE PUNISHED FOR THE CRIME THEY.ARE DOING BEINGS MINISTER.

    Reply
  3. पीताम्बर ढकाल says:
    August 23, 2017 at 1:09 pm

    केन्द्र सरकार मा ५० जना मन्त्री हुदा के भो र?? भोलि प्रदेशका पनि मन्त्री नै हुनेछन्। नेपाल भरी मन्त्री को संख्या कति हुनेछन् ?? यो जान्दाजान्दै पनि संघीयता चाहने हामी के हौं ??

    Reply
  4. Harikala Sapkota says:
    August 23, 2017 at 11:57 am

    पुरानो बानी कहाँ जानी!!!

    Reply
  5. Bkd says:
    August 23, 2017 at 5:04 pm

    Sapath dine lai bhanda line lai laaj lagnu parne ho…hera kasto ryal chuhaudai pugeka bhaat mara haru..chhi chhi ghin lagyo yi kukur haru dekhera!!

    Reply
  6. प्रविण says:
    August 23, 2017 at 2:04 pm

    स्टाण्ड सहितको माईक सेट १ अनुदान दिनको लागि कहाँ को सँग सम्पर्क राख्‍नु पर्छ । अप्ठ्यारो मान्नु पर्दैन म नेपालीनै हुँ ।

    Reply
  7. Yogendra Maharaj says:
    August 23, 2017 at 7:44 am

    paisa dinu parxa neta lai aba tetikai ke dine aba mantri banaya paxi khulasta din paiyo ni hoin t.

    Reply
  8. Keshav Bahadur Nepali says:
    August 23, 2017 at 11:12 am

    एउटा माइकको व्यबस्था गर्न नसक्ने प्रमले देश को कसरि ब्यबस्थापन गर्ला डट हो गाठे lll

    Reply
  9. Suresh Shah says:
    August 23, 2017 at 5:26 am

    601 Ko 15% पुर्याए भैगोनि देश को सम्पती त जानेहोनी ,समय यहि हो मोज गर अझ 42 थप्न बाकि नै छ

    Reply
  10. Mahesh Magar says:
    August 23, 2017 at 4:56 am

    From 601 bata 50 not good idea you should try uml from there more 80 and balance it.

    Reply
  11. bibek says:
    August 23, 2017 at 9:10 am

    शपथ पनि कस्तो म भ्रस्टाचार गर्छु ३ पुस्तालाई पुग्ने सम्पति कमौचु ,कार्य कर्ता लाई पाल्छु नया २/४ ओटा गुण्ड जन्मौचु एई त हो ……..

    Reply
  12. Krishna Kc says:
    August 23, 2017 at 3:02 am

    रज्यलाइ मासिक दशकरोड रुपैयाको भार । सुबिधा भोग्नै आएका रहेछ्न चोरहरु।

    Reply
  13. Ram Babu Shrestha says:
    August 23, 2017 at 2:55 am

    गाईजात्रा सकी सकेको िथयो फेरी तानेर ल्याएछ ।

    Reply
  14. Sudeep Bala says:
    August 23, 2017 at 12:45 am

    jati bela pani stand position ma basiraakhni lai sacchikai stand banaidiyexan!!

    Reply
  15. Saurav Raut says:
    August 23, 2017 at 12:21 am

    नालायक हरुले चलाएको देश एउटा माइकको स्ट्यान्ड ब्यबस्था गर्ने नसकने नालायक हरुले देश चलाउने नाम मा पीडित दुखि जनता लाई कहिले सम्म लूट्ने हुन।अब धेरै अबेर भयो

    Reply
  16. Bhola Dhital says:
    August 22, 2017 at 9:37 pm

    Playing with Prestige of the nation!!!

    Reply
  17. Kabindra Kayastha says:
    August 22, 2017 at 9:13 pm

    यस्तो माफिया प्रधान मन्त्रि बात जे पनि हुन सक्छ केहि आस्चर्य जनक छैन !

    Reply
  18. Yogen Karmacharya says:
    August 22, 2017 at 9:12 pm

    हैन मुला ६०१ को यत्रो पावर ? जस्लाइ जति जना मन्त्रि बनाए पनि हुने ? सबै ३ करोड नेपालि मिलेर यिनीहरुलाइ घोक्रे ट्याक कहिले लगाउने हो ?

    Reply
    1. Sharada Bhakta Matangulu says:
      August 22, 2017 at 10:38 pm

      12 years pachi…

      Reply
  19. Sridhar Gaire says:
    August 22, 2017 at 9:11 pm

    यो भाइ बाट आश भनेको माघ ७ सम्म चुनाव गरोस् भन्ने नै हो अरु जे जे गरोस गरोस टाउको नदुखाउ मित्रहरू

    Reply
  20. खगेन बराल पर्देशि says:
    August 22, 2017 at 8:59 pm

    Mic ta monkey harule vachihalxani

    Reply
  21. Ekraj Thapa says:
    August 22, 2017 at 8:37 pm

    माइक नर्वे ले दाइजो देको रें अब स्ट्यान्ड चाहिँ भुटान संग अनुदान माग्नु देउवा ज्यू । अ साँच्चै कुर्सी को काटी खुस्कियो भने रुवाण्डा नत्र भियतनाम संग गुहार गर्नु तर मन्त्री मण्डल उत्पादन अझ गरौं बायो वृद्ध

    Reply
  22. Nanda Rai says:
    August 22, 2017 at 8:25 pm

    What the hell is this ??????

    Reply
  23. Bhumiraj Rai says:
    August 22, 2017 at 7:47 pm

    Hoina yeuta Mic stand pani nabhayeko..?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme