Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

घरको इन्टरनेटमा बच्चाहरुको लागि विशेष वेबसाइट ब्लक गर्ने सुविधा

Posted on August 21, 2017August 22, 2017 by mysansar

आजभोलि इन्टरनेट नभई नहुने कुरा भइसक्यो। पाहुनाहरु कसैको घरमा आएमा चियाकफीभन्दा पहिला वाइफाइको पासवर्ड माग्ने भइसके। इन्टरनेट राखेपछि पासवर्ड थाहा हुने बित्तिकै निर्वाध सबैको पहुँचमा जुनसुकै वेबसाइट हुने भइहाल्यो। यसले बालबालिकाको इन्टरनेट उपयोग यसले पार्ने नकारात्मक प्रभाव छुट्टै छ। यसैलाई ध्यानमा राख्दै बच्चाहरुको पढ्ने समयमा सोसल मिडिया बन्द गर्ने, टाइम टेबल अनुसार वेबसाइट अन र अफ गर्ने, कुनै वेबसाइट हेर्नै नमिल्ने बनाउन पाए हुन्थ्यो जस्तो लाग्ला तपाईँलाई। धन्दा नमान्नुस् यस्तो सुविधा पनि छ। सेफनेटको प्रयोग गरी यस्तो सुविधा लिन सकिन्छ।

सेफनेटको प्रयोग गर्न शुल्क लागे पनि वर्ल्डलिङ्कका ग्राहकले भने यसको निःशुल्क उपयोग गर्न पाउने छन्। सेफनेटको सेटिङ्ग र कन्ट्रोलहरु वर्ल्डलिंकको ग्राहक पोर्टल अथवा माई वर्ल्डलिंक एप्सबाट प्राप्त गर्न सकिन्छ।

सेफनेट प्रयोगका केही उदाहरणहरु :

· बच्चाहरुको अध्ययनको अवधिमा सामाजिक मिडियालाई प्रतिबन्धित गर्ने,
· डिभाइसहरुलाई नकारात्मक प्रभाव पार्ने वेवसाइटहरु ब्लक गर्ने,
· वेवसाइटहरु ब्राउजिंग गर्दा विज्ञापनहरु फिल्टर गर्ने,
· वयस्क सामग्रीहरुलाई पूर्ण रुपमा बन्देज गर्ने,
· फेसबुक,ट्वीटर,युट्युब जस्ता सामाजिक सञ्जालको प्रयोगलाई बन्देज गर्ने,
· आफ्नो समय तालिका अनुसार वेवसाइट अन र अफ गर्ने,
· विशेष वेवसाइट वा डोमेनहरु ब्ल्याक लिस्ट वा ह्वाइट लिस्ट गर्ने ।

यो सेवा नेपाली बजारमा अभ्यासको रुपमा सञ्चालन गर्न लागेको हुनाले सेवामा कुनै किसिमको वारेन्टी वा ग्यारेन्टीको व्यवस्था नरहेको वर्ल्डलिंकले जानकारी गराएको छ। साथै यो सेवा सामान्य अभ्यास, जागरुकता र ज्ञानको कार्यान्वयन पश्चात सर्वोत्तम प्रयासका आधारमा प्रदान गरिने तथा वर्ल्डलिंकले प्रदान गरेको सेफनेटका फिल्टरिंग अल्गोरिदम,डोमेन सूचीहरु लगभग सही हो भनेर सुनिश्चित गर्ने प्रयास हो तर कुनै विशेष डोमेन वा वेवसाइटको गलत वर्गीकरणको लागि कुनै दायित्व स्विकार नगरिने कम्पनीले बताएको छ।

(*यो प्रवर्द्धनात्मक सामाग्री हो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme