मधेसकेन्द्रित दलहरुको मागलाई सम्बोधन गर्न २०७३ सालदेखि भएको संविधान संशोधनको प्रयास अन्ततः २०७४ सालको भदौ ५ गते आएर असफल हुन पुगेको छ। आफै सहभागी केपी ओली सरकारलाई ढालेर प्रचण्ड नेतृत्वमा कांग्रेससँग गठबन्धन बनाउन पर्नुको एउटा कारण यही बताएका थिए उनले। तर उनको नेतृत्वको सरकारले संविधान संशोधनलाई भोटिङमै लग्न सकेन। सीमाङ्कन हेरफेरसहितको उनको नेतृत्वको सरकारले पोहोर मंसिर १४ गते विधेयक दर्ता गरे। एमालेले यसको संसदमा र सडकमा समेत चर्को विरोध गर्यो। संसदमा प्रस्ताव टेबल हुनै नदिने गरी अवरोध गर्ने काम भए।
त्यतिबेलै भोटिङमा लगेर फेल गराउने बाटो थियो एमालेलाई। तर उसले संसदमा पेश हुनै नदिने बाटो रोज्यो। एक महिनाभन्दा बढी अवरोधपछि एमालेको होहल्लाबीचै पुस २४ गते टेबल गर्यो।
टेबल त भयो तर पारित गर्ने प्रक्रिया अघि बढेन।
विरोधपछि प्रचण्ड सरकारले संशोधनलाई सर्वस्वीकार्य बनाउने भन्दै पुरानो विधेयकलाई फिर्ता लिएर नयाँ विधेयक दर्ता गर्यो पोहोर चैत २९ गते।
यो बीचमा मधेसकेन्द्रित दलहरु पनि एक भएर राजपा नेपाल नामको पार्टी बन्यो। प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि वैशाख १७ गते संविधान संशोधन विधेयक मतदानका लागि लाने तयारी भएको थियो। त्यतिबेला राप्रपा पनि एक थियो र सरकारमा पनि थियो। संविधान संशोधन विधेयक लगभग पास हुने वातावरण थियो। तर ३७ जना सांसद भएको राप्रपाका १० सांसद बेपत्ता भइदिए। पास हुन नसक्ने देखेपछि मतदानमा लगिएन।
अहिले मतदानमा लग्दासम्म कमल थापाले आफूलाई सरकारमा नलाँदाको झोँक पोख्न संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका थिए। पार्टी पनि फुटिसकेको थियो। १८ जना एकातिर १९ जना अर्कोतिर। १८ सांसद पशुपतिशमशेरतिर।
र, मतदानमा लग्नुअघि नै यो संविधान संशोधन प्रस्ताव फेल हुने लगभग निश्चित भइसकेको थियो। दफावार छलफलमा समेत एमालेका सांसदहरु भनिरहेका थिए- पास नहुने विधेयक किन अगाडि बढाएको? एमालेलाई बदनाम गराउन हो?
वास्तवमा यस्तै रणनीति देखियो। प्रस्ताव फेल भए एमालेका कारण फेल भएको भन्ने कांग्रेस-माओवादी रणनीति, अनि कांग्रेस-माओवादी र एमाले एकै ड्याङका मुला हुन्, मिलेर प्रस्ताव फेल गराए, पास हुने बेला गरेनन् भनेर निर्वाचनमा जाने मधेसकेन्द्रित दलको दाउ।
सीमाङ्कनसहितको प्रस्ताव संसदबाट फेल गराउन सकेको भए एमालेको हाइहाइ हुने थियो। तर त्यतिबेला पास भइहाल्ला कि भन्ने डरले एमालेले संसदमै आउनबाट रोक्न खोज्यो।
अन्ततः सबै पक्ष मच्चियो, मच्चियो – थच्चियोको स्थितिमा पुगे। आज राति करिब ८ बजे मतदानको नतिजा सभामुखले पढिन्- पक्षमा ३४७ मत, विपक्षमा २०६ मत, तटस्थमा 0 मत। उपस्थित ५५३ जना। पास हुन चाहिने ३९५ मत। नपुगेको मत ४८।
यसैलाई भन्छन् दुरदर्षिताको अभाव ।
Chaite dale haru
Huna nai thiyo
संसदीय प्रणाली मा पापी ऐमाले कती थेग्छ हेरौंला???? १,२,३ तिमी मुठ्ठीभर राजावादी लुटेरा देश को भ्रष्टाचारी को पतन निश्चित छ…
लुटेरा , थग, बिदेसी दलाल हरु को लुछाचुडी मा नेपाल परेको छ | संबिधान बने पनि मिच्ने मा उनी हरुनै हुन् , न बने पनि तेसैको नाउमा लुट्ने उनीहरु नै हुन्छन | सर्बसाधारण ले पाउने उनीहरुको भासण र महान बाणी को पोको मात्र हुन् |
धेरैले लुटे नेपाल , यिनीहरु अहिले लुत्दैछ पंचायत काल देखि , येस्पछी यिनीहरुको छोरा छोरी आउछ |
हेरौ भर्खर प्रचण्डको छोरी लाइ जिताउन के के सम्म गरे यिनले ?
गिरिजाको छोरी प्रधानमन्त्रीको दाबेदार भैसकी , तेस्तै झलनाथ को छोरो , माकुनेको छोरा छोरी ज्वाई , ओलीको कोइ कोइ , महत , देउवा को छोरो औनेहोला भोलि बा आइसके |
तिमि जनता हरु भासण हुन् , भोट हाल , महँगो कर तिर ( उनीहरुको उपचार खर्च , विदेश भ्रमण र सुख सयल को जिन्दगीको लागि ), उनीहरुको गाडीले उडायेको धुवा धुलो खा , फेरी पनि भोलि उसैलाई भोट हाल, अलिकति चाट्न पाएपछि बेस्करी गुण गा | किराको जिन्दगि |
-संविधान संम्शोधन गर्न
– भुकम्प पुन निर्माणमा गति
बढाउन
– शान्ति प्रकृया टुगाउन
यी उल्लेखित बिषय एमाले सरकारले हल गरेन भनेर आफु सम्मिलित सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउने माओवादीले सिइयो फेर्ने र लडाकुलाइ पैसा बाढ्ने बाहेक केहि काम गर्न सकेन भने काग्रेसले सत्ता हातमा लिनुको कुनै औचित्य पेश गर्न सकेन उल्टो सुरक्षा निकाय र अदालतमा बिबादित
हात हालेर आफ्नो इतिहास कंलकित गराउने काम गर्यो । त्यसैले माओ-काग्रेसको सरकार , उद्देश्य , सहमती सबै फेल भएको छ । नेपाली राजनितीमा नैतिकता छ र ठुलो मानिन्छ भने माओ- काग्रेस सरकारमा रहनुको औचित्य समाप्त भएको छ र माग माथी माग र आन्दोलन गरेर मधेश अस्थिर र दरिद्र बनाउने काम गलत हो भन्ने मधेशी दलहरूले बुझ्नु पर्छ ।
नेपालमा जन्मिएका मधेशी , पहाडी , हिमाली कसैले पनि राष्ट प्रमुख हुन पाउछन । भारतमा जन्मिएका महिलाले श्रीमान सरह अधिकार पाउनु पर्छ भन्ने माग गलत हो मन्त्रि र सासंद हुन पाए कै छन यो संसारको चलन हो तर नेपालमा जस्तो आएको केहि बर्ष मै सासंद र मन्त्रि हुन सक्ने अवस्था र अधिकार विस्वमा कतै छैन यो मधेशी दलहरूले बुझ्नु पर्छ । सिमानकन सबै प्रदेश मधेश मात्रको होइन कुनै प्रदेश मधेश पहाडको पनि हुनु पर्छ भन्ने सोच नेपाल र नेपालीको एकता र सद्भाव चाहने जो सुकै दलले पनि स्विकार्नु र बनाउनु पर्छ । नेपालको नागरिक बने र भए पछि कसरी नेपालको बिकाश र एकता बनाउने हो यो प्रमुख माग र उद्देश्य हुनु पर्छ ।
नेपालमा जन्मिएका मात्र प्रमुख पदमा रहने र कुनै एक प्रदेश मधेश पहाड सहितको बन्ने अवस्थामा मधेशको प्रतिनिधित्व संख्या पहाडको भन्दा जति नै बढी भए पनि कुनै असर पर्ने ठान्नु हुदैन ।
Yo kura nepali jantalai thaxa kp kina dahleeyo 2 dulpati meleyr ho indanko spotma griyko ho