Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देशमा सात वटा तर पत्रकारहरुको लागि १० वटा प्रदेश

Posted on August 19, 2017 by Salokya


देशमा कति वटा प्रदेश छन्? संविधान लागू भइसकेपछि नेपालमा कूल सात वटा प्रदेश भएको कुरा सबैलाई थाहा भएको कुरा हो। तर पत्रकारहरुका लागि भने सात वटा प्रदेश पर्याप्त छैन। नेपाल पत्रकार महासंघको आसन्न चुनावका लागि १० वटा प्रदेशको व्यवस्था गरिएको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिद्वारा जारी निर्वाचन कार्यविधि निर्देशिका, २०७४ मा यसरी १० वटा प्रदेशको व्यवस्था गरिएको हो। सात वटा त संविधानकै प्रदेश भइहाले, बाँकी तीन वटा कुन त? आउनुस् हेरौँ।

हेरौँ निर्देशिका-


थप तीन वटा प्रदेश कहाँबाट आए देखिहाल्नुभयो होला। एउटा प्रदेश उपत्यका प्रदेश भइहाल्यो। यसमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सदस्यहरु हुने भए।

बाँकी दुई वटा प्रदेश चाहिँ गैर भौगोलिक प्रदेश रहेछन्। एउटा एसोसिएट अर्को प्रतिष्ठान। एसोसिएट भनेको पत्रकार महासंघसँग आवद्ध भएका संस्थाहरु। प्रतिष्ठान भनेको चाहिँ विभिन्न मिडियाका खुलेका शाखाहरु जस्तै कान्तिपुर, गोरखापत्र, रेडियो नेपाल आदि।

पत्रकार महासंघको नेतृत्वका लागि हुने निर्वाचनमा सबै सदस्यले मतदान गर्न पाउँदैनन्। सदस्यहरुले केन्द्रीय पार्षद्हरु चुन्छन् अनि तिनै पार्षद्हरुले काठमाडौँ आएर केन्द्रीय पदाधिकारीहरुलाई मतदान गर्छन्।

1 thought on “देशमा सात वटा तर पत्रकारहरुको लागि १० वटा प्रदेश”

  1. RK Magar says:
    August 19, 2017 at 7:44 am

    पदको लागी प्रदेश बढाएको हुनु पर्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme