Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कति भोट आउने रैछ त नेपाल आइडलमा?

Posted on August 19, 2017August 19, 2017 by mysansar


रियालिटी शोहरुको कमाइको एउटा बलियो आधार नै एसएमएस भोटिङ हो। तर आइडल सिरिजको फ्रेन्चाइजी लिएको नेपाल आइडलले कसको कति भोट आयो अहिलेसम्म सार्वजनिक गरेको छैन। सार्वजनिक गर्न पनि नमिल्ने भनिन्छ। हुन पनि अमेरिकन आइडलदेखि इन्डियन आइडलसम्मका फ्रेन्चाइजी शोहरुमा पनि कुन प्रतिस्पर्धीले कति भोट ल्याएको थियो कहिले भनिन्न। तर अमेरिकन आइडलका केही एपिसोडहरुमा यति प्रतिशत भोट ल्याएको भनेर देखाइने गरेको छ। इन्डियन आइडलमा पनि कूल यति भोट आए भनेर कहिलेकाहीँ भन्ने गरेको पाइन्छ। नेपाल आइडल भने भोटिङको मामिलामा बिल्कुल चुप थियो। तर भदौ २ गते शुक्रबारको शोमा गरिएको खुलासाले अनुमान भने लगाउन मिल्ने भएको छ।


शुक्रबारको शोमा बाढीपीडितहरुको सहयोगका लागि एसएमएस भोटिङबाट आएको रकममा कर र सर्भिस प्रोभाइडरको खर्च कटाएर भएको सबै कमाई दिने घोषणा गरियो। कूल ८ लाख रुपैयाँ नेपाल आइडलका तर्फबाट दिने घोषणा कार्यक्रममा भएको थियो।

नेपाल आइडलमा कुनै प्रतिस्पर्धीलाई एसएमएसबाट भोट दिँदा करबाहेक ५ रुपैयाँ लाग्छ।

त्यो ५ रुपैयाँ मध्ये पनि टेलिकम अपरेटर र सर्भिस प्रोभाइडरले केही प्रतिशत रकम लिने गर्छन्। यो सबै रकम कटाउँदा नेपाल आइडलले पाउने प्रति एसएमएस २ रुपैयाँ भएको अनुमान गरौँ।

८ लाख रुपैयाँ उठेको हिसाब गर्दा ४ लाख वटा एसएमएस भोट आएको अनुमान गर्न सकिन्छ। तर यसमा एनसेलले आफूले पाउने भागको रकम पनि बाढीपीडितका लागि नै दिने भनी बताएकोले ४ लाखमा त्यो पनि कटाउनु पर्ने हुन्छ। एनसेलबाट कति भोट आएको र नेपाल टेलिकमबाट कति भोट आएको थाहा पाउने कुनै तरिका नभएकोले ४ लाखभन्दा कम भोट आएको अनुमान गर्नुबाहेक अरु विकल्प छैन।

४ लाख भोट मध्ये ६ जना प्रतिस्पर्धीको लागि कति कति भोट पर्‍यो होला, त्यो भने गोप्य नै छ।

त्यसबाहेक अन्तर्राष्ट्रिय भोटिङ पनि हुने गर्छ। त्यो मोबाइल एपबाट हुने भएकोले यसबाट कमाई भने हुँदैन। तर विदेशमा रहेका थुप्रै नेपालीले त्यसबाट पनि भोट गर्ने गर्छन्।

भोट कम पाएकै आधारमा आजको कार्यक्रमबाट सुरज थापा आउट भएका छन्। अब नेपाल आइडलमा बुद्ध लामा, सागर आले, निशान भट्टराई, प्रताप दास र सुजाता पाण्डे गरी पाँच जना बाँकी छन्। अबका दुई हप्ता दुई जना यसैगरी भोटबाट आउट भएपछि टप थ्रीबीच ग्रान्ड फिनाले हुनेछ। त्यसैबाट चुनिनेछ नेपालको पहिलो आइडल। यो सबमा पनि एसएमएस भोटिङको नै मुख्य भूमिका रहनेछ।

8 thoughts on “कति भोट आउने रैछ त नेपाल आइडलमा?”

  1. hariom says:
    August 20, 2017 at 3:02 pm

    sms रु ५+ कर
    ५० % टेलिकम अपरेटर(रु २.५ )
    ५० % ग्राहक(रु २.५ ) sms नम्बर लिएको सस्था को भागमा
    सस्थाको भागमा आएको २.५ मा कर लिदा रु २ बाकी हुन्छ
    रु २ मा नम्बर लिएको सस्था र नेपाल आइदल को व्यवस्थापन बीच (२०%-८०%)को रकम बाड्ने
    नेपाल आइदल ब्यवस्ततापन ले रु १.६ प्राप्त गर्छ एउटा sms बाट !!

    Reply
  2. Keshang Sherpa says:
    August 20, 2017 at 7:54 am

    नेपाल को पहिलो #आईडल निशान हुनेछ !
    किनभने सुरज out भए अब सुजाता पनि
    out हुन्छन् ?अन्त मा ती दुईवटालाई जाने
    अब भोट निशानले पाउने छन् #निजी बिचार

    Reply
  3. Chandu Dhankute says:
    August 19, 2017 at 11:53 am

    नेपाल ऑदल होकि ऑफ्नो मान्छे लाई माथी निकालन लाई गरीने खेल कून्नी

    Reply
  4. Ram Rana says:
    August 19, 2017 at 3:37 am

    हुन पनि यी छ जना काे सुरुवात काे गित सुन्दा र अहिले जुन सुनिन्छ अति टप लेबलमा अाए काे छ राम्राे

    Reply
  5. Sagar Ramesh Tamang says:
    August 19, 2017 at 1:24 am

    सार्बजनिक गरन मिलछ या मिलदइन येा चाहिँ थाह भयेन , गाला राउन्ड सकिय पछि चाहिँ मिलछ ,

    Reply
  6. Limbu Tika says:
    August 19, 2017 at 1:16 am

    सुरज बाहिरिन्दा त्यति गुनासो छैइन नेपाली जन्तामा अब प्रताप लाई पनि नेपाल आईडल मा खासाई योग्य देखिन्न किन कि नया नया प्रतिभा हरुको लागिहो यो सो प्रताब लाई भोट 000

    Reply
  7. Navin Rayamajhi says:
    August 19, 2017 at 4:34 am

    नुन तेल खान पैसा किन एस एम एस मा खर्च गर्नु? उसै पनि हामी सबैभन्दा गरिब देस का जनता हौ.

    Reply
  8. Suman Maharjan says:
    August 18, 2017 at 10:21 pm

    Nepal ma kala ra gala ko kadar hune bhaye Suraj Thapa yesari out hune nai thiyena .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme