Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लामो समयपछि रुक्माङ्गद कटवाल फेरि न्युजमा

Posted on August 15, 2017August 16, 2017 by Salokya

रुक्माङ्गद कटवालले एक पटक पूरै देश हल्लाएका थिए। उनैका कारण त्यतिबेलाका सबैभन्दा ठूलो दलका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपरेको थियो। त्यतिबेला उनी प्रधान सेनापति थिए।

प्रधान सेनापतिबाट अवकाश पाएपछि उनले आत्मकथा लेखे। पूरै गणतन्त्र आफैले ल्याएको पाराको व्याख्या भएको किताब पनि चर्चामा रह्यो। त्यसपछि लामै समय भयो उनी न्युजमा थिएनन्। अहिले फेरि न्युजमा आए। न्युजमा आउनुको कारण बाढीपहिरो र कुहिएको चामल।

पत्रकार आरएन विश्वासले फेसबुकमा लेखे- कुहिएकाे चामल सप्तरीका बाढीपीडितलाई। अापतकालीन अवस्थामा यस्ताे चामल जिल्ला दैवी प्रकाेप उद्धार तथा राहत ब्यवस्थापन समितिले उपलब्ध गराएकाे हाे। मेरो श्रोतको अनुसार नेपालका एक पूर्व भिआईपीको नाममा सञ्चालित रहेको ट्रस्टले यो चामल समितिलाई उपलब्ध गराएको रहेछ।

को रहेछ त ती पूर्व भिआइपी?

माइरिपब्लिकाले खुलासा गरेको छ। रुक्माङ्गद कटवाल ट्रस्टले स्थानीय सामाजिक संस्था शिरिषको फूललाई यो चामल दिएको रहेछ। यो चामल दैवी प्रकाेप उद्धार तथा राहत ब्यवस्थापन समितिलाई दिइएको रहेछ अगस्त ११ मा। त्यही बाँडिएको रहेछ। पाउनेले हेर्दा कुहिएको रहेछ।

माइरिपब्लिकाका अनुसार ट्रस्टले १८० प्याकेट चामल बाँडेको रहेछ।

पढ्नुस् समाचार

8 thoughts on “लामो समयपछि रुक्माङ्गद कटवाल फेरि न्युजमा”

  1. प्रविण says:
    August 20, 2017 at 12:08 pm

    नयूज २४ मा रुकमाङ्गद कटवालले दिएको बयानलाई सत्य मान्ने हो भने उनले बाढी पिडितलाई कुनै पनि खानेकुरा दिएका छैनन् । उन्ले दिएका ५ वटा पाल हो रे अनि ५ वटा मध्ये पनि ४ वटा मात्र तराई पुग्यो एउटा बाटैमा हरायो भनेका छन् । सत्य तथ्य के हो छानविन गरेर दोषीलाई कारवाही गर्नु पर्ने अवस्था देखिएको छ ।

    Reply
  2. Krishna says:
    August 18, 2017 at 2:20 pm

    दोष दिनु भन्दा नि पहिले के कारणले कुहियो पत्ता लगाउन पर्यो | रुक्मागत कटुवालले नि जानाजान कुहियाको चामल बाडेको त होइन होला, अनि चामल कुहिन के आइतबार चाहिन्छ र, तेस्माथि बेलाको समय ! नेपालमा किन जहिले पनि नचाहिने कुरामा विवाद हुन्छ ? रुक्मागत कटुवालले गरेको सहयोगलाइ सम्मान गरौ| धुर्मुसेले अलिकति केहि गर्यो कि कति highlight , तर behind the scene गर्ने धेरै छन सबैलाई सम्मान गरौ !!!

    Reply
  3. Rishi Adhikari says:
    August 16, 2017 at 9:51 pm

    एउटा खबर पत्रिकामा लेखिए अनुसार राहत सामग्री भण्डार गरेको ठाउमा पनि पानी पसेको थियो. कतै त्यो पानी ले नै भिजेर चामल कुहिन गएको हो कि. ५ / ६ किलोको १८० प्याकेट चामल भनेको धेरै होइन.रुक्मांगद कटुवालको बारेमा मान्छे को आ-आफ्नै जे जस्तो धारणा भए पनी, त्यति चामलको लागि रुक्मांगद कटुवालले बेइमानी गरे भन्ने कुरामा मा विश्वास गर्न मिल्दैन. उनको मन मा कपट भएको भए यो भन्दा अरुनै काम गर्न सक्थे. कि उनको थाहा बिना बिग्रिएको चामल पठाइयो, अथवा बाढीले नै भिजाएर चामल कुहियो. बजारबाट किनेर ल्याउने बित्तिकै का कति सामानमा त त्रुटी हुन्छन, त्यो चामल त कति ठाउँ हुदै बाढी पिडितको हात मा पुग्यो होला. उनको बद्नाम गर्ने मौका पर्खेका लागि यो एउटा मौका मिलेको हुन सक्छ. खर्च पनी गर्नु र गालि पनी खानु ठिक होइन. बाढ्नेले पनी हेरेर बाढ्नु पर्ने हो, तर अप्ठ्यारो अवस्थामा बाढ्नु पनी सजिलो काम होइन. यस्तो अवस्थामा अरु कसैलाई दोष दिनु भन्दा आफ्नो ब्रम्ह ले भ्याए सम्म सहयोग गर्नु राम्रो हुनेछ. अरुलाई दोष नदिउ, आफै सहयोग गरौ….

    Reply
  4. Binod says:
    August 16, 2017 at 9:14 pm

    यदि चमलाई राम्रो सग भण्डारण नगरेको खण्ड मा धेरै छोटो समय मा कुहिन सक्दछ । भिजेको चामल २-३ दिन मै कुहिन सक्दछ

    Reply
  5. Shankar says:
    August 16, 2017 at 6:50 pm

    चामल कसरि कुहिएको परेछ , त्यो त् थाह भएँन | सबै कुएको हो कि कुनै कुनै प्याकेट मात्र ? अलि स्पस्ट भएँन |
    आपद , विपद को बेला कटुवाल ले यो राम्रो नै काम गरेको मान्न पर्छ | भुकम्प को बेला इन्डिया ले पठाएको कति चामल पनि कुहिएको थ्यो |
    विपदको बेला मन हेरिन्छ , ढाडस ले पनि ठुलो काम गर्छ , तेस्मा पनि साधन दिएर मदद गर्न खोज्नु सह्रानीय कुरा हो | पापी नै रहेछ भने पनि राम्रो कर्म ले चित्त सुद्द हुन्छ , पछि राम्रो नै हुन्छ त्यो |

    Reply
  6. Rakesh Gurung says:
    August 16, 2017 at 8:20 am

    Hoina yo katuwale le nepali janta lai pasu nai samjhinxa ki k ho pahile tudikhel ma goli le vutai dinxu bhanyo ahile apat bipat ma pareko janta lai kuhiyeko chamal le vutaune bichar gareko xa ki k ho.

    Reply
  7. Ameet Gubhaju says:
    August 16, 2017 at 7:28 am

    भारतको ईसारामा पद बाहाल भएको नेपाली सेनाको पहिलो प्रधान सेना पती

    Reply
  8. Shukla Ji says:
    August 16, 2017 at 6:21 am

    यही रुकमॉगत कट्टूवाल हो जसले देश को दुर्दशा गरायो भारतीय रॉ को इसारा मा…. अब दुबै लाई पाप ले नष्ट गर्छ…. यो पाल्तू कूकुर हो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme