Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देशभर बाढीपहिरो : वर्षा र नदीको जलसतह यसरी हेर्न सकिन्छ

Posted on August 13, 2017August 13, 2017 by Salokya


अहिले देशभर बाढीपहिरोले सताएको छ। शनिबार रातिसम्ममा गृह मन्त्रालयले दिएको तथ्याङ्क अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जना मानिसहरुको मृत्यु भएको छ भने, कयौँ बेपत्ता भएका छन्।

बिहान पौने दुई बजे यो ब्लग लेख्दासम्म ठाउँठाउँमा भीषण वर्षा जारी छ। प्रविधिको प्रयोगका कारण विभिन्न ठाउँको वर्षा मापन र नदीहरुको जलसतह यसरी आफ्नै कम्प्युटर वा मोबाइलबाट हेर्न सकिन्छ।

यसका लागि तपाईँ बाढी पूर्वानुमान शाखाको वेबसाइट hydrology.gov.np मा जानु पर्ने हुन्छ।


वेबसाइटको बायाँतिर नोटिस बोर्डमा महत्त्वपूर्ण सूचनाहरुको अपडेट हुन्छ।

त्यसैगरी यही साइटको दायाँ पट्टी दुई वटा लिङ्क छन्

River Watch 

Rainfall Watch

रिभर वाचले तपाईँलाई देशभरका प्रमुख नदीहरुमा राखिएको मापन केन्द्रले दिएको तथ्याङ्क देखाउँछ। कुन नदीमा पानीको स्तर कति छ, कति पुगेमा सतर्कताको स्तर पुग्छ, कति पुगे खतराको स्तरमा पुग्छ- सबै त्यसमा हुन्छ। यदि सतर्कताको स्तर पार गरेको छ भने साइरन समेत बज्छ। यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ। 

त्यस्तै रेनफल वाचमा कहाँ कति पानी परेको तथ्याङ्क हुन्छ। एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० एमएम, १२ घण्टामा १२० एमएम र २४ घण्टामा १४० एमएम पानी पर्‍यो भने चेतावनी स्तरमा पुग्छ। यो भनेको भिरालो ठाउँमा पहिरो जाने र अरु ठाउँमा हाइ फ्लो हुने संकेत हो। चेतावनी स्तरमा पुग्यो भने साइरन बज्छ। रेनफल वाच यहाँ क्लिक गरी हेर्न सकिन्छ।

त्यसैगरी ट्विटरमा पनि यो शाखाले महत्त्वपूर्ण जानकारी दिने गरेको छ।
Tweets by DHM_FloodEWS

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme