Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शपथ लिएर झुटो बोले अब सजाय हुने

Posted on August 9, 2017 by Salokya


शपथ लिने कर्मचारी, उच्च अधिकारी वा मन्त्रीले झुटो बोले पनि अब सजाय हुने कानुन संसदले आज पारित गरेको छ। मुलुकी अपराध संहिता विधेयक २०७४ मा यस्तो व्यवस्था छ। यो ऐन अर्को वर्षको भदौ १ गतेदेखि लागू हुनेछ।

८१. शपथ लिएको व्यक्तिले झुठा कुरा व्यक्त गर्न नहुने :
(१) अधिकार प्राप्त अधिकारी समक्ष साँचो कुरा व्यक्त गर्ने कानूनी कर्तव्य भएको वा शपथ लिएको व्यक्तिले वा कानून बमोजिम शपथ लिई सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो हैसियतमा झुठा कुरा व्यक्त गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिम (२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

ल है अब कसैले शपथ लिएर झुटो बोले मुद्दा हाले भने सजाय भोग्नुपर्ने भएको छ। जे पायो त्यही बोल्नेहरु अब चाहिँ मुख सम्हालेर बोल्लान् कि।

5 thoughts on “शपथ लिएर झुटो बोले अब सजाय हुने”

  1. सन्तमान श्रेष्ठ says:
    August 15, 2017 at 12:39 pm

    सपथ नलिए चाही के हुन्छ त ? एमालेबाट भरतपुर महानगर पालिकाको लागि नवनिर्वाचित पदाधिकारीले सपथ लिएन भन्थे तिनीहरुलाई कुन नियम लाग्ला ?

    Reply
  2. Alikhit says:
    August 10, 2017 at 11:14 pm

    झुटो बोलेर शपथ लिए के हुन्छ नी ?

    Reply
  3. Bijay Rai says:
    August 10, 2017 at 2:24 pm

    ऐन कानून बन्नु एउटा कुरा। महत्वपूर्न कुरा त्यसको कार्यान्वयन पक्ष हो।

    Reply
  4. prithvi says:
    August 10, 2017 at 2:25 pm

    हा हा हा हा ! कटी हास्नु । म त हाँस्दा हाँस्दै भुँडी फुटेर मर्छु कि क्या हो ।

    १. बालक्रिश्ण ढुङेल लाई समाउन नसक्ने सरकार
    २. टिकापुर प्रहरी हत्या गर्ने लाई पुरस्कार दिने सरकार
    ३. हजारौ गरीब नेपाली हरुलाई अपहरण गरी कुटी कुटी अनेक यातना दिएर हत्या गर्ने माओबादी पर्चण्डे बाबुरामलाई आज करोडपती बनाइ देश को सर्वोच्च पद मा आसिन गराउने विवेकहिन जनता
    एस्तो देश मा जे कानुन बनाये पनि के काम !

    Reply
  5. हेमन्त भट्टराई says:
    August 10, 2017 at 10:02 am

    कानूनमा त मान्छे मारे सर्बस्वसहित जन्मकैदको व्यवस्था छ, मान्छेले मान्छे मार्न छोडेका छैनन् ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme