Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लौ है साथी नास्टको ठीक छैन पारा, कामसाम गर्नु छैन चाहियो उसलाई नारा

Posted on August 9, 2017August 10, 2017 by Salokya


नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्र सँधै उपेक्षित रहँदै आएको छ। गठबन्धन सरकार बनाउँदा अरु मन्त्रालयको लागि हानाथाप हुन्छ, तर विज्ञान मन्त्रालयमा कसैको ध्यान जाँदैन। त्यसैले अहिलेसम्म विज्ञान तथा प्रविधि मन्त्रालय प्रधानमन्त्रीकै मातहत छ। कुकुरलाई हड्डी फाले जस्तै मन्त्री हुन चाहनेलाई पदका लागि पद दिने हिसाबले यसमा मन्त्री बनाइन्छ। विज्ञान तथा प्रविधिको विकास हेर्ने जिम्मा पाएको विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट- पहिलेको रोनास्ट) को हालत पनि त्यस्तै छ। यो क्षेत्रका लागि बजेटै कम छुट्याइन्छ। यही कम बजेटबाटै विज्ञानको विकास गर्ने एउटा गजबको दिव्य ज्ञान रोनास्टले पाएको थियो। अघिपछि सरकारी मुखपत्र गोरखापत्रमा विज्ञापन छापेर नास्टले विज्ञान दिवसको नारा खोज्न सबैलाई आह्वान गरेको थियो। यसपालि भने विज्ञान मन्त्रालय आफै अघि सरेको छ नारा खोज्न।

यो वर्षको विज्ञापन

सित्तैमा हैन, नारा खोजिदिएवापत् तपाईँलाई पुरस्कार पनि दिने रे। गैँडा हैन हात्ती, १० वटा हात्ती ! पूरै दस हजार !

लौ अब नेपालमा विज्ञान दिवस मनाउँदै विज्ञानको विकास गर्न तपाईँले पनि योगदान दिने कि ? तपाईँको योगदानलाई नेपालको विज्ञानले सुनौलो अक्षरमा पो लेखिदिन्छ कि !

तपाईँलाई यसो रमाइलो रमाइलो नारा सुझेको भए तल कमेन्टमा पोस्ट गर्दिम् है। यहाँ राखेकोले रुपियाँ पुरस्कार त हैन, लाइक पुरस्कार चाहिँ पक्कै पाउनेछ।

पुरानो विज्ञापन-

पोहोर परार यस्तै ब्लग लेख्दा आएका केही नाराहरु-

गुन्द्रुक झोल हालेर पकाउनु पर्छ , सालीलाई काली भनेर फकाउनु पर्छ |
काम गरे नि न गरे नि , भोज खान बिज्ञान दिबस मनाउनु पर्छ |

भ्वांग परेको हाम्रो भित्तो, भत्किएको भुईं…
टेस्ट्ट्युब किन्ने पैसो छैन, परमाणुको फुइँ !

पहिलेको रोनास्ट,अहिलेको नास्ट
बिज्ञान प्रविधिको विकासमा जहिले पनि लास्ट

लौ है साथी नास्टको ठीक छैन पारा !
काम साम गर्नुछैन चाहियो रे उस्लाई नारा !!
कस्तो नारा चाहिएको होला देको छ बिज्ञापन !
दस हजार पनि दिन्छु भन्छ, फुर्ति नारायण नारायण !!

वैज्ञानिक शिक्षाको आधार
सबै अरूबाट साभार

पुरस्कार चाहिँ बाग्लुङका घनश्याम सापकोटाले यो नारा पठाएर पाएका थिए २०७० सालको ‘विज्ञान र प्रविधि, देशको सम्वृद्धि’

[नारा यसपालि पनि नास्टले नै मागेको भन्ठानेको, विज्ञान मन्त्रालयले पो रहेछ। सच्याएर अपडेट गरेको ब्लग]

5 thoughts on “लौ है साथी नास्टको ठीक छैन पारा, कामसाम गर्नु छैन चाहियो उसलाई नारा”

  1. Ramesh says:
    August 11, 2017 at 9:03 am

    The word Royal is removed from NAST, but the royal culture is still prevalent in the non-scientist officials of NAST.

    Reply
  2. Sarad says:
    August 10, 2017 at 2:02 pm

    बिज्ञानबाट देशको विकाश भुत्लोभाङ्ग
    अलपत्र छन् योजना कार्यपत्रको चाङ्ग
    कमाइ नहुने मन्त्रालय कसले लिन्छ ?
    चोक्टा ताक्ने मन्त्रीको झोलको स्वाङ्ग

    Reply
  3. Alikhit says:
    August 10, 2017 at 10:44 am

    यो Kriss Gaihre ले जागीर छोडेर गयो र उसले उसको email को एक्सेस अरुलाई दिएन भने मैले पठाएको नारा के हुन्छ ?

    Reply
  4. Ram C says:
    August 10, 2017 at 10:38 am

    Dear Salokya Ji,
    Please do not be confused. The slogan is requested by Ministry of Science and Technology not by NAST.
    सालोक्य जी,
    बिज्ञान दिवस को लागि बिज्ञान मन्त्रालय ले पो नारा को प्रतिस्पर्धा गराएको हो कहाँ नास्ट ले हुनु . यसरी confuse हुनु भएन नि हजुर .

    Reply
  5. Suraj Giri says:
    August 9, 2017 at 8:35 pm

    Nast haina sukyanas , bharpardo kam garnea hoina garcha khale arkako aas , hunea bhayo sarba nas

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme