Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डन हैन डिएसपीका दुर्व्यसनी भान्जाको इन्काउन्टर

Posted on August 8, 2017 by Salokya


सोमबार दिउँसो ललितपुरको कुसुन्तीमा एक जना व्यक्ति इन्काउन्टरमा मारिए भन्ने खबर आएपछि लागेको थियो- प्रहरीले कुनै कुख्यात डनलाई मारेछ। घैँटे इन्काउन्टरपछि प्रहरीले त्यसरी डनलाई सिध्याएको छैन।

पछि कुरा बुझ्दै जाँदा पो थाहा भयो, मारिएका मान्छे डन हैन ट्यापे (दुर्व्यसनी) पो रैछ। उनी बहालवाला डिएसपी अवदेश विष्टका भान्जा रहेछन्। अर्का डिएसपी अजय केसीको नेतृत्वको टोली उनलाई खासमा अवैध हतियार राखेको थाहा पाएपछि त्यो नियन्त्रणमा लिन र कारबाही गर्न गएको थियो। तर आत्तिएका र शायद् लागू औषधकै प्रभावले हो कि आफैले आफूलाई गोली हानेछन्।

आफैलाई गोली हानेको भन्ने चाहिँ प्रहरीले बताएको कुरा हो। प्रहरीमाथि नै गोली हान्दै भाग्न खोजेका प्रवीण खत्रीले पछि आफ्नै कन्चटमा गोली हानेका रहेछन्।

यी लागू औषध दुर्व्यसनीले परिवारलाई पनि एकदमै सताएका रहेछन्। कति पटक सुधार केन्द्रमा पनि राखिसकेका। एक पटक त लागू औषध खान नपाएकोले धाराको टुटी खाइदिएका रहेछन्। पेटको अपरेसनै गर्नुपरेको रहेछ त्यतिबेला।

लागू औषध आफै खाने खत्री पछि कारोबारसमेत गर्न थालेका रहेछन्। लागू औषधी मात्र हैन हतियार पनि रहेको थाहा पाएपछि प्रहरी ललितपुरको कुसन्ती १३ स्थित अरुणिमा बस्तीमा पुगेको थियो। प्रहरीले चारैतिरबाट घेरा हाली घरभित्र छिर्न लाग्दै गर्दा उनले आफूलाई प्रहरीले घेरा हालेको सुइँको पाए।

प्रहरीले आफूलाई पक्राउ गर्ने भएपछि उनले दुई हातमा चाइनिज पेस्तोल बोकेर साढे २ तले घरबाट प्रहरीलाई गोली चलाउदै हाम्फाले। उनले गोली चलाएपछि आत्मरक्षाको लागि प्रहरीले पनि गोली चलायो। प्रहरीको गोली घुँडामुन्तिर लाग्यो। उनी आफैले टाउकोमा गोली हाने।

खासमा प्रहरीले पक्रेको भए लागू औषध र हतियार राखेको अभियोगमा कारबाही मात्रै चलाउँथ्यो। इन्काउन्टर गर्नुपर्ने नै थिएन। तर अर्कै हुनु लेखेको रहेछ।

8 thoughts on “डन हैन डिएसपीका दुर्व्यसनी भान्जाको इन्काउन्टर”

  1. यम थापा says:
    August 11, 2017 at 6:55 pm

    जेलमा लागुऔषधी सेवन गर्न नपाईने डरले मृत्युको बाटो रोजेको हुन सक्छ

    Reply
  2. harke says:
    August 9, 2017 at 12:27 pm

    कुरो रहस्यमय छ , साँगुरो गल्लि मा हातीलाइ पनि ताकेर हान्न नसक्ने पुलिसले टाढा बाट दौडदै गरेको मान्छेको कन्चटमा गोलि ठोक्यो भने पछि रहस्यमय भएन त?

    Reply
  3. Tuphan Babu Pariyar says:
    August 8, 2017 at 1:12 pm

    यस्ता डन र चोरहरुलाई एक एक गरी ठेगान लाउनै पर्छ । स्यालुट नेपाल प्रहरीलाई ।

    Reply
  4. दुर्गा भुसाल says:
    August 8, 2017 at 6:50 am

    ठिकै छ पछी यिनी पनि घैटे त चरी जस्तै हुने थिए ।

    Reply
  5. Sumitra Niraula Bartaula says:
    August 8, 2017 at 5:15 am

    निर्दाश नपराे दाेषिलार्इ सबै लार्इ यस्तै गर्दा राम्राे….

    Reply
  6. नरेन्द्र योन्जन तामाङ says:
    August 8, 2017 at 4:04 am

    बाउ गतिलो भएर।

    Reply
  7. Krish Shr says:
    August 8, 2017 at 1:41 am

    J vay pani hatiyar boker police mathi attact gare paxi tyo thulai aparadhi maninx teslai ghera haler pakrana sakeko vay ramro hunthyo ydi uslai namareko wa pakrana safal navayeko vay police mathi goli hanna sakne le aru sadharan manxelai ta usle ris uthyo vanyo hanihalthyo ni

    Reply
  8. Dhurba Subedi says:
    August 7, 2017 at 10:44 pm

    हरी हरी ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme