Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सोमबार चन्द्रग्रहण, नाङ्गै आँखाले पनि हेर्न मिल्ने

Posted on August 6, 2017August 7, 2017 by mysansar

साउन २३ गते सोमबार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो ग्रहण नेपालबाट पनि देखिने छ। यो चन्द्रग्रहण काठमाडौँमा सोमबार राति ११ बजेर ७ मिनेटमा प्रारम्भ भई रातिको १ बजेर ३ मिनेटमा समाप्त हुनेछ।

यो ग्रहण नेपाललगायत भारत, चीन, जापान, अष्ट्रेलिया, अण्टार्टिका, अफ्रिका, यूरोप, रसिया तथा दक्षिण अमेरिकाको थोरै भागबाट देख्न सकिन्छ भने अमेरिका र क्यानडामा बसोवास गर्ने मानिसहरुले यो ग्रहणको अनुभव लिन पाउने छैनन्।

चन्द्रग्रहण दुई किसिमका हुने गर्दछन्। खग्रास चन्द्रग्रहण तथा खण्डग्रास चन्द्रग्रहण। सोमवारको चन्द्रग्रहण खण्डग्रास चन्द्रग्रहण हो अर्थात् यस दिन चन्द्रमाको केही भागमात्र काटिएको जस्तो देखिन्छ। पूरै चन्द्रविम्ब छेकिएर हुने अर्थात् पृथ्वीको छायाले पूरै छेकिदिँदा हुने ग्रहणलाई खग्रास चन्द्रग्रहण भनिन्छ।

विश्वप्रसिद्ध वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्धान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको बेलामा गरेका थिए। खगोलविद् तथा वैज्ञानिकहरुका लागि भने ग्रहण एउटा प्रयोगात्मक प्रकृयाको पुष्टि गर्ने सुनौलो अवसर हो भन्न सकिन्छ। ग्रहणको प्रभाव केवल मानवजातिमा मात्रहोइन अपितु पशुपन्छीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिन्छ।

धार्मिकजनहरु ग्रहणको स्पर्शकाल तथा मोक्षकालमा विभिन्न नदीतट, कुण्ड आदिमा गई नुहाई शुद्ध हुने गर्दछन् भने तान्त्रिकहरु तन्त्रको साधना तथा अघोरीमन्त्रहरुको साधना ग्रहणका बेलामा गर्दा सिद्ध हुने कुरामा विश्वास गरी यस्तो समयको उपयोग गर्ने गर्दछन्।

सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणहरुलाई हाम्रो आँखा भित्र पस्न नदिन विभिन्न खालका सावधानीहरु अपनाउनु पर्ने हुन्छ भने चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आखाले सजिलै हेर्न सक्छन्। चन्द्रग्रहण टेलिस्कोप, बाइनाकुलर, क्यामरा वा अरु कुनै सामाग्रीले हेर्दा केही असर गर्दैन। चन्द्रग्रहणमा कुनै त्यस्ता आँखालाई हानी नोक्सानी पुर्‍याउने खालका किरणहरु आएका हुँदैनन्।

यदि तपाई धार्मिक हुनुहुन्छ र धर्ममा विश्वास गर्नुहुन्छ भने चन्द्रग्रहण वृष, मिथुन, कर्कट, कन्या, तुला, कुम्भ र मकर राशि भएका मानिसहरुले हेर्न नहुने बताइएको छ भने मेष सिंह, वृश्चिक, मीन, राशी भएका मानिसहरुले हेर्न हुने बताइएको पाइन्छ।

ग्रहण सम्बन्धी तथ्यहरु

  • चन्द्रग्रहण एक्काइसौ शताव्दिमा जम्मा पचासी वटा चन्द्रग्रहणहरु पर्ने देखिन्छन् ।
  • नेपालमा चन्द्रग्रहण राति ११ः०७ बाट देखिन्छ ।
  • ग्रहणको समाप्ति राति १ः०३ मा हुनेछ
  • नेपाललगायत भारत, चीन, जापान, अष्ट्रेलिया, अण्टार्टिका, अफ्रिका, यूरोप, रसिया तथा दक्षिण अमेरिकाको थोरै भागबाट देख्न सकिन्छ भने अमेरिका र क्यानडामा बसोवास गर्ने मानिसहरुले. यो ग्रहणको अनुभव लिन पाउने छैनन् ।
  • यसै नाङ्गो आँखाले जो कोहीले पनि हेर्नहुने
  • यसै वर्ष अर्को खग्रास चन्द्रग्रहण माघ १७ गते बुधवार साझ पनि लाग्दैछ ।
  • वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, कुम्भ र मकर राशि भएका मानिसहरुले हेर्न नहुने बताइएको छ भने मेष सिंह, वृश्चिक, मीन, राशिभएका मानिसहरुले हेर्न हुने (जयन्त आचार्यको प्रेस विज्ञप्तिबाट)

तराईमा रक्षाबन्धन सोमबार सार्वजनिक विदा

यही ग्रहणकै कारण रक्षाबन्धन तथा जनै फेर्ने दिन नाग पञ्चमिकै दिन मनाउन लगाइएको थियो पञ्चाङ्ग निर्णायक समितिले। तर तराईका २० जिल्लामा भने रक्षाबन्धन सोमबारै मनाइँदैछ। यसका लागि ती जिल्लाहरुमा विदा दिने निर्णय आइतबार राति सरकारले गरेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme