-देवदत्त पटनायक-
हरेक व्यक्ति सुखी हुन चाहन्छ। भोक लाग्दा खाने कुरा केही नहोस्, टाउको माथि कुनै छत नहोस्, या भनौं दीनता-विपन्नता को दशा छ भने कुनै पनि मानिस सुखी र प्रसन्नचित्त हुनै सक्दैन। यस्तो दशामा यो स्वाभाविक नै हो कि हामी सुख प्राप्तिका लागि धनकी देवी लक्ष्मीको आराधना गर्छौं। लक्ष्मीको कृपादृष्टि हामीमा पर्ने वित्तिकै जीवनको सबै भौतिक-सुख सुलभ हुन जान्छ। फेरि जीवनयापनको साथै भविष्यको चिंता हुदैन। लक्ष्मीको अतिकृपा अतुलनिय वैभव उपलब्ध गराउंछ: बैंक, लगानि, अचल संपत्तिमा भरपूर धन थुप्रेको हुन्छ र आर्थिक मोर्चाहरु सुरक्षित हुन्छन्। लक्ष्मीको कृपादृष्टिवाट हाम्रो स्वास्थ्यलाई सहि बनाई राख्ने (औषधि-उपचार, डाक्टर-वैध्य, खाना, व्यायाम आदि) साधन पनि सुलभ हुन्छ र व्यक्ति जे-मन-चाहन्छ तेही गर्न सक्छ। आनंददायक समृद्धि भनेको यही हो।
ज्ञानीजनहरु भन्ने गर्छन् कि यदि तिमी लक्ष्मीको कृपादृष्टि पाउन चाहन्छौ भने, उसको (लक्ष्मीको) पछि नभाग, लक्ष्मीलाई नै आफ्नो पछिलाग्न देऊ। यदि तिमीले यसो गरेनौ भने ऊ अफ्नी दिदी ‘अलक्ष्मी’लाई साथ लिएर तिम्रो घरमा आउंछिन् रे; र अलक्ष्मी भनेको वैमनस्यताकी देवी हुन्। जुन घरमा धन-सम्पदा प्रशस्त हुंदा हुंदै पनि झगडा-द्वंद्व भई नै रहन्छ वहां लक्ष्मी र अलक्ष्मी दुबैको निवास हुने मान्यता छ।
लक्ष्मीको कृपा-पात्र बन्नका लागि र यो सुनिश्चित गर्न कि लक्ष्मी अलक्ष्मीलाई आफ्नो साथ लिएर नआवोस्, हामीले ज्ञानकी देवी ‘सरस्वती’को उपासना गर्नु पर्छ। सरस्वती देवी शुभ्र(सेतो)-वस्त्र धारण गरेकि हुन्छिन् र उनको हात पुस्तकद्वारा शोभायमान हुन्छ। लक्ष्मी चंचल हुन्छिन् भनिन्छ। र उनी कहिले चांहि कुनै कामना गरे विनानै हाम्रो जीवनमा प्रवेश गर्छिन् भने कहिले बिना कुनै चेतावनी नै हामीलाई छाडेर जान्छिन्। तर सरस्वती भने निकै विश्वसनीय देवी हुन्। उनको कृपा पाउन निकै कठिन छ तर एक पटक हाम्रो टाउकोमा उनको वरदहस्त परे पछि उनी कहिल्यै छाडेर जादिनन् हामीलाई।
जीवनमा सरस्वती अर्थात ‘विध्या’को उपस्थितिवाट हामीलाई यो ज्ञान हुन्छ कि: मानिसहरु हामीसंग के चाहन्छन्, विविध कर्महरुको संपादन कसरि गरिन्छ, समस्याहरुको कसरि सामना (तथा समाधान) गर्न सकिन्छ, र सही निर्णयसम्म कसरि पुग्न सकिन्छ भनेर। सरस्वती हामीलाई ज्ञानको प्रकाश दिन्छिन् र संसारको बोध गरांउछिन्। जस्को जीवनमा सरस्वतीको प्रकाश छ उनीहरु जान्दछन् कि “वास्तवमा नै हामी कति अज्ञानी छौं” भनेर; त्यसैले उनीहरु नम्र र उदार हुन्छन्। उनीहरु लक्ष्मी(धन)को आगमन र प्रस्थानको कुनै चिंता गर्दैनन् र यसवाट भयभीत पनि हुदैनन्।
भन्ने गरिन्छ शायदै यस्तो होला कि लक्ष्मी र सरस्वती एउटै घरमा एक-साथ निवास गर्छन् भनेर। प्राय: जहाँ सरस्वतीको अधिकता हुन्छ त्याहां लक्ष्मीको अवहेलना हुन थाल्दछ; लक्ष्मीको अधिकता हुना साथ सरस्वतीको उपेक्षा हुन थाल्दछ। तर सरस्वतीको अनुपस्थितिमा लक्ष्मीले मानिसको जीवनमा अलक्ष्मीलाई आमंत्रित गरिदिन्छिन् जो उचित हुदैन। लक्ष्मीको अनुपस्थितिमा सरस्वतीको वास भए पनि जीवनमा दरिद्रता अर्थात विपन्नताकी देवी (अलक्ष्मी)को आगमन हुन जान्छ, जो निकै घातक कुरा हो।
न त आर्थिक सुरक्षा र न त ज्ञान नै हामीलाई भावनात्मक संतुष्टि उपलब्ध गराउन सक्छन् । जीवनमा हर सम्पत्ति या सुविधा भए पनि यो ज़रूरी छैन कि हाम्रो आपसी संबंध सुमधुर होस्। दुनिया भरीको शास्त्र र ज्ञानको कुरा पढेर पनि यदि माता-पिता, सन्तान, मित्र या छिमेकी-नातेदारसंग हाम्रो संबन्ध राम्रो छैन बने कसरी सुख? कस्तो सुख? त्यसैले हामी शक्तिकी देवी दुर्गा को आराधना गर्दछौं। जब हामी यो भन्छौंकि “हामी शुभफलदायी संबंध विकसित गर्न चाहन्छौं” तव हाम्रो अभिप्राय यहि हुन्छ कि हाम्रो संबंध यस्तो होस् जस्वाट हामीलाई ऊर्जा मिलोस्, हामी सुरक्षित र गौरवान्वित अनुभव गर्न सकौं, जस्तै कुनै योद्धा शस्त्र धारण गरे पछि आफूलाई सुरक्षित महसुस गर्दछ। हामी कुनै अजेय (कहिल्यै नहार्ने) दुर्गको भांति बन्न चाहन्छौं, यसैले हामी दुर्गाको उपासना गर्दछौं । दुर्गा भावना-प्रधान शरणागार हुन् जस्को सानिध्यमा हामी सुरक्षित र वांछित हुन चाहन्छौं । दुर्गाको रूपमा शक्तिकी देवी सिंहको सवारी गर्दछिन्। ऊनी अभय हुन् र उनको हातहरुमा अस्त्र-शस्त्र सुसज्जित छन्। ऊनी हाम्रो रक्षा गर्छिन् र हाम्रालागि युद्ध गर्छिन्। हाम्रो जीवनमा दुर्गाको बड़ो महत्व छ।
आफ्नो जीवनमा दुर्गाको प्रतिष्ठा गर्नका लागि हामीले आरुलाई दुर्गा अर्थात ‘शक्ति’ प्रदान गर्नु पर्दछ। हामी स्वयंको सुरक्षित र सबैमा सम्मिलित अनुभव गर्नका लागि हामीले आरुको जीवनलाई सुरक्षित र परिपूर्ण बनाउनु पर्दछ। र यस्तो तब सम्म सम्भव हुदैन जब सम्म हामी अरु प्रति संवेदनशील हुदैनौं र तेरो-मेरा को भावनावाट माथि उठ्दैनौ। तेरो-मेरो को यो भावना निर्मूलनका लागि हामीलाई पुनः सरस्वतीकै शरणमा जानु पर्ने हुन्छ।
यस प्रकार हाम्रो सुख र प्रसन्नता तीन देविहरुको कृपामा निर्भर छ: लक्ष्मी, सरस्वती, र दुर्गा. प्रत्येक मनिसलाई यसै आध्यात्मिक धन, ज्ञान र शक्ति को अभिलाषा हुन्छ। सवै यसैका भुका, यसैका प्यासा हुन्छन् ।
देवदत्त पटनायक को यो लेख अंग्रेजी पत्रिका टाइम्स ऑफ इण्डिया को स्तंभ ‘स्पीकिंग ट्री’ मा १२ नवम्बर, २०१० मा प्रकाशित भै सकेको छ। उनको अनुमति सहित सुनीलबाबु पन्तले यस लेखको नेपाली अनुवाद गरेर यहाँ प्रस्तुत गरेका हुन्।