Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मंगलबार इन्टरनेट हड्ताल #SaveNepaValley

Posted on July 31, 2017August 1, 2017 by mysansar

नेपाल बन्द, उपत्यका बन्द लगायतका विभिन्न किसिमका हड्तालहरु भोग्दै आएकाहरुले मंगलबार एउटा नयाँ किसिमको हड्तालको अनुभव गर्दैछन्। मंगलबार अगस्त १, २०१७ मा काठमाडौँ उपत्यकावासीले इन्टरनेट हड्ताल गर्ने घोषणा गरेका छन्। अरु देशहरुमा इन्टरनेट हड्ताल पहिले पनि भएका हुन्। सोपा र पिपा Stop Online Piracy Act (SOPA) र PROTECT IP Act (PIPA) को विरोधमा सन् २०१२ को जनवरी १२ मा अमेरिकामा प्रमुख वेबसाइटहरुले इन्टरनेट हड्ताल गरेका थिए। नेपालमा पहिलो पटक इन्टरनेट हड्ताल हुन लागेको हो।

किन इन्टरनेट हड्ताल त ?
आयोजकहरुका अनुसार यी कारणले इन्टरनेट हड्ताल गर्नुपरेको हो-

– एकदमै केन्द्रित विकास। हामी नेपालका अन्य क्षेत्रहरूमा पनि विकास पुगेको हेर्न चाहन्छौँ।
– विकासको नाममा विनाश। विकासको सही परिभाषा लागु गर्न आवश्यक छ। निर्माणका कार्यबाट हुने सकरात्मक र नकरात्मक प्रभावको अनुसन्धान नगरी नै निर्माण हुँदैछ। हामीले विकासलाई निर्माणका कार्य सँग मात्र जोडेर हुँदैन, तर दिगो विकास र मानवतामा सकरात्मक प्रभाव सँग पनि हेर्नुपर्छ।
– हाल भएकै बस्तीहरूमा धेरै समस्या छ। विकासका कार्यहरूमा यो प्राथमिकता हो, न कि थप बस्ती बढाउने। हालकै बस्तीहरूका व्यक्तिहरूको जीवन स्तर र आर्थिक उन्नतिमा सोच्नुपर्छ। बाटोका खाल्डा खुल्डी पुर्ने, पीच गर्ने, ट्राफिक व्यवस्थापन गर्ने, पैदल यात्रु मात्र क्षेत्र देखि आवश्यकता र स्थानको प्रकृति अनुसार सवारी साधनको व्यवस्थापन गर्ने। खानेपानी, स्वास्थ्य र रोजगारमा ध्यान दिने।
– वातावरण र प्रकृति मावन जीवनका लागि अत्यावश्क छ, तर हामी सबैलाई उपत्यकाको प्रदुषण स्थिति बारे अवगतै छ। यहाँको हावा, पानी र माटो हानिकारक मात्र होइन विषजन्य पनि भैसक्यो। वातावरण संरक्षण र स्वस्थ हावा पानी हुनुपर्छ। यसमा उर्वरा भूमीको संरक्षण, हरियालीको स्थापना समावेश हुन्छ।
– हामी सबैलाई उपत्यकाको उर्वरा भूमी शक्तिको बारे ज्ञान छ। यस्तो उर्वरा भूमी र अधिकांश कृषि पेशामा लागेका व्यक्ति भएको देशले अर्बौँ रूपियाँको खाद्यान्न आयात गर्छ। कुन भूमी खेतीको लागि हो कुन आवास क्षेत्रका लागि, कुन अस्पताल क्षेत्रका लागि आदि निश्चय गर्नुपर्छ। यो हाम्रो देशको खाद्यान्न साम्प्रभुत्व सँग सम्बन्धित छ। हाम्रो जमिनको सदुपयोग होस र “भू-उपयोग ऐन” बनाउन आवश्यक छ।
– रियल स्टेट र भूमाफियाहरू द्वारा निर्मित अव्यवस्थित र अनियन्त्रित रूपमा बढ्दै गएको नयाँ बस्तीहरू माथि अब देखि रोक लगाइनु पर्छ, जसका कारण उपत्यका अस्तव्यस्त र स्प्रल हुँदै छ। यो भन्दा देशका अन्य क्षेत्रमा शहर निर्माण तर्फ ध्यान दिनुपर्छ।
– यस उपत्यकाको पुरानो र प्राचिन सभ्यताको संरक्षण, संवर्दन र विकास हुनु आवश्यक छ। सम्पदा सँग सँगै सम्पदा बस्ती पनि संरक्षित हुनुपर्छ। इन्डिजिनस ज्ञानको प्रयोग हुनुपर्छ।
हामी बाहिरी चक्रपथ र स्याटलाइट सहरको निर्माणको विरोध गर्छौँ। हामीलाई सडक विस्तार र विस्थापनको आवश्यकता छैन। हामी द्रुतमार्गको अलाइन्मेन्टको विपक्षमा छौँ। स्प्रल र अव्यवस्थिततालाई बढाउने परियोजनाको विरोध गर्छौँ। हामी अहिलेको काठमाडौँका क्षेत्रहरूकै स्तरोन्नती गर्ने र अन्य देशका अन्य क्षेत्रमा नयाँ शहर बनाउने पक्षमा छौँ।


कसरी गरिँदैछ?
यस दिन २४ घण्टाका लागि अन्य कुनै पोष्ट सामाजिक संजालमा नहाली #SaveNepaValley भन्ने ह्यासट्याग राखेर केवल त्यही माथिको फोटो मात्र पोष्ट गर्ने

किन यो तस्वीर ? आयोजकका अनुसार यो तस्वीर हाल्दा जनमानसमा एउटा उत्सुकता आउँछ। यो तस्वीरले खासै धेरै कुरा बयान गर्दैन। यसले मात्र खबरदारी जनाउँछ र नेपाः उपत्यका बचाऔँ बारे बोल्छ। जति धेरै मानिसहरूले उही फोटो उही ह्यासट्याग गारी अपलोड गर्छन्, त्यति नै जनमानसमा उपत्यकामा के हुँदैछ भन्ने बारे उत्सुकता र चासो बढन थाल्छ।

यो हड्ताल आयोजकको फेसबुक पेज

2 thoughts on “मंगलबार इन्टरनेट हड्ताल #SaveNepaValley”

  1. प्रविण says:
    August 3, 2017 at 12:33 pm

    बिन बजाउंदा सर्फ नाच्छ भैंसी नाचेको अहिलेसम्म न देखेको छु न सुनेको छु । सायद भैंसी नाचेको पनि सुन्न पाईन्छ कि ।

    Reply
  2. Amar says:
    August 1, 2017 at 12:13 pm

    #savenepalvalley
    Everybody know that road expansion will NOT solve the chaos in Kathmandu. The planners, those in the power, know that outer ring road, smart city, road expansion, view tower at old buspark etc will worsen the situation even more, because more people will come to Kathmandu. There are numereous examples like Bangkok, only wide road will not solve the traffic issue. The so called development projects(outer ring road, smart city, road expansion, view tower at old buspark etc) will only destroy local heritage, ancient cities, local peoples livelyhood, the few remaining greenery in the Kathmandu Valley. Population will grow, we will need more road and we will be trapped into a vicious circle and the ultimate result will be social unrest. Kathmandu will not be livable for coming generations.

    The real solution is decentralization. Save the heritage, save the greenery, save the farm land in Kathmandu. Say no to outer ring road, smart city, road expansion, view tower at old buspark etc. Individual harming of the land may occure but the state sponsored destruction of Kathmandu will make this place unbearable.

    Think 🙁

    It is not about only newars, it is about all the people, who have already settled in the valley. Save Nepa Valley for our children.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme