Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के नेपाल आइडलमा कम्प्युटरबाट पनि भोट गर्न सकिन्छ?

Posted on July 28, 2017July 28, 2017 by Salokya

अहिले चर्चामा रहेको रियालिटी शो नेपाल आइडलमा भोट गर्नका लागि नेपालभित्रका दर्शकहरुले मोबाइलबाट एसएमएस गर्नुपर्ने हुन्छ। प्रति एसएमएस शुल्क करबाहेक पनि ५ रुपैयाँ पर्छ। करसहित जोड्दा झण्डै ७ रुपैयाँ पर्न आउँछ। रियालिटी शोको आम्दानीको एउटा माध्यम यस्तो एसएमएस शुल्क पनि हो।

विदेशमा रहेका दर्शकहरुका लागि नेपाल आइडलको अफिसियल एपबाट भोट गर्न मिल्ने बनाइएको छ। यसबाट भोट गर्दा भने पैसा लाग्दैन। एसएमएस वा एप दुवैबाट भोट गर्न तपाईँलाई मोबाइल नै आवश्यक पर्छ। तर के कम्प्युटरबाट भोट गर्ने कुनै उपाय छैन? छ। आउनुस् तरिका जानौँ।

मोबाइलमा चलाउन सकिने एपलाई कम्प्युटरबाट चलाउन मिल्छ। अर्थात् एन्ड्रोइड मोबाइलमा चल्ने एपहरुलाई गुगल प्ले स्टोरबाट डाउनलोड गरी कम्प्युटरमा चलाउन सकिन्छ। त्यसका लागि तपाईँले आफ्नो कम्प्युटरमा एउटा प्रोग्राम इन्सटल गर्नुपर्ने हुन्छ।

Bluestacks एउटा अमेरिकी कम्पनी हो। यसको एउटा उत्पादन छ एप प्लेयर। यो इन्सटल गर्नुभयो भने तपाईँले एन्ड्रोइड मोबाइलमा चलाउन मिल्ने एपहरु कम्प्युटरबाटै चलाउन सक्नुहुन्छ।

त्यसका लागि सबैभन्दा पहिला जानुस् – http://www.bluestacks.com/

यसलाई इन्स्टल गर्नुस्। इन्स्टल गर्नका लागि योग्य कम्प्युटर (जस्तै पर्याप्त स्पेस र अन्य कुरा) भने हुनुपर्छ।

इन्स्टल गरेपछि प्रोग्राम खोल्नुस्। त्यसपछि सर्चमा गएर आफूले खोजेको एपको नाम टाइप गर्नुस्-

त्यसलाई इन्स्टल गर्नुस्। अनि एप खोलेर चलाउनुस्।

सजिलोको लागि भिडियो हेर्नुस् (नखुले यहाँ क्लिक गरी हेर्नुस्)

नेपाल आइडलको मोबाइलबाट एप चलाएर भोट गर्दा नै समस्या आउने कुरा धेरैले सोसल मिडियामा लेख्ने गरेका छन्। त्यसैले यसबाट भोट हुन्छ नै भन्ने ग्यारेन्टी भने गर्न सकिन्न।

नेपाल आइडलको एप चलाएर कम्प्युटरबाट भोट दिन मिल्छ कि मिल्दो रहेनछ तपाईँहरु आफै गरेर हेर्नुस् अनि तल कमेन्टमा लेख्नुस् है त।

1 thought on “के नेपाल आइडलमा कम्प्युटरबाट पनि भोट गर्न सकिन्छ?”

  1. Pingback: नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा असोज ६ गते हुने; तेरिया, हेमन्त र माग्नेको गेस्ट एपियरेन्स « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme