Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गुरुले गति छाडेपछि यस्तो पनि देख्‍न पाइयो :जागिर जोगाउन सेनासित गुहार

Posted on July 27, 2017July 27, 2017 by Salokya


सेना अचेल गजबको विषय भएको छ। यही सेनाले रेडियो चलाउन लाइसेन्स पाएको छ। सडक विभाग हुँदाहुँदै फास्ट ट्रयाकको सडक खन्ने ठेक्का लगाउने काम सेनाले पाएको छ। टुँडिखेलको सार्वजनिक जग्गामा नक्सा पास नगरी भवन ठड्याउने सेना भएको छ। मेडिकल कलेज खोल्दैछ, हाइड्रो चलाउँदैछ। हुँदाहुँदा अब त जागिर जोगाउन पनि सेनालाई गुहार्ने दिन आएछ। अनि सर्वोच्चले अन्याय गर्‍यो, जागिर जोगाइपाउँ भनी दिएको निवेदन पनि सेनाले दर्ता गर्ने दिन आएछ। के के मात्र देख्नुपर्ने हो बरै अब हामीले।

यस्ता शिक्षक पनि छन्, हरे यिनको बुद्धि? शिक्षक हुन् कि विवेकहराम हुन्? जागिर जोगाउन सेनालाई चिठी? दिन धेरै उज्याला छैनन् शिक्षकका। pic.twitter.com/ip8exRAZj3

— Anamol Mani (@anamolmani) July 26, 2017

अनमोलमणिले सार्वजनिक गरेको यो पत्रमा साउन ११ गतेको मिति र दर्ता मिति पनि साउन ११ कै छ। सात जनाले यसमा हस्ताक्षर गरेका छन्।

पत्रको व्यहोरा अनुसार उनीहरुले स्नातकोत्तर पास गरेका छन्। सरकारको स्वीकृत दरबन्दीमा नै नियुक्त भएका रहेछन्। तर शिक्षक सेवा आयोगले २०७३ चैत १९ गते खोलेको विज्ञापनमा उनीहरुलाई उम्मेदवा बन्न दिइएनछ।

त्यसैले उनीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दिएछन्, तर सर्वोच्चले उनीहरुको पक्षमा आदेश दिएनछ।

यो देशमा कानुनी राज्य मान्ने हो भने सर्वोच्चको फैसला नै अन्तिम हुन्छ। यसको आदेश सबैले मान्नुपर्ने हुन्छ। सेनाले समेत। तर यही कुरा विद्यार्थीलाई सिकाउनु पर्ने अगुवा गुरुहरुले गति छाडेपछि के हुन्छ? त्यसैको नमूना हो यो।

उनीहरुले सर्वोच्चको आदेश हाम्रो पक्षमा नआएकोले न्यायको अन्तिम रक्षक सेना गुहार्ने बाहेक हामीसँग कुनै विकल्प नभएको भन्दै रोजगारीको हक सुनिश्चित गरिदिन नेपाली सेनालाई अनुरोध गरेका छन्।

अब यसमा सेनाले के गर्दो रैछ हेर्न बडा इन्ट्रेस्टिङ हुने भो हेर्नुस्

2 thoughts on “गुरुले गति छाडेपछि यस्तो पनि देख्‍न पाइयो :जागिर जोगाउन सेनासित गुहार”

  1. Machhindra Acharya says:
    July 27, 2017 at 7:57 am

    Yo jana sarkar bhaneko jastai sena sarkar ho

    Reply
  2. माइनस पुमा says:
    July 26, 2017 at 6:48 pm

    हे.. हे… कुन घोचुँले देको निबेदन रैछ??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme