Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हतार हतारमा चप्पल लगाएरै शपथ ग्रहण

Posted on July 26, 2017 by Salokya


हाम्रो अहिलेको राष्ट्रपति कार्यालय साह्रै कडा छ। पत्रकारहरुलाई अस्ति भर्खर तोकेको मर्यादित पोशाक लगाएर मात्र राष्ट्रपति सहभागी कार्यक्रममा आउन उर्दी जारी गरेको थियो। आज भने रमाइलो भएछ। एक जना मन्त्री चप्पल लगाएरै राष्ट्रपति कार्यालयमा शपथ खान पुगेछन्।

खासमा अरु कारणले हैन, हतार हतार भएर त्यसो भएको रहेछ। नेपाली कांग्रेसले धनुषाबाट समानुपातिक सांसद बनाएका महेन्द्र यादवलाई आफू मन्त्री बन्छु भन्ने थाहै थिएन। थाहा होस् पनि कसरी, मिडियामा यी यी मन्त्री बन्दैछन् है भनेर आएका हल्लामा उनको नामोनिसान थिएन।

बरु अर्जुन जोशीको नाम मन्त्री बन्ने लिस्टमा थियो। तर भाग्य खुल्यो महेन्द्र यादवको।

अन्तिममा उनलाई मन्त्री बनाइएको र शपथ लिन तु शितल निवास जानुपर्ने भनियो। अनि हतार हतार उनी कुर्ता सुरुवाल र चप्पलै लगाएर कुदे।

महेन्द्र यादव खानेपानी तथा सरसफाई मन्त्री बनेका छन्।

आज थपिएका १९ मन्त्रीसहित अब मन्त्रिपरिषद् यस्तो भएको छ

प्रधानमन्त्री
१ शेरबहादुर देउवा उद्योग ; वन तथा भू-संरक्षण; विज्ञान तथा प्रविधि; र शान्ति तथा पुननिर्माण

उपप्रधानमन्त्री
२ विजयकुमार गच्छदार सङ्घीय मामिला तथा स्थानीय विकास
३ कृष्णबहादुर महरा परराष्ट्र
४ गोपालमान श्रेष्ठ शिक्षा

मन्त्री
५ गिरिराजमणि पोखरेल स्वास्थ्य
६ ज्ञानेन्द्रबहादुर कार्की अर्थ
७ फरमुल्लाह मन्सुर श्रम तथा रोजगार
८ जनार्दन शर्मा गृह
९ प्रभु शाह सहरी विकास
१० जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
११ गोपाल दहित भूमिसुधार तथा व्यवस्था
१२ मोहनबहादुर बस्नेत सूचना तथा सञ्चार
१३ रामकृष्ण यादव कृषि विकास
१४ महेन्द्र यादव खानेपानी तथा सरसफाई
१५ अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण
१६ वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात
१७ मीनबहादुर विश्वकर्मा वाणिज्य
१८ यज्ञबहादुर थापा कानुन, न्याय, तथा संसदीय मामिला
१९ भीमसेनदास प्रधान रक्षा
२० सञ्जयकुमार गौतम सिँचाइ
२१ राजेन्द्रकुमार के.सी. युवा तथा खेलकुद
२२ टेकबहादुर बस्नेत सामान्य प्रशासन
२३ शिवकुमार मण्डल केवट आपूर्ति
२४ महेन्द्रबहादुर शाही ऊर्जा
२५ आशा कोइराला महिला, बालबालिका तथा समाजकल्याण
२६ सन्तकुमार थारु पशुपंक्षी विकास
२७ मिथिला चौधरी जनसङ्ख्या तथा वातावरण

28 thoughts on “हतार हतारमा चप्पल लगाएरै शपथ ग्रहण”

  1. Rajan says:
    July 30, 2017 at 2:07 pm

    कुर्ता सुरुवाल र चप्पल | अब मुखमा पान चाहियो |

    Reply
  2. Bir Bal ghising says:
    July 28, 2017 at 9:28 pm

    यदि राज्यले अनुशासन राम्रो संग लगाएको भए . हुने थियन गन्जु सिंह र चतुर भुज प्रसाद सिङ्ग पनि दौरा सुरेवल कालो खैरो कोट लगाएर राजाको सामु सपथ लिएको पनि देखियो यो केहि नभएर अनुसासन दयारा लेउनु नसक्नु पिरनम हो , हामीले पहिला इम्पोरार न्यु क्लोथ भन्ने प्रोज पढ्नु पर्थ्यो तेसैको झझल्को लाग्छ मलाई |

    Reply
  3. Anita Maharjan says:
    July 28, 2017 at 10:04 am

    अनि गगन थापा खोई त ?

    Reply
  4. purushottam Nepal says:
    July 27, 2017 at 11:09 pm

    …..पानि मन्त्रि हो नि त खोइ कुरा बुझेको ? जुत्ता पानीले भिजे को जिम्बेबार ?

    Reply
  5. Anirudra Giri says:
    July 27, 2017 at 3:40 pm

    यो देशमा अज्जै बाकी छर नीयम र कानुन, याहाँ त जे बोलिने हुन्छ र जे गरेनी हुन्छ , के भन्ने यस्तै देखीन्छ ।।।

    Reply
  6. Nilima says:
    July 27, 2017 at 9:02 pm

    अब को ८/१० महिना नेपाल चलाउने मन्त्री को झुण्ड देख्दा रिंगटा लागेर आयो /
    छ कसैको मन मा झिनो आशा कि यिनी हरु ले राम्रो काम गर्छन भन्ने ??

    Reply
  7. JB Grurung says:
    July 27, 2017 at 8:57 pm

    रास्ट्रपति को “ड्रेस कोड” ??????

    Reply
  8. Shankar says:
    July 27, 2017 at 8:32 pm

    नया पुराना देश लुटेरा हरु | कट्टु . चप्पल . धोति जे छ तेहिलायेर देस लुट्छन यिनले |

    Reply
  9. S-rose Paudel says:
    July 27, 2017 at 1:34 pm

    Lutne din aaye paxi manxe lai chetn gumauxa… yedi mantri hune news bathroom ma huda sunayeko bhaye!!!!

    Reply
  10. उपेन्द्र निरौला says:
    July 27, 2017 at 6:46 pm

    कुर्ता सुरुवाल र चप्पल मिलेकै छ, सुहाएकै छ ।

    दौरा सुरुवाल कोट र चप्पल लगाएको भए पो समाचार अनेक टिक्का टिप्पणी सुहाउने ।

    I have seen “Nothing wrong” on wearing Chappal.

    Reply
  11. Kabir Man says:
    July 27, 2017 at 12:23 pm

    Timiharu le sapath grahan liyera k garnu nepalma Indian army aayo re Nepal India lai dine sapath grahan ho

    Reply
  12. LAX says:
    July 27, 2017 at 4:43 pm

    सुरुवात राम्रो छ – आज चप्पल विना भोली दौरा-सुरवाल विना पर्सी कट्टु विना – म त पौरखी नेपाली !!!

    Reply
  13. Madan Pahari says:
    July 27, 2017 at 3:23 am

    यो मंत्री मण्डल सांग कसैलाई आसा लागेको छ की ?

    Reply
  14. Ram Babu Shrestha says:
    July 27, 2017 at 2:56 am

    अब फेरी राष्ट्रपतिज्यूले िबज्ञप्ति िनकाल्नु पर्ने भयो ।

    Reply
  15. Dhurba Subedi says:
    July 27, 2017 at 1:52 am

    यी र यस्ता प्रकृतिकाहरु पनि अनुशासनमा बस्नुपर्ने, नीति नियममा बस्नुपर्ने भए त याे देशकाे हालत यस्ताे हुँदैन थियाे हाेला नी त ।

    Reply
  16. Ghayal Kedar says:
    July 27, 2017 at 1:43 am

    Kehi hudaina garib deshma laune ko pir haina khane ko pir garaun

    Reply
  17. Sanu Nep says:
    July 27, 2017 at 1:39 am

    Sapath grahan ko bela kun pahiran ma hunu parne ho achar samhita chhain ki kya ho nepal ko kanun ma?????????

    Reply
  18. Basanta Thapa Magar says:
    July 27, 2017 at 1:25 am

    पद र पोशाकको सम्मान गर्न नसक्ने व्यक्ति र संस्थाले कसरी राष्टको औकात बनाउन र बताउन सक्ला !

    Reply
  19. Dhruba Shrestha says:
    July 27, 2017 at 1:06 am

    Haati chhap chappal

    Reply
  20. Pradeep Karki says:
    July 27, 2017 at 12:54 am

    के गरुन त बिचराले , अत्तो न पत्तो संग मन्त्रि भैस कुदि हाल भने पछि ! दौरा सुरुवाल तयार गरेर बसेका लाई चाहिं नदिएर !

    Reply
  21. Daju Laxman says:
    July 27, 2017 at 12:09 am

    यसरी प्रस्ट हुन्छ आखिर् यो मनता मेरो पारिकै हो । जसरी हुन्छ मर्यादा मिच्ने पहिले पनि हिन्दी भासामा सपथ खाएका थिए कसो यस्ले हिन्दिमा सपथ खान्छु भनेन ।

    Reply
    1. Sanu Nep says:
      July 27, 2017 at 1:34 am

      Chapal matra hoina luga pani chhimeki desh kai ho

      Reply
  22. Paban Dhakal says:
    July 26, 2017 at 11:51 pm

    साॅच्चै हो कि ख्यालख्याल हो, समाचार यो आको?
    चप्पल लगाई मन्त्रीज्यु ले, आज सपथ खाको!
    लाको भए हुन्थ्यो बरु, आफ्नै भेषको लुगा
    किन भाका होलान तिनी, हाॅसको बिचमा सुगा ?

    कस्तो राम्रो दौरा सुरुवाल, नेपाली पन थियो
    पाईजामा र चप्पल लाउॅदा ,अल्लि ईज्जत गयो
    अर्का पनि रैछन मन्त्री , पाईन्ट लगाई आका
    दंग परि मन्त्री भएॅ , भनि सपथ खाका ।।

    Reply
  23. Rajendra Shrestha says:
    July 26, 2017 at 11:10 pm

    Dhanna luga lagaina bhyachha …

    Reply
  24. Jindhagi Sangharsa says:
    July 26, 2017 at 8:35 pm

    Hamro Nepal abo kun din dekhi jurap matrai lagayar saptha khanu berpani laudaian ha ha ha ha

    Reply
  25. Deepak Shrestha says:
    July 26, 2017 at 7:00 pm

    राष्ट्रपतिकाे कार्यालयकाे कुरा हाेइन याे । याे मुलुकका नेता वा मन्त्री कुन दर्जाका हुन् भन्ने याे घटनाले देखाउँछ । कसाे हाफपाइन्ट लगाएर गएन छन् । धन्य नेता । धन्य मन्त्री ।

    Reply
  26. मगर एम लेउडाडा says:
    July 26, 2017 at 6:52 pm

    हतार हतारमा कसो प्यान्टी मात्र लगाएर गएनछन ?

    Reply
  27. Suresh Khadka says:
    July 26, 2017 at 6:28 pm

    अहिले चप्पलमा छन्, भोली ठुला-ठुला महल र महगा गाडिमा हुनेछन् l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme