Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफ्नो हत्याको षड्यन्त्र भएको लोकमानको दावी, ज्यान सुरक्षित भएपछि बल्ल नेपाल फर्कने रे

Posted on July 25, 2017 by Salokya

अहो, त्यतिबेलाको कुरा के गर्ने र। समानान्तर सत्ता चलाएका थिए अख्तियार प्रमुख लोकमान सिंह कार्कीले। तर अति गर्नु अतिसार नगर्नु भन्ने उखान पालना नगरेपछि लोकमानको त्यत्रो साम्राज्य गर्ल्यामगुर्लुम्मै ढल्यो। सुरुमै केही नेताहरुलाई पाता कस्ने मौका थियो तर नेतालाई नछोएसम्म केही हुन्न भनेर बसेका लोकमानको आँखा खुल्दासम्म अबेर भइसकेको थियो। हतारहतारमा लडाकु शिविरको फाइल खोल्नेदेखि एमालेका केही नेताहरुलाई अकुत सम्पतिमा तान्नेसम्मका प्रपञ्च गरे। तर त्यसअघि नै महाभियोगको अस्त्र फ्याँकेर उनको हातखुट्टा बाँधियो। त्यसपछि सुशीला कार्की नेतृत्वको सर्वोच्च अदालतले उनलाई फ्याँकिदियो। त्यसपछि चुपचाप विदेश पलायन भए उनी। लामो समय चूप रहेका उनी अहिले फेरि बोल्न थालेका छन्।

घटना र विचारसँग कुरा गर्दै लोकमानले आफ्नो हत्याको षड्यन्त्र भएको दावी गरेका छन्। यतिबेला उनी कहाँ छन् कसैलाई थाहा छैन। उनी क्यानाडामा गएको भन्ने अनुमान गरिएको छ। तर क्यानाडामा पनि त्यति धेरै नेपालीहरु छन्। लोकमान घरैमा र कोठैमा बसिरहने त हैन होला। यसो बाहिर निस्कँदा वर्दा कोही नेपालीले त भेट्नु पर्ने हो, खै कसैले भेटेका रैनछन् कि के हो।

उनले अन्तर्वार्तामा भनेका छन्- मलाई टेलिफोनमा ज्यान लिनेलगायतका धम्की आउन थाल्यो, मेरो मुभमेन्ट हुने सम्भावित ठाउँहरूमा शङ्कास्पद मानिसका गतिविधि बढ्न थाल्यो । त्यस्तो अवस्थामा मैले आफू हुँडारहरूको बीचमा फसेको हरिणझैँ महसुस गरेँ र ज्यान जोगाउन अनेक उपाय गर्ने क्रममा बिदेसिन पुगेँ।

के कहिल्यै नफर्कने त भन्ने प्रश्नको उत्तरमा उनले भनेका छन्- मेरो ज्यान सुरक्षित रहन्छ भन्ने विश्वास भएका दिन म स्वदेश फर्कन्छु । त्यो भोलि नै पनि हुन सक्छ र थप केही समय लाग्न पनि सक्छ।

कसबाट असुरक्षा रे त उनलाई? उनले भनेका छन्- केही पुराना व्यापारिक घरानाका व्यक्ति, केही राजनीतिक दलका नेता र उच्च तहबाट अवकाशप्राप्त केही प्रहरी अधिकृतहरूले मेरो हत्या गर्नेसमेतको षड्यन्त्र रचेको सुइँको पाएपछि म नेपाल छोड्न बाध्य भएको हुँ । जसले मुलुकमा ब्रह्मलुट गरिरहेका छन् र जो लोकतन्त्र आफ्नो कब्जामा लिएर मनपरीतन्त्र चलाउँदै छन्, तिनले ममाथि दागा धरे।

12 thoughts on “आफ्नो हत्याको षड्यन्त्र भएको लोकमानको दावी, ज्यान सुरक्षित भएपछि बल्ल नेपाल फर्कने रे”

  1. devendra says:
    July 28, 2017 at 10:00 pm

    अन्तराष्ट्रिय निकायले पनि सानो माछालाई मात्रै पक्रने रहेछ, ठुलालाई सक्दैन रहेछ…..हाहा

    Reply
  2. Gurung Naren says:
    July 26, 2017 at 4:08 pm

    Yo bhrastachari desh drohi ho

    Reply
  3. ramu says:
    July 26, 2017 at 9:01 pm

    यो लोके मुला, चुस्न सम्म शुस्यो ऐले मर्चा रे लोल

    Reply
  4. ईमरान खान says:
    July 26, 2017 at 4:59 pm

    जे पनि गर्न पाइने हाम्रो देश नेपाल,
    हुने मालामाल,नहुने सधैं बेहाल,,
    पद र शक्ती हुनेहरु सदाबहार,,,
    बाँकी सबै निराकार.

    जय नेपाल आमाको

    Reply
  5. Arjun Kumar Sharma says:
    July 26, 2017 at 5:26 am

    भ्रष्ट र तस्करहरुलाइ भाग्न दिएर स्वदेशी पुजि पलायन गराउदै छ सरकार, छिटो पाता कसेर नेपाल फर्काओस ।

    Reply
  6. Rakesh Maharjan says:
    July 26, 2017 at 1:10 am

    तिमी नेपाल नफर्केकै राम्रो धर्तीको बोझ अलिकति भएपनि कम भैरा छ ।

    Reply
  7. Kiran Bungnam Rai says:
    July 25, 2017 at 5:57 pm

    सच्चा देश भक्त नेपाली र नेपाली जनताको हितकोलागी काम गर्‍या हो भने लोकमान ले यसरी भग्नुनै पर्दैनै थियो कि एक दिन मर्ने नै जीवन हो देश र जनताको हित हुन्छ भने आखिर मर्न के को डर हो । यो देश यस्तै लोभिपापी र छल कपटिहरुले बदनाम गरयो बरु हरहिसाब नमिलेर चाहिँ आफ्नै आफ्नाले चाहिँ सिध्याउन बेर लगाउन्न किन कि यी पापी र लोभी पखन्दी त त्याहा पनि त होलान नि?

    Reply
  8. Suraj Giri says:
    July 25, 2017 at 5:46 pm

    Na aaou kin aaounu paryo lutnu lutegalyaka chaou yo deslai , aba temelai hamro kamchain , na hamelai timro outai mara arulai ne leyar jaou

    Reply
  9. Krishna Kc says:
    July 25, 2017 at 5:42 pm

    सात पुस्तालाइ भन्दा बडि पुग्ने रुपैया नेपाल सरकारको बिभिन पदमा बस्दा कमाइ गरेको छ तेही पैसा तह लगाउन बिदेस पलायन भएको हो।

    Reply
  10. माइनस पुमा says:
    July 25, 2017 at 5:33 pm

    कसैले मार्दैन हौ मार्दैन।

    Reply
  11. Keshav Bhandari says:
    July 25, 2017 at 5:32 pm

    Kamaunu kamai sako aba kina basxu ra nepal ma

    Reply
  12. Ram Surath Kc says:
    July 25, 2017 at 5:20 pm

    यो सबै नाटक हो भाग्ने भगाउने । आफु पद र शक्ति को दुरुपयोग गरि सन्तान दर सन्तान समन लाई पुग्ने गरि नेपाली जनता को पसिना सोसेकै छ अब बिलासिता को जिबन बिताउन बिश्व को कुनै पनि सुबिधा सम्पन्न रास्ट्र मा बस्ने उपाय हो। ल बाबै गरिब जनता को पसिनाले सधै त्यो छाती पोलोस मर्नि बेला सास पनि हत्तपत्त नजाओस सोझा नेपाली जनता लाई लुटेको धन ले सधै त्रास पुर्न जीवन बाचोस नेपालमा तलाइ कानुन ले समाउन नसकेनी यम लोक मा तेरो हिसाब होस्स यहि छ कामना

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme