आज काठमाडौ पोस्टको पहिलो पेजमा छापिएको सन्जोग मानन्धरको एउटा फोटो निकै चर्चाको विषय बन्यो। उही मिडिया हाउसको अर्को पत्रिका कान्तिपुरको भित्री पेजमा छापिएको हेमन्त श्रेष्ठको अर्को फोटो पनि थियो। त्यसको भने खासै चर्चा भएन। खासमा यो उही समय खिचिएको तर फरक एङ्गलका फोटो थिए।
धेरै चर्चामा आएको फोटो यो थियो। फोटो आफै बोल्ने खालको रहेको भन्दै यसको प्रशंसा भयो। तर फोटोले हैन फोटोको क्याप्सनले केही बोलिरहेका थिए, जसलाई धेरैले वास्तै गरेनन्। फोटो हेर्दा ह्विलचियरमा रहेका मानिसलाई विद्यार्थीले सहयोग गर्न खोजेको जस्तो देखिन्छ। तर क्याप्सनमा भने सहयोग गर्न विद्यार्थीले गरेको प्रयासलाई ह्विलचियर प्रयोगकर्ताले अस्वीकार गर्दै गरेको लेखिएको छ।
कान्तिपुरमा छापिएको हेमन्त श्रेष्ठको अर्को फोटो हेरौँ-
यो फोटोले देखाउँछ त्यहाँ अरु पनि पैदल यात्रु थिए। तर उनीहरु ह्विलचियर प्रयोगकर्तालाई सहयोग गर्न आएका छैनन्। जसले सहयोग गर्न खोजेका थिए उसले पर्दैन भनेको माथिकै फोटोको क्याप्सनले बताउँछ।
फोटोमा देखिन्छपानी कम भइसकेको ठाउँमा ह्विलचियर जाँदैछ र नतानिकन पनि ऊ आफै जान सक्षम छ। शायद् त्यसैले तिमीहरुको दया चाहिँदैन भनेर ‘पर्दैन तान्न’ भनेका हुन् कि।
दुवै फोटो एउटै समयमा खिचेको देखिन्छ। दुवै फोटोमा विद्यार्थीले ह्विलचियर तान्न खोजेको र ह्विलचियरमा भएकोले हात उठाएर पर्दैन भन्दै गरेको देखिएको छ।
पहिलो फोटोमा अरु दृश्य नसमेटिएकोले पानी डरलाग्दो देखिएको छ। दोस्रोमा त्यस्तो छैन।
तर दुवै फोटो एकै समयमा खिचिएको छ। अझ पहिलो फोटोमा क्यामेरा बोकेका एक व्यक्ति पनि देखिएको छ।
तर उसले फोटो खिच्दै गरेको छैन। एकै समयमा खिचेको देखिएकोले त्यो क्यामेरा भने अर्कै व्यक्तिको हुनुपर्छ। के स्वभाविक घटना नभएर तान्न लगाएर यो फोटो खिचिएको हो? ट्विटरमा यस्तो प्रश्न पनि उठेको छ।
पहिलो फोटोको माथिल्लो दायाँ छेउमा हेर्दा पानी देखिन्न। तर दोस्रो फोटोमा हेर्दा पानी नभएको इँटा छापिएको ठाउँ निकै पर देखिन्छ। यस्तो कसरी भयो?
फोटो आफै बोल्छ भन्ने उखान भए पनि यस्ता प्रश्नले फोटोले आफै बोल्दैन भन्ने देखिएको छ।
मेरो देश
फोटो नियोजित रुपमा खिचिएको होस् कि वास्तविक,
यसले सहयोगी भाव जगाउन/बढाउन मद्दत नै पुर्याउँदछ I
अनि ह्वीलचेरमा बस्नुहुनेको हातको इसाराले यो बताउँदछ कि, सहयोग गर्नेको तरिका गलत थियो, “कृपया होस् पुर्याएर बिस्तारै!”
‘फुटग्रफी’ भनेको कला, पर्फेक्ट टाइमिङ र एक्सिडेन्टको अर्को नाम हो । यसमा बहस हुनु राम्रो हो ।
‘फोटो आफैँ बोल्छ’ भन्ने कथन फोटोग्राफी र फोटो-पत्रकारिता राम्रो संग नबुझ्ने हरुले भन्ने भनाइ हो। फोटोले वास्तवमा धेरै कुरा लुकाउन सक्छ भन्ने उदाहरण यी दुई फोटोहरु हुन्। पोष्टमा छापिएको सन्जोगको फोटोको संयोजन ‘ड्रामाटिक’ छ र दर्शकको ध्यान तान्न सफल भयो तर क्याप्सन अलि अपुरो छ। त्यो फोटो मात्रै हेर्दा बौद्ध अगाढीको मूल सडकको बिचमा हो कि भन्ने भ्रम समेत पैदा हुन सक्छ जसलाई क्याप्सनले प्रष्ट पार्न सकेको छैन (जस्तै बौद्ध नजिकैको ‘street’ को सट्टा ‘pavement’ वा ‘sidewalk’ भन्दा उपयुक्त र प्रष्ट हुन सक्थ्यो)। यो कुरा हेमन्तको फोटो हेर्दा मात्रै प्रस्ट हुन्छ। मलाइ जहाँ सम्म लाग्छ तान्न लगाएर खिचेको चाहिँ हैन। यी दुई फोटो अलग एङ्गल बाट खिचिएका छन् र पोष्टमा छापिएको सन्जोगको फोटोमा टेली-लेन्सको प्रयोग भएकोले पानीको भंगालो ठूलो र पृष्ठभूमि अलि नजिक देखिएको हो (जुन ईफेक्ट धेरै mm का टेली-लेन्सहरु प्रयोग गरेर खिच्दा चन्द्रमा ठुलो र नजिकै देखिने कुरामा पनि याद गर्न सकिन्छ)।
Auta photo 1st ma tanna lagda ..ani arko chai tanera xeu samma lagda ko huna sakxa..tyming kei second ghat badh ko hola..
हरेक कुरा लाइ बिपरित दृष्टिले हेर्ने नेपाली को बानि कहिले परिबर्तन हुन्छ, बिस्तारि भनेको पनि त हुन सक्छ, आघादि बाट तान्दा सन्तुलन गुमाउन नि सक्छ. एक चोटी प्रयोगात्मक रुप मा नि सोच्नु होला धन्यबाद !
नेता महाशय लाई लाजमर्दो हुनु पर्ने हो अब !!!
बौदको मानिसहरु घुम्ने बाटोमा तर्फ ह्विलचियरवाला किन जाँदैछ ? सुनियोजित हो कि फोटो खिच्नलाई
कस्तो होला तेती पनि थाहा छैन अर्क्को angle बाट खिचेको भनेर,opposite side को
road हुन पनि सक्छ नि
मन परे माथि नपरे तल
Yo ta thelne kura po ta nani, tanyo vane unbalance vayer accident po hunx ni,
सम्बन्धित निकाय, सम्बन्धित व्यक्तिहरुकाे कानमा बतास लागाेस् ।
It’s all about angle and moment. Look at that moment on front page photo.
The second photo is just nothing. It does not have that feel and emotion.
यसरी तल बात ह्विलचियर ताने पछि ह्विलचियर उत्तानो परि पल्टि हाल्छ नि त्यसैले नतान भनेको हो ।
नियोजीत रुपमा खिचीएको पनि हुन सक्छ फोटोमा फोटोमा क्यामेरा बोकेर उभीएको अर्को ब्यक्ती पनि देखीएको छ।