Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कर छुट पाउनेमा मिडिया पनि, अनि कसरी हुन्छ त फर्छ्यौट आयोगको विरोध?

Posted on July 18, 2017July 18, 2017 by Salokya


आन्तरिक राजस्व विभागमा महानिर्देशक चुडामणि शर्मा अहिले थुनामा छन्। उनलाई अख्तियारले कर फर्छ्यौट आयोगमार्फत् १० अर्ब कर छुट दिई घोटाला गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। नियत नै खराब राखी बनाइएको यो आयोगबारे मिडिया कभरेज हेर्नुभएको भए तपाईँले याद गर्नुभएको होला, केही मिडियाको व्यवहार। किन रहेछ त?

महान्यायाधिवक्ताको कार्यालयलाई समेत आयोगले प्रतिवेदन दिन मानेको थिएन। तर जनताबाट उठाएको कर किन र कसलाई छुट दिइयो भनेर गोप्य राख्न खोज्ने प्रयास विफल भएको छ। खोज पत्रकारिता केन्द्रले प्रतिवेदन हात पारेर सार्वजनिक गरेको छ। त्यो हेर्दा पो थाहा भयो, कर छुट पाउने त मिडिया कम्पनीहरु पनि रहेछन्।

कुन मिडियाले कति छुट पाए त ?


एभिन्युज टेलिभिजनले एक करोड ५१ लाख रुपैयाँ कर छुट पाएको छ।

नेपाल रिपब्लिक मिडियाले १ करोड ४९ लाख रुपैयाँ छुट पाएको छ। यो कम्पनीले नागरिक दैनिक, रिपब्लिका दैनिक, नागरिकन्युज डट कम, माइरिपब्लिका डट कम, रेडियो नागरिक सञ्चालन गर्ने गर्छ।

स्पेसटाइम दैनिकले १६ करोड ८० लाख रुपैयाँ छुट पायो। जमिम शाह प्रकाशक रहेको यो पत्रिका उनको हत्या हुनुअघि नै बन्द भइसकेको थियो।

कामना प्रकाशनले ३३ लाख ७२ हजार रुपैयाँ छुट पायो। यो कम्पनीले नेपाल समाचारपत्र दैनिक, कामना मासिक, साधना पत्रिका प्रकाशन गर्छ।

Companies Tax Discount
Create your own infographics
  • त्रिवेणी डिष्ट्रिलरीले नेपाल सरकारलाई विभिन्न शीर्षकको करबापत ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँ बुुझाउनुपर्ने थियो । कर फछ्र्योट आयोगले त्यस रक्सी कम्पनीसंग जम्माजम्मी ३ करोड ९९ लाख रुपैयाँमात्रै लिएर बाँकी ३ अर्ब २९ करोड १६ लाख रुपैयाँ मिनाहा गरिदियो । आयोगको निर्णयपछि त्रिवेणीले करिब ९९ प्रतिशत कर छुट पायो । यसभन्दा पनि रोचक पक्ष के छ भने मदिरा प्रयोगकर्ताहरुसंग कम्पनीले उठाएको ७० करोड ८७ लाख ७८ हजार मूल्य अभिवृद्धि कर (भ्याट) रकममा समेत १ करोड २४ लाख रुपैयाँ असुल गरी बाँकी छुट दिइयो ।
  • सौरभ फोटो इन्टरनेसनलका नाममा रहेको एक फर्मले ४४ करोड ६६ लाख ८५ हजार रुपैयाँ कर तिर्नुपर्नेमा ९९.९८ प्रतिशत छुट दिई कर फछ्र्योट आयोगले १० हजार रुपैयाँमात्रै राज्यको ढुकुटीमा जम्मा गर्ने निर्णय गरेको छ । आयोगकै कारण त्यस फोटो स्टुडियोलाई खुद ४४ करोड ६६ लाख ७५ हजार फाइदा भएको छ । योसंगै यसैसंग सम्बन्धित सौरभ गु्रप अन्तर्गतका अन्य कम्पनीहरुले समेत भारी छुट पाएका छन् ।
  • १२ वटा करदातालाई शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिइएको छ । सिद्धान्ततः कर प्रशासनले व्यवसायीलाई निर्धारण गरेको भ्याट रकम उपभोक्ताबाट उठाइएको हो । वस्तु तथा सेवा प्रयोग गरेबापत लाग्ने भ्याट रकम छुट दिनु भनेको उपभोक्ताबाट संकलित कर व्यवसायीको पोल्टामा हालिदिनु हो ।

TAX DISCOUNT ABOVE 100 MILLION
Create your own infographics

PERCENTWISE DISCOUNT
Create your own infographics

VAT DISCOUNT > 10 MILLION
Create your own infographics

TAX SECTORAL
Create your own infographics

पढ्नुस खोज पत्रकारिता केन्द्रको रिपोर्ट।

7 thoughts on “कर छुट पाउनेमा मिडिया पनि, अनि कसरी हुन्छ त फर्छ्यौट आयोगको विरोध?”

  1. Shiva Kumar Timilsina says:
    July 19, 2017 at 6:30 pm

    साल्योक्यो जी
    कर छुट बारे विभिन्न मिडिया ले गरेको कभरेज पनि प्रस्तुत गरिदिन्हुन अनुरोध गर्दछु .

    Reply
  2. बिजय तामाङ says:
    July 19, 2017 at 7:56 am

    जनताले तिरेको भ्याट लगायत अायकरमा ९९ सय प्रतिशत छुट दिनेलार्इ सर्वस्व सहित अाजिवन कारावास सजाय दिइनु पर्छ । मृत्युदण्ड नेपालको कानूनमा व्यवस्था गरेको छैन नत्र सोझै फाँसी हुनु पर्ने हो । यसरी राजस्व चुहावट गरेपछि देशको विकास कहाँबाट हुन्छ त ? जताततै भ्रष्टाचार र चुहावट । कहीं राजस्वको चुहावट, कतै तेलको चुहावट त कतै बिजुलीको?

    Reply
  3. Sujita says:
    July 18, 2017 at 5:38 pm

    भ्रस्टाचार गर्ने र गर्न प्रेरित गर्ने दुवै देश को मह शत्रु/ देश द्रोही हो / दुवै लाई कडा भन्दा कडा सजाय दिनु पर्छ /

    Reply
  4. ramu says:
    July 18, 2017 at 5:12 pm

    भाटभटेनी भन्ने चाँहि माओवादि सरकार भएकै कारण नाम नआएको हो त?
    प्रचन्डकै हो भनिन्छ

    Reply
  5. Santosh Sedhai says:
    July 18, 2017 at 8:39 am

    तै भएर पो मिडिया पनि तै चुप मै चुप भएका रहेछन् ।नुनको सोझो गर्न त सबै एक शा एक छन।चाहे त्यो भ्रष्ट नेता,कर्मचारी हुन चाहे पत्रकार

    Reply
  6. Pralhad Pralhad says:
    July 18, 2017 at 7:06 am

    नागरिक माथि पहिलानै संका थियो । चूड़ामणि को चूपनी नगरेको डेख्दा

    Reply
  7. प्रविण says:
    July 18, 2017 at 12:09 pm

    कर छुट नहुने भनेको सर्वा साधारण जनतालाई मात्र हो । थोरै कर तिर्छन् अनि छुट दिए बापत पाउने कमिशन पनि थोरै नै हुन्छ । धेरै कर तिर्नेलाई छुट पनि धेरै हुन्छ अनि छुट दिए बापद कराधिकारीहरुले कमिशन पनि धेरै नै पाउने भए त्यसमाथी मिडियालाई कर छुट दिए पछि हो हल्ला पनि हुने भएन । वाह ! क्या काईदा रहेछ । सिक्नु पर्ने धेरै बाँकी रहेछ हामीले त ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme