Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्लास्टिकको चामल काण्डमा बिचरा व्यापारी : हल्लाको भरमा पक्रने प्रहरी

Posted on July 17, 2017 by Salokya

गएको असार २८ गते हङ्गामा नै मच्चाइयो। प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौँको सानो भर्‍याङस्थित शेरचन ब्रदर्श प्रालिका सञ्चालक टंकप्रसाद शेरचनलाई पक्रियो। बिचरा शेरचनले रोइकराइ गरे। चामल भारतबाट ल्याएको हो कहाँ प्लास्टिकको हुनु भनेर बिन्तिभाउ गरे। प्रहरीको दिमागमा भने त्यो प्लास्टिककै भएको धुन सवार थियो। उसले व्यापारीको कुरा मानेन। पसल सिल गर्‍यो र चामलको नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठायो। शेरचन अनुसन्धानका लागि प्रहरीकै नियन्त्रणमा रहे। अन्ततः सरकारी ल्याबले रिपोर्ट पनि दियो। यस्तो लेखिएको थियो रिपोर्टमा।

साभार : अनवार्ड नेपाल

ल्याब रिपोर्टमा प्लास्टिकजन्य बाह्य पदार्थ अनुपस्थित लेखिएको थियो। भनेपछि प्रहरीको शंका गलत साबित भयो। प्रहरीले प्लास्टिकको चामल बेचेको भन्दै व्यापारीको गरेको बदनामी व्यर्थ साबित भयो।

यो वापत् ती व्यापारीले पाएको भौतिक र मानसिक यातनाको क्षतिपूर्ति कसले दिने?

नक्सालमा रहेको १ नम्बर गणमा शेरचनले बेचेको भनिएको चामलको भात सेलाएको बेलामा खाँदा अररो निल्नै नसक्ने भएपछिको रिसमा परेका रहेछन् उनी। यस्तो पनि हुन्छ र। अब शंकाको भरमा यत्रो पीडा दिए वापत् माफी त मागे उनीहरुले?

अनि अब त प्लास्टिकको चामलको बारेमा हल्ला गर्ने हल्लाखोरहरु पनि चुप बस्नु पर्ने हैन? विज्ञानले नै प्रमाणित गर्न नसकेको प्लास्टिकको चामलको विषयमा किन प्रहरीदेखि लिएर हल्लाखोरहरु पनि उफ्रिएका?

21 thoughts on “प्लास्टिकको चामल काण्डमा बिचरा व्यापारी : हल्लाको भरमा पक्रने प्रहरी”

  1. Sunny says:
    July 19, 2017 at 3:05 am

    मान्छे अहिले अमेरिका अथवा बेलायेत मा भएको भए अहिले करोड या अरब पति भै सक्ने थियो.. त्यो ढिडो खाने बुधि भएको प्रहरी र सरकार लाइ मानहानी र मानसिकता पिडा दिएको कारण lawsuit हालेर मालामाल !! बिचरा पर्यो नेपाल मा के गर्ने ! जंगली राज भएको ठाउ मा जनता ले येस्तै यातना पाउछ ! डान्स बार को कमिसन खाएर गुजारा चलाउने हरु ले अलि अलि काम त देखाउने पर्यो नि ..अब उनि हरु लाइ मेरो कमेन्ट ले मानहानी भयो भनेर यो को रहेछ सन्नी भन्ने भनेर खोज तलाश गर्ने हो कि तर जनता लाइ मान हानि भएको चाहि छु मतलव !!

    Reply
  2. प्रविण says:
    July 18, 2017 at 10:52 am

    नेपालमा प्रहरीलाई अधिकार अलि बढि नै दिएको जस्तो लाग्दछ । प्रहरीलाई लागेको शंकाको भरमा विना अपराध वा गल्ति थुनेर राख्‍नु भनेको मानव अधिकार पनि धज्जी उडाएको जस्तो लाग्दछ ।

    Reply
  3. Ballav Timalsina says:
    July 18, 2017 at 3:44 am

    मैले याे विषय कहिल्यै पनि पत्याकाे थियन र छैन ।

    Reply
  4. dipesh says:
    July 18, 2017 at 2:30 am

    छ्यातिपुर्ती बारे त नेपाल मा कुरा नै नगर्दा हुन्छ. तेस्तो हो भने त हिजो त्यो बालिका तेसरी डुबेको छ्यातिपुर्ती कति करोड हुन्थ्यो अरु बिकसित देसमा. कोइ पनि जिम्मेवारी लिदैन Nepal मा

    Reply
  5. Hem Oli says:
    July 17, 2017 at 6:30 pm

    Sorry
    Such a painful moment !

    Reply
  6. Ram says:
    July 18, 2017 at 12:11 am

    यो सामान्य जाँच गरेर पनि थाह पाउन सकिन्छ चामल हो की प्लास्टिक भनेर तर यसो नगरेर प्रहरी ले ठूलै सोझो मालवाला मूर्गा भटीयो, पहिला पकरौ र तर्साउ अनि समस्या दिउ त्यस बाट जति झरछ झारौ भन्ने मनसाय भय जस्तो देखीयो। नत्र जो कोही निर्दोष ब्याक्ती लाइ कसैले भनेको आधार मा यस्तो न चाहीदो सास्ती दिन पाइन्छ? यो त सरासर power misuse भयकोहो। यस्तो पिडीतको उजूरी गर्ने ठाउ पनि हूदैन र गरे पनि केही हूदैन बरू उल्टै दूख्् मात्र पाइन्छ ।

    Reply
  7. ओलि बिबस कान्छा says:
    July 17, 2017 at 6:06 pm

    चामल भन्दा त प्लस्टिक मगङगो हुन्छ ।मिसायर फाइदा चाहिँ कसरी हुन्च हो मूर्ख हरु …

    Reply
  8. Bijay Shrestha says:
    July 17, 2017 at 3:45 pm

    Must pay indeminity and compensation for harashment and goodwill by police department

    Reply
  9. Bishal Tamang says:
    July 17, 2017 at 1:38 pm

    Police sanga search warrant ra arrest warrant thyo ra?
    Ani byaparilai tyo police le compensate garnu parchha. Power payo bhandaima mann pari garna ta payena ni

    Reply
  10. Pushpamani Dahal says:
    July 17, 2017 at 5:48 pm

    भरतजी
    माथिको लेख राम्रो संग टुप्पो देखी फेंदै सम्म पढ़ेर कमेन्ट गर्नु भएको भए राम्रो हुनेथियो कि ? लेख मा कहीँ पनि तपाईँको भनेको कुरा मेल खाने देखिदैन।

    Reply
  11. Dr. Banita Thapa says:
    July 17, 2017 at 5:45 pm

    प्लास्टिकको पनि कतै चामल हुन्छ? एक त् प्लास्टिक पाक्दैन अर्को चपाएर निल्न पनि सकिदैन, फेरी बजारमा प्लास्टिक चामल भन्दा महँगो हुन्छ. यति सम्म सामान्य ज्ञान नभएका प्रहरी र पत्रकार भएको देस कसरी चलेको छ त्यो सबैले सोच्नु पर्ने कुरा हो. बिना कसुर शेरचन ब्रदर्श प्रालिका सञ्चालक टंकप्रसाद शेरचनले पाएको हैरानी को कुनै औषधि छ?

    Reply
  12. Rajendra Subedi says:
    July 17, 2017 at 11:19 am

    pakranu aghi check garer pramaanit vaye pakranu ni ! stupid haru.

    Reply
  13. आउटडोर नेपाल प्रिन्टिंग प्रेस says:
    July 17, 2017 at 9:38 am

    Thegdar change garer aafnu manchhe rakhna ho la ni

    Reply
  14. Niru says:
    July 17, 2017 at 3:08 pm

    यो हल्लै हल्ला को देश हो /

    Reply
  15. Milan Baral says:
    July 17, 2017 at 9:14 am

    Plastic ko chamal banauna ta cost jhan badi lagxa hola

    Reply
  16. SanjayM says:
    July 17, 2017 at 2:39 pm

    कान्तिपुर पत्रिका ले समेत समाचार बनाएको थियो यो बिसयमा, चिनमा समेत नबन्ने प्लास्टिकको चामलको बारेमा.

    Reply
  17. नर्मल सिंह says:
    July 17, 2017 at 2:10 pm

    सरकारले तुरुन्त माफी पनि माग्नु पर्छ र उचित छतिपुर्ती पनि दिनु पर्छ I
    छतिपुर्ती – व्यापार घाटा, मानसिक तनाब, अहिलेको र भविष्यको बदनामीबाट लाग्ने घाटा I
    साथै, भविष्यमा एस्तो कुराहरु सरकारले अलि गम्भीररुपमा लिनु पर्यो I

    Reply
  18. Madhavprasad Khanal says:
    July 17, 2017 at 7:52 am

    Yo scrin ma dekhiyako chamal msino r lamcho chha Tara plastic ko bhani pacrau ko bela dallo r Moto chamal dekhinchha ke ho?

    Reply
  19. Angchhiring Sherpa says:
    July 17, 2017 at 7:48 am

    Government must compensate the lost and wrong action.

    Reply
  20. Bj Bir says:
    July 17, 2017 at 7:32 am

    पढ्या लेख्या जानकार मान्छे भय पो वुद्धि पुर्याउँछ

    Reply
  21. Bharat says:
    July 17, 2017 at 1:12 pm

    खुशी लाग्यो होइन रहेछ तर प्रहरिले शंका बिसय अनुसन्धान त गर्न पौनु पर्‍यो नि सालोक्यजी, तपाईं देश बिदेश घुमेको मान्छे, बिदेशमा प्रहरिलाई कती अधिकार हुन्छ भन्ने कुरा यहाँलाई जानकारी दिनु नपर्ला।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme