Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँका मेयर साबको नीति तथा कार्यक्रम : घरको कम्पाउन्ड वाल हटाउनेदेखि स्मार्ट शौचालयसम्म

Posted on July 15, 2017 by Salokya

काठमाडौँ महानगरपालिकाका मेयर विद्यसुन्दर शाक्यले शुक्रबार भएको नगरसभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरे। १३ पानाको नीति तथा कार्यक्रममा स्मार्ट शौचालय र ई ट्वाइलेट बनाउनेदेखि सहरलाई राम्रो बनाउन व्यक्तिको घरको कम्पाउन्ड वाल बनाउन निरुत्साहन गर्नेसम्मका कुरा छन्। कम्पाउन्ड वाल चाहिँ स्मार्ट सिटीको अवधारणालाई मूर्त रुप दिन रे।

नीति तथा कार्यक्रममा महानगरपालिकाको गतिविधि अद्यावधिक गर्न वेबसाइटलाई अपडेट गर्ने कुरा पनि रहेछ। तर नीति तथा कार्यक्रम प्रस्तुत भएको २४ घण्टा नाघिसक्दा पनि महानगरको वेबसाइटमा यो अपलोड भएको छैन। त्यसैले बाध्य भएर मैले नै मोबाइलमा फोटो खिचेर यहाँ अपलोड गर्नुपरेको छ। हेर्नुस् १३ पन्ने नीति तथा कार्यक्रम।

12 thoughts on “काठमाडौँका मेयर साबको नीति तथा कार्यक्रम : घरको कम्पाउन्ड वाल हटाउनेदेखि स्मार्ट शौचालयसम्म”

  1. प्रविण says:
    July 18, 2017 at 11:07 am

    नवनिर्वाचित स्थानीय निकायका जन प्रतिनिध अनि स्थानीय निकायकै केही कर्माचारीहरुको हालसालैका कुराहरु सुन्ने हो भने सडकको खाल्टा खुल्टी पुर्ने काम सडक विभागको रे । भाँचिन अाँटेका अनि सयौं कम्पनिहरुको लथालिङ्ग भएर झुण्डिई कुरुप देखिने तार र बिजुलीका पोल हटाउने काम बिद्युत र दुरसंचारको, ढलका ढकनी हाल्ने र बन्द भएका ढल खुलाउने काम खानेपानी र ढल निकास संस्थानको, सडक बढाल्ने काम खै कुनी कस्को, सडक बत्ति बाल्ने काम खै कुनी कस्को ………………………… स्थानीय निकायको काम त खाली स्थानीय कर असुल्ने, सार्वजनिक स्थानमा सवारी साधन पार्किङ्ग गरेको शुल्क असुल्ने तर पार्किङ्ग गरिएका सवारी साधनको सुरक्षााको जिम्मा नलिने, सडक छेउ छाउमा राखेका होर्डिङ् बोर्डको दरो रकम असुल्ने अादि ईत्यादी मात्र हो रे ।
    बाँकी रह्यो योजनाको कुरा सबै योजना जति जो जोले मन लाग्यो त्यसैले बनाउने तर कार्यान्व्यन हुने नहुने राम जाने ! राष्ट्रिय योजना आयोगको काम चाँही खै के होला छुट्याउन बाँकी छ ।

    Reply
  2. Mohan Subba says:
    July 17, 2017 at 5:05 pm

    जनताहरुको निजि घरको कम्पौंड हटाएर स्मार्ट हाउस बनाउनु लागेको हो कि?

    Reply
  3. Rachana says:
    July 17, 2017 at 12:56 pm

    हामीलाई स्मार्ट सिटी भन्दा पहिला मान्छे बस्न योग्य सहर निर्माण गरि देउ ..भोली फेरी कसैको सन्तान ले एस्तो दुर्दशा भोग्न नपरोस ..

    Reply
  4. Rajesh Gautam says:
    July 16, 2017 at 8:50 am

    Dhal ko mukh chopnu chaina smart city re….

    Reply
  5. Carmacharya Romans says:
    July 16, 2017 at 8:39 am

    jehosh planning chai daro chha bt paper work ma matra ta hola ni ..

    Reply
  6. Robin Jung Gurung says:
    July 16, 2017 at 5:35 am

    Smart dhal ko karanle 1 balikako jyan gayo.

    Reply
  7. Ran Dhojthapa says:
    July 16, 2017 at 3:40 am

    smart road बनाय कसो होला?

    Reply
  8. Vagirath Parajuli says:
    July 16, 2017 at 1:37 am

    Hey k kl smart toilet k ko smart city hai

    Reply
  9. bijay says:
    July 16, 2017 at 6:48 am

    अनुभब भएको मान्छेलाई जितायेपछी येस्तै येस्तै कुरा हुन्छ/
    कुरा गर्दै गरौँ अर्को चुनाबमा नेपालले चन्द्रमामा रकेट पनि पठाउने कुरा हुन्छ होला ..मोनोरेल को मात्र कति सपना देखाउने..
    ल काठमाडौको जनता सपना देखौ अर्को चुनाबसम्म..
    जस्ता (काठमाडौका जनता) लाइ तेस्तै ( मेयर )..

    गणेशमानले भनेको थियो जनता भनेका भेडा हुन्.

    Reply
  10. vijay says:
    July 16, 2017 at 5:55 am

    Excellent job,mayor saab.

    Reply
  11. डा. सुरज मास्के says:
    July 16, 2017 at 3:36 am

    स्मार्ट शौचालयको फोटो सम्म हेर्न पाएपनि चित्त बुझाउने थिए ।

    डा. सुरज मास्के

    Reply
  12. Niraj Wagle says:
    July 15, 2017 at 6:07 pm

    यिनलाई कसैले ढलको ढकनी बन्द गर र दिमागको ढकनी खोल भन्देउ हो। २ महीना पुग्न लाग्यो सिंको भाच्या होईन घोषणा बाहेक।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme