Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सर्पको टोकाइबाट हत्या ? फर्स्ट लेडी आरजु देउवाले संसदमा त्यसै भन्नुभो त

Posted on July 14, 2017 by Salokya


देउवा परिवारलाई दशा लागेको छ कि के हो। अघिल्लो हप्ता प्रधानमन्त्री शेरबहादुर देउवा दुई वटा काण्डमा फँसे। सुरुमा साझा सवालमा तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ भन्ने। त्यसपछि फेरि बाढीपीडितलाई राहत दिने घोषणा गर्नुपर्नेमा ज्ञापन पत्र पढ्ने। आज फेरि फर्स्ट लेडी अर्थात् प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले त्यसै गरिन्। संसदको बैठक बस्ने बित्तिकै ढ्यापढ्यापे समयको सुरुमै बोल्दै आरजुले महिलामाथि यो हप्ता भएका हिंसाको बेलिबिस्तार लगाइन् र अन्त्यमा भनिन्- र, दैलेखमा छाउपडी गोठमा २१ वर्षकी तुलसा शाहीको पनि सर्पको टोकाइबाट हत्या भएको सुन्नमा आएको छ।

सर्पको टोकाइ वा डसाइबाट मृत्यु भएको भन्नुपर्नेमा उनले हत्या भएको भन्न पुगिन् र हत्याराहरुलाई उपयुक्त सजायको लागि सरकारको ध्यान आकर्षित गर्न चाहन्छु भनिन्।

सारमा कुरो सही नै हो। मासिक धर्म हुँदा महिलालाई घरभन्दा पर गोठमा अर्थात् छाउपडीमा बस्नुपर्छ भन्ने कुरीतिका कारण त्यसरी बस्न बाध्य गराउनेहरुले हत्या गरेका हुन्। सारमा हत्या नै भएको हो।

तर शब्द चयन ठीक नहुँदा सर्पले टोकेर हत्या भयो, हत्यारा अर्थात् सर्पलाई कारबाही गर्नुपर्छ भन्ने जस्तो सुनियो।

भिडियो हेर्न क्लिक गर्नुस्–

40 thoughts on “सर्पको टोकाइबाट हत्या ? फर्स्ट लेडी आरजु देउवाले संसदमा त्यसै भन्नुभो त”

  1. bibek dhakal says:
    July 15, 2017 at 9:44 am

    वाह बनिता डाक्टरसाब , अनि नेपाली राम्ररि बोल्न नसक्ने, नेपाली भन्दा अंग्रेजी राम्रो बोल्ने व्यक्ति नेपालको संसदीय व्यवस्थाको सदस्य कसरि भयो त? के यो भारत हो ?

    Reply
  2. Dipesh Shahi says:
    July 14, 2017 at 3:22 pm

    त्यो भनार्इमा मिस्टेक थियो, तर हत्या त एक प्रकारको सामाजिक हत्या नै हो। संस्कारले बाध्य पारको

    Reply
  3. Dr. Banita Thapa says:
    July 14, 2017 at 6:13 pm

    नेपाली भाषामा त्यति ज्ञान नभएको कारणले म्र्त्यु भन्नु पर्नेमा हत्या भयो होला तर आसय त् गलत छिन नि, जे कुरा लाइ पनि बिरोध गर्ने काम नगर्दा हुदैन?

    Reply
  4. बासु says:
    July 14, 2017 at 6:06 pm

    आबुई नि | यस्ता हत्यारा दुलो दुलोमा कति लुकेका होलान् | कसरी तह लगाउने होला नि भाउजुजी |

    Reply
  5. Pradip Poudel says:
    July 14, 2017 at 11:17 am

    Abaa budi lai maantriii banauny deuwaaa ko kutniti hho yyo ssab budi lai hilight garayra mantri banaauny dau ho yo sab

    Reply
  6. Somlal Kandel says:
    July 14, 2017 at 11:14 am

    कालो बोकोले पनि खासै काम गरेजस्तो छैन हो

    Reply
  7. Krishnaraj Giri says:
    July 14, 2017 at 9:24 am

    Bolda halka mistek hunu thulo kura hoina bujhnele milayar bujhnuparoni

    Reply
  8. Rajendra says:
    July 14, 2017 at 12:56 pm

    सच्चि देउवा निवासमा त हरेक दिन मज्जाको इनतरतेनमेन्ट हुन्छ होला, लोग्ने स्वास्नी झगडा हुने बेलामा, कसैले कसैको नबुझ्ने

    Reply
  9. Gopi K. Baral says:
    July 14, 2017 at 7:08 am

    हाहाहाहा सेरेको बुडाबुडी ले हसाएर मार्ने भए

    Reply
  10. Netra Bagale says:
    July 14, 2017 at 6:23 am

    सर्पको टोकाइबाट हत्या???

    Reply
  11. Archana Pandit Pokhrel says:
    July 14, 2017 at 4:50 am

    Thikai bhannu bhAcha shrimati deuba le hatya nai ho tyo. Samajko aandabishwasle gareko hatya

    Reply
  12. Yambdr Gc says:
    July 14, 2017 at 3:45 am

    nepali congress jinda bat vot k ma hasiya hatauda ma vanne mahasay ki shreemati jo parnu vo????

    Reply
  13. Suresh Khadka says:
    July 14, 2017 at 3:22 am

    हरे के भाको आजकल ! यस्का लोग्ने स्वास्नीलाई के बोल्ने के नबोल्ने, के बोल्नु पर्छ के बोल्नु हुँदैन , लौन कस्ले सम्झाउने

    Reply
  14. Madan Pahari says:
    July 14, 2017 at 2:36 am

    साछिकै मनमा जनताको माया भर बोलेको भे पो भत्ता पचाउन मन नलागी नलागी बोल्दा अलिअलि बिग्रिन्छ के

    Reply
  15. पुर्ण मगर says:
    July 14, 2017 at 2:23 am

    हो यो हत्यारा लाइ जन्म कैद हुनु पर्छ ।।।

    Reply
  16. Dee Raaz Thakoori says:
    July 14, 2017 at 2:20 am

    udhogati.

    Reply
  17. Aryal Hari says:
    July 14, 2017 at 2:05 am

    कुरा सही हो

    Reply
  18. Jeams Nepal says:
    July 14, 2017 at 1:44 am

    Achamma ko samsad

    Reply
  19. Jeams Nepal says:
    July 14, 2017 at 1:43 am

    Hehehe

    Reply
  20. Spandan Kamal says:
    July 14, 2017 at 1:11 am

    First lady …

    Reply
  21. Niraj says:
    July 14, 2017 at 6:36 am

    तीयो सर्प लाई जन्म कैद हुनु पर्छ वह फासी हुनु पर्छ हजुर .

    Reply
  22. Kamala Kc says:
    July 14, 2017 at 12:27 am

    यो हत्या नै हो । उसलाई ज जस्ले छाउ गोठ्मा बस्न बध्य गराए ती सबै सबै हत्यारा हुन ।

    Reply
  23. Kishor Darnal says:
    July 14, 2017 at 12:16 am

    यो सबै नाटक हो केही होईन

    Reply
  24. Malla Man says:
    July 13, 2017 at 11:50 pm

    दूध गुना को पुत हुदैन
    सङगत गुना को पारङगती हुन्छ !भनेको यति हो सेरेकी श्रीमती भए पछि केही गुण त सर्छ नि हो

    Reply
  25. Biju Bista says:
    July 13, 2017 at 11:31 pm

    यतो मान्छे कसरी डाक्टर को सटिपिकेट पायो ?????आफै लाई कति लाजमर्दो भयो होला हेर बिचरी

    Reply
  26. Indira Ghale says:
    July 13, 2017 at 11:11 pm

    Sarplai ssjayadine ke sajaya chha nepalko kanoonma hajur

    Reply
  27. RaM bahadur says:
    July 14, 2017 at 4:47 am

    आरजु पनि देउबा को श्रीमती हिन लाएक रहिछिन / सार राम्रो भएय पनि बोल्न नाउने रहेछ/ It is a fact that she become MP due to husband, a lot of other MP are very similar. The political leaders should be charismatic and visionary. The proportional representation is making our system even worse.

    Reply
  28. Rozzan Aarush Bhattarai says:
    July 13, 2017 at 9:56 pm

    Well done, Umesh Shrestha ji.Thanks for clarifying.

    Reply
  29. Bmlimbu Bibas says:
    July 13, 2017 at 9:50 pm

    कति हांस्नु

    Reply
  30. Deb Gautam says:
    July 13, 2017 at 9:43 pm

    हा हा हा हु !

    Reply
  31. Raju Adhikari says:
    July 13, 2017 at 8:56 pm

    Yasta joi , poi le chala ko hamro nepal thukka

    Reply
  32. Abilash Shrestha says:
    July 13, 2017 at 8:51 pm

    haha

    Reply
  33. Dhurba Subedi says:
    July 13, 2017 at 8:47 pm

    बाेल्दा अली विचार पुर्याउनुपर्ने, विचरा यसपाली दशाहरुले घेरे जस्ताे छ, यसाे हेराउने, चराउने, झारफुक गर्ने की

    Reply
  34. Shukla Ji says:
    July 13, 2017 at 8:46 pm

    रातोबंगला रुपी स्कूल चलाउ छिन र नेपाल का धनी वर्ग का बच्चा शिक्षित हुंछन इनी बाटा…..

    जंता माूर्ख र अनपढ कुतार्किक भये पछी कसै को केही लाग्दैन उही पुराना भ्र्षट ओली आदि मिले र देश बर्बाद गरी राख्छन….जंता विदेशी को दासता गर्छन र समय बिताउन जीरे खुर्सानी सुंतली छदैछन…

    Reply
  35. Bharat Raj Gyawali says:
    July 13, 2017 at 8:41 pm

    बिचरा डाक्टर आर्जु

    Reply
  36. Basanta Thapa Magar says:
    July 13, 2017 at 8:21 pm

    फस्टलेडी नर्वस भइबक्स्को होइन होला तर के बोल्दैछु । बोलेको शब्दले के अर्थ लाग्छ कृपया बोल्नु पुर्व सोच्ने र के बिषयमा कस्तो शब्द प्रयोग गर्ने बानी बसालिबक्सेला ।
    यो कुरति र अन्धविश्वासले जन्माएको दुखद घटना हो यसमा परिवार सदस्य मात्रै होइन समाज र राज्य पनि दोषी छ अर्थात देउवाज्यु र आरजुज्यु जस्ता धेरै दोषी होइसिन्छ । समाजमा यो चलन र अन्धविश्वास नभएको भए , राज्यले यो कुरिती हटाउन उचित पहल , शिक्षा , सचेतना , कानुन , संजाय दिलाएको भए यो घटना घट्ने थिएन हजुर ! होइन र ?

    Reply
  37. Kapindra Regmi says:
    July 13, 2017 at 8:08 pm

    त्यों सर्प को सरबस्यो हरण गरनूपर्यो

    Reply
  38. Rohini says:
    July 14, 2017 at 1:38 am

    यो हत्या नै हो र हत्यारा त्यो हो जसले उनलाई गोठमा बस्न बाध्य बनाए | सायद उनि घरमै बस्न चाहन्थिन |

    Reply
  39. Laxman Subedi says:
    July 13, 2017 at 7:38 pm

    कान्ड मच्चाउन खप्पिस हामी पनि कम छैनौ नि बोल्नेले हल्का नमिलाइ बोलेको पनि हो । छाउपडी गोठमा बसेको कारणले सर्पले टोकेर मिर्त्यु भो यो मिर्त्यु भन्दा नि हत्या जस्तो भो तेसैले छाउपडी गोठमा पठाउने हत्यारालाइ कार्वाही होस भन्ने तिनको मनसाय हो तर डा. उपाधी पाएकी र प्रथम महिला समेत रहेकि तिन्ले ढंग नपुर्याइ हतारमा बोलेकी चै हुन ।

    Reply
  40. Kalyan Karki says:
    July 13, 2017 at 7:32 pm

    Yeti ko lekhna sakne manche le yo kura bujera pani nabhuje jhai gareko jasto lagyo malai ta..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme