Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गल्ती बैँकको सजाय मैले पाउने?

Posted on July 14, 2017July 15, 2017 by mysansar

-चक्र गुरुङ-
च्याउ सरी उम्रिएका बैंकहरुमा समस्याहरु पनि उस्तै देखिएका छन्। गल्ती बैंकले गर्ने, घाटा ग्राहकले ब्यहोर्नु पर्ने। कुरो गत २० जुनको हो। मेरो खाता नयाँ बानेश्वरको एभरेस्ट बैंकमा रहेको छ। म संखुवासभाको खाँदबारी गएको बेला चेकबुक बोक्न भुलेछु तर चिन्ता थिएन, मसँग एटिएम भिसा कार्ड थियो।

खाँदबारीको एभरेस्ट बैंकसँग एटिएम मेशिन रहेनछ। पैसा निकाल्न नबिल बैंकको एटिएम जाने सल्लाह दियो एभरेस्टको कर्मचारीले। कारण एटिएमको चार्ज सस्तो तर एक ट्रान्जेक्सनको १५० लाग्दो रहेछ।

अरु पटक पैसा निकालियो, ठीकै भयो। तर २० जुनको दिन भने पैसा निस्किएको स्लिप आयो, मोबाइलमा म्यासेज पनि आयो, खाताबाट पनि घट्यो तर नगद भने निस्किएन।

मैले तुरुन्त नबिल बैंकमा जानकारी गराएँ। उसले एभरेस्ट बैंकमा नै गएर रकम दाबी गर्न भने। मैले खाँदबारीको एभरेस्टमा सम्पर्क गरेँ। एउटा नगद क्लेमको फर्म भर्न लगाए। मैले भरें। तर यत्रो दिन भैसक्यो अहिलेसम्म फिर्ता भएको छैन।

काठमाडौँ आएर नयाँ बानेश्वरको एभरेस्ट बैंकमा पनि सम्पर्क गरेँ। त्यहाँबाट पनि नगद फिर्ता हुन्छ भन्ने मात्र जानकारी पाइयो। कहिले पाइन्छ भन्ने स्पस्ट जानकारी पाइएन। यत्रो दिन बित्दा पनि नआएको पैसा कतै गायब हुने त हैन भन्ने चिन्ता लाग्न थालेको छ।

अर्कोतिर हामी जस्तो कम आय भएको ब्यक्ति १५ दिन भन्दा धेरै दिन ३० हजार रुपैयाँ बेपत्ता हुँदा परिवार गुजारामा समस्या आएको कस्ले बुझिदिने?

अपडेट :
प्रतिकृयाका लागि सबैलाई धन्यबाद, अझ पछिल्लो अप्डेट थप्न चाहन्छु ,

मैले फेरि १३ जुलाई अर्थात् २३ औं दिनमा एभरेस्ट बैंक नयाँ बानेश्वरको एटिएम शाखामा सम्पर्क गरेँ। कर्मचारीले खै कता फोन लगाएर कुरा गरेपछि नबिल बैंकले पैसा झिकिसकेको जवाफ दिएको जानकारी दिइयो। मैले भनेँ ‘यदि पैसा मेसिनबाट निस्किएर मैले लिएको भए सिसी क्यामेराको फुटेज हेर्दा थाहा हुन्छ।’ तर नगद प्राप्त भएकै थिएन। मैले केही छिन यो विषयमा त्यहाँ डिस्कस नै गरेपछि कर्मचारिले फेरि पुन: प्रोसेस गरिदिन्छु भन्यो। मलाई झन् थप चिन्ता भयो किनकी अझै नगद फिर्ता आउने निश्चित नै भएन। त्यसपछि सिधै नबिल बैंकको प्रधान कार्यकालको एटिएम विभागमा गएर मेरो समस्या दर्साएँ। म त्यतिखेर पो झन छाँगाबाट खसे झैं भए कि त्यतिबेलासम्म एभरेस्ट बैंकले कुनै पहल नै नगरेको पत्ता लाग्यो। यो रकम हामीसँग पेन्डिङ छ। अहिलेसम्म कुनै बैंकबाट क्लेम आएको छैन। तपाइले सम्पर्क गर्नु भो हामी एभरेस्ट बैंकको खातामा तुरुन्त ट्रान्स्फर गरिदिन्छौँ। तपाईँले बैंकलाई तपाईँको खातामा जम्मा गर्न लगाउनुस् भनेर नबिल बैंकको कर्मचारीले जानकारी दिए। भोलिपल्ट पुन: नबिल बैंकको सूचना दिएर एभरेस्ट बैंकमा निबेदन दिएको छु। हेरौँ अझै पैसा फिर्ता आउँछ आउँदैन।

20 thoughts on “गल्ती बैँकको सजाय मैले पाउने?”

  1. Ramakanta says:
    July 16, 2017 at 7:17 am

    I think its happens sometime due to technical problem. Last year I went to deposit $1500 in Commonwealth Bank of Australia and deposited using self-deposited machine. But It was deposited only $1250 and I got the receipt for the same. It was Sunday-no one at bank as public holiday. Then I called to Bank’s 24 hours service and they told they would report it to the branch. Next day the manager from the branch where I deposited called me and told they were investigating for the issue. After a week I got my money back what was missesd

    Reply
  2. Prabin Thapa says:
    July 15, 2017 at 4:26 pm

    दुर्गा जि बैंकको कर्मचारि हो कि जस्तो लाज्ञो चक्र जिको दाबी अनुसार सिसी क्यामेराको फुटेज हेर्दा सत्य कुरा थाहा भइ हाल्छ नि । हिजो आज बैंकको गडबड धेरै देखिन थालेको छ .

    Reply
  3. Syner Dtx says:
    July 15, 2017 at 5:56 am

    It will take 45 days to get your money back

    Reply
  4. Chakra Gurung says:
    July 15, 2017 at 11:15 am

    प्रतिकृयाका लागी सबैलाई धन्यबाद, अझ पछिल्लो अप्डेट थप्न चाहन्छु ,
    मैले फेरि १३ जुलाई अर्थात २३ औं दिनमा एभेरेस्ट बैंक नयाँ बनेस्वोरको एटिएम शाखामा सम्पर्क गरे, कर्मचारिले खै कता फोन लगाएर कुरा गरेपछी नबिल बैंकले पैसा झिकिसकेको जवाफ दिएको जानकारी दिइयो, मैले भने ‘यदी पैसा मेसिनबाट निस्किएर मैले लिएको भए सिसी क्यामेराको फुटेज हेर्दा थाहा हुन्छ ‘। तर नगद प्राप्त भएकै थिएन । मैले केहिछिन यो विषयमा त्यहाँ डिस्कस नै गरेपछी कर्मचारिले फेरि पुन: प्रोसेस गरिदिन्छु भन्यो । मलाई झन थप चिन्ता भयो किनकी अझै नगद फिर्ता आउने निश्चित नै भएन । त्यसपछी सिधैं नबिल बैंकको प्रधान कार्यकालको एटिएम बिभाग गएर मेरो समस्या दर्साए, म त्यतिखेर पो झन छाँगबाट खसे झैं भए कि त्यतिबेलासम्म एभरेस्टबैंकले कुनै पहल नै नगरेको पत्ता लागयो । यो रकम हामीसंग पेन्डिङ छ अहिलेसम्म कुनै बैंकबाट क्लेम आएको छैन, तपाइले सम्पर्क गर्नु भो हामी एभरेस्ट बैंकको खातामा तुरुन्त ट्रान्स्फर गरिदिन्छौ, तपाइले बैंकलाई तपाइको खातामा जम्मा गर्न लगाउनुस भनेर नबिल बैंकको कर्मचारिले जानकारी दिए । भोली पल्ट पुन: नबिल बैंकको सुचना दिएर एभरेस्ट बैंकमा निबेदन दिएको छु, हेरौ अझै पैसा फिर्ता आउछ आउदैन !

    Reply
  5. purushottam Lohani says:
    July 15, 2017 at 12:47 am

    मैले पनि त्यहि समस्या भोगेर भारि कमेन्ट हालेर एकाउन्ट क्लोज गरे एभरेस्ट बैंकमा,अनि अहिले इन्भेस्टमेन्ट बैंक प्रयोग गरिराछु,
    कुरा केहि अगाडीको हो ललितपुरको पाटन हस्पिटल नजिकै इन्भेस्टमेन्ट बैंकको साखा रहेछ तर त्यहि नजिकको बैंक नदेखेर राष्ट्रिय बाणिज्य बैंक को एटियम बुथ प्रयोग गर्दा मलाई नि सोहि प्रोब्लेम भाको थियो तर फोन गरेको एक हप्तामा मेरो पैसा खातामा आयो ..नेपालमा अलि बिस्वासिलो र सुबिधायुक्त बैंक यहि छ जस्तो लाग्छ मलाई त !

    Reply
  6. Tilak Shrestha says:
    July 14, 2017 at 5:54 pm

    गरिब को छोरा लाई खत्तम नै पारेछ नि

    Reply
  7. Cre-stha Suvas says:
    July 14, 2017 at 5:47 pm

    Suman Glaan Suman same problem that u r facing with Nmb bank

    Reply
  8. नेवा says:
    July 14, 2017 at 4:57 pm

    यहाँ यस्तै हो| मेरो हिमालयन बैंकबाट कारोबार गर्दा नि यस्तै समस्या आएको थियो| फर्म भरे तर पैसा जम्मा हुन त्यस्तै महिना दिन नै लाग्यो तर ब्रान्च मेनेजरले फोन गरेर जानकारी अनि माफी माग्नु भाको थियो|

    Reply
  9. Manish says:
    July 14, 2017 at 4:51 pm

    मेरो नि same समस्या भएको थियो हिमालयन बैंक मा मेरो खाता थियो र ठमेल मा जादा हिमालयन बैंक को अ.त्.म नभेटेर गोलोबल बैंक को अ.त्.म बाट निकाल्न खोजेको तर पैसा चाही काट्यो पैसा भने निस्केन अनि तुरुन्तै हिमालयन बैंक मा खबर गरे तर तपाइलाई जस्तै मलाई पनि जुन अ.त्.म बाट निकाल्न खोजेको थिए या भनौ जुन बैंक बाट पैसा काटेको क्ष तेस्लाई कुरा राख्नु वन्यो र मा गए पनि तेत बाट फेरी उतै फर्कैदियो अनि तेत फोरम वर्ण लगायो यो त्यो तेस्पत्ची कुर्दा कुर्दा लगभग ६५ दिन मा आयो . तर सुस्त लग्यो हाम्रो नेपालका बैंक हरु को सुबिधा वानु कि क भनौ …….

    Reply
  10. Akash, Lokanthali, Bhaktapur says:
    July 14, 2017 at 4:04 pm

    कुरो को चुरोमा नपुगी समाचार सम्प्रेशन नगरेको भए राम्रो, कमेन्ट गर्ने ले पनि बुझेको राम्रो….
    गल्ती जो कसै बाट हुन सक्छ व्यक्तीबाट, संस्थाबाट अथवा कुनै इक्युइप्मेन्ट बाट । सन्शोधन को निश्चित प्रकृया हुन्छ र ढिलो भए पनि चाडै भए पनि त्यो तपाईं हाम्रो धनको सुरक्षा कै लागि हो ।
    म कुनै बैंक को कर्मचारी होइन । भनिन्छ “या पढेर जानिन्छ या परेर जानिन्छ” । यस्तो प्राविधिक कुरा पढेर जान्ने कुरो भएन, मैले पनि परेरै जान्या हुँं । यो तपाईं को खाता मा फर्केर जमा हुन बढीमा ४५ दिनको समय लाग्दछ । हुन त तपाईंले एभरेष्ट बैंक लाई नभनेको भएपनी तपाईं कै खाता मा जम्मा हुन्थ्यो तर ४५ दिन भित्र । तसर्थ साथी निराश नहुनुहोस्, सत्यको धन हो कहि जादैन ।

    Reply
  11. Pankaj Chaudhary says:
    July 14, 2017 at 3:25 pm

    यस्ता समस्या तपाई जस्तो म लगायत बिभिन्न सेवग्राहीले भोग्नुु भएको छ । सबैले बैंकमो ढुुलमुुल रवैया ले साह्रै नै दुुःख पाएको छ तर हामी सेवाग्राहीले उजुुरी गर्ने कसलाई ?? हाम्रो देशमा उपभोक्ता संरक्षण मंच सक्रीय भएको भए शायद केही आश हुुन्थ्यो तर अफशोच उपभौक्ता संरक्षण मंच लगायत सम्पूूर्ण उपभोक्ता र सेवाग्राही निकायहरु निश्क्रिय भएर बसेका छन् र जसले गर्दा बितीय संस्थान मात्र होईन् उपभौक्ता र सेवाग्राही बिभिन्न क्षेत्र र संस्थाहरुमा दुुःख पाउँने गर्दछ र यस्ता दोषीहरुको मनवल बढेको देखिन्छ । यो अति नै सम्बेदनशील बिषय हो, नेपाल सरकारले तुुरन्त कारवाही गर्नुु पर्दछ …न कि उपभोक्ताबब सेवाग्राहीले दुुःख पाओस् ।

    Reply
  12. Xupeel Babu Udash says:
    July 14, 2017 at 9:20 am

    Kanun nabhako rajyama pashupatinath Ko jo varosa chha. ‍♂️

    Reply
  13. Neeroj Aryal says:
    July 14, 2017 at 9:19 am

    Aa aauna ta aauxa bro, kins vhane mero ni everest bank mai same problem thiyo, but solve huna almost 45-50 days lagyo, so claim haru vharisakeko vhaye, dont worry 😀

    Reply
  14. Vijay K. C says:
    July 14, 2017 at 1:43 pm

    I don’t work in a bank but, I was once a trainee in one renowned bank in Kathmandu. So I know a little about why does it happen to be late to refund money to the customer. When employees go to refill the money-vault inside ATM machine, firstly, bank keeps record in system that how much money was sent to ATM. While refilling, employees check ATM machine, bring back left-over money from vault, put new money inside and bring back payment slip roll (there are always two separate rolls, one for bank, another for customers). Here comes the part, now employees re-record the left-over money into system. And if, customer has complained about not receiving money from ATM, they tally the balance of money previously refilled and left-over along with payment slip roll. If there is found misbalance, then customer is refunded. So in my view, refund takes time because bank has to wait for next refilling date. This is just my understanding. There are still possibilities of intentional delay.

    Reply
  15. शंकर says:
    July 14, 2017 at 1:16 pm

    यो समस्या भोग्ने मान्छे म पनि हु तर धेरै पहिला, मेरो कुरा सुन्नुस है त

    मेरो घर चितवन, बैंक खाता काठमाडौँ नबिल, काम गर्ने स्थान बाग्लुंग थियो ! चितवन घर आएको बेलामा क्याश कार्डले नबिलमा पैसा निकालौ तेस्को क्यास मेशिन बिग्रेकोले हिमालयमा गएर २ पटक १०-१० हजार निकाले, फेरी अन्तिममा अर्को १० हजार निकाल्ने बेलामा पैसा आएन तर खाता बाट काटियो ! मैले अर्को दिन हिमालयन बैंकमा सम्पर्क गरे, उनीहरुले तपाई नबिलमा जानु पर्छ भने, नविलमा गएको हैन तपाई जुन बैंकको मेशिन प्रयोग गर्नु भो तेही जानु पर्छ भने, हिमालयनले फेरी हैन तपाईं नबिलमै जानु पर्छ भने–यसरि अलमल गर्दिए, फेरी जागिर खान बाग्लुंग जानु परी हाल्यो, तेहाको नबिलले तपाई काठमांडूको नबिल जानु पर्छ जहाँ खाता छ तेही भन्यो ! काठमाडौँमा सोधेको चितवनको नबिलमा निबेदन दिनुस भन्यो ! चितवनमा फेरी अर्को चोटी गएर निबेदन दिए, उनीहरुले १ महिना लग्न सक्छ भने ! १ महिना कुरे, फेरी अर्को महिना लाग्छ भने, त्यो पनि कुरे ! तेश्रो महिना, करिब ६ महिना बितेको थियो फेरी चितवनको नबिलमा गए…ल सर यो नहुने भो भन्ने कुरा आयो ! व्यक्तिको पैसा खाने चाल रहेछ, मैले तत्काल बैंक म्यानेजरको टेबल ठटाए की के कति कारणले नदिने भनेर ! बबन्डर हुने वाला भयो-तुरुन्तै बैंक मेनेजरले काठमांडू फोन गरेर लौ यो १० हजार त दिनै पर्ने भो तत्काल भन्यो, तेस्पछी पैसा उत्तिखेरै जम्मा भएको अनुभव म संग छ ! तेसकारण तात्नुस, तेसै खान नदिनुस.!!

    Reply
  16. Balkrishna Dahal says:
    July 14, 2017 at 5:37 am

    बैंकहरु त अस्तब्यस्त छन नेपालमा! मलाई कहिले काहि लाग्छ- मैले २ वटा काम गर्न सक्दिन। एउटा राजनीति अर्को बैंकमा जागिर! यदि बैंकमा जागिर खाने रहर जागेको भए यति बेला मलाई नैतिक संकट पर्ने थियो होला। तेस्तो गरी काम लगाइएको छ बैंकका कर्मचारीहरुलाई। लोभि बोर्ड अफ डाइरेक्टरहरु नै समस्याका कारक हुन। त्यो समस्याको टाउकोमा हान्नु पर्छ राष्ट्र बैंकले।

    हामी भने यता आफैले तलब तोकेर खाने सि इ ओ सबभन्दा बढि तलब खाने भनेर प्रचार गर्दा मज्जा मान्छौँ।

    बैंकले जे गरे पनि हुने जस्तो देखिन्छ। राष्ट्र बैंक निरिह बनेर हेर्दो रहेछ। समस्या त बग्रेल्ती! यो बारेमा निरनतर मिडियामा दवाब श्रृजना गर्नु पर्छ। सुतेको राष्ट्रबैंक जगाउँनु पर्छ।

    Reply
  17. Pushpendra Khadka says:
    July 14, 2017 at 11:16 am

    मैले पनि तेस्तो समस्या भोगी सकेको छु ,
    एभरेष्ट बैंक कै खातामा , एटिम् प्रयोग गरि भारतको बंग्लोरे बाट पैसा निकाल्दा तेस्तो भएको थियो, दाबी गरेको २०,२५ दिन पश्च्यात फिर्ता भएको थियो | मेरो त अन्तर देशीय कारोवार थियो चुप लगेर बस्नुको विकल्प थिएन | नेपालकै क वर्गको बैंकहरुमा एस्तो समस्या हटाउन राष्ट्र बैंकले कदम चाल्न जरुरि छ| नेपाल कै क वर्गका बैंकहरु बीचको एटिम् कारोवारमा यति धेरै सुल्क किन लिन दिन्छ राष्ट्र बैंकले ?
    जस्तो: यस बि आइ , नबिल , एभरेस्ट बैंकमा अन्य बैंकको एटिम् प्रयोगमा धेरै सुल्क लाग्ने गर्छ

    Reply
  18. Santosh Khatri says:
    July 14, 2017 at 5:06 am

    Maile pani yo samasya bhogeko chhu.3 years aghi Himalayan bank pulchowk bata 5000 withdraw garda error dekhayo… maile matlab garina…ekchhin pachhi msg aayo 5000 withdraw bhayo bhanera….balla balla fyaleko slip khojera tyo slip sahit return ko lagi apply gare. Account ma return huna lagbhag ek mahina lageko thiyo.

    Reply
  19. Sohan chaudhari says:
    July 14, 2017 at 10:39 am

    Yastai ghatna mero pariwar sang pani vayo himalayan bank bat ahile samm 20000 firta vayeko xain jun ki 15,20dinko time diyeko thiyo ki paisa feri tapaiko bankma jamma hunx tara aile samm jamma vayen ab ta bank bat nai yasto harkat hun thalyo vane hami harule kaha paisa rakhne

    Reply
  20. दुर्गा लुंगेली says:
    July 14, 2017 at 4:35 am

    yo kasari vayo hunai na sakne kura?? paisa withdrawal gare ko approved code & amount sabai diyeko xa tyo slip ma, machine le yasto galti nagarnu parne ho, yo euta Bank lai beijaat garna ko lagi just Aaroop ho vanne lagxa..!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme